पर्यटक सवारीले पहिचान भएका पर्यटक मात्रै बोक्न पाइने, हरियो नम्बर प्लेटको विवाद कायमै
काठमाडौं, २७ । हरियो नम्वर प्लेटका पर्यटकीय सवारी साधानले अब पहिचान भएका पर्यटक मात्रै बोक्न पाउने भएका छन् । सरकारले गत भदौ तेस्रो साता स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्था नियमावली २०७३ अनुसार पहिचान नभएका पर्यटक हरियो नम्वर प्लेटका सवारी साधनले बोक्न नपाउने भएका छन् । नियमावलीको दफा २ को (ङ)मा पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा सवारी साधानको दर्ताको प्रमाणपत्र ६ महिनासम्मका लागि निलम्बन गर्ने उल्लेख छ । नियमावलीको दफा ४ को (ग)मा पनि पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था पनि रहेको छ । सरकारले ल्याएको यो व्यवस्थाले पर्यटक सवारीले पर्यटक पहिचान गरेर मात्रै पर्यटकीय सेवा दिनुपर्ने भएको छ । सरकारले ल्याएको यो कार्यविधि अनुसार पर्यटक पहिचान गराएर मात्रै सेवा दिनुपर्ने भएको पर्यटक बस व्यवसायी संघका अध्यक्ष श्रीकान्त आचार्यले बताए । उनका अुनसार सरकारले कार्यविधि पारित गरेर व्यवसायीसमक्ष पनि जानकारी आइसकेका छ । ‘सरकारले ल्याएको संसोधि कार्यविधिको व्यवस्थाको मस्यौदामा पर्यटक बाहेक गैरपर्यटक बोक्न नपाइने भन्ने व्यवस्था राखिएको थियो’, आचार्यले भने । व्यवसायीको पहलमा गैरपर्यटक शब्द हटेकोले पर्यटकीय सेवामा कुनै समस्या नहुने बताए । पर्यटक पहिचान गर्ने विषयमा पर्यटक सवारीले पर्यटकीय गन्तव्यमा पुग्ने र घुम्ने उद्देश्य बोेकेका बाहेकलाई सेवा नदिने भएकोले पनि समस्या नहुने तर्क दिए । उनका अनुसार पर्यटक को हुन भनेर चाहिँ पर्यटन मन्त्रालयले पहिचान गर्नुपर्छ । पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवत्ता दुर्गादत्त ढकालका अनुसार भने आन्तरिक र वाह्य दुबै पर्यटक हुन । पर्यटन ऐन तथा नीति तथा नियमावलीले नै स्पष्ट रूपमा पर्यटक पहिचान गरेकोले पर्यटकीय सेवामा कुनै समस्या हुँदैन । उनका अनुसार आज भन्दा अगाडि जसरी पर्यटक सवारीले सेवा दिएका छन्, भोली पनि त्यसैगरी तर व्यवस्थित ढंगबाट सेवा दिने ढकालको भनाइ छ । उनका अनुसार बाहिर हल्ला भएजस्तो पर्यटक सवारी संचलनमा कुनै असहजता छैन । पर्यटन मन्त्रालयले अनुमति दिएका र पर्यटक सवारीका रूपमा दर्ता भएकाले आफ्नो उद्देश्य खुलाएर सेवा दिन पाउँछन् । पर्यटन मन्त्रालयले पनि पर्यटक सवारीलाई दर्ता गरेरै अनुमति प्रदान गरेको छ । कुनै असहज अवस्था भए एक सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वयन गरेर मिलाउन सकिन्छ, यसका लागि व्यवसायीले प्रक्रियागत रुपमा माग र सुझाव दिनुपर्ने पनि उनको भनाइ छ । पर्यटकको पहिचान कसरी ? एउटा गन्तव्यबाट अर्को गन्तव्यमा घुम्न जाने उद्देश्यले निस्किएका सबै नेपाली तथा विदेशी पर्यटक हुन । ‘दसैं तथा अन्य चाडबाडमा घर, माईत, मावली तथा ससुराली