द्रुतमार्ग शिलान्यस, काठमाडौंबाट तराई १ घण्टामै पुग्ने प्रतिक्षा अब चार वर्षमात्रै
काठमाडौं । गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे । कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । द्रुतमार्ग निर्माणले पहाड र मधेशलाई आर्थिक र भौतिक मात्र नभई मनोवैज्ञानिक रुपमा समेत निकट बनाउने धारण प्रधानमन्त्री तथा प्रधानसेनापतिले व्यक्त गरेका छन् । यो मार्ग बनाउने नेपालीको लामो सयमको चाहना पनि पूरा हुने भएको छ । कान्तिपुर दैनिकबाट ।
१२ खर्ब ८० अर्बको बजेट सोमबार अर्थ मन्त्रीले संसद्मा प्रस्तुत गर्दै
सरकारले आगामी आर्थिक वर्ष २०७४/२०७५ का लागि पौन १३ खर्ब भन्दा बढीको बजेट ल्याउने भएको छ । व्यवस्थापिका संसद्मा अर्थ मन्त्री कृष्णवहादुर महराले सोमबार १२ खर्ब ८० अर्बको बजेट पेश गर्ने तयारी गरेका छन् । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि ११ खर्ब ५६ अर्बको बजेट सीमा दिएपनि सरकारले स्थानीय तहलाई बजेट दिनुपर्ने भन्देै दुई खर्ब ३२ अर्ब बढाएर बजेट ल्याउन लागेको हो । सोमबार ल्याउन लागेको बजेट चालुको आवको भन्दा २२ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ । स्थानीय तहलाई बजेट दिने सम्बन्धमा मन्त्रालय र सरकारबीच एक मत हुन सकेको छैन । त्यसो त बजेट निर्माणकै क्रममा धेरै मतभेद र विवाद्हरू पनि नआएका होइनन् । सरकार स्थानीय तहलाई बढी बजेट दिने सोचमा छ भने मन्त्रालय भरसक बजेट कस्ने सोचमा छ । जे भएपनि स्थानीय तहका लागि तीन अर्बसम्म बजेट भागमा पर्न सक्ने देखिएको छ । अर्थ मन्त्रालयले चुनाव तथा स्थानीय तहका लागि बजेट दिनुपर्ने भन्दै नयाँ कार्यक्रम नआउने बजेट बनाएपनिबजेट अंक भने बढाएको छ । बजेट स्रोतका लागि सरकारले ७ खर्ब २० राजस्वबाट संकलन गर्ने भएको छ भने ३ खर्ब वैदेशिक अनुदान, साढे एक खर्ब वैदेशिक ऋण र एक खर्ब चालु आवको बचत तथा साँवाबाट बजेट स्रोत जुटाउने भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई नयाँ बजेटबारे जानकारी, बजेट बक्तव्य भाेलि ४ बजे
काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज बेग्लाबेग्लै भेटेर आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) बारे जानकारी गराएका छन् । त्यस अवसरमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र बजेट महाशाखाका प्रमुख मधुकुमार मरासिनी उपस्थित रहेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री महराले सोमबार ४ बजे ससदमा बजेट वाचन गर्ने कार्यक्रम रहेको छ ।
‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ पाउने पाँच जनाकाे नाम घोषणा, पुरस्कार भोलि वितरणा हुने
काठमाडौ । यस वर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ विभिन्न जिल्लाका पाँच जनालाई प्रदान गरिने भएको छ । यही जेठ १५ गते राष्ट्रपति कार्यालयमा सो पुरस्कार प्रदान गरिनेछ । कृषि विकास मन्त्रालयमा कृषि सचिव डा सुरज पोखरेलको अध्यक्षतामा बसेको बैठकले सर्लाही, हरिपुर नगरपालिका–९ का माछापालन व्यवसायी अफजल हुसेन, नवलपरासी हप्सेकोट गाउँपालिका–३ का तरकारी खेती गर्ने कृषक थमबहादुर रजाली मगर, डडेल्धुरा अजयमेरु गाउँपालिका–४ का बाख्रापालक खडकसिंह विष्ट र पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का इन्द्रकुमारी लावतीलाई एकीकृत खेतीको विकासका लागि सो पुरस्कार दिने निर्णय गरेको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेका सुमेर शम्शेर जबरालाई मत्स्य प्रजनन व्यवसायका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयका अधिकृत सुरेशबाबु तिवारीले जानकारी दिए ।
रामकृष्णको स्वर र आलोक श्रीको संगीतमा सरु भट्टराईको ‘बाध्यता’ सार्वजनिक (भिडियोमा)
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीत र सरु भट्टराइको शब्द रहेका सांगीतिक एल्बम‘बाध्यता’ सार्वजनिक भएको छ । गीतकार सरु भट्टराई अम्गाईकोपहिलो प्रस्तुतीका रुपमा आएको बाध्यता एल्बमको‘बाध्यता छ एकातिर रहर भित्र तिमी’ गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजानिक गरिएको छ । राजेश ढकालले छायांकन गरेको म्युजिक भिडियोमागायकरामकृष्ण ढकाललाई नै देख्न सकिन्छ । गीत रेकर्डिङ गर्दा–गर्दैको अवस्थालाई भिडियोमा आकर्षक तरिकाले देखाइएकोछ । जेठ १० गते युटुवमा सार्वजनिक गरिएको उनको नयाँ गितले प्रेम वियोगको गहिरो भाव बोकेको छ । दशौं वर्षदेखि संगीत क्षेत्रमा लागिपरेका ढकालका फ्यानहरुलाई ‘बाध्यता’ एल्बम उपहार सिद्ध हुने देखिन्छन् । परिचित गायक ढकालले गीतका शब्दहरुलाइ न्याय दिएका छन् । भिडियोमा
