विकासन्युज

एसईई नतिजामा लापारबाही: परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामाा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना ईग्लि सेकेन्डरी स्कुलका विद्यार्थीले आफुले नपढेको र परिक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन । नेपाल समाचारपत्रबाट ।

हुवावे पि टेन प्लस नेपाली बजारमा, खरिदमा एनसेलको १ जिबि डेटा सित्तैमा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्ध क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउने कम्पनीले जनाएको छ । नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् जसले पि टेन प्लसलाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ । एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन् । यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ । नेपालको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुसि रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ । हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ । बण्डलिङ्ग अन्तर्गतको डेटाकोसेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उक्त मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् । एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ । साथै, कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कार्य गरिरहेको । कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्र्तगत ग्रामिण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्नका लागि थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ । ‘‘हामीले मोबाइल ब्रोडब्याण्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्घता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौ र थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं । मोबाइल ब्रोडव्याण्ड र ग्राहक अनुभवमा मोबाइल डिभाइसले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ किनकी डिभाइसको माध्यमबाट ग्राहकले विविध सेवा तथा अवसरहरु उपयोग गरी लाभ लिने हो । त्यसैले नविन विषेशता र क्षमता भएका स्मार्टफोनहरुमा पहुँच हुनु महत्वपुर्ण हुन्छ । हुवावेसँग सहकार्य गर्दै ग्राहकका लागि आफ्नो डेटा सेवा उपलब्ध गराउदा हामी हर्षित छौं । यसले ग्राहकलाई थप मूल्य तथा विभिन्न अवसरहरुको लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध छन् । एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर-घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको छ । पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि-लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स-साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् । हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहकदेखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ । हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो ।

मुक्तिनाथ बिकास बैंकद्धारा मृतकको परिवारलाई १ लाख रुपैयाँ बिमा भुक्तानी

काठमाडौं । मुक्तिनाथ बिकास बैंक लिमिटेडले फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारको परिवारलाई जम्मा १०६,५०० रुपैयाँ बितरण गरेको छ । उक्त रकम बैंकले शुक्रबार एक सोक समारोह आयोजना गरि बितरण गरेको हो। बैंकको ग्राहक मृतक परियारले मुक्तिनाथ बिकास बैंक मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो जिबन बिमा गराएकी थिइन् र मुक्तिनाथ बिकास बैंकबाट १५०,००० कर्जा समेत लिएको बैंकले जनाएको छ । उनको ५५ बर्षको उमेरमा मृत्यु भएकोले निजको हकवाला छोरा मनबहादुर दर्जीलाइ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मृत्युदावी भुक्तानी स्वरुप रु १००,००० बिमांक र बोनस रु ६५०० गरि जम्मा रु १०६,५०० रुपैया राहत स्थानिय र निजको आफन्तहरुको उपस्थितीमा बितरण भएको थियो भने बैंकले बैंकको तिर्न बाँकी रहेको कर्जा रु ६५,००० मिनाहा गरि दिएको थियो । उक्त कार्यक्रममा बैंक अनुगमन कार्यालय पोखराको अनुगमन अधिकृत मुकेश बिक्रम वस्ती र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय वालिंगका शाखा प्रबन्धक भोज कुमार कुवरद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । बैंकले नेपालका उत्कृष्ठ बिमा कम्पनीहरु संगको सहकार्यमा आफ्ना लघुवित्तका ग्राहकहरुलाई जिबन बिमा प्रति आकर्षित गराइ बिमा गराउँदै आएको छ । बैंकका अनुगमन कार्यालय पोखराका अनुगमन अधिकृत मुकेश बिक्रम वस्तीले बताउदै स्थानियहरुलाई समेत बिमाको फाइदा बारे बताएका छन् ।

