महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् :
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापान । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन । भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मङ्गलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो । स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पु¥याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् । क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् । जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपी मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् । रासस
सातै प्रदेशमा आइएमईको रेमिटेन्स साक्षरता कार्यक्रम
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो । उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्ने , रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेषगरि के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो । स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुख गरि कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीमा छुट
काठमाडौं । प्रभु क्यापिटलले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक समझौता गरेको छ । बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशत छुट अफर पाउने भएका छन् । प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्फर्मेशन तथा परिचय पत्र देखाई देखाउनु पर्नेछ । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ । सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट रहेको छ तथा २ कैफ गरि २० स्थानबाट सेवा दिदै आएको छ जसमा सिद्धार्थ बुटिक होटल बौद्ध, सिद्धार्थ कटेज रेष्टुरेन्ट तीनकुने, कैफे सुविधानगर, तीनकुने, सिद्धार्थ कटेज रेष्टुरेन्ट धोबीघाट, सिद्धार्थ फुडल्यान्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ भिलासा भैरहवा, सिद्धार्थ होटल ग्रीन लुम्बिनी, सिद्धार्थ भिलासा चितवन, रिभर साइड रिसोर्ट चुम्लिङ्गटार, चितवन, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा, सिद्धार्थ नेपालगन्ज, कटेज रेष्टुरेन्ट नेपालगन्ज, कैफे नेपालगन्ज, सिद्धार्थ होटल टीकापुर, कैलाली, सिद्धार्थ रिसोर्ट चिसापानी, कैलाली, सिद्धार्थ होटल ग्रान्ड सिटी बिर्तामोड, सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगर, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ होटल वाटर टावर नुवाकोट आदि रहेका छन् भने आउटलेट अझा थपिने क्रम जारी छ ।
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह
काठमाडौं । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए । मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ । कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ । रासस
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ५ हजारसम्म हातपर्ने योजना सार्वजनिक
काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाईल बैंकिङ्ग मार्फत २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि २५ गते सम्मका लागि रहने बैंकले जनाएको छ । दोश्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाईल बैंकिङ्ग मार्फत हाल सम्म बिजुली र ईन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र ईन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ । तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की-ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ । त्यस्तै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको भिसा नेटर्वकबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त भएका छन् । पुस १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा जनक शर्मा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो । पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा सुवेदीलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।
को हुन् अरविन्द पनगरिया ? जसलाई दिइयो १६औं वित्त आयोगको कमाण्ड
काठमाडाैं । भारतीय केन्द्र सरकारले १६औं वित्त आयोग गठनको घोषणा गरेको छ । जसका लागि सन्दर्भ सर्तहरू स्वीकृत गरिएको थियो । योसँगै वित्त आयोगको अध्यक्षको नाम पनि घोषणा गरिएको छ । केन्द्र सरकारले अरविन्द पनगरियालाई कमाण्ड दिएको छ । यसबाहेक अर्थ मन्त्रालयमा सहसचिव रहेका ऋत्विक रञ्जनम पाण्डेलाई आयोगको सचिव बनाइएको छ । अक्टोबर २०२५ मा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने विश्वास छ । १६औं वित्त आयोगले आगामी ५ वर्षका लागि २०२६ अप्रिल १ गतेदेखि सिफारिस गर्नेछ । को हुन अरविन्द पनगरिया ? मोदी सरकारले १६औं वित्त आयोगको कमाण्ड सन् १९५२ मा जन्मिएका नीति आयोगका पूर्वउपाध्यक्ष अरविन्द पनगरियाको हातमा सुम्पेको छ । उनी कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । जसले एसियाली विकास बैंकको प्रमुख अर्थशास्त्रीका साथै धेरै ठूला र महत्वपूर्ण पदमा काम गरिसकेका छन् । अरविन्दले विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा उच्च पदमा काम गरिसकेका छन् । उनले सेबीको सदस्यका रूपमा पनि काम गरिसकेका छन् । यस्तै पनागरियाले इन्डियन काउन्सिल फर रिसर्च एण्ड इन्टरनेशनल इकोनोमिक रिलेसनको बोर्ड अफ गभर्नर्समा पनि काम गरिसकेका छन्। एजेन्सी