युवा उद्यमी पाण्डेले गरे बाल मन्दिरलाई आर्थिक सहयोग
काठमाडौं । युवा उद्यमी तथा औषधी उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) लाई आर्थिक सहयोग गरेका छन् । पाण्डेले बाल मन्दिरकी अध्यक्ष विद्या न्यौपानेलाई आर्थिक सहयोगका साथै धार्मिक ग्रन्थ हस्तान्तरण गरेका हुन् । उनले टीएम मेडिटेसन कोर्सका लागि आर्थिक सहयोगका साथै १ हजार थान हनुमान चालिसा, १० थान गीता, १० थान रामायण र १० थान महाभारत हस्तान्तरण गरेका छन् ।
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु
लुम्बिनी । लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाख रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौं वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो । महालेखापरीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष प्रतिवेदन पेस गरेको प्रतिवेदनमा यस वर्ष प्रदेश मन्त्रालय, समिति तथा अन्य संस्थासमेत गरी एक अर्ब १२ करोड ६३ लाख ४६ हजार रुपैयाँ बेरुजु कायम भएको उल्लेख छ । यस्तै यहाँका एक सय नौ स्थानीय तहको ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार रुपैयाँ बेरुजु बाँकी रहेको देखिएको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताए । उनले नियम कानुनको उल्लङ्घन गर्ने जोसुकै सजायको भागीदार बन्नुपर्नेमा समेत जोड दिए । यसैबीच लुम्बिनी प्रदेश मुस्लिम आयोगले आजै प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन भएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ बमोजिम सो एकाइ गठन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त संयन्त्रबाट सम्पादन हुने कार्यलाई शासकीय सुधारको मान्यताअनुरूप सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन हुने र गुनासो प्राप्त भएको १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गरिने बताइन् । शासकीय सुधार एकाइको काम, कर्तव्य र अधिकारमा मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने जनाइएको छ । सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताको प्रयोगबाट कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउने, शासकीय सुधारको सम्बन्धमा तालीम, गोष्ठी र अन्तरक्रिया सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
निकुञ्जमा प्रकृतिक कारणले धेरै बाघ मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ । गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन् । तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन् । बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उनले बताए । ‘बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् । चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन’, उनले भने । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ । रासस
आईसीसी टी-२० विश्वकप : डिभाइन वाइनले १ डट बल बराबर १० वटा रुख रोप्ने
काठमाडौं । डिभाइन वाइनले प्रत्येक १ डट बल बराबर १० वटा रुखहरु रोप्ने निर्णय गरेको छ । श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले यही जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका गेमहरुमा खसेको प्रत्येक डट बलमा १० वटा रुखहरु रोप्ने निर्णय गरेको हाे । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यड, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरके बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेडरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या बराबरको रुखहरु धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईलाई प्रदान गरिने छ ।
‘बजेट कार्यान्वयन गरौं, उद्योगमा ठूलो समस्या आयो भने पछि करेक्सन गरौंला’
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले उद्योगी व्यवसायीलाई बजेट कार्यान्वयन गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विधेयक मार्फत् करको हेरफेरमा व्यवसायीबाट केही मतभेदहरू सार्वजनिक भएको बताउँदै अहिले बजेट कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनले करमा भएको हेरफेरले कुनै समस्या सिर्जना भएमा वा पछि उद्योगमा नै ठूलो समस्या देखिएको खण्डमा अर्को वर्षको बजेटमार्फत् करका नीतिगत विषय हेरफेर वा सच्याउन सकिने धारणा राखेका हुन् । ‘करको दर धेरै परिवर्तन भएको छैन, जति परिवर्तन भएको छ त्यहाँ धेरै आलोचना भएको छ,’ उनले भने, ‘भन्सारमा विगतsf वर्षदेखि आयकर लगाउनु हुँदैन भन्ने छ तर राज्यको आवश्यकताअनुसार नीतिगत व्यवस्था गर्ने हो, अब कार्यान्वयन गर्नुकाे विकल्प छैन ।’
हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गतव्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा।लि र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहकाबीच हार्नेस जिपलाइन तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा।लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यमबबाट बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हार्नेस जिपलाइन, पछिल्लो तिन वर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरुलाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २ वर्षको रिचार्जमा १ वर्ष निःशुल्क
काठमाडौं । नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर सार्वजनिक गरेको छ । डिशहोम फाइबरनेटले २ वर्षको रिचार्ज गर्दा अतिरिक्त १ वर्षको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९:१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । डिशहोमले आज दिउसो ०३:१५ बजे ‘लेख्नेछौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११ : ५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ । यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने छ । रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नेछन् । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।