सोसियल बिजनेश च्यालेन्ज पुरस्कार कुलदिप अर्याललाई

काठमाडौं । सोसियल बिजनेश च्यालेञ्ज २०१७ अवार्ड कुलदिप बन्धु अर्यालले प्राप्त गरेका छन् । युनुस सोसियल बिजनेश सेन्टर र किग्ंस कलेजले संयुक्त रुपमा सञ्चालन गरेको च्यालेन्जमा ग्रामिण विकास अभियानका तर्फबाट सहभागी अर्यालले अग्रो सेल्टर परियोजनाका लागि प्रथम पुरस्कार प्राप्त गरेका हुन् । अर्याललाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो । समुदायद्धारा सञ्चालित कृषि उपज भण्डार केन्द्रलाई एग्रो सेल्टर भनिन्छ । हाम्रो डक्टर्स, एग्रो मार्ट, एल पानी, एग्रो टेक, फार्म, स्वास्थ्य मञ्च, एभोकाडो एण्ड मोर, स्प्रिङ स्यानीटेरी न्यापकिन्स र रास्बीन इन्टरप्राइजेजलाई पछि पार्दै उपाधी जितेको हो । संस्थाले नेपालमा व्यवसायीक कृषि कर्म र उत्पादित उपजको बजारीकरणमा ठुलो चुनौती रहेको बताएको छ । कृषि क्षेत्रमा रहेका समस्याहरुको तत्कालिन तथा दिर्घकालिन समाधानका उपायहरुको खोजी गर्दै सोसियल बिजनेश च्यालेञ्ज प्रतियोगीता आयोजना गरिएको थियो । ५० प्रतियोगीहरुले काठमाडौं, बिरगञ्ज, बिराटनगर, जनकपुर, चीतवन लगायतका शहरबाट सहभागीता जनाएका थिए ।

गोपाल पराजुलीः ६५ बर्षपछिको ऐतिहासिक पुनर्जन्म

काठमाडौं । जन्मसँगै मानिसको अस्थित्व सुरु हुन्छ, सरकारी कार्यालयमा उसको विवरण दर्ज भएपछि कानुनी अस्थित्व स्थापित हुन्छ । जन्म दर्ताबाट मानिसलाई राज्यको पहिचान भित्र समेटिन्छ । त्यसपछि उसको शैक्षिक संस्था मार्फत अर्काे विवरण सरकारी निकायमा दर्ज हुन्छ । जग्गा जमिन खरिद, विवाह दर्ता हुँदै सरकारी जागिर खाँदासम्म उसले आधा दर्जन भन्दा धेरै पटक सरकारी कार्यालयमा आफ्नो वैयत्तिक विवरण बुझाएको हुन्छ । त्यसरी बिभिन्न निकायमा वैयक्तिक विवरण बुझाउँदा नाम, ठेगाना वा जन्म मिति फरक परेमा उसले सच्याउने अवसर पनि पाउँछ । नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा फरक भेटिए त्यसलाई तत्कालै सच्याउन सकिन्छ । तर सर्वाेच्च अदालतका कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुलीले भने ६५ बर्षपछि मात्रै आफ्नो जन्म मिति सच्याएका छन् । अर्थात पराजुलीले ६५ बर्षपछि पुनर्जन्म प्राप्त गरेका छन् । त्यो पनि उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधिश बन्ने प्रयोजनका लागि आफ्नै अध्यक्षतामा बसेको बैठकबाट पुनः जन्म प्राप्त गरेका हुन् । २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ वर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ । त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । उनको पेन्सन पट्टामा भने जन्म मिति २०१० साल बैशाख १३ गते लेखिएको छ । यसरी गोपाल पराजुली एक वर्षमै तीन पटक जन्म लिने ऐतिहासिक व्यक्ति बन्न सफल भएका छन् । २०६८को न्याय परिषद बुलेटिनदेखि २०७२ सालसम्म उनको जन्म मिति २००९ साल साउन १६ गते नै लेखिएको छ । तर उनले सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायधिश बन्नकै लागि आफ्नो जन्म मिति सच्याएर २०१० साल बैशाख १६ गते कायम गराएका छन् । पराजुलीले २०६७ साल मंसिर ९ गते नै नागरिकताको प्रतिलिपी बनाएर उमेर सच्याएको भएपनि २०७२ सालसम्म किन अभिलेख अद्यावधिक गरेनन ?  यो प्रश्न पनि उब्जिएको छ ।

ग्लोबल आइएमईले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । बैंकको असार ९ गते काठमाडौंमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रुपैयाँ रहेको बैंकलाई प्राप्ती पश्चात ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्ने बैंकले जनाएको छ । साथै, बैंकको शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्नेछ । साथै यहि असार मसान्तसम्ममा दुबैं बैंकबीच एकिकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।

नेप्सेमा दुई अर्ब ९६ करोडको सेयर कारोबार, ५ कम्पनीको चार करोड कित्ता सेयर सूचिकृत

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.०२ प्रतिशत कम हो । गत साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरका ४९ लाख आठ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यस साता १६४ कम्पनीहरुको ५२ लाख ९२ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.४९ अंकले घटेर अन्तिम दिन १५५९.४९ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुमा उतारचढाव आएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक २७, विकास बैंक १५, वाणिञ्य बैंक १४ र वित्त समूहको परिसूचक १० अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७६ अंकले घटेर ३३०.९ अंकमा आईपुगेको छ । यस साता एभरेष्ट बैंकको ३० करोड छ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो अवधिमा बैंकको सात लाख ८० हजार कित्ता सेयर किनबेच छ । साताभर नेप्सेमा ५ कम्पनीको करिब ४ करोड कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा बोनस र हकप्रद सेयर गरी जम्मा ३ करोड ९९ लाख ९६ हजार कित्ता सेयर सूचिकृत भएको छ । बजारमा नेको इन्स्योरेन्सको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ ।

