एसएमएल इसुजुले सर्भिस सेन्टरसहित भित्र्यायो जिएस टिप्पर र ट्रक, मूल्य २४ देखि २८ लाख रुपैयाँ

काठमाडौं । एसएमएल इसुजुले ग्लोवल सेरिजका स्मार्ट जिएस टिप्पर स्मार्ट जिएस ट्रक नेपाली बजारमा ल्याएको छ । लक्ष्मी कमर्सियल भेहिकलद्धारा गुर्जुधारामा एसएमएल इसुजुले बिहीबार फ्यागसिप सर्भिस सेन्टरको शुरुवात तथा ग्लोवल सिरिजका ट्रक तथा टिप्परहरु सार्वजनिक हो । लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनल प्रा.लि.) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको बजारमा ल्याएको हाे । बजारमा स्मार्ट जिएस टिप्परकाे मूल्य २८ लाख ९६ र स्मार्ट जिएस ट्रकको मूल्य २४ लाख ९६ हजार रूपैयाँ ताेकिएकाे कम्पनीले जनाएकाे छ। कम्पनीले जिएफआई सर्भिसको पनि बिहिबारबाट नैकाप गुर्जुधारा काठमाण्डौँ स्थित एसएमएल इसुजुले फ्यागसिप थ्रीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सर्भिस सेन्टर १ लाख वर्गफिट क्षेत्रमा बाँधिएको छ । उक्त सेवा केन्द्रमा विक्री, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । थ्रीएस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ । नयाँ ट्रक र टिप्पर आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ । ट्रक र टिप्परमा इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ । लक्ष्मी कमर्सियल भेहिकल लक्ष्मी गुर्पको सहायक कम्पनी हो र अब नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट बिक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ । लक्ष्मी कमर्सियल भेहिकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्र्याइसकेको छ । लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो । जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिलेदेखि अटोमोटिभ डिभीजन सुरु गरेको थियो ।

हिरोको बाइक अथवा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् नेपालमा पाइने मोडलहरू (मूल्य सहित)

काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २२३ सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालमा हिरोका स्कुटर तथा मोटरसाइकल गरी २२ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । बजारमा बढिमा दुई लाख छ हजार रुपैयाँ मूल्यसम्म पर्ने हिरोका स्कुटरहरु तथा तीन लाख ८५ हजार रुपैयाँ मूल्य सम्म पर्ने मोटरसाइकलहरु उपलब्ध रहेका छन् । पछिल्लो समयमा हिरोले नेपाल भित्र्याएको एडभेन्चर मोटरसाइकल ‘एक्सपल्स २००’ ले बजारमा निकै चर्चा कमाइ रहेको छ । मजबुत पार्टस्हरु भएको, सहजै मेन्टेन गर्न सकिने, बढि माइलेज प्रदान गर्ने र उचित मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु उत्पादन गर्ने ब्राण्डको रुपमा हिरो चर्चित रहेको छ । हाल नेपालमा उपलब्ध भइरहेका हिरोको स्कुटर तथा मोटरसाइकलको मूल्य सूची यस प्रकार रहेको छः

विद्युतीय बसको सञ्चालन खर्च पाँच गुणा कम

काठमाडौं । विद्युतीय बस खरिद अरु बसभन्दा तुलनात्मक रूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताएका छन् । जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उनको भनाइ छ । खरिद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ । उनले भने, “सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।” विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उनले बताए । दुई महिना पहिलेदेखि प्रालिले चार वटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ । रासस