विकासन्युज

तीन वर्षदेखि नेपाली उड्डयन क्षेत्र इयुको कालोसूचीमै, सरकारी वेवास्था कारण श्री एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान अलपत्र

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (इयू) अन्तर्गतको युरोपेली आयोगले सुरक्षा सूचीमा अर्थात कालोसूचीमा राखेको तीन वर्ष पुग्नै लागेको छ । विसं २०७० को मंसिर २० गतेदेखि नेपालको हवाई उड्डयन क्षेत्रमा भएको कमजोरी सच्चाउन इयूले राखेको कालोसूची ३४ महिना देखि कायम नै छ ।  सरकारले वास्ता नगरेको कारण निजी क्षेत्रको सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको जहाज अफ्रिकामा नै अलपत्र रहेको छ । श्री एयरलाइन्सले ठूला ६ वटा हेलिकोप्टरबाट ६ वर्षदेखि संयुक्त राष्ट्र संघ (इयू)को शान्ति मिसन आन्तर्गत द्वन्द्वग्रस्त मुलुकमा उडान गरिरहेको थियो । नेपाली उड्डयन क्षेत्रलाई इयूले कालोसूचीमा राखेपछि श्रीका उडान तीन वर्षदेखि नै रोकिएको छ । २४ सीट क्षमताको एमआई १७ नामक हेलिकोप्टर यो वायुसेवाले उडाइरेहेको छ । दक्षिण एसियाको ठूलो हेलिकोप्टर प्रदायक कम्पनी हो यो वायुसेवा । अफ्रिकामा इयूले उडान रोकेपछि गत वर्षको भूकम्पछि केही समय नेपालमै उद्दारमा प्रयोग भएको भएपनि सधै हेलिकोप्टर उडानमा नआका कारण दुईवटा अफ्रिकामा नै रहेको छ । दुईवटा त्रिभुवन विमानस्थलमा थन्किएको छ भने अर्को दुईवटा मर्मतमा रहेको पनि श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले विकास न्युजसँगनको कुराकानीमा बताएका छन् । उनका अनुसार ६ वटा ठूला हेलिकोप्टरको उडान रोकिँदा मासिक रूपमै करोडौं रुपैयाँ घाटा लागेको छ । जहाज उडान नभएपनि कर्मचारी राखिरहनुपर्ने, प्रशासन चुस्त दुरुस्त राख्नुपर्ने, जहाज पार्किङ गर्दा काठमाडौं विमानस्थल र अफ्रिका दुबै स्थानमा पार्किङ शुल्क तिर्नुपर्ने भएकोले हरेक महिना घाटा भइरहेको छ । अझै उडानको समय निश्चित नभएकोले घाटाको हिसाव नै नभएको पनि मित्तलको भनाइ छ । मित्तलका अुनसार यो वायुसेवाले राम्रो काम गर्दा गर्दै पनि नेपालको उड्डयन क्षेत्र कमजोर भएको हुँदा अन्तर्राष्ट्रिय नागरिक संगठनको प्रतिवदेनपछि इयुले उडानमा रोक लगाएको हो । श्रीसँग भएको ठेक्का सम्झौता युनएनले नेपाली उड्डयन क्षेत्रको कालोसूचिकै कारण तोडेको हो । इयूको कालोसूचिमा परेको भनेर नेपाल सरकारबाट पनि कुनै पहल नभएका कारण हामीले पटकपटक सरकारसँग अनुरोध गर्दा पनि अझै केही भएका उनको भनाइ छ । हाम्रो केही गल्ती नहुदाँ पनि हामी चुप लागेर बस्न बाध्य छौ । सरकारले पनि कुनै वास्ता नगरेको गुनासो श्री एयरलाइन्सको छ । उडान गर्न पाइने आशामा अफ्रिकामै थन्कियो हेलिकोप्टर जहाज राखेर अफ्रिामा जहाज राखरे इयुसँगको ठेक्कामा भने प्रतिस्पर्धा गरिहरेकोले पनि केहीगरी टेण्डर पायो भने एक सातामै उडाउनुपर्ने हुन्छ । त्यतिबेला नेपालबाट जान १५ दिन भन्दा बढी भएकोले पनि टेण्डर पायो भने छिटो उडाउन सजिलो हुन्छ भनेर अफ्रिकामा नै राखिरहेको श्री को भनाइ छ । ‘जबसम्म उड्डयन प्राधिकरणको कामजोरी हट्दैन तबसम्म युएनले लिन्न भनेको छ’, मित्तलले भने । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले भने लिएको छ । तर उसको अहिले ठेक्का नभएको कारण पनि हेलिकोप्टर थन्काउनुको विकल्प नभएको श्रीको भनाइ छ । भूकम्पअगाडि सबै हेलिकोप्टर उतै भएपनि हाल दुईवटा मात्रे अफ्रिकाम रहेको श्रीको भनाइ छ । यस्तो समस्या समाधान गर्न वायुसेवा संचालकले सामूहिक पहल त गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै चासो वा सक्रिता नदेखाएको पनि श्रीले बताएको छ । नेपाली झण्डा राखेर उडाइरहेको यो हेलिकोप्टरको सबै पक्ष राम्रो भएपनि सरकारी वेवस्थाका कारण अफ्रिकामा थन्किरहेको उल्लेख छ । ‘श्रीले कुटनैतिक पहल गरेर हेलिकोप्टर उडाने वातावरण बनइदिन आग्रह गरेको थियो’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । स्वदेशी कम्पनीले युएनमा प्रतिस्पर्धाबाट हेलिकोप्टर उडाउन पाउनु नेपालको लागि गौरवको विषय भएपनि उडड्डयन क्षेत्रको कालोसूचीका कारण कुटनैतिक पहलको विषय नरहेको पनि आचार्यले जानकारी दिए । यो विषयमा उड्डयन प्राधिकरणले पहल आवश्यक पहल गरेको हुनेसक्ने पनि आचार्यले बताए । ‘युएनको शान्ति मिसनमा लगेर हेलिकोप्टर उडाउनु श्रीको व्यापारको विषय हो’, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक सञ्जिव गौतमले भने । राष्ट्रको झण्डा बोकेर गरेको उडान भएकोले यसलाई पुनः उडानमा ल्याउने विषयमा भने सरकाले कुटनैतिक पहल गर्ने विषय भएकोले प्राधिकरणसँग सरोकार नभएको पनि गौतमले बताए ।