जाने नेपाली चाँहि पर्यटक होइन्’, पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढाकालले भने । पर्यटक गाडीले यस्ता गैर पर्यटकलाई सेवा पनि नदिने उनको छ । विश्व पर्यटन संगठनले नै घुम्ने उद्देश्य खुलाएर निस्कने पर्यटक मानेको छ भने नेपालको कानूनले पनि घुम्ने उदेश्यले पोखरा, चितवन, लुम्बिनी सहितका पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुन भनेर पहिचान गरेको ढकालले जानकारी दिए । नयाँ पर्यटकको पहिचान गर्ने र पर्यटक सवारीमा को राख्ने र को नराख्ने भनेर बहस गर्ने नपर्ने पर्यटन मन्त्रालयको भनाइ छ । घुम्ने उद्देश्यले हिडेका सबै नेपाली पर्यटक भएको स्पष्ट व्यवस्था हुँदाँहुनै पुन पहिचानको जरुरी नभएको पनि पर्यटन मन्त्रलयको भनाइ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार पनि घुम्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँको पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुने बताए । उनका अनुसार हरियो नम्बर प्लेटका सवारी साधनले आम नेपाली नागरिक (गैरपर्यटक) बोक्न नपाइने भनेको हो, पर्यटकलाई बोक्न नपाइने भनेको छैन । नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाका अनुसार विस २०३७ देखि रातो नम्बरप्लेटमा सेवा दिएको अवस्थामा अहिले सबै सिजनमा सबै पर्यटकलाई हरियो नम्बरप्लेटमा सेवा दिए गाह्रो हुने बताए । यसका लागि हरियो नम्बरप्लेटको कमी भएको अवस्थामा रातो नम्बरप्लेटका सवारीले समेत सेवा दिन पाउनुपर्ने पनि बताए ।
माेबाइलबाट राम्रो फोटो निकाल्ने फर्मुला
काठमाडौं। दशैंमा राम्रो फोटो निकाल्न कसलाई रहर हुँदैन र ! जति राम्रो फोटो आयो त्यति नै सामाजिक सञ्जालमा सेयर गर्न र फ्रेममा सजाएर राख्न मन लाग्छ। १ एङ्गलिक तपाईले फोटो खिच्दा जहिलेपनि के विचार पुर्याउनुपर्छ भने जति राम्रो एङ्गल मिलाउनुभयो त्यति राम्रो फोटो आउँछ। जस्तै तपाईले फोटो खिच्दा हाफ खिच्ने हो कि फुल खिच्ने हो त्यसको निर्क्यैल गर्नुहोस। त्यसपछि फोटोमा के कुरा निकाल्ने र व्याकग्राउण्डमा के निकाल्ने भनेर मनमनै छानिसक्नुपर्छ। २ लाईटिङ फोटो लिदा विचार गर्नुपर्ने अर्को कुरा हो लाईटिङ। लाईटिङ मिलेन भने न तपाईको फोटो कि धैरै लाईट भएर ओभर लाइटिङ वा कम भएर स्याडो हुन्छ। त्यस काणले जहिलेपनि फोटो लिदा लाईटको एकदम ध्यान निनुहोला। ३ अव्जेक्ट फोकस क्यामेरा, एङ्गलिङ र फोकस सँगै फोटो लिदा सँधै वस्तुको ख्याल गर्नुपर्छ। तपाईले के बस्तुलाई टार्गेट गर्नुभएको हो सोहि अनुसार फोँकस मिलाउनुपर्छ। ४ व्याकग्राउण्ड अव्जेक्ट सवै कुरा मिल्यो तर पछाडि रहेको बस्तु नराम्रो आयो भने पनि फोटो नराम्रो आउँछ। त्यहि भएका कारण प्रत्यक सट तपाईका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्यतया यत्ति भयो भने तपाईको फोटो धेरै हदसम्म राम्रो आउँछ।
सेल्फी खिच्न स्मार्टफोनका लागि उत्कृष्ट एपहरू
