सिभिल र विवेक अटोमोवाईल्सबीच व्यवसायीक सम्झौता, तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत व्याजमा

काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षेकर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर६.९८ प्रतिशत मा सो कर्जा सुबिधा प्रदान गरिने छ । बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

टाटा मोटर्सले फागुन ३० गतेदेखि स्प्रिङ्ग बोनान्जा गर्दै

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले स्प्रिङ्ग बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि फागुन ३० देखि चैत २ गते (१३ मार्चदेखि १५ मार्च, २०२०) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसोसेरीज, एक वर्षको सवारी कर, गाडिको डेलिभरीमा मोवाईल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम, डोर प्राईज र प्रत्येक टेस्ट ड्राईभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

बेनेली बाइकको १० दिने एक्सचेन्ज क्याम्प फागुन २८ गतेदेखि 

काठमाडौं । नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ,बेनेली बाइकका लागि अधिकृत डिलरले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । उक्त क्याम्प फागुन २८ गतेबाट चैत ७ गतेसम्म हुनेछ । यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेलीका अधिकृत शोरूमहरुमा आयोजना हुन गइरहेको छ। यस शिविरमा, ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम मुल्याङ्कनमा साट्न सक्ने छन्। बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरिद गर्दा आकर्षक छुट पनि दिने छ । ग्राहकहरूले लक्की ड्रमार्फत बाइकको सामानहरू, जस्तै ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्न सक्ने छन् ।