विकासन्युज

रुपन्देही-४ मा एमालेका प्रमोद यादवको अग्रता

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७, रास्वपाका कन्हैया बनियाँले १ हजार ८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् ।

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहराको अग्रता

काठमाडौं । कञ्चनपुर क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले २ हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन् ।

तनहुँ-१ मा स्वर्णिम वाग्लेको अग्रता, पछिपछि भट्टराई

काठमाडौं । तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १ हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।  यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन् । 

दोब्बर मतसहित बालेनको अग्रता कायमै, ओलीले कति पाए ?

काठमाडौं । झापा जिल्ला क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले अग्रता लिएका छन् ।  पछिल्लो मतपरिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।  त्यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङ रहेका छन् । उनले १ सय ३९ मत प्राप्त गरेका छन् ।  यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन् ।   

काठमाडौं-३ मा राजु पाण्डेको अग्रता, पछि परे कुलमान घिसिङ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले २ हजार ९६०  मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।  यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २ हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ११ मत प्राप्त गरेका छन् । 

चितवन–२ मा रवि लामिछानेको अग्रता कायमै

काठमाडौं । चितवन-२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले २ हजार २५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् भने नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् ।

काठमाडौं-२ मा रास्वपाका केसीको अग्रता, काँग्रेसका कविर शर्मा पछ्याउँदै

काठमाडौं । निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार सुनिल केसीले १ हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीता न्यौपानेले बताइन् ।  यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन् । 

मोरङका दुई क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ जिल्लाका दुई क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन् । हाल मोरङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ । मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपानेले ९६७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन ले ६४३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ४३७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का घनश्याम खतिवडा ले २७३ मत पाएका छन् । त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी अग्रस्थानमा रहेका छन् । उनले ३ हजार ८५८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गुरुराज घिमिरेले ६९५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अमनलाल मोदीले ६७२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का जीवन घिमिरेको ४१३ मत रहेको छ ।