काठमाडौं, २७ असेज । वर्षमा एकपटक आउने दशैंमा जसलाई पनि राम्रो फोटो निकाल्ने र भविष्यका लागि मेमोरी बनाउने अनि सामाजिक सञ्जालमा सेयर गर्ने इच्छा त भइहाल्छ। दशैंमा आफन्तले टिका लगाइदिएको वा अन्य कुनै पनि घटनाहरु जिन्दगीभरका लागि विर्सन नसकिन क्षण हुन्छन। इन्स्टा पिकफ्रेम यो एप गुगल प्ले स्टोर र आइओएस को एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको इन्सट्यान्ट सेल्फि खिचेर लगभग एकसय भन्दा धेरै इफेक्ट र फ्रेममा फोटो राख्न मिल्छ। पिप क्यामेरा यो पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। विभिन्न इफेक्टमा सेल्फिको मजा लिन सकिने यो एपमा अरुमा भन्दा फरक किसिमका फ्रेममा फोटो खिच्न सकिन्छ। स्विट सेल्फि यो एप पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको यसमा धेरै किसिमका इफेक्टहरु रहेका हुन्छन जसका कारण तपाईको फोटोलाई आफ्नो इच्छा अनुसार इफेक्ट हालेर परिवर्तन गर्न सक्नुहुनेछ। क्यामेरा ३६० डिग्री यो एप पनि गुगल र आइओएस दुवै एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो विशेषता भनेको तपाइले यसमा टाइम सेट गर्न सक्नुहुनेछ जसका कारण तपाईले मोवाइललाई अलि टाढा राखेर पनि आफ्नो बडिको हाउभाउ मिलाउन पाउनुहुन्छ। यसले तपाईलाई १० सेकेन्डसम्मको समय दिन्छ। वा तपाईले टाइम सेट नगरी पनि सेल्फिको मजा लिन सक्नुहुनेछ।
आइपिओको पर्खाइमा हुनुहुन्छ ? अब एक मात्र विकल्प जलविद्युत कम्पनी
काठमाडौं, २५ असोज । कम्पनीहरुले सर्बसाधारणलाई दिने साधारण सेयर ९आइपिओ० को पर्खाइमा हुनुहुन्छ भने अवको एक मात्र विकल्प जलविद्युत कम्पनी मात्रै हुन् । पूजी बजारमा उल्लेख्य सहभागिता रहेको बैंक तथा वित्तीय संस्थाको दर्ता बन्द भएको, बीमा कम्पनी पनि नयाँ आउन नदिने अघोषित नीति र उत्पादनमुलक क्षेत्रलाई पूजी बजारमा भित्र्याउन आवश्यक पहल नभएको कारण जलविद्युत कम्पनीको विकल्प नदेखिएको हो । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षसम्ममा लघुवित्त कम्पनीहरुको लागि अनुमति दिने गरेको थियो । यस्ता कम्पनीहरुले सर्वसाधारणलाई कम्तिमा पनि ३० प्रतिशत सेयर दिने गरेका थिए । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लाइसेन्स अगाडिदेखि नै बन्द थियो । अब लघुवित्तको पनि लाइसेन्स बन्द भएपछि त्यस्ता संस्थाको आइपिओ पनि बन्द भएको छ । अहिले संचालनमा रहेका बैंक वित्तीय संस्थाले आइपिओ जारी गरिसकेका छन् । बीमा समितिले नयाँ बीमा कम्पनी खोल्नको लागि अनुमति दिने गरेको छैन । उसले घोषित रुपमा लाइसेन्स बन्द नगरेपछि लामो समयदेखि अनुमति माग्ने कम्पनीलाई त्यसै झुलाएर तत्काल नयाँ कम्पनी नथप्ने संकेत दिएको छ । अहिले संचालनमा रहेका बीमा कम्पनीहरुले आइपिओ जारी गरिसकेका छन् । नयाँ कम्पनी नआउने हुदा यो क्षेत्रवाट पनि आइपिओ आउने सम्भावना छैन । सरकारले उत्पादन मुलक र