विकासन्युज

चामल दिने घोषणाले कर्णालीमा आक्रोश, २० केजी चामल पाउन कि जन्मनुपर्ने कि मर्नुपर्ने ?

काठमाडौं २५, भदौ । प्रधानमन्त्री प्रचण्डले संसदमा बिहीबार सम्बोधन गर्दै कर्णालीका जिल्लामा मान्छे जन्मदा र मृत्यु हुँदा प्रतिपरिवार २० किलो चामल निःशुल्क दिने घोषणाको बिरोधमा कर्णालीबासीले सरकारलाई नै कर्णालीबाट चामल फिर्ता पठाएका छन्। प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रलगायत सबै राजनीतिक दल र नागरिक समाजले तत्काल उक्त निर्णय फिर्ता लिन पनि सरकारलाई आग्रह गरेको शनिबारको अन्नपूर्णमा समाचार छापिएको छ। माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत रहेका जुम्लाका पूर्वसभाषद् नरेश भण्डारीले सरकारले कर्णालीलाई अपमान गरेको बताए । उनका अनुसार सरकारले कर्णालीलाई अपमान गरेर चामल बाढेको छ । उनका अनुसार सरकारले दिएको चामल त टाउकाको रोग लागेका बेला पेटको उपचार गरेजस्तै भएको छ ।  उनले सरकारले कर्णालीलाई चामल बाडेर परनिर्भर बनाउन खोजको पनि उनको भनाइ छ । कर्णालीबासिरले सधै सरकारलाई परनिर्भरता होइन आत्मनिर्भर बनाउन आग्रह गर्ने गरेका छन् सरकारले भने हरेक वर्ष कर्णालीबासिका नाममा दिने सिमित चालममा गर्व गर्न थालेको आरोप कर्णालीबासिको छ । कर्णालीबासिले २० किलो चामल खोजेको होइन, कर्णालीका विकास र समृद्धि खोजेका हुन ।

दशैंलाई थप ३ सय बस, एक अर्ब ५० करोड लगानी

काठमाडौं २५, भदौ दसैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ। महासंघमा महासचिव सरोज सिटौलाका अनुसार दसैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ। त्यसैले एक अर्ब ५० करोड लगानी गरेर आधुनिक सुविधासम्पन्न बस थप्न लागिएको उनले जानकारी दिए। व्यवसायीले बस थप गरेर सुविधा दिने घोषणा गरिसकेका भएपनि टिकेट खुल्ने समय भने अझै अन्यौलमा रहेको छ । दसैं आउनु महिना १५ दिन अगाडि नै टिकेट काट्ने व्यवस्थालाई सरकार र यातायात व्यवसायीबीचको विवादले यो वर्ष पनि अन्योलमा थकेलेको छ । गत वर्ष पनि नाकाबन्दीका कारण सवारी साधान संचालनमै समस्या भएपनि अग्रीम टिकेट काट्ने व्यवस्था थिए ।

संसद छाडेर एनजीको गोष्ठीमा, भत्ता संसदको सहभागि एनजीओको

काठमाडौं २५, भदौ । संविधान कार्यान्वयनसम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्ने कार्यसूचीमा संसद बैठक चलरहेको बेला शुक्रबार मध्याह्नतिर नयाँ बानेश्वरस्थित संसद भवनको पार्किङमा कडा सुरक्षा घेरा पार गर्दै दुई वटा हरियो नम्बर प्लेटका माइक्रो बस थिए । सधै निझी र सरकारी नम्बर प्लेटक सवारी साधनले खचाखच हुने क्षेत्रमा ठडिएका यी विशेष सवारी बारे खासै कसैले चासो दिएनन् । सांसद, पत्रकार र कर्मचारीका साधनमा समेत संसद सचिवालयबाट जारी प्रवेश पास चाहिने क्षेत्रमा भित्र्याइएका ती पर्यटकवाहक माइक्रो बसको रहस्य त्यतीबेला खुल्यो, जब संसद बैठकमा गणपुरक संख्या नपुगेर उच्च अदालत गठनका लागि अत्यावश्यक विधेयक पारित गरियोस् भनि प्रस्ताव निर्णयार्थ पेश हुन सकेन । संसदको कार्यव्यवस्था शाखाका अनुसार शुक्रबारको बैठकमा ३ सय ६६ सांसदले उपस्थथितिको हाजिर गरेका छन् । संविधानसभाबाट रूपान्तरित भइ ५ सय ९५ सदस्य रहेको सदनमा सांसदहरूको यो उपस्थिति आफैंमा ज्यादै न्यून हो । उपस्थितिमध्ये पनि २ सय ४० सांसद त कार्यसूचीको सर्वाधिक महत्वपूर्ण विषय आउनुअगावै सदन बंक गरिसकेको समाचार शनिबारको कन्तिपुर दैनिकमा खबर छ । संसदहरु हाजिर गरेर आइएनजीओको कार्यक्रममा जाने क्रम बढेको छ । संसद भवनभित्रैबाट वसमा ओसारिने यी संसद हाजिरमा तीन सय ६६ जना छन भने गन्दा एक सय ६६ जना मात्रै रहेको छ ।