स्वायत्तताका नाममा प्रतिनिधिले वित्तीय अराजकता निम्त्याउने खतरा बढ्यो

दिनेश थपलिया, सचिव-संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय काठमाडौं । स्थानीय तहको वित्तिय व्यवस्थापन सम्बन्धी आदेश तयार गरेर पठाई सकेका छौं । सुरुमा जुन कठिनाई देखिएको थियो त्यो केहि सहज हुँदै आएको छ । स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पुर्वाधारको अभाव छ । आफ्नै भवन नभएको र भाडामा पनि राम्रो भवन नपाएको अवस्था छ । हामीले भवनको डिजाइन बनाएर पठाईसकेका छौं । भवन अहिल्यै नै बनाउन मुस्किल छ । तर जनताका काम तुरुन्तै अघि बढाउनुपर्ने जिम्मेवारी छ । त्यसकारण हामीले स्थानीय तहमा गएको कृषि, वन, शिक्षा, स्वास्थ्य लगायतका संरचनालाई मर्मत सम्भार गरेर वा बजेटबाटै प्रिफ्याबका संरचना बनाएर कार्यालय सञ्चालन गर्न सकिने व्यवस्था गरेका छौं । स्थानीय तहलाई हामीले सरकारका रुपमा परिकल्पना गरेका छौं संबिधान अनुसार नै । स्थानीय तहले आफ्ना लागि आवश्यक कानुनहरु आफैं बनाउन सक्ने भनिएको छ । केन्द्र सरकारले छाता ऐन बनाउने र सोही ऐन अन्तर्गत रहेर स्थानीय तहले आफ्ना कानुनहरु बनाउन सक्छ । तर अहिलेसम्म छाता ऐन नै विचाराधिन अवस्थामा छ । हामीले स्थानीय तहको सम्भावित अधिकारहरु समेटेर स्थानीय तह सञ्चालन सम्बन्धी आदेश जारी गरेका छौं । त्यसकै आधारमा अहिले काम भैरहेको छ । अहिले न्युनतम २० वटा नियम, कानुन, आदेशहरु आवश्यक पर्ने देखिएको छ । त्यसको मस्यौदा धमाधम बनाईरहेका छौं । असार २५ गते स्थानीय सभा बस्ने भनिएको छ । त्यो भन्दा अगाडी नै आवश्यक सबै कानुन उपलब्ध गराउने योजनासहित काम गरिरहेका छौं । साउन १ गतेदेखि नयाँ बजेटदेखि नयाँ कानुन र नयाँ कार्यप्रणाली स्थापित गरेर जान सक्ने गरि मन्त्रालयले तयारी गरिरहेको छ । स्थानीय तहको अधिकार अनुसार कानुनका संख्याहरु वृद्धि हुँदै जानेछन् । सुरुमा बजेट, श्रोत साधन र अधिकार क्षेत्रभित्र थोरै कुरा हुन्छन् । पछि श्रोत साधन र जिम्मेवारी पनि वृद्धि हुँदै जान्छ । अहिले विद्यालयको सञ्चालन खर्च दिएका छौं अलि पछि विद्यालयलाई कसरी विकास गरेर अब्बल बनाउने भन्ने कार्यक्रम पनि स्थानीय तहलाई नै दिन्छौं । तर हामीले अहिले तयार पार्ने कानुन भनेको आधारभुत रुपमा कार्य सञ्चालनका लागि उपलब्ध गराउने हो । जन प्रतिनीधीलाई आफ्नो अधिकारबारे राम्रो जानकारी भएको देखिएन । मन्त्रालयले पनि जन प्रतिनिधीलाई आफ्नो अधिकारको सिमाबारे जानकारी दिन नसकेको देखियो । स्थानीय तह के हो ? यसको अधिकार र जिम्मेवारी कति हो ? जनप्रतिनिधीको भूमिका के हो ? हामी के के गर्न सक्छौं र के के गर्न हुँदैन भन्ने कुरा एक पटक बुझाउने प्रयास गरेका छौं । तर त्यो पर्याप्त भएको छैन् । हामीले चार चरणको प्याकेज बनाएका छौं । पहिलो चरणमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख उप्रमुखसँग तीन दिन छलफल गर्छाै । पाँच दिनको कार्यक्रम बनाएर अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसँग छलफल गर्न जिल्लास्तरमा