विकासन्युज

सडकको खाल्डाखुल्डी पुर्नमा झारा टराई, भिआइपीको आँखा पर्ने खाल्डा मात्र पुरिए

काठमाडौं । प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् । कतैकतै सरकारी निकायका भिआपीहरु हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ । आम सर्वसाधारण हिड्ने सडककको खाल्डाखुल्डी जस्ताको तस्तै छ । भीआईपीका आँखा पर्ने र सिहंदरबारबाट वरपरका खाल्डा मात्रै पुर्ने काम भएको छ । प्रधानमन्त्रीको निर्देशनले काठमाडौंका सीमीत मूल सडकको मात्रै सिमित खाल्डा पुरेको देखिएको छ भने बाँकी प्रगति भएको छैन । नागरिक दैनिकबाट ।

देशैभरको सडक विस्तारमा अदालतको अवरोध, अधिकांश सडकको प्रगति शून्य

काठमाडौं । सडक विभागका पाँचवटा डिभिजनले काठमाडौं उपत्यकामा विस्तार गरिरहेको सडकको काम रोकिनुमा अदालतको आदेशपछि स्थानीयको अवरोध मात्र होइन, अन्तरनिकाय समन्वय अभाव पनि देखिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीका अनुसार विद्युत्का पोल, ट्रान्सफर्मर, टेलिफोन क्याबिनेट, टेलिफोन म्यानहोल, स्ट्रिट लाइट, रूख, घरटहरा, पर्खाल, खानेपानी ट्यांकी तथा ढलको समस्या समाधान नभएका कारण पनि सडक विस्तारमा अवरोध भएको हो। यद्यपि, जहाँ काम गर्न मिल्छ त्यो ठाउँमा गरिएको केसीले बताए। युटिलिटिजु हटाउन नसक्दा कलंकी नागढुंगा साढे १२ किमिको सडकमा मुस्किलले पाँच किमि खुला छ। त्यो पनि ठाउँ(ठाउँमा खुला रहेको र बीचमा घर परेकाले पनि ‘युटिलिटिज हटाउन नसक्दा अवरोध भइरहेको छ। सडक विभागअन्तर्गत नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका, जिल्ला वन कार्यालय, उपत्यका विकास प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलागयत निकायले सडक अवरोध नहटाउँदा पनि काम हुन नसकेको उल्लेख छ। स्थानीयले घर भत्काउँदा घरको मात्र होइन, जग्गाको पनि क्षतिपूर्ति माग गरेका छन्। उपत्यका नगर विकास प्राधिकरण ऐन २०४५ ले सडकको केन्द्रबाट ११ मिटर दायाँ(बायाँ बनेका घर भत्काउने अधिकार दिएको छ घरहरुमा यस्तो समस्या यही नियममा टेकेर प्राधिकरणले सडक विभागले निर्माण गर्ने उपत्यकाका मूल सडकको ‘साइट क्लियरु गर्न घर भत्काउने गरेको छ। प्राधिकरणले भने मापदण्डविपरीत बनेको कुनै पनि घरको क्षतिपूर्ति नदिने र कुनै घरपरिवार विस्थापित हुने भए घरको र सुकुम्बासी नै हुने अवस्थामा भने जग्गाको पनि क्षतिपूर्ति दिने गरेको जनाइएको छ। यी सडकमध्ये अधिकांशको ठेक्का लागिसकेको छ। ठेक्का लागेपछि कानुनी प्रावधानअनुसार नै ठेकेदारले १० प्रतिशत रकम परिचालन खर्चका रूपमा पाउने गरेका छन्। यो रकम पाएका तर कामै अगाडि बढाउन नपाएका कारण पनि उपत्यकाका केही सडकको प्रगति शून्य रहेको पनि उल्लेख छ। एउटै ठेकेदारले धेरैवटा ठेक्का लिने र समयमै काम नगर्नु समस्याका कारण साइट क्लियर भएका ठाउँमा पनि अपेक्षाअनुसार काम हुन नसकेको विभागले जनाएको छ। काठमाडौंबाहेक भक्तपुर र ललितपुरमा पनि अन्तरनिकाय समन्वय अभावले सडक विस्तारमा अवरोध भएको सम्बन्धित जिल्लाका डिभिजन सडक कार्यालयको भोगाइ छ। अन्नपूर्ण पोस्टबाट ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने भएको छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको सो कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । “ धुर्मुस सुन्तली फाउण्डेशन ” का फाउण्डर तथा सिटीएक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस ) र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारमा रहेका नेपालीहरुसंग फेसबुक पेजमार्फत प्रत्यक्ष कुराकानी गर्दै उक्त घोषण गरिएको हो । कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा सहयोग प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन काबेली विकास बैंकको र मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले काबेली विकास बैंककोे ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४८३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ७०४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८४९ रुपैयाँ रहने भएको छ ।