राजधानीवासीलाई तिहारपछि मात्रै अनुदान, सरकारी प्रक्रियामै ढिलाई

काठमाडौं १६, असोज । भूकम्पले भत्किएका निजी घरहरुको निर्माणका लागि भदौ मसान्तभित्र दिने भनिएको अनुदान रकम काठमाडौं उपत्यकाको हकमा भने तिहार पछि पुग्ने भएको छ । फाइल तस्बिर राष्ट्रिय पुर्निर्माण प्राधिकरणले विशेष अभियानअन्तर्गत काठमाडौं उपत्यकामा भदौ१५ भित्र लगत संकलन गरिसक्ने भने पनि सो काम बल्लतल्ल असोजको दोस्रो साता सकिएकाले आवास अनुदान पाउने कार्यमा मपहिनौं ढिलाइ भएको हो । राष्ट्रिय योजना आयोगबाट खटिएका जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयले शुक्रबार तंथ्याक संकलन कार्य पूरा गरेको छ । नगरपालिका र उपमहानगरपालिकाको हकमा यसअघिको तथ्याकंको पुनः परीक्षण र गाविसको हकमा पुनः गणना गरेर तथ्यांक संकलन कार्य सम्पन्न भएको ललितपुरमा तथ्यांक विभागबाट खटिएका राजेश त्रितालले जानकारी दिए । समाचार स्रोतः समाचारपत्र दैनिकबाट ।

सर्वसाधारणलाई आजबाट नयाँ नोट, एकजना व्यत्तिले ३७ हजार साट्न पाउने

काटमाठौं १६, असोज । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार अर्थात आजबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ । जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । यसैगरी, तोक आदेश लिएर नयाँ नोट साँट्न आउनेलाई पनि छुट्टै काउन्टर राखिएको छ । सर्वसाधरणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए । विभागले लाइन कसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्नेछ ।

२२ लाखले अवलोकन गरे नारायणहिटी संग्रहालय, १९ करोड रुपैयाँ राजश्व संकलन

काठमाडौं १६, असोज । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको छ । स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटेत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय नाकाबन्दी भएको छ । २०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन् । उनीहरुलागि गत साल ४ करोड रुपैयाँ खर्च भएको थियो । पहिलेको राजदरबारको क्षेत्रफल ७५४ रोपनी आठ पैसा तीन दाम छ । यसलाई व्ययवस्था परिवर्तनपछि नारायाणहिटी संग्रहालय बनाइएको हो । समाचार स्रोत कारोबार दैनिकबाट ।

