पेट्रोलियम अन्वेषण गर्न ग्लोवल टेण्डर हुँदै, लाइसेन्स लिएर होल्ड गर्न नपाइने
काठमाडौं । सरकारले मुलुकका १० स्थानमा पेट्रोलियम अन्वेषण गर्न पुनः ग्लोवल टेण्डर गर्ने भएका छ । पेट्रोलियम अन्वेषणका लागि यसअघि भएका सबै प्रयास असफल भएपछि सरकारले नयाँ टेण्डर गरेर अन्वेषणलाई पुनः अघि बढाउने भएको हो । यसका लागि नियमावली संसोधन गरेर प्रक्रिया अगाडि बढाइसकिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकारले १९९० को दशकदेखि पेट्रोलियम अन्वेषणको प्रक्रिया अगाडि बढाएको हो । तर अन्वेषणको जिम्मा पाएका कम्पनीले काम नगरी लाइसेन्स मात्रै होल्ड गरे यस अघी पनि काम नगर्ने कम्पनीकाे लाइसेन्स खारेज भएकाे थियाे । नयाँ पत्रिकादैनिकबाट ।
१५ वर्षपछि १४ करोड ६१ लाख लाभांश बाड्दै आयल निगम, कर्मचारी बाेनमै २ अर्ब ३६ कराेड
काठमाडौं । आयल निगमले १५ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । निगमको शुक्रबार सम्पन्न ३५ औं साधारण सभाले चुँत्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । निगमको संचित मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ छ । कम्पनी ऐन २०६३ अनुसार सञ्चि मुनाफा नहुदाँ लाभांस, बोनस वितरण गर्न नपाइने अर्थ प्रशासन विभाग प्रमुख नगेन्द साहले बताए । नाफा भएकाले १५ वर्षपछि सेयरधनीलाई वितरण गर्ने भएका छौं । आव २०७२/२०७३ को मुनाफाबाट सेयरधनीलाई चुत्ता पुँजीको ५० प्रतिशत लाभांस वितरण गर्ने निर्णय भएको उनले बताए । सेयरधनीलाई लाभांस वितरणमा १४ करोड ६१ लाख ९७ हजार खर्च हुने भएको छ । बाेनसमै २ करोड ६२ लाखको व्यवस्था निगमले कर्मचारी बोनसमै २ अर्ब ३६ करोडको व्यवस्था गरेको छ । यो संस्थाले बोनस नबाढ्ने भनेपनि यो रकम भने विनियोजन भएको छ । आर्थिक वर्षमा खुद नाफाको ६ प्रतिशतले हुन आउने रकम १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कर्मचारीको वोनसमा व्यवस्था गरेको छ । कान्तिपुर दैनिकबाट ।
शिक्षण पेशामा नयाँलाई अवसर आउँने, त्रिविमा १४२० दरबन्दी थपिदैँ
काठमाडौं । त्रिभुवन विश्विद्यालयले सञ्चालन गरेको विशेष कार्यक्रमलाई नियमित बनाउन आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी १ हजार ४ सय २० नयँ दरबन्दी थप्ने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद् बैठकले विश्वविद्यालयमा थपिएका नयाँ कार्यक्रमका लागि शिक्षक व्यवस्थापन गर्न दरबन्दी थप गर्ने निर्णय गरेको छ । परिषद्का सदस्य ताराप्रसाद सापकोटाले विश्वविद्यालयले दरबन्दी थप्ने निर्णयलाई स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको बताए । विश्वविद्यालय अन्तर्गतका अंशिक कलेजमा अहिले आंशिक शिक्षकको भरमा नै नयाँ शैक्षिक कार्यक्रम सञ्चालन भएको छ । त्रिविमा सञ्चलन भएका १ हजार शैक्षिक कार्यक्रममध्ये ३ सयको हाराहारीमा नयाँ कार्यक्रम छन् । आंशिक प्राध्यापकको विरोध करारमा नियक्तिको माग राखि आन्दोलनरत आंशिक प्राध्यापककको शुक्रबार मुखमा कालोपछी बाँधी प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएका छन । नेपाल आंशिक प्राध्यापक संघको् नेतृत्वमा नयाँ भर्ना कार्यक्रम आयोजना भएको हो । नागरिक दैनिकबाट ।
स्कार्पियोमा भेटियामै भेटियो पाँच सय किलो चाँदी, राजस्व कार्यालयले बुझ्न मानेन
सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो । बिपी राजमार्ग हुँदै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बा१६प ६४७ नम्बरको स्कार्पियो जिपमा सो परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जनकपुर उपमहानगरपालिका बस्ने अमित गुप्ताले चलाएर ल्याएको जिपमा खानतलासी गर्दा पाँच क्विन्टल चाँदी फेला परेपछि शंका लागेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक उमाशंकर पंजियारले बताए । ‘यदि वैधानिक थियो भने यति ठूलो परिमाणको चाँदी ल्याउँदा हेलिकोप्टर प्रयोग गरिन्थ्यो या सडकमार्गबाट ल्याउँदा सुरक्षाविना ल्याइँदैन थियो,’ पंजियारले भने, ‘एक त यति ठूलो परिमाणको बहुमूल्य धातु, त्यसमा पनि रातको समयमा काभ्रे–सिन्धुली हुँदै जनकपुर लैजान लाग्नुले पनि आशंका पैदा भएको हो ।’ प्रहरीले नियन्त्रण लिएर अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय महोत्तरीलाई बिहीबार राति नै बुझाउन लगे पनि कार्यालयले बुझ्न नमानेको प्रहरी उपरीक्षक पंजियारले बताए । आन्तरिक राजस्व कार्यालय बर्दिबासले चाँदी बुझ्न नमानेपछि प्रहरीले आन्तरिक राजस्व कार्यालय बारा पथलैया लगेको छ । तर, आन्तरिक राजस्व कार्यालय पथलैयाले पनि बुझ्न आनाकानी गरेको छ । कार्यालयले बुझ्न नमानेपछि चाँदीको सुरक्षासहित सिन्धुलीबाट गएको सुरक्षाकर्मीलाई राजस्व कार्यालयको कम्पाउन्डभित्र गाडी राखेर फोटो खिचेर ल्याउनू भन्ने आदेश दिएको प्रहरी उपरीक्षक पंजियारले बताए । चाँदीको बिल देखिए पनि राति ल्याउनु, ठूलो परिमाण देखिनु र राजस्व कार्यालयले बुझ्न नमान्नुले आशंका पैदा गरेको छ । ‘कार्यालयमा कर्मचारी छन्, तर बुझ्न र छानबिन गर्न तयार हुँदैनन्,’ पंजियारले भने । नयाँ पत्रिका दैनिकबाट ।
जाँदा जाँदै अजय सुमार्गीको पैसा खुला !
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न दिने निर्णय गरेको छ । सत्ताबाट बाहिरनै लाग्दा सरकारले डा. युवराज खतिवडा गभर्नर भएका बेलादेखि रोक्का रहेको ३ अर्व २९ करोड रुपैयाँ निकासा गर्न स्वीकृत दिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । जाँदा जाँदै प्रचण्ड सरकारले अयज सुमार्गीलाई सो रकम निकासा गर्न बाटो खोलिदिएको छ । यस विषयमा शुक्रबार नेपाल राष्ट्र बैंकमा दिनभर चर्चा भएको छ । पैसा निकासा गर्नका लागि आवश्यक डकुमेन्ट जुटाउन नसक्दा रकम निकासा त्यतिकै रोकिएको थियो । तर, सरकारबाट आधिकारिक पत्र नआएकोले राष्ट्र बैंकले यस विषयमा बोल्न चाहेन । अजय सुमार्गीले अफसोर कम्पनीको आवरणमा नेपालमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् । २०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रुपमा राष्ट्र बैंकले रोकिराखेको थियो । अहिले सरकार ढल्ने बेलामा प्रचण्ड र देउवाको सहमतिमा उक्त रकम निकासा गर्न स्वीकृत दिने निर्णय गरिएको हो । अजय सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योग दर्ता गरेका छन् । त्यसैका लागि २०७० सालमा ब्रिटिश भर्जिन आइलेण्डस्थित झोधार इन्भेष्टमेन्ट लि.बाट कर्जा लिने भनेर निवेदन दिँदा नेपालका बैंकले ऋण दिन सक्ने कि नसक्ने भन्ने खुलाउन भन्दा अजय सुमार्गीले आधार उल्लेख गर्न सकेका थिएनन् । त्यसपछि नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेज लि.बाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो । उद्योगको कुल पुँजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यस पत्राचारको पनि स्पष्ट पार्न सकेनन् अर्थात पुँजीको स्रोत खुल्न सकेन ।
संसद्को बजेट अधिवेशन सोमबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका-संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गरेकी राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिइन् । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो । रासस
एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार मुद्दा दायर गरेका थिए। नेपाल विद्युत् प्राविधकरणले दुई करोड थान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस
दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत, नीलोबाट गर्दा मतगणनामा केही असहजता
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।” पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस