विकासन्युज

नेप्से परिसूचक २५ अंकले उकालो, ६१ करोडको सेयर कारोबार

काठमाडौं । आइतबार नेप्से परिसूचक २४ दशमलब ९३ अंकले उकालो लागेको छ । करिब २५ अंकले उकालो लागेको परिसूचक बढेर १३५४ दशमलब ३४ अंकमा पुगेको छ । पछिल्लो समय ओरालो लागेको बजारमा आइतबार भने केही सुधार देखिएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधारात्मक संकेत देखिएको छ । आइतबार ६१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको भन्दा २० करोड रुपैयाँ बढी हो । आइतबार १४१ कम्पनीको ११ लाख ८५ हजार ४८५ कित्ता सेयर किनबेच भएको छ । आइतबार अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २२६ अंकले उकालो लागेको छ । अन्य समूहको परिसूचक भने शून्य दशमलब २९ अंकले ओरालो लागेको छ । सो दिन सबैभन्दा बढी आरएसडिसी लघुवित्त संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । करिब १० प्रतिशतले बढेको सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ रहेको छ । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.७८ र ९.६० प्रतिशतले बढेका छन् । सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको साढे ३ प्रतिशतले घटेको छ । आइतबार कारोबार गर्ने १० उत्कृष्ट कम्पनीहरु:

ज्ञान मल्टिग्रेन आटा नेपाली बजारमा, ७ वटा प्राकृतिक अन्नको समिश्रणबाट उत्पादित

काठमाडौं । के. एल दुगड समूहले ज्ञान मल्टिग्रेन आटाको उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । समुहले ७ वटा प्राकृतिक अन्नहरु:गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट उक्त आटा तयार पारेको जनाएको छ । उक्त आटामा सात वटा प्राकृतिक अन्नहरुबाट पाइने शक्ति प्रोटिन, भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुनुका साथै उक्त तत्वहरु बाट मानिसलाई भरपुर शक्ति प्रदान गरी स्वस्थ्य बनाउँछ । साथै शुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेको यस आटाको ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको कम्पनीले जनाएको छ । यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ । स्वास्थ्थ प्रति सचेत र खान पानमा बढी ध्यान दिने आजको पुस्तालाई लछित गर्दै के एल दुगड सुमुहले यो मल्टिग्रेन आटा बजारमा ल्याएको हो । यो मल्टिग्रेन आटा अर्थात विभिन्न अन्न बाट बनाएकोले भिन्न भिन्न अन्नबाटा प्राप्त हुने सबै प्रकारका तत्वहरु अत्यन्तै पोेस्टिक हुनुका साथै स्वस्त्य बर्धक छ । यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण शुरु गरिएको हो ।

लेखा समितिले माग्यो वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण मागेको छ । आइतबार बसेको समिति बैठकले वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको आंशकामा विस्तृत विवरण मागेको हो । ‘नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिदका क्रममा अनियमिता भएको भन्ने उजुरी समितिमा परेको थियो, त्यसमाथी भएको छलफलपछि खरिद प्रक्रियाको सम्पुर्ण विवरण ५ दिन भित्रै समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गरिन्छ’, समितिले भनेको छ । निगमले दुई वटा वाइडबडी जहाज ए३०० खरिदका लागि बैना रकम समेत पठाईसकेको छ । त्यस्तै, बैठकले आगामी तीन महिनाभित्रै निगममा उपयुक्त विदेशी साँझेदार भित्र्याइसक्न पनि समितिले निर्देशन दिएको छ । समिति बैठकले चिनियाँ जहाजको खरिद लागत तथा हाल सञ्चालनबाट प्राप्त भैरहेको उपलब्धिका बारेमा पनि प्रतिवेदन बुझाउन भनेको छ । समितिले नेपाल बायु सेवा निगम सञ्चालन सम्बन्धी वित्तिय योजना पनि पेश गर्न भनेको छ । बैठकमा उपस्थित पर्यटन मन्त्री जीवन बहादुर शाहीले निगमलाई परिवार नियोजन गरेको अवस्थाबाट फेरी नयाँ उचाईमा पुर्याउन आफु लागिपरेको बताएका थिए । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने निगमलाई गरिखाने सरकारी संस्थानका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । कंसारकारले एयरबस३३० खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा निगमका आर्थिक विनियमावली अक्षरस पालना गरेको पनि जानकारी गराए । उनले नेपाल बायु सेवा निगमलाई जहाज खरिद गर्न नदिएर डुबाउने अभियानमा ठूलै शक्ति लागिपरेको आरोप पनि लगाएका थिए । कंसाकारले सबै खाले अवरोधलाई चिरेर वाइडबडी जहाल ल्याएर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण शुरु, करिब पचास लाख लागत लाग्ने अनुमान