क्षेत्रलाई पूजी बजारमा ल्याउनको लागि खास पहल गरेको छैन । उद्योगी ब्यवासयी पनि आफ्नो कम्पनीको आइपिओ सर्वसाधारणले किन्लान कि नकिन्लान भन्ने दोधारमा छन् । विगतमा आइपिओ जारी गरेर कम्पनी नै बेपत्ता हुने गरेको कारण त्यसको नाकारात्मक असर अहिले आफूहरुलाई पर्छ कि भन्ने चिन्तामा रहेको देखिन्छ । धितोपत्र वोर्डले सार्वजनिक गरेको गत बर्षको तथ्यांकले पनि आइपिओको लागि अवको एक मात्र विकल्प जलविद्युत कम्पनी नै हो भन्ने देखाएको छ । बोर्डले गत आर्थिक बर्षमा १६ कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको थियो । यसमध्ये ८ कम्पनी त जलविद्युत कम्पनी नै थिए । गत बर्ष जलविद्युत लगानी तथा विकास कम्पनी, ङदी ग्रुप पावर, खानीखोला जलविद्युत कम्पनी, दिब्यश्वरी जलविद्युत कम्पनी, ङादी ग्रुप पावर कम्पनी, अरुण कावेली पावर कम्पनी र दिब्यश्वरी जलविद्युत कम्पनीले आइपिओ जारी गरेका थिए । यसमध्ये दिब्यश्वरी र ङादीले स्थानीयबासीको लागि छुट्टै आइपिओ जारी गरेकोले संख्या दोहोरो देखिएको हो ।
आकाशमार्गबाट दसैं मनाउन जानेलाई टिकट छैन, आउनेलाई फालाफाल
काठामाडौं ः नियमित उडानका अन्तरिक वायुसेवालाई दसैंमा भ्याइनभ्याइ भएको छ । आकासमार्गको प्रयोग गरेर दसैै मनाउने जानेका एक दुई महिना अगाडि देखि टिकट नपाएको चिन्ता छ । काठमाडौंबाट बाहिर जाने सुगम (शहरी क्षेत्रका) विमानस्थलमा जाने यात्रुले टिकट नपाएर हैरान भएका छन् भने काठमाडौं फर्कदा भने वायुसेवाको टिकट फालाफला रहेको छ । काठमाडौंबाट दसैंभर बाहिर जाने यात्रुले आकस्मिक टिकट पाएका छैनन् तर दसैंबाट फर्कनले लागि भने हजाज खाली भयो भनेर ६ हजारको टिकन १५ सयमै दिनुपरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार एयरले असोज १५ देखि २४ सम्म काठमाडौंबाट जाने टिकट पाइदैन भने आउनेका लागि भने जहाज खाली हुने भएकोले छुट दिइएको छ । काठमाडौं आउँदा दसैंभरको समयका लागि १५ सय देखि २५ सयसम्ममा नै सेवा दिएको उनको भनाइ छ । उनका अनुसार विराटनगर, भद्रपुर, जनकपुर, नेपालगञ्ज, भरतपुरसहितका गन्तव्यबाट काठमाडौं आउँदा विशेष छुटमा हवाई भाडादर निर्धारण भएको पनि आन्तरिक वायुसेवा कम्पनीले बताएका छन् । यी गन्तव्यका हवाइ भाडादार अन्य दिन भन्दा ७५ प्रतिशतसम्म छुट दिएको पनि जोशीले बताए । नारायणगढ—मुग्लिन सडकखण्डमा भइरहेको बाटो निर्माणका कारण पनि भैरहवा र भरतपुर जाने यात्रुको चाप निकै बढेको बुद्ध एयरकै अपरेशन म्यानेजर सुवर्ण खरेलले बताए । उनका अनुसार भरतपुरको लागि दसैंभरका लागि दैनिक ८ वटासम्म उडान राखिएको छ । यो गन्तव्यमा अन्य समय २ देखि ३ वटा मात्रै हुने गरेको थियो । दसैं सुर हुन थालेको र नारायणगढ—मुग्लिनसडक खण्ड अवरोध भएपछि भने यो गन्तव्यमा उडान ४ वटा भएको थियो । दसैैंका लागि भने यो गन्तव्यमा अधिक उडान गर्ने प्रयास भएको उनले बताए । बुद्ध एयरले मात्रै दैनिक ४० वटा