आफ्नो अस्तित्वको रक्षामा ‘निसान’, ६० अर्ब डलरको ‘मर्जर वार्ता’ रद्द गर्ने निर्णय
काठमाडौं । निसानले प्रतिद्वन्द्वी होन्डासँगको मर्जर वार्ता रद्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस निर्णयले विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता बन्ने योजना विफल पार्ने र निसान एक्लै कसरी आफूलाई पुनरुत्थान गर्नेछ भन्ने प्रश्न उठाएको छ । दुई जापानी कम्पनीहरूबीच बढ्दो मतभेदले ६० अर्ब डलरभन्दा बढीको संयुक्त उद्यमलाई परित्याग गर्यो । निक्केई बिजनेस दैनिकले निसानले वार्ता त्याग्ने प्रतिवेदन पछि टोकियो स्टक एक्सचेन्जमा निसानको सेयर ४ प्रतिशतभन्दा बढी घटेको थियो भने होन्डाको सेयर ८ प्रतिशतभन्दा बढी बढेको थियो । यो घटनाले निसानले बाह्य सहयोग बिना कसरी आफ्नो पुनर्गठन गर्छ भन्ने प्रश्न उठाएको छ । निसानले ९ हजार कर्मचारी र विश्वव्यापी क्षमताको २० प्रतिशत कटौती गर्ने लक्ष्य राखेको छ । टोयोटापछि जापानको दोस्रो ठूलो कार निर्माता होन्डा र तेस्रो ठूलो निसानले डिसेम्बरमा चिनियाँ कम्पनी बीवाइडी र अन्य इलेक्ट्रिक वाहन प्रतिस्पर्धीहरूको चुनौतीको बीच विश्वको तेस्रो ठूलो कार निर्माता बन्ने वार्ता सुरु गरेका थिए । होन्डाले आफ्नो सहायक कम्पनी बन्ने प्रस्ताव राखेपछि निसानले वार्ता रद्द गर्न सक्ने आँकलन उतिबेलै गरिएको थियो । निसान र होन्डाले छुट्टै वक्तव्यमा निक्केईको प्रतिवेदन कम्पनीले सार्वजनिक गरेको जानकारीमा आधारित नभएको र फेब्रुअरी मध्यसम्म अन्तिम निर्णय गरी घोषणा गर्ने लक्ष्य रहेको जनाएका छन् । होन्डाको बजार मूल्य ७.९२ खर्ब येन (५१.९० अर्ब डलर) छ भने निसानको १.४४ खर्ब येन मात्र छ । अर्को स्रोतले होन्डा निसानको पुनर्गठन प्रगतिबाट चिन्तित रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा लगाउने ट्यारिफले निसानलाई होन्डा र टोयोटाभन्दा धेरै प्रभाव पार्न सक्ने विश्लेषकहरूले बताएका छन् । निसानले भोगेको चुनौती निसानको असफलता इलेक्ट्रिक सवारीसाधन (ईभी) को बजारमा प्रतिस्पर्धा गर्न नसक्नु र २०१८ मा कार्लोस घोस्नको गिरफ्तारीपछि उत्पन्न संकट हो । सीएलएसएका विश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘निसानले होन्डाको सहायक बन्न नचाहेको खबरले नियन्त्रण नै मुख्य मुद्दा हो भन्ने संकेत गर्छ ।’ निसानको लामो समयदेखिको साझेदार रेनल्टले मर्जरमा सिद्धान्ततः सहमति जनाउने संकेत गरेको थियो । निसानको अर्को साझेदार मित्सुबिसीले पनि मर्जर वार्तामा सामेल हुन सक्ने अनुमान गरिएको थियो । तर अब मित्सुबिसी पछि हट्न सक्ने सम्भावना रहेको स्रोतले जनाएका छन् । मर्निङस्टारका विश्लेषक भिन्सेन्ट सनले भने, ‘निवेशकहरू निसानको भविष्य र पुनर्गठनबाट चिन्तित हुन सक्छन् । साथै अमेरिका–मेक्सिको ट्यारिफले निसानलाई होन्डा र टोयोटाभन्दा बढी जोखिममा राख्छ ।’ सान्दर्भिक सामग्री : होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
अमेरिकी अटो कम्पनी ‘फर्ड’को भारत फिर्ती योजना रोकियो
काठमाडौं । अमेरिकी अटो जायन्ट फर्डको भारत फिर्ती योजना अनिश्चित बनेको छ । स्रोतहरूका अनुसार फर्डले जनवरीसम्म भारतमा आफ्नो नयाँ रणनीतिको विस्तृत जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर कम्पनीले हाल पुनर्विचार गरिरहेको छ । कम्पनीले केही महिनाभित्र अन्तिम निर्णय लिने पनि बुझिएको छ । फर्डको रणनीतिमा ढिलाइ स्रोतका अनुसार फर्डको बोर्डले जनवरीमा छलफल गरेको थियो तर तत्काल कुनै घोषणा नगर्ने निर्णय भयो । कम्पनीले भारतमा पुनः प्रवेश गर्ने योजना पुनः मूल्याङ्कन गर्न थप समय लिने निर्णय गरेको हो । कम बिक्री र ठूलो घाटाका कारण फर्डले २०२१ मा भारतीय बजारबाट बाहिरिने निर्णय गरेको थियो । फर्डको आधिकारिक प्रतिक्रिया फर्डका प्रवक्तालाई इमेलमार्फत सम्पर्क गर्दा उनले योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए । ‘हामी चेन्नई निर्माण क्षमता प्रयोग गरेर विश्वव्यापी बजार सेवाका लागि प्रतिबद्ध छौं । हामी तमिलनाडु सरकारको समर्थनप्रति आभारी छौं र योजनाहरू अघि बढाइरहेका छौं,’उनले भने । ‘निर्माण प्रक्रियाको प्रकार, समय–सीमा र अन्य विवरण उचित समयमा सार्वजनिक गरिनेछ,’ उनले थपे । किन भइरहेको छ ढिलाइ? फर्डको भारत पुनः प्रवेशमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । हाल अमेरिकी प्रशासन विदेशी लगानीका लागि त्यति अनुकूल छैन । ट्रम्प सरकार अमेरिकी अटोमोबाइल उत्पादनलाई पुनः अमेरिका फर्काउने अभियानमा केन्द्रित छ। फर्डको चेन्नई प्लान्ट लगभग तीन दशक पुरानो भइसकेको छ । यो प्लान्ट पुनः सञ्चालन गर्न धेरै लगानी आवश्यक पर्न सक्छ । ईभी उत्पादनलाई लिएर चुनौती अटो उद्योग विश्लेषकहरूका अनुसार यदि फर्डले चेन्नई प्लान्टलाई विद्युतीय सवारी (ईभी) उत्पादन गर्न तयार पार्ने निर्णय लिन्छ भने १००–३०० मिलियन डलरसम्म खर्च हुन सक्छ । यसका लागि वेल्डिङ लाइन (गाडीका विभिन्न भागहरू जोड्ने प्रविधि) नयाँ बनाउनुपर्ने हुन्छ । असेम्ब्ली लाइन (जहाँ गाडीका सबै भागहरू जोडिन्छन्) फेरि निर्माण गर्नुपर्ने हुन्छ । सान्दर्भिक सामग्री : मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
नेपालमा एलएस अटो ब्राण्डको ईभी भित्रियो, पुराना गाडीसँग ‘एलईभी जिरो वान’ साट्न सकिने
काठमाडौं । नेपालमा नयाँ ब्राण्डको विद्युतीय गाडी (ईभी) भित्रिएको छ । नेक्सन भेन्चर्स प्रालिले चीनमा बनेको एलएस ब्राण्डको ईभी नेपाल भित्र्याएको हो । फागुनको पहिलो साताभित्र कम्पनीले उक्त गाडी औपचारिकरूपमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले एक्चेन्ज मेलाको पनि आयोजना गर्न लागेको महाप्रबन्धक नवीन फुँयालले जानकारी दिए । नक्सालको भाटभटेनीस्थित एलएस अटोको शोरुममा गएर कुनै पनि गाडी एक्स्चेन्ज गर्न सकिने उनले बताए । एक्सचेन्ज मेला माघ २४ देखि ३० गतेसम्म आयोजना हुन लागेको हो । उनले भने, ‘यो एक्सचेन्ज मेलामा एलएसका गाडीहरू अन्य कुनै पनि ब्राण्डका गाडीसँग साट्न सकिने छ ।’ कम्पनीले एलईभी जिरो वान क्रसओभर इलेक्ट्रिक एसयूभी गाडी नेपाल ल्याएको छ । जुन गाडी आगामी एक्सचेन्ज मेलामा साट्न सकिने छ । कम्पनीले एलईभी मोडलका अन्य गाडीहरू पनि नेपाल ल्याउने तयारी गरिरहेको छ । एलएस अटोले यो वर्ष थप दुई मोडल एलईभी जिरो थ्री र एलईभी जिरो फाइभ लन्च गर्दैछ । यी कारहरू एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउने जनाइएको छ । एलईभी जिरो थ्री एक प्रिमियम क्रसओभर इलेक्टिक एसयूभी हो भने एलईभी जिरो फाइभ मिडसाइज कम्प्याक्ट एसयूभी हो । एलईभी जिरो वान स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । यसमा ६७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । गाडीमा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्रीप्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्रीप्याक र ग्राउण्डबीचको दुरी २२१ एमएमको रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसले एक पटकको फुल चार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएकाे छ । एलईभी जिरो वानमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेड स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेटजस्ता फिचर लोडेड रहेकाे छ । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेका छन् । एलएस अटोको बारेमा विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजीअन्तर्गतको एलएस अटो एक नयाँ न्यू इनर्जी भेहिकल कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्र्याल प्रडक्सन जस्ता सम्पूर्ण काम गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोवाइल ब्राण्डको इभी तयार गरेको हो । कम्पनीको जियाङ्सी प्रोभियन्समा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट बनाउँदैछ । कम्पनीले अहिलेसम्म नेपाल लगायत मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया कजाकस्थान लगायतका ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।