होण्डाको बिआरभी कार नेपाली बजारमा
काठमाडौं, २६ साउन । होण्डा मोटर्सले बिआरभी कार अर्थात बोल्ड रन अबाउट भेइकल नेपाली बजारमा भित्र्यिाएको छ । होण्डा कम्पनीको आधिकारीक नेपाली आयातकर्ता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको बिआरभी मोटर नेपाली बजारमा भित्र्याएको हो । नेपाल मै यो सेगमेन्टमा पहिलो पटक ७ सिट क्षमताको एसएयुभीबिआरभीले उत्तम क्लासको ग्राउन्ड क्लियरेन्स २१० एमए रहेको छ । बिआरभीमा बोल्ड र स्पोर्टी लुक्स, पावरफुल परफरमेन्स र उच्चकोटीको प्रिमियम इन्टेरियर डिजाइन रहेको कम्पनीले जनाएको छ । १६ भल्भ, ४ सिलिण्डर १.५ लिटर आइ भिटिइसी इन्जिन रहेको छ । ६ स्पिड म्यानुअल ट्रान्समिसन र फस्र्ट—इन—क्लास कन्टिन्युअस्ली भेराइबल ट्रान्समिसनको सुबिधाले कारदाई थप आकर्षक बनाएको छ । बिआरभी १.५एल आइ–भिटिइसी पेट्रोल इन्जिनले ११९ पिएस र ६६०० आरपीएमको अधिकतम पावर तथा १४५ एनएममा ४६०० आरपीएमको अधिकतम टर्क दिने कम्पनीले दावी गरेको छ । बोल्ड तथा स्पोर्टी लुक्स, स्मार्ट एन्ट्री सहितको पुस बटन स्टार्ट, इन्टिग्रटेड ह्यान्डस् फ्रि टेलिफोन रहेको ब्लुटुथ अडियो सिस्टम र अडियोको लागि स्टेरिंग माउन्टेड कन्ट्रोल, अटोमेटिक एअर कन्डिसनर रहेका छन् ।
तीज नजिकिदै जाँदा सुन बजारमा सुधारको सङ्केत, यस्ता छन् विक्री नहुँनाका कारण
काठमाडौं, २६ साउन । केही महिनायता सुस्ताएको सुन बजार तीज नजिकिदै जाँदा केही उकालो लाग्न शुरु भएको हो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन हम्मे हम्मे पर्दै आएकोमा यो सातादेखि बजार उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘ बजारमा तीजको चहलपहल बढ्न थालेको छ,’ उनले भने ‘तिजसम्म २० किलोसम्म सुन विक्री हुन सक्छ ।’ दुई महीनायता विक्री नभएको बैङ्कको सुन अहिले उठन थालेको बताइएको छ । अघिल्लो वर्ष भूकम्प गएपनि सुन बजार यसरी नसुस्ताएको उनले बताए । ‘भूकम्प गएको दुई महीना पछिनै दैनिक २० देखि ३० किलोसम्म सुन विक्री भएको थियो,’ उनी थप्छन् ‘ तिजमा त ४५ किलोनै सुन विक्री भएको थियो ।’ तर, यस वर्ष सुन व्यापारीलाई व्यवसाय छोड्नु बोक्नु भएको उनले गुनासो गरे । पछिल्लो समय बढेको कारोबारले केही आशा जगाएको उनले बताए । बजार सुस्ताउनुका प्रमुख चार कारण छन् । पहिलो कारण हो सुनको मूल्य वृद्धि, दोस्रो अन्तरराष्ट्रिय बजार उतार चढाव भइरहनाले ग्राहक पर्ख र हेरको अवस्थामा, तेस्रो सुनका लगानी कर्ता शेयर बजार तिर आकर्षित र चौथो कारण भने पुनःनिर्माणका लागि सुन विक्रीमा आउनु । यी कारणले गर्दा सुन बजार खुम्चिएको हो । गत वर्ष यति बेला प्रतितोला सुनको मूल्य रू.४७ हजारदेखि रू.४९ हजारको हाराहारीमा थियो । अहिले करिब १० हजारले प्रतितोला सुनको मूल्य बढेको छ । मूल्यका कारण सुन बजार ओरालो लागेको र नेपालीको क्रयशक्ति पनि बढ्न सकेका छैन । अहिले नेपाली बजारमा पुरानो सुनसँग नयाँ सुन साट्ने पुरानो सुन बेच्चेको सङ्ख्या बढ्दै गएको छ । विगत केही महीनायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएपछि साट्ने र बेच्नेको सङ्ख्या बढेको हो । ’अहिले नयाँ किन्ने र पुरानो सुन साट्ने ग्राहक बराबर भएका छन् , सुनको मूल्य प्रतितोला रू. ५० हजार नाघेपछि बजारमा यस्तो अवस्था आएको हो,’ शाक्यले भने । केही दिन अघिसम्म सुन बजार सुनसान जस्तै भए पनि सुनको मूल्य रू.