विकासन्युज

एप्पलले आइफोन बनाउन गोल्डविन्ड’का तीन सहायक कम्पनीको ३०% सेयर खरिद गर्यो

एप्पलले पछिल्लो समय चीनमा आइफोन बनाउन चीनको ‘विन्ड उर्जा (हावाबाट बिजुली)’ मा लगानीको डिल गरेको छ। शतप्रतिशत नविकरणीय उर्जा प्रयोग गर्ने उध्येश्य अनुरुप एप्पलले चीनको सबै भन्दा ठूलो विन्ड टर्बाइन उत्पादक गोल्डविन्डका तीन सब्सिडरी कम्पनीको ३० प्रतिशत सेयर हिस्सा खरिद गरेको छ।   कम्पनीले यसका लागि गरेको लगानी रकम अघिलेसम्म खुलाएको छैन। ‘एप्पलले अहिलेसम्म नविकरण उर्जामा गरेको लगानी मध्ये यो सबै भन्दा धेरै हो। एप्पलका धेरै उत्पादन चीनमा निर्माण हुन्छन्। एप्पलको कुल बिक्रीलाई पाँच भाग लगाउँदा एक भाग बराबर चिनमा नै बिक्ने गरेको छ। वातावरणीय समुह ग्रिनपेसले चिनमा विद्युतिय उपरकरण उत्पादन गर्नेले अध्यधिक उर्जा खपत गरेको गुनासो गर्दै आएको थियो। एप्पलको लगानी पश्चात विस्तार हुने नयाँ विन्ड प्रोजेक्टले चिनको राष्ट्रिय गृडमा २८५ मेगावाट नविकरणीय उर्जा थप गर्नेछ। यसले अन्य स्रोतको उर्जा प्रयोग गरि रहेका कम्पनीका केहि अपरेटर र सप्लायर्सहरु फक्सकोन, लेन्स, क्याचर र सोल्भेलाई पनि सहज हुने एप्पलले जनाएको छ। चीनले यस्तो ‘इनिसिएटिभ’ लिने कम्पनीलाई धेरै सहुलियत समेत घोषणा गरेको छ। एप्पलले पावर पर्चेज एग्रिमेन्टको सुविधा पाएको छ। अब कम्पनीले अन्य सोलार एवं विन्ड इनर्जी उत्पादकबाट नविकरणीय उर्जा खरिद गरेर राष्ट्रिय गृडलाई होलसेलमा बिक्री समेत गर्न सक्छ। एजेन्सी

लोडसेडिङ हटाउन ऊर्जा मन्त्रालयलार्इ ५ अर्ब ३७ करोड निकासा गर्ने अर्थ मन्त्रालयकाे निर्णय

काठमाडौं, ७ मंसिर,। देशलाई लोडसेडिङ मुक्त गर्ने ऊर्जा मन्त्रालयको काममा सहयोग गर्दै अर्थमन्त्रालयले ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले बिद्युत पोल, ट्रान्सर्फमर, नयाँ मिटर र तार केबल किन्न उर्जा मन्त्रालयले मागेको ५ अर्ब ३७ करोड रुपैयाँ दिने सोमबार निर्णय गरेको मन्त्रालयका सूचना तथा संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिएका हुन् । लोडसेडि अन्त्य गर्न उर्जा मन्त्रालयले गरेको कामको प्रधानमन्त्रीले समेत प्रशंशा गरेको दिन अर्थमन्त्रालयले थप बजेट दिने निर्णय गरेको हो । विकास खर्च हुन नसकेपछि आलोचना खोप्दै आएको सरकारको यो निर्णयले खर्च वृद्धिमा सहयोग गर्ने देखिएको छ । मन्त्री महरा गत शनिबार मात्रै मध्यमर्स्याङ्दी जलबिद्युत आयोजना र सिनो हाइड्रोपावर आयोजनाको निरीक्षण गरेर फर्किएका थिए ।

प्रभु क्यापिटलको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, २७ मंसिर । प्रभु क्यापिटलको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको बाक्लो उपस्थिती थियो । विगत ८ वर्ष देखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

बन्द रहेका उद्योगलाई २१ दिनभित्र स्पष्टिकरण बुझाउन मन्त्रालयको आग्रह

काठमाडौं, २७ मंसिर । सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्ने तयारी गरेको छ । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री नवीन्द्रराज जोशीले पुनः खुल्ने सम्भावना रहेका बन्द उद्योगलाई सरकारका तर्फबाट भौतिक, पूर्वाधार र नीतिगत रुपमा सहयोग गरिने बताए । मुलुकभित्रै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई सुदृढ गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको बताउँदै मन्त्री जोशीले भने, “बन्द उद्योग खोल्न उद्यमी, स्थानीय, श्रमिक र राजनीतिक दललाई आग्रह गर्छौ ।” साना ठूला सबै उद्योग पुनःसञ्चालन गर्न जिल्ला र केन्द्रबाट आवेदन लिइने तथा आवेदनको अध्ययन र मूल्याङ्कनपछि खोल्न मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ । मन्त्रालयका अनुसार मुलुकभर निजी क्षेत्रका हजारौँ उद्योग बन्द अवस्थामा छन् । मन्त्रालयले पहिलो चरणमा नेपाल औषधि लिमिटेड र हेटाँैडा कपडा उद्योग आफैँ पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । अर्काे चरणमा बन्द अवस्थाका वीरगन्ज चिनी उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिएर पुनः सञ्चालन गर्ने तयारी पनि छ ।

