विकासन्युज

शाइन रेसुङ्गा र गौमुखी गाभिए, पूँजी ८६ करोड ८४ लाख

काठमाडौं, ३० जेठ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र प्यूठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड एकापसमा गाभिएका छन् । प्यूठानको विजुवारमा आयोजित मर्जर एकिकृत कारोवार शुभारम्भ समारोहको नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जिवी नेपालले सुभारम्भ गरेका हुन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका प्रमुख रेवती प्रसाद नेपालले ग्रामिण क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रसंसा गर्दे वित्तीय पहुंचमा बैंकहरुले विशेष जोड दिनु पर्ने औंल्याएका थिए । नेपाल उद्यमीहरुको लागी स्वर्णभूमी भएकाले उद्यमशिलताको विकासमा जोड दिंदै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरि सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिने उनले बताए । बैंकहरु घर घरमा अवसर लिएर आएको हुंदा सोको सदुपयोग गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समग्र बैंकको वारेमा जानकारी गराएका थिए । बैंकका अध्यक्ष थानेश्वर पौडेलले असल बैंकको पहिचानमा कुनै सम्झौता नगरिने प्रतिवद्धता व्यक्त गरेका थिए । साविकको गौमुखी विकास बैंकका अध्यक्ष नारायण बैद्य, नेपाल पत्रकार महासंघ, प्यूठानका अध्यक्ष गिरु प्रसाद भण्डारी, प्यूठान उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष केदारमान कक्षपती र जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारीले शुभकामना व्यक्त गरेका थिए । उक्त समारोहमा बैंकले स्वर्गद्धारी मन्दिरलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार प्रदान गरेको थियो । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको मर्जरपछि नाम पनि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड नै रहनेछ । बैंकको शाखा सञ्जाल २६ पुगेको छ । बैंकको चुक्ता पूंजी ८६ करोड ८४ लाख पुगेको छ भने निक्षेप ८ अर्व ४ करोड कायम भएको छ । बैंकले ७ अर्व २४ करोड कर्जा लगानी गरेको छ भने बैंकको ग्राहक संख्या १ लाख २६ हजार रहेको छ । बैंकमा २१७ कर्मचारी रहेका छन् । २०७४ आषाढ मसान्तसम्म पुर्याउनु पर्ने चुक्ता पूंजी १ अर्व २० करोड बैंकले बोनश शेयरको माध्यमवाट पुरयाउने लक्ष्य लिएको छ भने थप मर्जर तथा एक्विजिशनका लागी समेत खुल्ला रहेको बैंकले जनाएको छ ।

मेलम्चीको पानी वितरणका लागि ३५० किमी पाइप ओच्छ्याइयो

काठमाडौं, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । “थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९।५ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उनले भने । चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या महाङ्कालचौर–चुच्चेपाटी–चाबहिल खण्डमा आइपुगेपछि पाइप ल्याउन ढिला भएकाले एक महिनाभन्दा बढी समय काम रोकिँदा सडक अवरोध भएको स्थानीयवासीको गुनासो छ । स्थानीय सन्तोष घिमिरे ५०० मिटर पाइप बिच्छ्याउन महिनौँ लगाइदिँदा घाम लाग्दा सडक धुलाम्ये र पानी पर्दा हिलाम्ये भएर हिँडडुल एवम् सटरमा व्यापार व्यवसायमा पनि समस्या आएको बताउछन्। आयोजना प्रमुख खत्रीले १।४० मिटर चौडाइको डक्टाइल पाइप चीनबाट ल्याउन ढिला भएकाले समय बढी लागे पनि हाल काम सम्पन्न भएर सडक बनाउन सुरु भएको बताउछन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी विसं २०७३ असोजभित्र सुन्दरीजलमा ल्याउने सम्झौता इटालियन सुरुङ निर्माण कम्पनी सीएमसीसँग गरिए पनि गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले एक वर्ष ढिला हुने भएको छ । मेलम्ची खोलाको पानी ल्याइसकेपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७/१७ करोड लिटरका दरले थप ३४ करोड पानी ल्याउने सरकारको योजना छ । रासस

जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा

काठमाडौं, २८ जेठ । जस्मिन पेन्ट्सको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । २०५१ साल स्थापित मनकामना ग्रुपको जस्मिनको लोगो अंकित झण्डा नवाङ नर्बु शेर्पा(माइला)ले सगरमाथाको शिखरमा पुर्याएका हुन् । उनले जेठ ६ गते सगरमाथाका शिखरमा पुर्याएका थिए । ‘नेपाली मनको नेपाली रङ्ग’ नारासहित अघि बढेको कम्पनीले स्वदेशी रङ्ग उत्पादक कम्पनीमध्ये आफुलाई दोश्रो नम्बरको कम्पनी भएको दावी गर्दै आएको छ । जस्मिन पेन्ट्सको ७५ वटै जिल्लामा बजार सञ्जाल रहेको कम्पनीका निर्देशक मधुसुधन अर्यालले बताए । चितवनमा रहेका उद्योग मार्फत उत्पादित रंगलाई कम्पनीले देशभर उपलब्ध गराउँदै आएको छ । कम्पनीले निर्यातको सम्भाव्यताको समेत अध्ययन गरिरहेको निर्देशक अर्यालले बताए ।

६६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सुरू

कञ्चनपुर, २८ जेठ। कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि पुल निर्माण कार्य हुन थालेको हो । दोदा नदीको देखतभूली–पर्सिया र बेलौरी नगरपालीकाको भकुन्डा–बेलौरी जोड्नका लागि २११ मिटरका दुईवटा पक्की पुल निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए । “दैजी–बेलडाँडी जोड्नका लागि बल्मा नदीमा रु आठ करोडको लागतमा झन्डै सय मिटर लम्बाइको पक्की पुल र धार्मिकस्थल घटाल थान जोड्नका लागि रु १८ करोडको लागतमा २०० मिटर लम्बाइको पुल निर्माण कार्य भइरहेको छ”, उनले भने । दोदा नदीमा पुल नहुँदा बर्सातका बेला देखतभूली र शङ्करपुरका बासिन्दाको सदरमुकामसँग सम्बन्ध विच्छेद हुँदै आएको थियो । पुल निर्माणको कार्यले यातायात सेवासँगै आवतजावतमा सहजता हुने शंकरपुरका रामप्यारा चौधरीले बताए । यसैगरी, दैजी–बेलडाँडीको बल्मा नदीमा पुल नहुँदा बेलडाँडीलगायत क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । धार्मिक क्षेत्र घटाल थानमा पुल निर्माण सँगै दर्शनार्थीलाई सहजता हुने भएको छ । रासस

सिद्धार्थ, एकता र नेपालबीच एकिकृत कारोवार, चुक्ता पूँजी १ अर्ब १४ करोड

काठमाडौं, २८ जेठ । सिद्धार्थ डेभलपमेण्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाईनान्स एक आपसमा गाभिएका छन् । शुक्रबार देखि सिद्धार्थ डेभलपमेण्ट बैंकले एकिकृत कारोबार शुभारम्भ गरेको छ । मर्जर पछि नयाँ संस्थाको नाम सिद्धार्थ डेभलपमेण्ट बैंक नै रहेको छ । एकिकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बैंकको केन्दि लिमिटेडको केन्द्रीय कार्यालय तीनकुनेमा गरेका हुन् । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड, नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको लागि आवश्यक न्यूनतम चुक्त्ता पूँजीको व्यवस्था गरे पश्चात राष्ट्र बैंकको पूँजी योजनालाई स्वागत गर्दै मर्जर सम्झौता गर्ने पहिलो विकास बैंक रहेको बैंकले जनाएको छ । कम्पनीका अनुसार मर्जर पश्चात बैंकको चुक्त्तापूँजी एक अर्ब चौध करोड रुपैयाँ, ३३ शाखा कार्यालय, १२ अर्ब निक्षेप, १० अर्ब कर्जा लगानीको साथमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड देशकै दोस्रो ठूलो विकास बैंक भएको छ ।