६० हजारको हाराहारीमा पुग्न लाग्दा पुनः सुन बजार उकालो लाग्न थालेको हो । सुनको मूल्यवृद्धिका कारण तीजमा नयाँ गहना लगाउने परम्परालाई निरन्तरता दिनका लागि नयाँ सुन किन्नेभन्दा साट्नेको सङ्ख्या बढेको व्यवसायीहरूले बताएका छन् । अन्य समयमा सुनलाई सञ्चित धनका रूपमा राखिने हुनाले प्रायले हत्तपत्त सुन बेच्दैनन् । उपभोक्ताहरूले आफूसँग भएको सुन साटेरै भए पनि काम चलाउनका लागि यसो गरेको शाक्यले बताए । अहिले बजारमा पुनःनिर्माणका लागि पनि बजारमा विक्रीको लागि सुन आएको छ । महिलाको महान् चाड तीज नजिकिएको तथा सुनको मूल्यमा सामान्य कमी आएकाले पनि शुक्रवार सुनबजारमा करीब १ महीनाअघिको जस्तै चहलपहल बढेको थियो । अप्रत्याशित र अपत्यारिलो हिसाबले वृद्धि भएको सुनको मूल्यका कारण हाल बजारमा तीज आएको जस्तो नलागेको सुन व्यवसायीहरू बताउँछन् । ’अघिल्ला वर्ष यो समयमा सुनका गर÷गहना बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ एक व्यवसायीले भने, ’अर्डर दिने र रेडिमेट किन्नेले गर्दा तीज शुरू हुनु अघिदेखि तिहारसम्मका लागि नयाँ कर्मचारी भर्ना गर्ने अवस्था आउँथ्यो, तर अहिले भएकालाई पनि काम छैन ।’ सुनको मूल्य वृद्धिपछि यसको व्यवसाय साघुँरिएर २५ प्रतिशतको हाराहारीमा सीमित भएको उनको भनाइ छ । गत वर्षरूमा यतिबेला दैनिक ३५ देखि ४० केजीको हाराहारीमा सुन खपत हुने गरेको थियो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन पनि गाह्रो थियो ।
महालक्ष्मी फाइनान्सले पायो यूरोपको ‘बेष्ट इन्टरप्राइजेज’ अवार्ड, महालक्ष्मी विकास बैंक छिट्टै
काठमाडौं, २६ साउन । महालक्ष्मी फाइनान्स बेलायतको प्रतिष्ठित संस्था ‘इयुरोप विजनेस एसेम्ली’द्धारा सन् २०१६ को ‘बेष्ट इन्टरप्राइजेज’ अवार्डमा मनोनित भएको छ । साथै उक्त संस्थाले फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई ‘म्यानेजर अफ् द एअर’ पुरस्कारको लागि मनोनित गरेको छ । संस्थाका अनुसार यो पुरस्कार फ्रान्सको केन्स शहरमा ७ अक्टुबरमा आयोजित यूरोपियन अवार्ड नाइट्स सम्बन्धी विशेष समारोहमा प्रदान गरिने छ । यसैबीच महालक्ष्मी फाइनान्ससहित मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज अन्तिम अवस्थामा पुगेको छ । स्रोतका अनुसार नेपाल राष्ट बैंकले यस मर्जलाई अन्तिम स्वीकृति दिईसकेको छ । यी तीन संस्था एक अर्कामा मर्ज भई २०७३ भदौ महिनाभित्र राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक बन्ने कम्पनीले जनाएको छ ।
जनता बैंकले ५०% हकप्रद सेयर दिने, बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट नियुक्त
काठमाडौं, २६ साउन । जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेयर निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । नियुक्त सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध सञ्चालक वजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । हकप्रद सेयर दिने निर्णय बैंकको छैठौं बार्षिक साधारणसभाले पारित गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६ करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरेपछि एक अर्ब ३ करोड रुपैयाँ बढ्ने बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
भारतमा निर्देशित कर्जाः कृषिमा १८, विपन्नमा १० र एसएमइमा ७.५ हुनै पर्ने