क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाईकल उपहार

काठमाडौं, २७, मंसिर । भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाइकल उपहार प्रदान गरी सम्मान गरेको छ । असोज ८ देखि १७ गतेसम्म किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज विजेता कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरी सम्मान गरिएको हो । अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भीजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजिक कार्यक्रममा कामीलाई मोटरसाईकल प्रदान गरेका थिए ।

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला, निर्माण लागत करिब १२ अर्ब अमेरिकी डलर

स्वीट्जरल्यान्ड, २७ मंसिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस/एएफपी

काठमाडौं-रसुवागढी रेल मार्ग बनाउन चाइना रेल वे ग्रुप तयार, ‘सरकारी कम्पनी हो जिम्मा दिए हुन्छ’-रेल विभाग

काठमाडौं, २७ मंसिर । चीनको सरकारी कम्पनी चाइना रेल वे ग्रुप लिमिटेडलाई काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणको जिम्मा दिइने भएको छ । कम्पनीले बुझाएको आसय पत्रका आधारमा रेल विभागले भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पत्र लेखेर सोही कम्पनीलाई निर्माणको जिम्मा दिन उपयुक्त हुने बताएको हो । ‘चाइना रेल वे ग्रुपले बुझाएको आसय पत्रका आधारमा हामीले मन्त्रालयलाई पत्र लेखेर सोही कम्पनीलाई निर्माणको जिम्मा दिन उपयुक्त हुने सुझाव दिएका छौं’, रेल विभागका एक अधिकारीले विकासन्युजसँग भने । विभागका अधिकारीका अनुसार चाइना रेलवेले ७० प्रतिशत आफुले लगानी गर्ने र ३० प्रतिशत नेपाल सरकारले लगानी गर्नुपर्ने प्रस्ताव विभागमा बुझाएको हो । चाइना रेल वेले १० करोडको लागतमा आफैंले प्रारम्भिक विस्तृत सम्भाव्यता अध्ययन गरिदिने समेत सो आसय पत्रमा उल्लेख गरेको छ । चाइना रेल वे ग्रुपले दुईृ पटक बुझाएको आसय पत्रको गहन अध्ययन गरेपछि विभागले सोही कम्पनीलाई निर्माणको जिम्मा दिँदा उपयुक्त हुने निष्कर्ष निकालेको हो ।‘चीनको सरकार कम्पनी भएकाले विश्वसनियता पनि बढी छ र उसले गरेको प्रस्ताव पनि राम्रो छ, त्यसैले दुई हप्ता अघि नै सो कम्पनीसँग सम्झौता गरेर काम अघि बढाउन सकिने निर्णयसहितको पत्र मन्त्रालय पठाएका हौं’, विभागका ति अधिकारीले भने । कम्पनीले काठमाडौं–रसुवागढी रेल मार्गको निर्माण लागत प्रति किलोमिटर अधिकतम २ अर्ब लाग्ने प्रक्षेपण समेत पेश गरेको छ । ठुला र लामा पुल तथा सुरुङ समेत निर्माण गर्नुपर्ने भएकाले लागत केहि बढ्न सक्ने पनि उसले बताएको छ । चाइना रेल वे ग्रुपले अधिकतम चार बर्षभित्रै काठमाडौं–रसुवागढी रेल मार्ग निर्माण गरिसक्ने दावी पनि गरेको छ ।‘सरकारी कम्पनी हो युद्धस्तरमा काम गर्छ, चार बर्षमा बनाइदिन सक्छौं भनेका छन’, ती अधिकारीले भने । रेल विभागको सिफारिसलाई भौतिक मन्त्रालयले स्विकार गरेको खण्डमा केहि समय भित्रै चाइना रेल वे ग्रुपसँग सम्झौता हुनेछ । कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययन, डिपिआर निर्माण गर्दै रेल मार्गको काम थाल्न सक्नेछ । ‘हामीले बल मन्त्रालयको कोर्टमा पुर्याएका छौं, अब के हुन्छ, हेर्न बाँकी छ’, ति अधिकारीले भने ।

एसबिआइ बैंकलाई एफपीओ जारी गर्न बोर्डको स्वीकृति, प्रतिकित्ता एफपीओको मूल्य ९७१ रुपैयाँ

काठमाडौं, २७ मंसिर । नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकलाई थप साधारण सेयर (एफपीओ) जारी गर्न स्वीकृति दिएको छ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन गरेपछि बोर्डले एफपीओ जारी गर्न स्वीकृति दिएको हो । बैंकले एफ्पीओ जारी गर्नका लागि प्रतिकित्ता ९ सय ८४ रुपैंयामा प्रस्ताव गरेको थियो तर बोर्डले सो प्रस्ताव अस्वीकृत गरेपछि बैंकले बोर्डको निर्देशन अनुसार बजार मुल्यमा आधारित रही प्रतिकित्ता ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले कार्तिक ९ गते संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न एफ्पीओ जारी गर्ने भन्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्दैछ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।