सन्धि सच्याउन भारत सहमत, प्रधानमन्त्री दाहाललाई ओलीको चुनौति

काठमाडौं २५, भदौ । सुपुर्दगी सन्धी तथा पारस्परिक कानुनी सहायता ९एमएलए० को मस्यौदा नेपालको कानुनअनुसार परिमार्जन गर्न भारत सहमत भएको छ । शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत गृहसचिव स्तरीय दुईदिने बैठकमा भारत सुपुर्दगी र एमएलएको मस्यौदा परिमार्जन गर्न सहमत भएको हो । फाइल तस्बिर सुपुर्दगी सन्धि र एमएलएको मस्यौदामा भारतले राखेका केही बुँदा नेपालको कानुनसँग मेल नखाने भन्दै त्यसमा परिमार्जन गर्न नेपाली पक्षले प्रस्ताव गरेको थियो । शनिबारको कान्तिपुर दैनिकमा खबर छ । प्रधानमन्त्री दाहाललाई ओलीको चुनौति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसँग एमाले नेतृत्वको सकरारले गरे भन्दा भन्दा राम्रो कुनै सम्झौता गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन् । भारत भ्रमणको तयारीमा रहेको दाहाललाई ओलीले आफ्नो सरकारले गरेका दुई देशसँगको सम्झौताको फहेरिस्त बताउँदै त्यो भन्दा उच्चस्तरको कुनै सम्झौता हुन्छ कि हुँदैन हेर्न चाहेको उल्लेख गरे । ‘म भन्दा अघिको सककारले भारतसँग सम्बन्ध विगारेको थियो, नाकाबन्दी भएको थिए तराईमा आगो बलेको थियो, मैल आएपछि सबै हट्यो भारतको राजकीय भ्रमण भयो, विसाखापट्नम बन्दरगाह सञ्चालन लगायतका सम्झौता भए, चीनसँग पनि सम्झौता भए अनि मैले नै सम्बन्ध बिगारेँ रु’ एमाले युवा तथा खेलकुद विभागले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘सम्बन्ध सुधारेको भाषण गर्नेहरुले त्यो भन्दा राम्रो सम्झौता गरेर देखाए हुन्छ ।’ भारत र चीनको बाटो हुदै समुद्रसम्मको पहुँच राख्ने गरी ढोका खोल्नु असन्तुलित सम्बन्ध हो भन्दै ओलीले प्रश्न गरे । उनले दाहाल नेतृत्वको सरकार अन्त कतैको डिजाइनमा बनेको आरोप लगाउदै यसले संविधान कार्यान्वन हुन नदिएर मुलुकलाई अप्ठेरो पार्ने दिशातर्फ अघि बढिरहेको जिकिर गरे । ‘यो सरकार ‘इिजाइन समह्वेयर, एसेम्बल्ड इन नेपाल’ हो’ उनले अमेरिकी कम्पनी एप्पलको आइफोनको उदाहरण दिंदै भने,‘ संविधानको कार्यान्वयनलाई धरापमा धकेकल्दैछ, सहमतिको होइन भिडन्तको राजनीतितर्फ जान चाहिरहनुभएको छ ।’ अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्री दाहालले बिहीबार गरेको सम्बोधनलाई मयूरको प्वाँख लगाएर मान्छे नाच्ने नक्कली मयूर नाचको संज्ञा दिए । ‘संसदमा भाषण भनौं कि मयूर नाच त्यस्तै चीज देखियो,’ अध्यक्ष ओलीले भने,‘न चीनिया राष्ट्रपतिको भ्रमणको कुरा कुरा आयो, न भारत भ्रमण एक जना उप्रधानमन्त्री फास्टट्रयाक यसो उसो गरिन्छ भन्दैछन् त्यसबारे पनि केही आएन विकास कसरी गर्ने भन्ने कुरै छैन ।’ भारत भ्रमणका एजेन्डाः ग्यास भण्डारण र पाइपलाइन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारणस्थल निर्माण र अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने भएको छ। नेपाल आयल निगमको स्वामित्वमा ग्यास भण्डारणस्थल नहुँदा सहजै ग्यास उपलब्ध गराउन कठिन भएपछि सरकारले प्रधानमन्त्री भ्रमणलाई त्यसका लागि उपयोग गर्ने तयारी थालेको खबर आजको नागरिकमा छापिएको छ। निजी उद्योगीले इन्डियन आयल कर्पोरेसनबाट एलपी ग्यास ल्याएर बेच्दै आएकोमा निगमले ३५ हजार मेट्रिकटन क्षमताको भण्डारण बनाउन प्रस्ताव गरेको छ। आपूर्ति मन्त्रालय हुँदै परराष्ट्रमार्फत प्रस्ताव तयार पारी पेट्रोलियम पाइपलाइन क्षमता बढाउन आग्रह गर्ने बताइएको छ। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत पहिलो साता चीन भ्रमणमा जाँदा इन्धन सम्झौता गर्ने योजना बनाएका थिए। इन्धन सम्झौता गर्न नसकेपछि बेइजिङबाट फर्किंदा पेट्रोलियम भण्डारण र अन्वेषणमा चीनले सघाउने आश्वासन पाए पनि अहिलेसम्म काम अघि बढेको छैन।