उडान गर्ने गरेको छ । यतिले पनि ३० भन्दा बढी, सिम्रिकले दैनिक २० वटासम्म उडान गर्ने गरेको भएपनि दसैंमा घर जाने यात्रुका कारण एकतर्फि मात्रै चाप बढेकोले खर्कदा भने खाली हुने गरेको छ । यात्रु चाप बढेकाले कुनै यात्रुले आकस्मिक टिकट लिनुपर्दा उपलब्ध गराउन सक्ने अवस्था नरहेको बुद्ध एयरका अपरेसन म्यानेजर खरेलले बताए । उनका अनुसार बुद्ध एयरले दैनिक ४० वटा उडान विभिन्न गन्तव्य गर्दा पनि यात्रुलाई टिकट दिन सकेको छैन । यात्रु चाप बढी हुने गन्तव्यमा अतिरिक्त उडान थप गर्दा पनि टिकट नपाइने समस्या बढेको उनले बताए । आन्तरिक वायुसेवा कम्पनीले बुद्ध, यती, तारा, वायुसेवा निगम, सिम्रिक एयरको उडान सञ्चालन भए पनि दसैंका कारण सबै गन्तव्यमा उडान चाप रहेको उल्लेख छ । दसैंको मुखैमा सौर्य एयरलाइन्स विग्रिएका कारण उनका दैनिक ५ देखि ६ वटा उनकाका २५० देखि ३ सय यात्रुका पनि चाप अन्य वायुसेवामा थप भएको उल्लेख छ । वायुसेवा संचालक संघले भने बुद्ध, यति, सिम्रिक र सौर्य एयरबाट काठामाडौंबाट जादाँ नर्मल भादादर र काठमाडौं भित्रदाको छुटसहित भाडादर तोकेको छ । यो भाडादर अधिकांका वायुसेवाले दसैं अवधिभरका लागि भनेर सार्वजनिक गरेका छन् । दसैंभर काठमाडौं आउने आन्तरिक वायुसेवाको भाडा गन्तव्य काठमाडौंबाट जाँदा फर्कदा विराटनगर—काठमाडौं ५९४० २००० भद्रपुर—काठमाडौं ७२५० ३२०० जनकपुर—काठमाडौं ३५२० २००० नेपालगञ्ज—काठमाडौं ७८१० ३७०० तथ्यांक स्रोत वायुसेवा संचालक संघ, नेपाल ।
जुवामा सबैभन्दा धेरै गुमाउने १० मुलुकहरू, जहाँ ८० प्रतिशत युवा युवती जुवा खेल्छन्
काठमाडौं, २५ असोज /दशैं तिहारलाई धार्मिक सांस्कृतिक मान्यताका अवला जुवा खेल्ने अवसरका रूपमा पनि हेर्न थालिएको छ । चाडबाडमा खेलिने जुवामा धेरैले कमाउने गरेका छन भने धेरैले सर्वस्व गुमाउने पनि गरेका छन् । संसारमा यस्ता केही मुलुक छन जसलाई जुवा घरका रुपमा हेरिन्छ । एच टु ग्याम्बलीङका अनुसार संसारमा १० वटा मुलुकलाई जुवा घरका रुपमा चिनिन्छ । ती देशको अर्थतन्त्रले जुवा घरबाट ठुलो मात्रामा राजश्व संकलन गर्दै आएका छन् । तर त्यहाँ जनताले भने बर्षेनी जुवाको खालमा आफ्नो सम्पति गुमाउने गरेका छन् । जसका कारणले समाजमा अशान्ति र अपराध बढेको आरोप पनि खेपिरहेका छन् । यी हुन संसारका जुवा घरका रुपमा चिनिएका १० मुलुक अष्ट्रेलिया प्रति व्यक्ति १२०० डलर गुमाउँछ अष्ट्रेलियामा ८० प्रतिशत युवाहरु कुनै न कुनै प्रकारको जुवामा सामेल हुने गरेका छन् । अष्ट्रेलियामा जुवाबाट जितिएको सम्पतिमा कर लाग्दैन् अझै नागरिकलाई थप अनुदानको व्यवस्था गरिन्छ । जुवा खेलाउनेहरुलाई भने ठुलो मात्रामा कर लगाइएको हुन्छ र सरकारको १० प्रतिशत राजश्व समेत जुवा घरबाटै प्राप्त हुन्छ । एक अध्ययनले अष्ट्रेलियाका युवाहरुले बार्षिक १२०० डलर औषत रकम जुवामा हार्ने गरेका छन् । मोनाश युनिभर्सीटीका