तीन वर्षे वारिन्टी सहित फोर्ड एन्डेभरको नयाँ संस्करण नेपाली बजारमा, मूल्य साढे एक करोड
काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । फोर्डले बीएस-६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४x४ टाइटेनियम प्लस भेरियन्ट नेपाल भित्र्याएको हो । यो कार डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको छ । जसको प्रारम्भिक मूल्य एक करोड ४९ लाख रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ । विश्वको पहिलो १०-स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपर खापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ । कम्पनीका अनुसार यस कारको उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि रहेको छ । पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । डिजेल गेम चेंन्जर-अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन २०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । एन्डेभरको यस संस्करणमा १७० पीएस पिकपावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४x४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू छन् । ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्ने कम्पनीले जनाएको छ । विशिष्ट नवीनताहरु सेलेक्ट शीफ्ट सहित पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथयात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । कम्पनीका अनुसार स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ । एसयूभी हरेक कोणले सबैभन्दा राम्रो २०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् । याे कार आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको कम्पनीले जनाएकाे छ । यस्ता छन् थप विशेषताः – आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ । – यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पुर्याउँछ । – सुरक्षाकालागि ड्राइभरको घुँडा छेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । -उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । – ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाईएनसीथ्री लगायतका विशेषताहरु रहेका छन् । – क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । – ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ । – फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ । – अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् । – ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी ।
हुण्डाईले भित्र्यायो नयाँ ईलेक्ट्रीक कार, विद्युतीय गाडीको जगतमै नयाँ आयाम रच्ने
काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले आफ्नो नयाँ ईलेक्ट्रीक कारको ‘आईओएनआईक्यू २०२०’ नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले हुण्डाई आईओएनआईक्यूको यो नवीनतम भर्जनलाई थप उत्कृष्ट पावर र विशेषताका साथ बजारमा ल्याएको हो । कम्पनीका अनुसार यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले ग्राहकको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ । आईओएनआईक्यूमा ३८.३ केडब्लूएच ईलेक्ट्रीक मोटरको साथ १०० केडब्लूको ब्याट्री पावर छ । यसको अधिकतम स्पीड १६५ केपीएच छ, जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । साथै, यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ । यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्ने कम्पनीले जानकारी गराएको छ । नयाँ आईओएनआईक्यू २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । आईओएनआईक्यू २०२०को एलईडी डीआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर रहेको कम्पनीले बताएको छ । यसैगरी याे गाडीमा ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरु रहेको छ । उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आईओएनआईक्यू २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ ।
हिरोले गर्यो ‘एक्स्ट्रीम १६०आर’ लाई शोकेस, ६० केएमपीएच सम्मको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्ने
काठमाडौं । हिरोले आफ्नो विल्कुलै नयाँ मोटरसाइकल एक्स्ट्रीम १६०आरलाई शोकेस गरेको छ । हिरोले यस मोटरसाइकललाई आगामी मार्च महिनामा भारतिय बजारमा आधिकारीक रुपमा सार्वजनिक गर्ने भएको छ । लञ्च पश्चात यो मोटरसाइकलले आफ्नै १५० सीसी मोटरसाइकल एक्स्ट्रीम स्पोर्टसकाे स्थान लिनेछ । कम्पनीले यस मोटरसाइकललाई ड्रम र डिस्क गरी दुई भेरियन्टहरुमा उपलब्ध गराउनेछ । एक्स्ट्रीम १६० आरले स्पोर्टी र एग्रेशिभ स्टाइलिङ्ग पाएको छ र यो स्टाइलिङ्ग हिरोले केहि महिना अगाडि प्रदर्शन गरेको कन्सेप्ट बाइक एक्स्ट्रीम १आर सँग प्रभावित छ । यो मोटरसाइकल सेग्मन्टकै पूर्ण एलईडी लाइटिङ्ग भएको मोटरसाइकल पनि हो । त्यसैगरी यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इञ्जिन साइड स्ट्याण्ड कटअफ स्वीच र हजार्ड ल्याम्प्स लगायत विशेषता पनि समावेश छन् । हिरोले यो बाइकलाई ह्वाइट, रेड र ब्लु गरी तिन कलर अप्सनमा ल्याउनेछ । यो बाइकमा बीएस६ मापदण्डको १६० सीसी एयर–कुल्ड फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिएको छ जसले १५ एचपीको पावर र १४ एनएमको टर्क उत्पादन गर्दछ । ५ गियर भएको यो बाइकको तौल १३८.५ केजीको मात्र रहेको छ । यो बाइकको पावर टु वेट रेशियो सेग्मेन्टकै राम्रो रहेको छ जसले गर्दा बाइकले ० देखि ६० केएमपीएचको स्पीड केवल ४.७ सेकेण्डमै पुरा गर्न सक्दछ । कम्पनीले एक्स्ट्रीम १६०आर लाई सेग्मेन्टकै फास्ट मोटरसाइकलको संज्ञा दिएको छ । डाउनट्युब फ्रेममा निर्माण भएको यो मोटरसाइकलमा अगाडितर्फ टेलिस्कपिक फर्क र पछाडि भने ७–स्टेप एड्जस्टेवल मोनोशक जडान गरिएको छ । त्यसैगरी यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल–च्यानल एबीएस समावेश गरिएको छ । हिरोले यसको ड्रम भेरियन्टको पछाडिको चक्कामा ड्रम ब्रेक जडान गर्नेछ । हिरोले सो मोटरसाइकलको लागि मूल्य घोषणा भने गरेको छैन । तर सधैंजसो सेग्मेन्टमै कम मूल्य पर्ने मोटरसाइकल ल्याउँदै गरेको कुरालाई विचार गर्ने हो भने यो मोटरसाइकलको मूल्य पनि सेग्मेन्टमै सस्तो पर्ने अनुमान लगाउन चाहिँ सकिन्छ । एक्स्ट्रीम १६०आर बजारमा आएपछि यसले बजाजको पल्सर एनएस१६०, होण्डाको सिबि हर्नेट १६०आर, सुजुकीको जिक्सर र यामाहाको एफजि भी३ लगायतका मोटरसाइकलहरु सँग प्रतिष्पर्धा गर्नेछ ।