गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले घर भाडा तिरेनन्, घरबेटीले निकाले १५ दिने सूचना
काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले घर भाडा नतिरेको भन्दै घरबेटीले १५ दिने सूचना निकालेका छन् । पुर्व राष्ट्रपति यादव बस्दै आएको ललितपुर बागडोलस्थित घरको साउनदेखि नतिरेको भन्दै १५ दिने सूचना निकालेको हो । राष्ट्रपति कार्यालयले गत साउन देखि घरभाडा सम्झौता नविकरण नगरेको भन्दै घरबेटी रविभक्त बिष्टले १५ दिनभित्रै घर खाली गर्न सार्वजनिक सूचना प्रकाशित गरेका हुन् । उनले आफ्नो घर जबरजस्ती प्रयोग भैरहेको आरोप समेत लगाएका छन् । उनले पुरानो भाडा तथा बक्यौता रकम उपलब्ध गराएर घर खाली गरिदिन आग्रह गरेका छन् । घरबेटी बिष्टले १५ दिनभित्र घर खाली नगरे कानुनी बाटो रोज्ने पनि बताएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद लिलाम हुदै, मंसिर ४ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको साधारणतर्फको ७१ हजार ५३० कित्ता हकप्रद आउदो मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले चुक्तपुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।
कुमारी बैंकको नाफा डेढ करोड घट्यो
काठमाडौं । कुमारी बैंकको नाफा डेढ करोड रुपैंयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको हो । बैंकको नाफा १ करोड ५४ लाखले घटेको देखिन्छ । कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.९७ प्रतिशत पुगेको छ । बैंकले १४ करोड रुपैंयाँ प्रोभिजन गरेको देखिन्छ । कुमारीले एक अर्ब ४१ करोड ब्याज आम्दानी गरेर १ अर्ब ५ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ११.७६ रुपैंयाँबाट घटेर ७.५१ रुपैंयाँमा झरेको छ ।
सुर्या लाईफ इन्स्योरेन्सको व्यतित बीमामा सत्प्रतिशत ब्याज छुट, मंसिरदेखि जोखिम वहन नगर्ने
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यति (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ । ३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।
लक्ष्मी बैंकको नाफा बढ्यो, इपीएस घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा लक्ष्मी बैंकको खुदनाफा ४ करोड रुपैयाँ बढेको छ । चालु आवको असोजसम्म बैंकको नाफा बढेर १७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५८ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.७८, ब्याजदर अन्तर २.९४, निक्षेप कर्जा अनुपात ७८.८६ र आधार ब्याज दर १०.६६ प्रतिशत छ । बैंकको पुँजीगत लागत बढेर ७.४६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ह्वातै घटेर ८.२४ रुपैयाँमा सीमित भएको छ । गत असारमा ईपीएस २५ रुपैयाँ ४३ पैसा थियो । गत असारको तुलनामा असोजमा बैंककको निक्षेप परिचालन घटेर ५८ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ५९ अर्ब ३२ करोड रुपैयाँ थियो । कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो लगानी ५२ अर्ब ७३ करोड रुपैयाँ थियो । यस्तै बैंकको संचित कोष घटेर २ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा संचित कोषमा २ अर्ब १८ करोड रुपैयाँ थियो । चुत्तापुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
चीनमा अनलाइन सपिङ कडाई गर्ने नयाँ कानुन, अलिबाबालाई समस्या
काठमाडौं । चीनले अनलाइन सपिङमा कडाई कडाई गर्न नयाँ कानुन ल्याएको छ । अनलाइन सपिङ पोर्टलहरुले गलत विज्ञापन मार्फत उपभोक्ता ठगेको भन्दै नयाँ कानुन मार्फत त्यसलाई कडाई गर्न लागिएको हो । चीनले आफ्ना उत्पादनहरुको गलत विज्ञापन गराउने अनलाइन सपिङ पोर्टल हरुलाई ३० हजार डलरसम्म जरिवाना गराउने नयाँ व्यवस्था लागु गरेको हो । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ अलिबाबाले सपिङ इयर अफ द डे मनाउने अघिल्लो दिन अनलाइन सपिङबारे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । चीनमा नोभेम्बर ११ तारिखलाई सिंगल डे सपिङका रुपमा लिने गरिएको छ । गत बर्षको सो दिनमा अलिबाबाले १८ बिलियन डलरको कारोबार गरेको थियो । सो कारोबारका लागि ६५७ बिलियन अर्डर आएका थिए । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ पोर्टल अलिबाबाले अगष्ट महिनाको त्रैमासिक रिपोर्टमा मात्रै ५६ प्रतिशत आम्दानी वृद्धि गरेको बताइन्छ । चीनलाई ईकमर्सको नयाँ गन्तव्यमा अघि बढ्दै गरेको मुलुकका रुपमा लिने गरिएको छ । अनलाइन सपिङमा आएको नयाँ व्यवस्थाले अलिबाबा लगायतका अनलाइन सपिङ सेन्टरहरुको बजारलाई भने प्रभावित पार्नेछ ।
मंसिर ७ देखि माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर आउने
काठमाडौं । पुँजी बढाउन माउन्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले मंसिर ७ गतेदेखि ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको पुँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ छ ।
राष्ट्रिय वाणिज्यकाे बढ्दा कृषि विकास बैंकको नाफा ह्वातै घट्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्दा सरकार स्वामित्वको कृषि विकास बैंकको खुदनाफा ह्वातै घटेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको खुदनाफा ६ करोड रुपैयाँ घटेर ३६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारको तुलनामा असोजसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ह्वातै घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस ३४ रुपैयाँ ५८ पैसा थियो । चालु आवमा बैंकको निष्क्रिय कर्जा पनि बढेर ३.५४ प्रतिशत पुगेको छ । गत आवमा यस्तो कर्जा अनुपात २.९७ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.२ प्रतिशत पुगेको छ । गत असारमा ५.७४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७७.३४, आधार ब्याज दर ११.९७ औसत ब्याज अन्तर ४.६५ प्रतिशत रहेको छ । संस्थागत निक्षेप बाहिरिएपछि बैंकको निक्षेप परिचालन घटेर ९९ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ९९ अर्ब ९५ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि घटेर ८८ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा यस्तो लगानी ८८ अर्ब २९ करोड रुपैयाँ थियो । जगेडा कोष बढेर १० अर्ब २३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।