अध्येताहरुका अनुसार पुर्वोत्तर राज्यहरुमा जुवाको लत बढि छ र जसले गर्दा अपराध र घरेलु हिंसा र मानसिक बिरामीहरुको संख्या बढिरहेको छ । सिंगापुर सिंगापुरका युवाहरुले बार्षिक औषत ११७४ डलर जुवाको खालमा गुमाउने गरेका छन् । सन २०१० मा सिंगापुरमा मेरिना बे स्याण्ड र रिसोर्ट्स वल्र्ड सेन्टोसा नामका दुई वटा क्यासिनो खोलिए । यी दुबैमा विदेशी पर्यटकलाई निःशुल्क प्रवेश र सिंगापुरेका लागि एक सय डलर प्रवेश शुल्क तोकियो । सिंगापुरे नागरिकलाई क्यासिनो प्रवेशमा निरुत्साहित गर्न एक सय डलर प्रवेश शुल्क तोकिए पनि त्यो असफल भयो । अहिले सिंगापुरका नागरिकले प्रति बर्ष ११७४ डलर गुमाउँदै आएका छन् । आयरल्याण्डः ५८८ डलर बार्षिक द लक अफ आइरिस नामको विश्वासलाई आइरिस जुवाडेहरुले अझै पनि विश्वास गर्छन् । यद्यपी आयरल्याण्डमा क्यासिनोलाई अबैधानिक मानिन्छ । तर कानुनको आखाँ छल्दै प्राइभेट क्लबहरुले भित्रभित्रै क्यासिनो सञ्चालन गरिरहेका छन् । यो देश बिशेष गरि खेलकुदमा बाजी थाप्नेहरुका लागि परिचित छ । यहाँ अनलाइनबाट पनि ठुलो मात्रामा जुवा सञ्चालन गरिन्छ । पेडी पावर आयरल्याण्डको सबै भन्दा ठुलो र पहिलो जुवा सञ्चालन गर्ने कम्पनी हो । यसको अनलाईन बजार भन्दा स्थानिय बजार पाँच गुणा बढि ठुलो रहेको मानिन्छ । यहाँका जनताले बार्षिक ५८८ डलर जुवामा गुमाउने गरेको बताइन्छ । क्यानाडाः ५६८ डलर क्यानाडामा सबै तिर जुवालाई बैधानिकता प्रदान गरिएको छ । यद्यपी देशका १० वटै प्रान्तमा आ आफ्नै नियमद्धारा जुवालाई व्यवस्थित गरिएको छ । पोकर, खेलकुद र स्किल गेम्सहरुमा क्यानेडियन जुवाडेहरुको बिशेष रुचि रहेको छ । प्रत्येक क्यानेडियन नागरिकले बार्षिक ५६८ डलर जुवाको खालमा हार्ने गरेका छन् । यसलाई मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा मान्ने गरिएको छ । फिनल्याण्डः५५३ डलर बार्षिक फिनल्याण्डमा जुवा घरबाट संकलन गरिएको राजश्वलाई सामाजिक सुरक्षाका क्षेत्रमा खर्च गरिँदै आइएको छ । यस मुलुकका नागरिक बर्षेनी औषतमा ५३३ डलर गुमाउने गरेका छन् । इटाली इटालीका जनताले बर्षेनी औषतमा ५१७ डलर जुवाको खालमा हार्ने गरेका छन् । पछिल्लो केहि बर्षदेखि इटाटीले जुवालाई प्रोत्साहन दिँदै आएको छ । नयाँ क्यासिनो खोल्नेदेखि सञ्चालन प्रक्रियालाई सहज बनाईरहेको छ । युरोपमै इटालीलाई क्यासिनो सञ्चालनका लागि उपयुक्त मुलुक मानिन्छ । हङकङ हङकङका नागरिकहरुले प्रत्येक बर्ष ५०३ डलर हार्ने गरेका छन् । सरकारले आधिकारीक रुपमा जुवा घर सञ्चालनको व्यवस्था गरेको छ । हङकङ जकी क्लबले त्यहाँ सबै भन्दा ठुलो करदाताका रुपमा योगदान पुर्याउँदै आएको छ । हङकङका नागरिकले अनलाईन जुवालाई प्राथमिकता दिँदै आएको बताइन्छ । नर्वे नर्वेका नागरिकले बार्षिक औषत ४४८ डलर जुवामा हार्ने गरेका छन् तै पनि त्यहाँ जुवालाई अबैधानिक मानिन्छ । सन २०१० मा सरकारले बैंकका