जान्छौं । सात दिनको प्याकेजमा सम्बन्धीत स्थानीय तहमा गएर पदाधिकारीसँग छलफल गर्छाै । चौथो चरणको कार्यक्रम अन्तर्गत स्थानीय तहका कर्मचारीलाई काम कारवाहीका बारेमा जानकारी दिन्छौं । अहिलेको स्थानीय तहमा महिला, दलित, जनजाति र अल्प संख्यकहरुको ठुलो सहभागीता छ तर संख्या बढेपनि क्षमता बढाउनुपर्ने चुनौती छ । उहाँहरुका लागि छुट्टै तालिमको प्याकेज बनाउँदैछौं । यी सबै काम गर्न एक बर्ष जति समय लाग्न सक्छ । जन प्रतिनीधीलाई काम गर्न सहज बनाउन २ वटा हाते पुस्तिका बनाएका छौं । एउटा पुर्वाधार विकास र अर्काे शासन सञ्चालन सम्बन्धी हाते पुस्तिका हो । यो स्थानीय तहमा पठाउनु भन्दा पहिले छाता ऐन ल्याउनु आवश्यक छ । स्थानीय शासन ऐन चाँडै ल्याउने योजना छ । सांसद र विज्ञहरुसँग व्यापक छलफल गरिसकेको छ । यो ऐन असार २५ अघि नै आउनु पर्छ । २५ गते स्थानीय तहको सभा बोलाएका छौं । सभाले बजेट बनाउँछ र कानुन पनि बनाउँछ । त्यसकारण असार २५ अघि नै कानुन आउनु अनिवार्य छ । २५ असार देखि असार मसान्तसम्ममा बजेटदेखि कानुनसम्म बनाई सकेर साउन १ गतेदेखि बजेट कार्यान्वयन मार्फत जनतालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने योजना छ । साउन १ गतेदेखि जनताले स्थानीय सरकारको अनुभति पाउँछन । हामीले स्थानीय तहलाई कार्यकारी बनाउने सोँच बनाएका छौं । पाँच बर्षका लागि जनताद्धारा चुनिएका प्रमुखलाई वडा अध्यक्षले रोक्ने कुरा ठिक भएन् । केन्द्रमा प्रधानमन्त्री भए जस्तै स्थानीय तहमा पनि कार्यकारी अधिकार दिने हो । बहुमतका आडमा प्रमुखलाई काम गर्नबाट रोक्न नमिल्ने गरि ऐनको मस्यौदा संसोधन गर्ने योजना बनाएका छौं । प्रमुखलाई वडा अध्यक्ष र सदस्यहरुले हात बाध्ने कुरा ठिक हुन्न । जनप्रनिधीको सेवा सुबिधाको सवाल विगतमा पनि स्थानीय स्वयत्त शासन ऐन २०५५ ले जनप्रतिनीधीलाई केहि भत्ता सुनिश्चित गरेको थियो । अहिले केन्द्रिय तहमा एउटा बैठक बस्दा एक हजार भत्ता दिने चलन आईसकेको छ । स्थानीय तहमा पुर्णकालिन काम गर्ने पदाधिकारीलाई निश्चित सुबिधा दिने भन्नेछ । हामीले तलब भनेका छैनौं सुबिधा भनेका छौं । केन्द्रले निश्चित सिमा तोकिदिन्छ उच्च बिन्दुको । त्यो भन्दा कम सुबिधा भने श्रोत साधन अनुसार सुबिधा तोक्न सक्छन । कर्मचारीले दिनभरी काम गर्दा तलब चाहिने तर जनप्रतिनिधीले चाँही बिना पैसा काम गर्नु पर्छ भन्न मिल्दैन् । जनप्रतिनिधीले चाँही खानै पर्दैन भन्ने व्याख्या गर्नु गलत हुन्छ । तर बैठक भत्ता र निश्चित पारिश्रमिक नतोक्ने हो भने २ बर्षभित्र आर्थिक अराजकता र वित्तिय अनुशासन हिनताले सिमा नाघ्नेछ । स्थानीय स्वायत्तताको व्याख्या गर्दै हामी वित्तिय अराजकता तर्फ उन्मुख हुने खतरा छ । स्वात्तताका नाममा हुन सक्ने खतराबाट पनि अग्रीम रुपमा सचेत बनौं भन्ने हो । स्वतन्त्रता दिने हो भने एउटै दफमा सबै भएको बजेट खान सकिनेछ भनेर लेखि दिऔं अनि खान छोडि दिऔं । तर त्यसले त देश बनाउँदैन् । मन्त्रालयले अवधारणा बनाउने हो, पास गर्ने त संसदले हो ।(कुराकानीमा आधारित)