वालिङ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको हो । गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए । पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् । २०७३ साल चैत मसान्तसम्म निर्माण कार्य सक्ने गरी सुरु गरिएको उक्त योजनाको ४९ लाख चार हजार एक सय रुपैयाँ लागत अनुमान गरिएको छ । खानेपानीको समस्या भएकै कारण यस ठाउँबाट बसाइँसराइ जाने गरेकामा अब भने गाउँमै खानेपानीको पहुँच पुग्ने भएपछि बसाइँसराइ रोकिने विश्वास लिएको समितिका कोषाध्यक्ष गुरुङले बताए । पिउने पानीका लागि त्यहाँका बासिन्दाले अहिले आधा घन्टादेखि एक घन्टासम्मको समय लगाएर एक गाग्री खानेपानीको जोहो गर्ने गरेका छन् । रासस

भूकम्प पीडितलाई घडेरी किन्न एक लाख दिँदै सरकार, एक हजार घरधुरीले पाउन सक्ने

काठमाडौं । सरकारले भूकम्पबाट घरबस्ती पूर्ण क्षति भएका र सो स्थानमा अब घर बनाउन नमिल्ने निश्चित भएका व्यक्तिलाई घडेरी खरिद गर्न एक मुष्ठ एक लाख अुनदान दिने तयारी शुरु गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले यस्ता बसोबासलाई अनेत्रै सार्न प्रस्ताव राखेको हो । प्राधिकरणले घडेरी किन्ने रकम अनुदान प्रदान गर्नको लागि कार्यविधि बनाउने तयारी थालेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताए । ‘यस सम्बन्धमा अहिले प्राविधिकसँग छलफल भइरहेको छ,’ उनले भने ‘ यस पछि मात्र अनुदानको टुंगो लाग्ने लाग्छ । ’ विभिन्न सरोकारवालासँग छलफल गरी कार्यविधि बनाएर उक्त प्रस्तावलाई टुंगो लगाउने सहमति भएको प्राधिकरणका प्रमु्ख कार्यकारी अधिकृत (सीईओ) प्राडा. गोविन्दराज पोखरेलले बताएका छन् । उनका अनुसार घडेरी किन्न रकम पाउनका लागि हाल बसोबास गरिरहेको स्थानमा पुनः बसोबास गर्न नहुने भनी प्राविधिकले प्रमाणित भएको हुनुपर्नेछ । सरकराले अहिलेसम्म गरेको अध्ययनले भूकम्पबाट प्रभावित चौध जिल्लामा करिब एक हजार घरहरू सार्नु पर्ने अवस्था देखिएको छ । जोखिमपूर्ण बस्तीहरूको करीब ९० प्रतिशत अध्ययन गरिसकिएको छ । सोमध्ये एक हजार घरहरू अहिलेको ठाउँमा बस्न योग्य छैनन् । यस्तो सुविधा पाउनका लागि साना एकिकृत बस्तीका लागि १० घर अनिवार्य हुुनपर्ने छ । तर, भूकम्पका कारण कुनै गाविसका एक दुई वा तीन कुनैमा दुई चार घरमात्र अहिले बसोबास भएको स्थानबाट अनेत्र सार्नु पर्ने अवस्था भएका घर धनी समेत घडेरी खरिद गर्न बढीमा एक लाख रुपैयाँसम्म दिने व्यवस्था गर्न लागिएको भुषालले बताए । त्यस्ता पीडितले हाल बसोबास गरिरहेको स्थानीय निकाय वा यससँग सीमाना जोडिएको सुरक्षित स्थानमा जग्गा खरिद गर्नु पर्ने छ । पीडितले अुनदानबाट खरिद गरेकै जमिनमा अनिवार्य घर बनाउनु पर्ने छ । रकम दिँदा दुरुपयोग हुने ठहर भएमा त्यस्ता घरहरूलाई सरकार आफैले जग्गा खरिद गरिदिन सक्ने प्रस्ताव समेत प्राधिरणको छ । घडेरी पाएपछि तीन लाख अनुदान लिएर घर बनाउनु पर्ने छ । भूकम्पको कारण सो स्थानमा बस्नै नहुने भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने भएकोले उक्त प्रस्ताव प्राधिकरणले राखेको हो । चैत १५ भित्र पहिलो किस्ताको सम्झौता गरिसक्नु पर्ने प्राधिकरणले भूकम्प प्रभावितको सूचीमा परेका सबै व्यक्तिले आउँदो चैत १५ गतेभित्र अनुदान रकमको लागि सम्झौता गरिसक्न समय सीमा तोकेको छ । सबैले छिटो अनुदान लगेर घर बनाउन शुरु गरुन भनेर यस्तो सूचना जारी गरिएको भुषालले बताए । ‘अहिले नै कारवाही तोकिसकिएको छैन उनले भने छिटो रकम लैजान प्राधिकरणले घच्घच्याएको हो । ’ पुस मसान्तभित्र पहिलो किस्ताको सम्झौता गरिसेकेकाहरूले पनि चैत १५ भित्र दोस्रो किस्ताको लागि आवेदन दिनु पर्नेछ । यदि अनुदानका लागि आवेदन नदिएमा त्यसको उपयुक्त कारण पेश गुर्न पर्ने छ । पुनर्निर्माणको कार्यलाई चाडै सक्नको लागि प्राधिकरणले समय निर्धाणर गरिदिएको हो । तर, सम्झौता नगरेमा वा दोस्रो किस्ताको माग नगरेमा के गर्ने भन्ने बारे भने कुनै निर्णय भएको छैन ।