काठमाडौं, २६ साउन । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई विपन्न बर्ग अन्तरगत आफ्नो कूल कर्जाको २ प्रतिशत प्रत्येक्ष लगानी गर्नु पर्ने ब्यवस्था गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले औपचारिक रुपमै यस्तो ब्यवस्था कार्यान्वयन गर्न नसक्ने जानकारी दिए पछि बैंकर्स र राष्ट्र बैंकविच विवाद उत्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आफ्नो कूल कर्जा लगानीको २० प्रतिशत रकम निर्देशित कर्जा लगानीको ब्यवस्था गरेको छ । यसमध्ये कृषि र जलविद्युत क्षेत्रमा १५ प्रतिशत र विपन्न बर्गमा ५ प्रतिशत लगानी गर्नुपर्नै ब्यवस्था छ । विपन्न बर्ग अन्तरको ५ प्रतिशतमध्ये २ प्रतिशत बैंकहरुले प्रत्येक्ष लगानी गर्नुपर्ने ब्यवस्था पछि बैंकर्स र राष्ट्र बैंकविच विवाद उत्पन्न भएको हो । तर भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरविआइ) ले बाणिज्य बैंकहरुलाई कुन कर्जा लगानीको ४० प्रतिशत रकम आफूले भनेको क्षेत्रमा लगानी गर्न भनेको छ । आरविआइले ७ जुलाई २०१६ मा निर्देशन जारी गर्दै कुल कर्जाको ४० प्रतिशत तोकिएको क्षेत्रमा लगानी गर्न भनेको छ । सो निर्देशन अनुसार २० भन्दा बढी शाखा भएका स्वदेशी बैंकहरुले ४० प्रतिशत कर्जा तोकिएको क्षेत्रमा लगानी गर्नुपर्नेछ । यसमध्ये कृषि क्षेत्रमा मात्रै कूल कर्जाको १८ प्रतिशत लगानी गर्ने पर्नेछ । साना तथा मझौला उद्योगहरुलाई कूल कर्जाको ७ दशमलब ५ प्रतिशत कर्जा दिनु पर्ने ब्यवस्था छ । विपन्न बर्गको लागि भने १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने ब्यवस्था गरिएको छ । २० भन्दा कम शाखा हुने बैंकहरुले निर्देशित कर्जा ४० प्रतिशत पुर्याउनको लागि ५ बर्षको समय दिइएको छ । सो अनुसार आर्थिक बर्ष २०१५/१६ देखि प्रत्येक बर्ष २ प्रतिशतका दरले बढाउदै लैजान आइरविआइले निर्देशन दिएको छ । गत आर्थिक बर्ष २०१५/१६ मा निर्देशित कर्जाको अंश यस्ता बैंकहरुको लागि ३२ प्रतिशत तोकिएको छ ।
एनआइविएलले किन्ने सम्झौता भएको २ दिन पछि एस डेभलपमेन्ट बैंकको सेयर कारोवार कसरी सम्भव भयो ?
काठमाडौं, २६ साउन । एस डेभलमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता भइसकेको २ दिनपछि सेयर कारोवार भएको छ । बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने र एकले अर्काे खरिद हुने अवस्थामा यस्तो कार्यमा संलग्न संस्थाको सेयर कारोवार यस्तो सम्झौता भएको दिनदेखि नै सेयर कारोवार रोक्ने ब्यवस्था छ । गत आइतवार भएको सेयर कारोवारको विवरण नेप्सेको साइटमा यसरी राखिएको छ । एस डेभलमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्बन्धि सम्झौता गत शुक्रवार नै भएको थियो । तर शुक्रवार सम्झौता भइसकेपनि गत आइतवार एस डेभलपमेन्ट बैंकको ४ कारोवारबाट ३४३९ कित्ता सेयर खरिद विक्री भएको छ । यस्तो कारोवार नियमत पाइदैन । नेपाल स्टक एक्सचेन्जका सहायक प्रवक्ता मुराहरि पराजुली प्राविधिक कारणले यसरी कारोवार भएको बताउछन् । शुक्रवार बेलुका सम्झौता भएपनि आइतवार मात्रै नेप्सेलाई जानकारी आएको र सो कम्पनीको सेयर कारोवार रोक्का भएको जानकारी दिने बेलासम्ममा सो कारोवार भइसकेको उनले बताए । गत शुक्रवार एनआइविएलले एस डेभलपमेन्ट बैंक खरिद गर्ने सहमति पत्रमा हस्ताक्षर गर्दै एनआइविएलका अध्यक्ष पृथ्बीबहादुर पाँडे र एस डेभलमेन्ट बैंकका अध्यक्ष योगेन्द्र शाक्य ‘आइतवार सम्झौता भएको पत्र आइपुग्यो, तोक लगाएर आइटि डिपार्टमेन्टसम्म पत्र पुग्दा र आइटी विभागले त्यसको जानकारी ब्रोकरलाई गराउदासम्म कारोवार भइसकेको रहेछ,’ पराजुलीले भने । त्यस्तो कारोवार रद्द गरिने उनको भनाइ छ । गत आइतवार एस डेभलमेन्ट बैंकको सेयर प्रतिकित्ता ४४५ रुपैयाँमा कारोवार भएका थियो ।
भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो
मोरङ, २६ साउन । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको निगमका पूर्व क्षेत्रीय प्रमुख दिनेश यादवले बताए । “अब पूर्वक्षेत्रमा पेट्रोलको अभाव हुनेछैन”, प्रमुख यादवले भने, “उपभोक्ताले माग गरेअनुसारकै पेट्रोल उपलब्ध गराउन निगम तयार छ ।” निगमले यसअघि बरौनी रिफाइनरीबाट मात्र पेट्रोल आयात गरिरहेको थियो । बरौनीबाट दैनिक १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर आयात हुने पेट्रोलले माग पूरा गरिरहे पनि सहजता भने थिएन । बरौनी र सिलिगुढीबाट दैनिक आउने २० ट्याङ्करको कुल दुई लाख ४० हजार लिटर पेट्रोल पूर्वको मागभन्दा उच्च देखिन्छ । बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्याङ्कर डिजेलसमेत आयात भइरहेको छ । त्यस्तै, आवश्यकताअनुसार मट्टितेलको पनि आयात भइरहेको निगमले जनाएको छ । हाल निगमको भण्डारमा ५५० केएल पेट्रोल र चार हजार केएल डिजल मौज्दात रहेको निगमले दाबी गरेको छ । यसैबीच, निगमले ट्याङ्करको व्यवस्थित पार्किङस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । निगमको हाताभित्रै पार्किङस्थलको निर्माण पूरा गरेर सडकमा देखिएको ट्राफिक समस्या समाधान गर्ने निगमको योजना छ । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ठेक्का लिएको हो । पूर्व क्षेत्रीय प्रमुख यादवले आउँदो भदौसम्ममा पार्किङस्थलको निर्माण कार्य पूरा भइसक्ने र असोजको पहिलो साताबाटै सञ्चालनमा आउने बताए । कुल १२ कट्ठा जमिनमा निगमको हाताभित्रै ट्याङ्करको पार्किङस्थल निर्माण भइरहेको छ । भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ बोकेर आएका सयौँ ट्याङ्करलाई पार्किङस्थलमा व्यवस्थित ढङ्गले राखिने निगमले जनाएको छ । पार्किङस्थलमा एकै पटक २०० वटा ट्याङ्कर अट्नेछन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौती बनिरहेको यार्डलाई व्यवस्थित बनाउने क्रममा जग्गामा ग्राभेल, घेरबार गरिनेछ भने पार्किङ स्थलमा सुरक्षा पोस्टसमेत राख्ने योजना छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सङ्ख्या हाल २२५ को हाराहारीमा छ । रासस
काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले बृद्धि, राइट ब्याकले गर्यो कमाल
काठमाडौं, २६ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७३ असार मसान्तसम्मा ३० करोड २ लाख नाफा आर्जन गरेको हो । जुन २०७२ असार मसान्तसम्ममा बैंकले कमाएको नाफा भन्दा ३२० प्रतिशतले बढि हुन आउँछ । बैंकले २०७२ असार मसान्तसम्मा जम्मा ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । तर २०७३ असार मसान्तसम्ममा भने बैंकले २३ करोड ४ लाखले नाफा बढाउन सफल भएको हो । यद्यपी बैंकको सो नाफामा ३० करोड ३६ लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको देखिन्छ । बैंकले आफ्नो खराब कर्जालाई ७ दशमलब ९५ प्रतिशतबाट घटाएर शुन्य दशमलब ९३ प्रतिशतमा सिमित गराएको छ ।