विकासन्युज

माथिल्लो तामाकोशीको साधारणसभा जेठ ३ गते, सेयर निष्काशनको प्रस्ताव आएन, चन्दा वितरण अनुमोदन विशेष प्रस्ताव

काठमाडौं । माथिल्लो तापाकोशी हाइड्रोपावर लिमिटेडले जेठ ३ गतेको लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई दिएको चन्दा तथा आर्थिक सहयोग अनुमोदन सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कति चन्दा तथा आर्थिक सहयोग वितरण गरेको हो भन्न विषय प्रस्तावमा उल्लेख गरेको छैन । कम्पनीले दोलखाबासी र सर्वसाधारणको लागि सेयर निष्काशन गर्न नसकिरहेको सन्दर्भमा हुन लागेको साधारणसभामा यस सम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरिने भएको छ । अध्यक्षको भाषण र वार्षिक प्रतिवेदन अनुमोदन गर्ने लगायत समान्य र नियमित प्रक्रियाअनुसारको प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने कम्पनीका कार्यकारी प्रमुख विज्ञान श्रेष्ठले बताए ।

गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, आवेदन गर्ने अन्तिम म्याद असार ४ गतेसम्म

काठमाडौं । गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैशाख १९ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन पाउने फाइनान्सले जनाएको छ । फाइनान्सले हकप्रद सेयरका लागि जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन खुला गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल, गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार, शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यविनाएक, धरान, इटहरी, दमक, विर्तामोड, नारायणगढ जनागलबाट सेयर आवेदन गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ हुनेछ । यस कम्पनीको प्रतिसेयर नेटवर्थ करिव १५० रपैयाँ छ भने प्रतिकित्ता करिब २९० रुपैयाँमा नेप्सेमा सेयर कारोबार भईरहेको हुन्छ ।

काठमाडौं मेयर र उपमेयरमा एमालेबाट श्रीमान र श्रीमतीकाे नाम सिफारिश

काठमाडौं । नेकपा एमालेले काठमाडौं मेयर–उपमेयरमा बुधबार पाँच–पाँच जनाको नाम सिफारिश गरेको छ। जिल्ला कमिटीले प्रदेशलाई पठाएका ती नाम बुधबार प्रदेश तीन नम्बर प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ। काठमाडौंको मेयरमा एमालेले सिफारिशमध्ये पाँचमध्ये एक जना हुन्– बसन्त मानन्धर। अनेरास्ववियूका पूर्व महासचिव उनी पार्टी पंक्तिमा जुझारु नेताका रुपमा परिचित छन्।  केन्द्रिय प्रतिनिधि परिषद सदस्य उनले यसअघि पार्टीको तर्फबाट महानगरपालिकामा प्रतिनिधित्व गरिसकेका छन्। संयोग कस्तो जुरेको छ भने कुनै बेला एमाले अखिलको राजनीति गरेकी ईन्दिरा पन्त काठमाडौंको उपमेयरमा सिफारिश भएकी छिन्। उनी सुरेन्द्र पाण्डे संयोजक रहेको एमालेको अर्थ तथा योजना विभाग सदस्य हुन्। अखिलको राजनीति हुँदै पार्टी राजनीति अघि बढाएकी उनी काठमाडौं जिल्ला कमिटी सदस्य पनि हुन्। पार्टीको तल्लो निकायले मेयरमा सिफारिश गरेका मानन्धर र उपमेयर सिफारिशमा परेकी पन्त नाताले पतिपत्नी हुन्। ‘उम्मेदवार सिफारिशमा श्रीमान्–श्रीमती पर्नु संयोग मात्रै हो’, नागरिकन्युजसँग कुरा गर्दै ईन्दिराले भनिन्, ‘पार्टीका लागि मेरो योगदान कम छैन।’ अखिलको राजनीतिमा सक्रिय रहेकै बेला २०५७ सालमा बसन्त र ईन्दिराको विवाह भएको थियो। ‘हाम्रो भेट पनि संगठनकै कामको सिलसिलामा भएको हो।’ बसन्त अनेरास्ववियूको महासचिव हुँदा इन्दिरा लुम्बिनी अञ्चल कमिटीमा थिइन्। यो जोडीकै नाम संविधान सभा निर्वाचनमा पनि सभासदको उम्मेदवारमा सिफारिशमा परेको थियो। त्यतिबेला दुवै जनाले टिकट पाएनन्। यो पटक के होला त? ‘पार्टीको निर्णय अन्तिम निर्णय हुन्छ। अहिलै धेरै भन्न सकिँदैन’, ईन्दिराले नागरिकन्युजसँग भनिन्। महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय एमाले स्थायी कमिटीले गर्नेछ। सिफारिशमा नपरेकाहरुलाई पनि स्थायी समितिले उम्मेदवार बनाउन सक्नेछ। (नागरिकबाट)

१२ जना फोटो पत्रकार पुरस्कृत, गुरूङलाई लाइफ टाइम एचिप्मेन्ट अवार्ड

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ । ’‘डिबी थापा लाईफ टाइम एचिपमेन्ट अवार्ड ’ फोटो पत्रकार भीम गुरुलाई प्रदान गर्दै वनमन्त्री शंकर भण्डारी समूह २० वर्ष पुगेका अवसरमा आयोजना गरिएको फोटो पत्रकारिता दिवसमा यहाँ आज आयोजित समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले पचास हजार रुपैयाँ राशिको सो अवार्ड प्रदान गरेका छन् । त्यसैगरी पहिलोपटक सुरू गरिएको ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरिएको थियो । मेगा बैंक नेपाल वर्ष उत्कृष्ट फोटोपत्रकारिता पुरस्कार निमेश राईलाई प्रदान गर्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह । ‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद नाखुसी, ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार निमेष राई र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । त्यसैगरी ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बालकृष्ण थापालाई प्रदान गरियो । ‘हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड–२०७३ पत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार सुदर्शन रञ्जीतलाई प्रदान गरियो । ‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिए । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । रासस

