यस कारण नेपालमा सफल छ ‘सिएफ मोटो २५० एनके’

चाइनिज मोटरसाइकल उत्पादक कम्पनी ‘सिएफ मोटो’ को नेपालका लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेश्नल प्रा.लि.ले ‘२५० एनके’ मोडेललाई लगभग दुई वर्ष अघि नेपाली बजारमा भित्र्याएको थियो ।यो मोटरसाइकल यती छोटो अवधिमै नेपालका सडकमा धेरै संख्यामा गुडिरहेको देख्दा नेपालमा यसले राम्रै पकड जमाउन सफल भएको सहजै अनुमान लगाउन सकिन्छ । २५० एनकेलाई हरेक एङ्गल बाट हेर्दा उत्तिकै आकर्षक देखिन्छ । यसमा रहेको स्लिम र ब्याकवार्ड टिल्टेड हेडलाइटले यस बाइकको शोभालाई थप बढाएको छ । एउटा पर्फेक्ट स्ट्रीट फाइटरको लुक्स पाएको एनके २५० हेर्दा एकदमै एग्रेशिभ पनि देखिन्छ । ६–स्पिड गियरबक्स दिइएको २५० एनकेमा २४९.२ सीसी सिङ्गल लिक्विड कुल्ड इञ्जिन समावेस गरिएको छ । यस फ्युल इन्जेक्टेड इञ्जिनले ९००० आरपीएममा २७ बीएचपीको पावर र ७५०० आरपीएममा २२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको यस बाइकमा ‘स्पोर्ट्स्’र ‘रेन’ गरी दुईओटा राइडिङ्ग मोडहरु दिइएका छन् । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा डुअल च्यानल एबीएस पनि समावेस गरिएको छ जसले अकस्मात् ब्रेक लगाउँदा बाइक चिप्लिने समस्यालाई समाधान गर्दै बाइकलाई थप सुरक्षित समेत बनाएको छ । कम्पनीले नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । स्पोर्टी र एग्रेशिभ लुक्सका कारण युवापुस्ताको मन जित्न सफल भएको यस बाइकले नेपाली बजारमा २०० ड्युक र २५० ड्युकसँग ठाडो प्रतिष्पर्धा गरिरहेको छ । यसको आकर्षक लुक्स, ब्रेकिङ्ग सेफ्टी,एफआई इञ्जिन र टीएफटी कन्सोलजस्ता आधुनिक फिचरहरु, र साथै उचित मूल्यको कारण पनि यस बाइकले नेपाली बजारमा राम्रो पकड जमाउन सफल भएको हो भन्दा फरक नपर्ला । कम्पनीले जनाए अनुसार अहिले यस बाइकको खरिद गर्दा अफरको रुपमा स्क्र्याच कुपन मार्फत् पाँच हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिनेछ ।

राजस्व संकलनमा कमी आएपछि सरकारले गर्यो ‘हाइब्रिड’ गाडीको भन्सार र अन्तः शुल्क खारेज

काठमाडौं । सरकारले हाइब्रिड गाडीमा दिएको भन्सार र अन्तः शुल्क छुट सुविधा खारेज गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले यहि मंसिर १६ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त कर खारेज गरेको हो । सरकारले चालु आवको आर्थिक ऐनमार्फत भन्सार र अन्तः शुल्कमा ५०/५० प्रतिशत छुट दिने कानुनी व्यवस्था गरेको थियो । सरकारले यसरी आयात हुने गाडीमा छुट दिएपछि यसको प्रत्यक्ष असर भन्सार महशुलमा परेको र यसले लक्षित राजस्व संकलनमा समेत कमी आएपछि छुटको व्यवस्था खारेज गरेको हो । यसका साथै अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ र विद्युतीय ऊर्जाबाट चल्ने ‘हाइब्रिड’ गाडीमा कर छुट दिँदा दुरुपयोग बढेकोे ठहर सहित छुटको व्यवस्था खारेज गरेको हो । सरकारले चालु आवको बजेट मार्फत हाइब्रिड गाडीमा उच्च दरमा कर छुट दिएको हो । व्यवसायीले भन्सार र अन्तःशुल्कमा गरिएको छुटका आधारमा हाइब्रिड गाडीको मूल्य प्रतिकार १० लाखसम्म सस्तो हुने बताएका थिए । सरकारले विद्युतीय तथा हाइब्रिड कार खरिद गर्न ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था पनि गरेको छ । यसलाई भने यथावत राखेको छ ।