जीएसटीले डावरको नाफा घट्यो

न्युदिल्ली, एजेन्सी । बिक्री घटेपछि भारतको कन्जुमर प्रडक्ट कम्पनी डावर इन्डिया लिमिटेको खुद नाफा १० प्रतिशत गिरावट आएको छ । भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागु गरेपछि उत्पादन भण्डारण गर्नुपर्दा डावरको नाफमा गिरावट आएको हो । गत जुनसम्म डावरको नाफा ९.८ प्रतिशत घटेको जानकारी गराएको छ । यस्तै विमौद्रीकरण नीति, व्यापार असन्तुलन र जीएसटीले नाफामा गिरावट आएको लाइभ मिन्ट अनलाइनले जनाएको छ । गत जुनसम्म डावरको खुदनाफा घटेर २ अर्ब ६४ करोड ८६ लाख भारुमा सिमित भएको छ । अघिल्लो वर्ष डावरको खुद नाफा २ अर्ब ९३ करोड ६४ लाख भारु थियो । गत जुन ३० सम्म डाबरको बिक्री घटेर १७ अर्ब ९० करोड भारुमा समित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको बिक्री १९ अर्ब ५२ करोड रुपैयाँको व्यापार भएको थियो । सुरुको केही महिना व्यापार बढेर सकरात्मक संकेत देखिए पनि जीएटीका कारण सामानको भण्डारण बढेपछि बिक्रीमा गिरावट आउदो समग्र नाफमा असर परेको हो । “यस्तो अवस्थामा पनि हाम्रा उत्पादनको माग सबल रहेको छ । सुधार हुने क्रममा छौ”, डावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील डग्गलले भने ।  

विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडी नेयमार, हप्ताको आम्दानी दश लाख डलर

काठमाडौं । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्। नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, “म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु।“ चुनौतीका लागि तयार उनले भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु।“ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो। हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए। तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ। बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो। सहकार्य नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जे्न्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ। बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, “यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।“ त्यसको जवाफमा नेयमारले लेखे “धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु।“ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ। स्रोतः बीबीसी

सौर्य ऊर्जाबाट उत्पादित विद्युतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