महासंघको नयाँ नेतृत्वलाई उद्योग मन्त्रालयमा स्वागत

काठमाडौं । उद्योग मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुलाई मन्त्रालयमा बोलाएर स्वागत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाल उद्योग वाणिज्य महासंघ विशुद्ध आर्थिक मुद्दामा केन्द्रीत होस् भन्ने शुभकामना दिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग मन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा परेको र लगानीको वातावरण बनेको बताए । उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलिकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको बताए । औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको भन्दै मन्त्री जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगिकरण, सहजिकरण समिति गठन गर्ने दिशामा रहेको बताए । उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको सम्वृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारका तर्पmबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना भएको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बताइन् ।

हलियालाई दुई करोड सोह्र लाख अनुदान

बाजुरा । भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोत कार्यालयले हलियाको निर्माण भएका घरको मर्मतका लागि दुई करोड १६ लाख अनुदान सहयोग उपलब्ध गराएको छ । जिल्लाको उत्तरी भेगमा बसोबास गर्दै आएका चार सय ३२ हलियालाई प्रतिव्यक्ति ५० हजारका दरले अनुदान सहयोग उपलब्ध गराएको मुक्त हलिया पुनःस्थापना कार्यदल समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । हलिया बस्दै आएका दलित समुदायका मानिसलाई सरकारले घर निर्माण गरिदिए पनि उनीहरुलाई दैनिक छाक टार्क भने समस्या भएको छ । सरकारले निर्माण भएका घरको मर्मतका लागि पहिलो किस्ता उपलब्ध गराएको हलिया पुनःस्थापना कार्यदलका सदस्य सचिव हिरालाल गिरीले बताए । “सम्झौता अनुसार कार्य भएनभएको अनुगमन गरी दोस्रो किस्ता उपलब्ध गराउँछौँ,” उनले भने । दोस्रो किस्ता मर्मत कार्य सम्पन्न भएपछि मात्र दिइनेछ । जिल्लामा हालसम्म पाँच सय २२ जना हलिया रहेको तथ्याङ्क छ । रासस

अर्थको अर्थ २४ औं बर्ष प्रवेश

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने आर्थिक कार्यक्रम अर्थको अर्थ २४ औं बर्ष प्रवेश गरेको छ । नेपाल टेलिभिजनबाट आइतबार बेलुकी ९ः३० बजे प्रशारण हुने अर्थको अर्थ नेपालकै पहिलो आर्थिक कार्यक्रम समेत हो । कार्यक्रमले २२ औं बर्ष पुरा गरेपछि २ बर्षअघि देखि अर्थकोअर्थन्युजडटकम नामको अनलाईन समेत सञ्चालन गर्दै आएको छ । आइबिएन मिडियो एण्ड रिसर्च प्रालीले सञ्चालन गर्दै आएको कार्यक्रमले अर्थतन्त्रका समसामयिक पक्षहरुको उजागर गर्दै आएको छ । २४ औं बर्षसम्मको यात्रामा सहयोग गर्ने अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, उद्योगी तथा व्यवसायीमा आइबिएन मिडियाले आभार समेत व्यक्त गरेको छ । संस्थाले आफ्नो कार्यक्रमलाई अझै शसक्त र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

उपत्यकाका २०० प्राइभेट स्कुलमा ताला बन्दी, यी हुन धेरै शुल्क असुल्ने स्कुल

काठमाडौं । बढि शुल्क असुल्ने २०० भन्दा बढि प्राइभेट स्कुलमा संयुक्त विद्यार्थी संगठनहरुले ताला बन्दी गरेका छन् । सर्वाेच्च अदालतको आदेश तथा शुल्क वृद्धि सम्बन्धी मापदण्ड उल्लंघन गर्दै मनोमानी ढंगले शुल्क असुल्ने २०० भन्दा बढि प्राइभेट स्कुलमा ताला बन्दी गरिएको हो । अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका त्यस्ता स्कुलहरुमा तालाबन्दी भैरहेको छ ।शुल्क वृद्धि रोक्न माग गर्दै शिक्षा मन्त्रीलाई नै ज्ञापन पत्र बुझाउँदा समेत आफ्ना माग पुरा नभएपछि अविभावकहरुको ढाड सेक्ने विद्यालयमा ताला लगाएको प्रवक्ता शर्माले जानकारी दिए । देशैभरका त्यस्ता विद्यालयहरुमा ताला लगाउने काम धमाधम भैरहेको पनि उनले जानकारी दिए । यी हुन उपत्यकामा ताला बन्दी गरिएका स्कुल  १) रातो बङ्गला स्कुल २) नाइटिङ्गेल स्कुल ३) रेडियन्ट स्कुल ४) ह्वाइटफिल्ड स्कुल ५) स्वर्णिम ६_ डिएभी सुशिल केडिया विश्व भारती स्कुल ७) माउन्ट ग्लोरी ८) भिएस निकेतन ९) गिताञ्जली स्कुल १०) रेड्न स्कुल ११) न्याम्स स्कुल १२) फ्लोरिसेन्ट स्कुल १३) अपि स्कुल १४) ज्ञान निकेतन १५) काठमाण्डौं विद्याकुञ्ज १६) काव्य स्कुल १७) पुस्प सदन १८) विभुती १९) कञ्चनजंघा स्कुल २०) प्यारागन स्कुल २१) संस्कृती २२) जनप्रेमी स्कुल २३) मातृभूमि २४) भक्तपुर बोर्डिङ स्कुल २५) ट्रिनीटी स्कुल