आर्थिक सर्वेक्षणः २३ संस्थान नाफामा र १२ नोक्सानीमा
काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका-संसद्को आजको बैठकमा आव २०७४/७५ को आर्थिक सर्वेक्षण, आव २०७३/७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गरेका छन् । सर्वेक्षणमा आव २०७३/७४ मा आर्थिक वृद्धि उत्साहजनक रहेको उल्लेख छ । त्यस्तै अनुकूल मौसम, सरकारको पँुजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन र लगानीको वातावरणमा सुधार भएकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ६।९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै मन्त्रालयगत प्रगति विवरणमा चालु आव २०७३/७४ को चैत मसान्तसम्मको विनियोजित बजेट एवम् खर्चको विवरण तथा २०७३ फागुन मसान्तसम्म सम्पादन भएका महत्वपूर्ण कार्य र बजेट वक्तव्यमा उल्लिखित नीति तथा कार्यक्रमको प्रगति समीक्षा प्रस्तुत गरिएको छ । संस्थानको वार्षिक समीक्षासम्बन्धी विवरणमा आव २०७२/७३ मा सञ्चालनमा रहेका ३५ संस्थानमध्ये २३ नाफामा र १२ नोक्सानीमा रहेको उल्लेख छ । रासस
साधारण सभाले पारित गरेको हकप्रद जारी गर्नै पर्ने, जनता बैंकको ६० प्रतिशत हकप्रद सेयर के हुन्छ ?
काठमाडौं । सूचिकृत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धी साधारण सभाबाट गरेको निर्णय उल्टाउन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाडफाँट निर्देशिका २०७४ मार्फत हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णयलाई अर्काे साधारण सभाले खारेज गर्न नपाउने व्यवस्था गरेको हो ।‘एउटा साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने भनेर निर्णय गरेपछि फेरी अर्काे साधारण सभाले त्यसलाई खारेज गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने । सूचिकृत कम्पनीहरुले एउटा साधारण सभाबाट हकप्रद सेयर निष्काशनको निर्णय गरेर दोश्रो बजारमा चलखेल गर्ने र केहि समय पछि फेरी अर्काे साधारण सभाबाट अघिल्लो निर्णय खारेज गर्ने परिपाटीको अन्त्य गर्ने नयाँ व्यवस्था ल्याएको जनाएको छ । ‘एउटा साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने निर्णय गराएर सेयरको मुल्य बढाउने अनि आफ्नो स्वार्थ पुरा भएपछि अर्काे साधारण सभाबाट खारेज गर्ने कुराले दोश्रो बजारका लगानी कर्ता अन्यायमा परेका थिए’, बोर्डका प्रवक्ता गिरिले भने । बोर्डको नयाँ निर्देशिका जेठ १२ गतेबाट लागु भएको हो । अब प्रश्न उठ्छ १३ गतेको बिशेष साधारण सभाबाट ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने जनता बैंकको निर्णय के हुन्छ ? धितोपत्र बोर्डका प्रवक्ता गिरिले भने–जेठ १२ गतेदेखि निर्देशिका लागु भएको छ, त्यसपछि भएका सबै निर्णय र प्रक्रियामा यो निर्देशिका लागु हुन्छ ।’ जनता बैंकको गत फागुन १ गतको ७ औं बार्षिक साधारण सभाले गरेको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । जेठ १२ गतेदेखि लागु भएको निर्देशिकाले जेठ १३ गतेको बिशेष साधारण सभा मार्फत ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय उल्टाउने जनता बैंकलाई छुन्छ की छुँदैन ? बजारमा चासो बढेको छ । यसअघि रिलायबल डेभलपमेन्ट बैंकको एउटा साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट खारेज गर्दै ग्लोबल आइएमई बैंकसँग अक्वायरमा गएको थियो । त्यस्तै, राप्तीभेरी विकास बैंकले पनि हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय खारेज गरेको छ ।
फेवा विकास बैंकको नयाँ एटीएम सेवा बुटवलमा, हालसम्म १६ वटा सञ्चालनमा
काठमाडौं । फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा प्रारम्भ गरेको छ । उक्त एटीएम सेवाको उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरेका छन् । यो समेत बैंकको देशभरमा एटीएम संजाल १६ वटा पुगेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए । उनले भविश्यमा आधुनिक बैंकिङ्गका यस्तै अन्य सेवाहरु समेत थप गर्दै जाने र स्थानिय सेवाग्राहीहरुलाई सुविधा पुर्याउने बैंकको लक्ष्य रहेको बताए । सोही अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका-१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेको छ ।