कलर्सको पि५० बजारमा, मुल्य ७४९५ रुपैंयाँ

काठमाडौं, २८ जेठ । कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि५० स्मार्टफोन बजारमा भित्र्याएको छ । नयाँ मोबाइलमा अन्य एण्ड्रोइड फोनमा भन्दा अहिले सम्म कै नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो रहेको कम्पनीले जनाएको छ । यो फोन हालसम्मकै ठुलो फोन भएको पनि कम्पनीले दावी गरेको छ । ५० प्रतिशत कम इन्टरनेट डाटा खर्च हुने कलर्स लाइट यसमा रहेको छ । कलर्स एक्स फ्याक्टर प्राइड पि५० मा ५ इन्चको ठुलो एचडि आइपिएस स्क्रिनका साथ २२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसमा १ जिबी ¥याम प्लस ८ जिबी रोम, ३२ जिबीसम्म बढाउन सकिने मेमोरो कार्ड रहेको छ । १ दशमलब ३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडी ५ मेगापिक्सल र अगाडी २ मेगा पिक्सल क्षमताको क्यामरा रहेका छन् । नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो ललिपप ६ दशमलब शुन्य संचालन प्रणाली, दुई वटा सिम र ओटिएले चल्ने खालको छ । पि ५० को बजार मुल्य मात्र भने सात हजार ४ सय ९५ रुपैंयाँ पर्छ । कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले नयाँ मोबाइलले उपभोक्ताको मन जित्ने अपेक्षा व्यत्त गरे । टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्जय अग्रवालले पनि पि५० ले स्मार्ट फोनका पारखीहरुलाई नयापनको अभाष दिने बताए । नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताहरुको संख्या २० लाख रहेको कम्पनीको दावी छ ।

एजेन्टहरुले ब्रम्हलुट गरेको भन्दै एयरपोर्ट भन्सारमा यूनिट्राभको आन्दोलन

काठमाडौं, २८ जेठ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार बिभागमा एमाले समर्थित पर्यटन मजदुर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ । सबै मजदुर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त्य, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुरुप भन्सारका कार्यहरु, मजदुरहरुले आफुले तोकेको समय अवधीसम्म काम गर्नुपर्ने लगायतका माग राखी यूनिट्राभमा आबद्ध मजदुरहरु आन्दोलित बनेका हुन् । त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा एजेन्ट संघले आफ्नो हिसाबले मजदुरहरुको नियुक्ति र राजनीतिक पार्टीको भर्तीकेन्द्रजस्तो बनाएर विगत ३० वर्षदेखि अनियमितता गर्दै आएको एमाले समर्थित मजदुरहरुको आरोप रहेको छ । कार्यालयका भन्सार प्रमुखले वार्ताका माध्यमबाट समस्या समाधानका उपाय निकाल्न पटक पटक गरेको आग्रहलाई पनि एजेन्टहरुले वेवास्ता गर्दै हिडेको भन्द मजदुरहरु अझै आक्रोशित बनेका छन् । यी सबै परिदृष्यले त्यहाँ कार्यरत एजेन्टहरु सकेसम्म भन्सारमा ब्रम्हलुट गर्न उद्धृत रहेको प्रष्ट हुने यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुली बताउँछन् । भन्सारमा प्रतिदिन ३० टन सामान भित्रने गरेको मजदुरहरुको भनाई छ । त्यसमा प्रति केजीको २ रुपैंया ५० पैसाका दरले ग्राहक/सर्वसाधारणबाट रकम उठाउने गरेको र श्रमिकको नाममा लुट मच्चाउने गरेको मजदुरहरुको आरोप छ । भन्सारमा भईरहेको अनियमितताबारे राज्य पनि मौन बसेको, हवाई सुरक्षामा ध्यान नदिई मनोमानी ढंगले पास वितरण गर्ने गरेको लगायतका विषयलाई उठान गर्दै उनीहरुले त्यहाँका अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णय गरेका छन् । यसका लागि उनीहरुले मजदुरहरुको हस्ताक्षर संकलन कार्यलाई तिव्रता दिएका छन् । साथै यस विषयमा अर्थ मन्त्रालयको पनि ध्यानाकर्षण गराउने भएका छन् । मजदुरहरुले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए एयरपोर्टमा हुने गरेका सम्पूर्ण कार्यहरु ठप्प पार्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

नेपाल लाइफको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं, २८ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । बैंकको १६औं बार्षिक साधारणसभाले बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई छनौट गरेको हो । बैंकको संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७० बराबर ३० प्रतिशत कायम गर्न ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयरहरु थप साधारण शेयर निश्कासन मार्फत प्रिमियममा जारी गर्नका लागि बैंकले उक्त कम्पनीलाई छनौट गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त थप साधारण शेयर निश्काशन गर्ने कार्यका लागि भएको सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा तथा सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत धुर्व तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।