दसैँको उपहार लिएमा लिनेदिने दुबैलाई कारबाही, चाडवाडका नाममा उपहार लिनेदिने बन्द

काठमाडौं १६, असोज । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको समाचार आइतबारको गोरखापत्रमा छापिएको छ। यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनुरदिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताए। प्रहरीले यस्तो कुरा लिनै मिल्दैन । उनले भने, “यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ । ” उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन्। महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको छ । महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो । यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए। यसैबीच, गोङ्गबु नयाँबसपार्कबाट सुदूरपश्चिम क्षेत्रमा चल्ने बसको टिकट सकिएको हल्ला फैलिएपछि त्यसको समाधान गर्न प्रहरी निरीक्षक पूर्णिमा चन्द आफै खटिएका छन्। महानगरीय प्रहरी प्रभाग बसपार्क प्रमुख चन्दले टिकट सकिएको हल्ला निराधार भएको बताए। अन्य क्षेत्रको भन्दा सुदूरपश्चिम जानेको चाप बाक्लो छ, उनले भने, ‘सीमित यातायातका साधन, यात्रुको बाक्लो चापका कारण टिकटमा सामान्य समस्या देखिए पनि बस थप्नेबित्तिकै सबै समस्या समाधान हुन्छ, बसपार्क क्षेत्र आजसम्म अपराधमुक्त क्षेत्र भएको छ ।’

सोल्टी होटलमा रातभरी हिमानीसँग नाचे पारस, हिमानीको जन्मदिन सोल्टीमा

काठमाडौं १६, असोज । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र शिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए । फाइल तस्बिर सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो । पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट ।

दसैंका लत्ताकपडा हवाईजहाजमा, तातोपानी र रसुवागढी नाका बन्द हुँदा हवाईजहाजबाट समान ल्याउनुपर्ने वाध्यता

काठमाडौं १६, असोज । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमार्फत सामान आयात गर्न थालेका हुन् । गत वर्षको भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो भने विभिन्न खाले चिनियाँ अवरोधले रसुवागढी नाकामा समस्या थियो । ‘तातोपानी बन्द भएपछि एक पटक रसुवागढीबाट सामान ल्याउँदा धेरै समस्या भयो,’ दसैं अफरको फाइल तस्बिर न्युरोडको आरबी कम्प्लेक्समा तयारी पोसाकको पसल चलाउने लोप्साङ गुरुङले भने, ‘त्यसपछि ‘एयर लिफ्ट’ गरेर सामान ल्याइरहेको छु । ’ उनले दसैं–तिहारलाई लक्षित गर्दै केही साताअघि मात्र ग्वान्जाउबाट थाई एयरमा तयारी पोसाक ल्याएको बताए । ‘ग्वान्जाउबाट बैंकक हुँदै आउने जहाजमा सामान ल्याएँ,’ उनले भने, ‘बैंककबाट पनि सामान थपेको थिएँ ।’ उनका अनुसार अहिले धेरै नेपालीले चीनबाट सीधै काठमाडौं उडान भर्ने कम्पनीमार्फत सामान ल्याउने गरेका छन् । तयारी पोसाक, चस्मा, सौन्दर्य सामग्री, झोला, फुटवेयर, मोबाइल, तयारी गहना, सजावटका सामानलगायत वस्तु अहिले जहाजबाटै आउन थालेका छन् । तयारी पोसाक र सौन्दर्य सामग्री भने थाइल्यान्डबाट समेत ‘एयर लिफ्ट’ गरेर ल्याइने गरेको छ । ‘भूकम्पपछि धेरैले जहाजबाट सामान ल्याउन थालेका छन्,’ नेपाल चेम्बर अफ कमर्सका सचिव एवं आरबी कम्प्लेक्सकै व्यापारी पर्शुराम बस्नेतले भने, ‘उत्तरी नाकाको अवरोधले सीमित सामान ल्याउने व्यापारीको रोजाइ जहाज भएको हो ।’ चीनबाट आयात हुने लत्ताकपडालगायत सामानको आयात उत्तरी नाकाबाट हुँदै आए पनि गह्रुँगा वस्तु एवं औद्योगिक उपकरणको आयात भने समुद्री मार्ग हुँदै कोलकाताबाट आउने गरेको छ । कान्तिपुर दैनिकबाट ।

दसैँको वेला यातायात व्यवसायीको दादागिरी,सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने

काठमाडौं १६, असोज । दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन् । सिटअनुसार गाडी चलाउँदा घाटा हुने भन्दै व्यवसायीले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने नत्र एकतर्फी भाडा सरकारले दिनुपर्ने माग गरेका छन् । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ । यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’आइतबारको पत्रिका दैनिकदैनिकबाट ।