अदुवाको निर्यात प्रतिवन्ध खुल्यो, विषदी नभएको पुष्टि

काठमाडौं २५, भदौ । नेपाल अदुवामा विषदी भेटिएको भन्दै निर्यातमा लागेको रोक शुक्रबारबाटे खुलेको छ । भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि शुक्रबारबाट निकासी खुला भएको हो । भारतले नेपाली अदुवामा एल्डिकार्ड नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो। यही परिपत्रका आधारमा करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन। नेपाली व्यवसायीले यसको विरोध गरेपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करिब एक हजार किलो नमूना कोलकाता प्रयोगशाला लगेको थियो। त्यसैको रिपोर्टका आधारमा शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो। ‘भारतीय खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी मिसिएको छैन भन्ने रिपोर्ट आफ्नो भन्सार कार्यालयलाई पठाएपछि प्रतिबन्ध हटेको छ,’ नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले सेतोपाटीसँग भने, ‘शुक्रबारबाटै नेपाली अदुवा भारत जान थालिसकेको छ।’ संघका व्यवस्थापक सत्यम खड्काका अनुसार शुक्रबार बेलुकी ५ बजेसम्म २४ गाडी अदुवा भारत छिरिसकेको छ भने ९ गाडी छिर्ने तर्खरमा छ। यसअनुसार शुक्रबार मात्रै लगभग ५ सय टन अदुवा निकासी हुन्छ। साबिकमा दिनको औसत साढे ३ सय टन निकासी हुँदै आएको उनले बताए । नेपालबाट निकासी हुने अदुवाको ६५ प्रतिशत बजार कलकत्ता हो। बाँकी दिल्ली लगायत अन्य सहरमा खपत हुन्छ।

गगनले रोके पूर्वउपप्रधानमन्त्रीको उपचार खर्च, देश वाहिरको खर्च राज्यले नबोहोर्ने 

  काठमाडौं २५, भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा। गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका छन् । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । प्रधानमन्त्री जी तपाई पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरुको स्वस्थ्य उपचार आगामी दिनमा स्वदेशमै हुनुपर्छ । तपाईहरु आफ्नो उपचार विदेशमाा गराउनुहुन्छ भने जुन देशमा गराउने हो, सोही देशले खर्च बेहोर्ने गरी हुनुपर्यो भन्ने समाचार शनिबारको अन्नपूर्णले छापको छ ।

सामसुङको नोट सेभेनलाई विमानमा प्रतिबन्ध, विष्पोटको खतरा मुख्य कारण

काठमाडौं, २४ भदौ । सामसुङ मोवाईल्सको पछिल्लो उत्पादन ग्यालेक्सी नोट सेभेन मोबाइल विष्फोट हुन थालेपछि अष्ट्रेलीयाका केही विमान कम्पनीहरूले यात्रुहरूलाई यात्रा अवधिमा सो मोवाइल बोक्न प्रतिबन्ध लगाएका छन् । ब्याट्रीमा देखिएको खराबीका कारण चार्ज गर्ने बेलामा केही मोबाइल फोनहरू विष्फोट भएपछि सामसुङले बिक्री गरेको मोबाइलहरू फिर्ता गर्न आव्हान समेत गरेको छ । यो घटनाले गर्दा सामसुङको करिब १ खर्ब ५० अर्ब रूपैँया नोक्सान हुने अनुमान गरिएको छ । नोट सेभेनलाई अस्ट्रेलियाको मुख्य एयरलाईन्सहरू क्वान्टास, भर्जिन अस्ट्रेलिया, टाइगर एयरवेज र जेटस्टारले आफ्ना यात्रुहरूलाई बोक्न प्रतिबन्ध लगाएको छ भने अन्य मोबाइलहरूलाई विमान भित्र चार्ज गर्न पनि रोक लगाएको जनाएको छ ।

संयुृक्त अरब इमिरेट्समा अलपत्र ३० जनाको उद्धार गर्न निर्देशन

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त अरब इमिरेट्स (युएइ)मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँमा एक कम्पनीमा गएका उनीहरुलाई चार महिनादेखि पारिश्रमिक नदिइएपछि बिचल्ली परेको खबर सार्वजनिक भएपछि उद्धार गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई पत्र लेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले अलपत्र परेका उनीहरुलाई छिटो उद्धार गरी नेपाल ल्याउन र त्यसको जानकारी कार्यालयलाई दिन निर्देशन दिएको छ । रासस