तपाईंको कारले माइलेज नदिएर चिन्तामा हुनुहुन्छ ? अपनाउनुस् यी ६ उपाय

काठमाडाैं । इन्धनको बढ्दो मूल्य हाल सबैको चिन्ताको विषय बनेको छ । पेट्रोल र डिजेलको महंगीले त झन् गाडी चलाउन मुस्किल नै बनाइदिएको छ । कालान्तरमा इन्धनको मूल्य अझबढेर नजाला भन्न सकिन्न । त्यसमाथि पनि तपाईं हामीले चाहेर इन्धनको मूल्यलाई घटाउन पनि त सक्दैनौं । तर हामीले थोरै जागरुकता देखाउने हो भने चाहिँ गाडीले गर्ने तेलको खपतमा कमी भने अवश्य ल्याउन सक्छौं । आज हामी त्यस्ता छ महत्वपूर्ण उपायहरुका बारेमा चर्चा गर्नेछौं जसलाई अपनाउनाले तपाईंले आफ्नो वाहनको माइलेज क्षमतामा वृद्धि ल्याउन सक्नुहुन्छ । १. कम वजन कारले कति तेल खपत गर्छ भन्ने कुरा त्यसले कति वजन उठाइरहेको छ भन्नेमा भर पर्छ । यदि तपाईंको कार ओभरलोडेड छ भने इञ्जिनलाई गति लिनको लागि बढि तेलको आवश्यकता पर्दछ जसका कारण तेलको खपत पनि बढेर जान्छ । तसर्थ, कारलाई ओभरलोड हुन नदिएर माइलेजमा वृद्धि ल्याउन सकिन्छ । २. कारको टायर प्रायजसोले कारलाई मस्कुलर लुक्स प्रदान गर्नका लागि ओरिजिनल टायरको सट्टा केहि चौडा टायर जडान गर्ने गर्दछन् । टायर चौडा भयो भने इञ्जिनमा बढि दबाव पर्न जान्छ र तेलको खपत पनि बढि हुने गर्दछ । त्यसैले कारमा ओरिजिनल टायरनै यथावत राख्ने हो भने कारले दिने माइलेजमा कमी आउँदैन । ३. ट्राफिक जामको बेला सावधानी आफ्नो गाडीलाई ट्राफिक सिग्नलमा रोक्दा इञ्जिन बन्द गर्नुमै बुद्धिमानी हुन्छ । विशेषतः ट्राफिक जामको बेला २० सेकेण्ड भन्दा बढि गाडीलाई रोक्नुपरेको खण्डमा इञ्जिनलाई बन्द गर्न बिर्सनु हुँदैन । यसले तेलको खपतलाई धेरै हदसम्म कम गर्दछ । ४. गियर परिवर्तनमा ध्यान कार चलाइरहेको वेलामा याद राख्नुपर्ने अर्को प्रमुख कुरा भनेको गियरलाई सावधानीपूर्वक बदल्नु हो । लामो यात्रा गर्दा गियरलाई कम भन्दा कम अथवा आवश्यक परेको खण्डमा मात्र बदल्ने गर्नाले इञ्जिनले कम तेल खपत गर्दछ । ५. कारको गति कारलाई सिमित गतिमा चलाउनाले इञ्जिनले धेरै भारको महशुस गर्दैन जसले गर्दा तेलको खपत कम हुन जान्छ । विज्ञहरुका अनुसार ४० देखि ६० केएमपीएलको स्पिडमा गाडी चलाउने हो भने यसले अधिकतम माइलेज प्रदान गर्दछ । ६. सर्भिसिङ्ग समय समयमा कारको सर्भिसिङ्ग गराइराख्नु पर्छ । त्यसैगरी आफैंले घरमा पनि एयर-फिल्टरलाई समय समयमा सफा गरिराख्नाले इञ्जिनमा धेरै फोहर जम्मा हुन पाउँदैन । यसो गर्नाले पनि तपाईंको कारको माइलेज बढेर जानेछ ।