ललितपुर । नेपालमा पहिलो पटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएसनसँगको समन्वयमा कुल रु ४३ लाख ४६ हजार २३० मा सो प्रणाली जडान भएको हो । प्रणालीमा २६० वाट पिकको ६० वटा (१५.६ किलोवाट पिक) सौर्य पातासहितको सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् उत्पादन गरिएको छ । यस प्रणालीबाट एशोसिएसनको कार्यालय भवनमा दिउँसोको समयमा आवश्यक पर्ने ऊर्जाको आंशिक आपूर्ति गर्ने र ब्याट्रीहरुमा ऊर्जा सञ्चय गरी र बचत भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । यसरी उत्पादित विद्युत् नेट मिटरिङमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा सम्झौता भएबमोजिम जडान गरी प्रसारण लाइनमा प्रवाह गरिने कार्यक्रममा जानकारी दिइयो । गत असोज २० गते वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच वैकल्पिक ऊर्जा आयोजनाको विस्तार एवं व्यवस्थापनमा समझदारी भएको थियो । सो अवसरमा ऊर्जामन्त्री शाहीले ठूला जलविद्युत् आयोजना स्वदेशी पूँजीबाटै निर्माण गर्न नसकिने भएकाले सरकार विदेशी लगानी आकर्षित गर्न लागिपरेको बताए । उनले भने, “हाम्रो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न पनि बाह्य लगानी भित्र्याउनुपर्छ, यसका लागि सरकार उपयुक्त वातावरण र लगानीको सुरक्षा दिन तयार छ ।” जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले नवीकरणीय ऊर्जाको माध्यमबाट कार्बन उत्सर्जन, स्थानीयस्तरमा रोजगारी र वातावरणमैत्री विकास सम्भव भएकाले सरकारले यसतर्फ जोड दिएको छ भने । उनले केन्द्रले यस प्रणालीको सफल कार्यान्वयन भएपछि अन्य स्थानमा समेत यस्ता प्रणाली जडान गर्ने कार्य अगाडि बढाउने बताए । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय ऊर्जामा आत्मनिर्भर हुन जलविद्युत्लगायत नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले राष्ट्रिय ऊर्जा संकट र जलवायु परिवर्तनको नकारात्मक असर कम गर्न र दिगो वातावरणमैत्री विकासका लागि सरकारले नवीकरणीय ऊर्जामा जोड दिएके बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले शहरी क्षेत्रका ठूला भवन, कार्यालयबाट छतमा सौर्य प्यानल राखी उत्पादन भएका विद्युत् र रातको समयमा खेर गएको विद्युत्लाई उपयोग गर्न सके भरपर्दो र गुणस्तरीय ऊर्जाको आपूर्ति गर्न सकिने छ भने । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले प्राधिकरणसँग भएको सहमतिअनुसार देशका अन्य ठाउँमा पनि सौर्य प्रणालीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्न सकिने बताए । कार्यक्रमका सभापति इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले नेट मिटरिङबाट उत्पादित विद्युत्को महसुल कम गर्न सकिएमा व्यक्तिगत ढंगबाट पनि विद्युत् उत्पादन गर्न सकिने उल्लेख गरेका छन्। रासस

साझालाई सहयोग गरेकामा लेखा समितिको आपत्ति

काठमाडौ । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई १० करोड रूपैयाँ अनुदान र २० करोड रूपैयाँ ऋण दिएकामा आपत्ति जनाएका छन् । विभिन्न पत्रपत्रिकामा अनियमितताको समाचार सार्वजनिक भएपछि आज बसेको व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले विसं ०६३ देखि लेखापरीक्षण नगरेकाले छानबिन गर्न माग गरेका छन्। सांसद रामहरि खतिवडाले नेताहरुको सिफारिसमा प्रकाशनमा कर्मचारी नियुक्ति गरेर संस्थालाई टाट पल्टाएको बताए। “प्रकाशनमा अनियमितता भएको सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिका सदस्यकी श्रीमतीलाई कर्मचारीमा नियुक्ति गरिएको छ, ६३ करोड घाटामा गएको संस्थाका सञ्चालक समिति सदस्य र नजिकका पत्रकारलाई जापान तथा कोरियाको भ्रमण गराइएको छ”–उनले भने । “अध्यक्ष÷महाप्रबन्धकले साझाबाट पुस्तक नछपाएर आफ्नो निजी संस्था अक्सफोर्ड प्रकाशनबाट किताब छापेका छन्”–उनले भने । सांसद डिम्पलकुमारी झाले लेखापरीक्षण समेत नगर्ने संस्थालाई सरकारले अनुदान र ऋण दिएकामा आपत्ति जनाएकी िथइन । सांसद भरतकुमार साहले प्रकाशनका अध्यक्ष÷महाप्रबन्धकले रु ५० लाख रूपैयाँ आफ्नो नाममा राखेर आफैँलाई फसाएको बताए । रासस