सामसङको ग्यालेक्सि सी ९ प्रो नेपाली बजारमा, मूल्य ५९ हजार ९९० रुपैयाँ मात्र

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन ‘ग्यालेक्सि सी ९ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त फोनमा ६ जीबी र्याम, १६ एम्पी फ्रन्ट र ब्याक क्यामेरा तथा ६ इन्चको एफएचडी समोलेड डिस्प्ले राखिएको छ । साथै, एफएचडी समोलेड डिस्प्ले राखिएको छ भने फुल मेटल यूनिबढी भएको यस फोनले आफ्नो स्मार्टफोनबाट धेरैको अपेक्षा राख्ने ग्राहकहरुका लागि थप आकर्षण पुर्याएको कम्पनीले जनाएको छ । फोनले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यी टप-अफ-द-लाइन फिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका साथ इमर्सिभ भिविङ अनुभव प्रदान गरेको छ । सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर प्रणय स्थापितले  ग्यालेक्सि सी ९ प्रो आफ्ना ६ एचडी समोलोड डिस्प्लेका साथ मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदान गर्न डिजाइन गरिएको गरिएको बताएका छन् । साथै, उनले आफ्नो एड्भान्स्ड् ६४ बिट्स् अक्टा कोर प्रोसेसर, ६ जिबी र्याम, ४००० एमएएच ब्याट्री पावर र इनबिउल्ट स्टोरेज सम्म गर्न सकिने बताए। यो स्मार्टफोन ग्राहकहरुलाई पावरहाउस प्रफर्मेन्स दिन तयार छ । अझै डियुल एलइडी फ्लास र एफ्.९ लेन्स सहितको १६ एमपीफ्रन्ट र रियर क्यामेराले प्रयोगकर्ताहरुलाई “लो–लाइट” कन्डिशनहरुमा पनि उत्कृष्ट फोटोहरु लिने क्षमता प्रदान गरेको डेपुटी जेनरल म्यानेजर प्रणय स्थापितले बताए । नेपाली बजारमा उक्त मोबाइल ब्ल्याक् र गोल्ड गरी २ वटा रंगहरु उपलब्छ छ ।  यस मोबाइलको मूल्य ५९ हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

चमेलियाको सुरुङ निर्माण सम्पन्न, दशैअघि ३० मेगावाट जलविद्युत उत्पादन हुने

बैतडी । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये ६ सय ११ मिटर काम सम्पन्न भइसकेको थियो । साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि सुरु भएको र शनिबार सम्पन्न भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए । “साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको छ”, उनले भने, “अब रक ट्र्याक खोल्ने काम सुरु भएको छ ।” सन् २०१७ को सेप्टेम्बरमा परीक्षण उत्पादन गर्ने र सन् २०१७ को डिसेम्बरसम्म परीक्षण गरी विद्युत् सञ्चालन गरिने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुत गतिमा भइरहेको पनि उनले बताए ।  आयोजनाको एक सय ३२ किलोभोल्टको प्रसारण लाइन दार्चुलादेखि अत्तरियासम्मको सबै बनिसकेको बताइएको छ । साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको अब रक ट्र्याक खोल्ने काम भइरहेको छ । कुल ६५ मिटर रक ट्र्याकमध्ये १३ मिटर सम्पन्न भइसकेको र अब ५२ मिटर मात्रै बाँकी रहेको बताइएको छ । चमेलियाको जलविद्युत् आयोजना सम्पन्न भए सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुनेछ । सन् २०१७ को डिसेम्बरमा चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न हुने भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने भएकाले हर्षित भएका छन् । आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन् । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । त्यस्तै, ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गरी चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिएका थिए । रासस

बीमा कम्पनीहरुबीच पुँजी बढाउने प्रतिस्पर्धा, एशियन लाईफले २ अर्ब पुर्याउने

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले स्वेच्छिक रुपमा पुँजी वृद्धिलाई प्राथमिकता दिएका छन् । त्यसै क्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले पुँजी २ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिव ८० करोड ५६ लाख रुपैयाँ हुन्छ । बोनस सेयर वितरणपछि कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्काशन गर्दैछ । हकप्रद सेयर निश्काशनपछि चुक्ता पुँजी एक अर्ब २० करोड नाघ्ने छ । व्यवसाय बढेको र बीमा समितिले तोकेको सल्भेन्सी रेसियो भित्र रहेर व्यवसाय विस्तार गर्न पुँजी वृद्धि गर्दै जानुपर्ने आवश्यकता रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले बताए । कम्पनीले चैत्र १७ गते साधारणसभा गर्दैछ । उक्त साधारणसभामा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव लैजादैछ ।