कार्डहरुबाट क्यासिनो वा जुवा घरमा रकम तिर्न नपाउने व्यवस्था ल्याएको थियो । तैपनि त्यहाँ जुवाका पारखीहरुमा कुनै कमी आएको छैन् । ग्रीस ग्रीसका नागरिकले बर्षेनी ४२० डलर रुपैंयाँ जुवामा हार्ने गरेका छन् । पछिल्लो समय ग्रीस चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । जसको कारणका रुपमा जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । ग्रीसमा सरकार लगानीमै क्यासिनो तथा जुवा घरहरु सञ्चालनमा रहेका छन् । ग्रीस सरकारले २ दशमलब ३ बिलियन डलर रुपैंयाँ क्यासिनोलाई तिर्न बाँकी नै छ । ग्रीसको आर्थिक संकटको कारण जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । विश्व बैंक र मुद्रा कोषले ग्रीस सरकारलाई सरकारी उद्योग तथा कलकारखाना निजीकरण गर्नका लागि ठुलो दबाव दिईरहेका छन् । स्पेन स्पेनका नागरिकले बर्षेनी औषतमा ४१८ डलर हार्ने गरेका छन् । स्पेन खेलकुदमा बाजी लगाउनेहरुका लागि परिचित छ । त्यहाँको स्पेनले २० प्रतिशत कर चिठ्ठाबाट प्राप्त गर्ने गरेको छ । त्यहाँको ६० देखि ६५ प्रतिशत जुवा ग्रे मार्केटमा हुने गरेको छ ।
दशैंमा सेल्फि खिच्ने हो र ? सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट स्मार्टफोन यी हुन
सेल्फी नयाँपुस्तामा आम संस्कृतिकै रुपमा विकशित भएको छ । सेल्फी क्लिक गर्नु भने अहिले दैनिक जिवनको अभिन्न पाटो बनिसकेको छ । स्न्यापच्याट तथा इन्स्टाग्राम जस्ता एपहरुले सेल्फी संस्कृतिलाई झनै बढावा दिएको छ । सेल्फी संस्कृति बढ्दै जाँदा स्मार्टफोनहरुमा उच्चस्तरीय सेल्फी क्यामराको खोजी हुने नै भयो । सेल्फीप्रेमीहरुले उच्च क्षमतायुक्त फ्रन्ट क्यामरा भएका स्मार्टफोन खोज्न थालेपछि स्मार्टफोन कम्पनीहरुले पनि एक से एक गुणस्तरीय सेल्फी क्यामरायुक्त फोन उत्पादन गरिरहेका छन् । सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन यी हुन्ः १. हुवावे पि ९ यसको मूख्य क्यामरा १२ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । सेल्फी क्यामराले भिडियो कलिंगमा पनि उत्कृष्ट काम गर्दछ । यो फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेकेा छ । २.जिओनी एस सिक्स एसः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । जसमा फ्रन्ट फ्लास तथा स्क्रिन फ्लास समेत रहेको छ । कम प्रकाशयुक्त क्षेत्रमा पनि यसले उत्कृष्ट सेल्फी खिच्दछ । यसमा १३ मेगापिक्सेलको अटोफोकसन मुख्य क्यामरा रहेको छ । ३. सोनी एक्सपेरिया एक्स डुअलः यसमा १३ मेगापिक्सेलकेा सेल्फी क्यामरा रहेको छ । साथै यसमा सोनीको आफ्नै एफएक्सएमओर आर एस सेन्सर रहेको छ । यो फोनमा मुख्य क्यामरा २३ मेगापिक्सेलको रहेको छ । यसले फूल एचडी भिडियो खिच्न सक्दछ । फोटोग्राफी तथा सेल्फीका शौखिनका लागि यो फोन उत्कृष्ट रोजाइ बन्न सक्ने देखिएको छ । ४. सोनी एक्सपेरिया एक्स जेडः गत महिना लञ्च भएको यो स्मार्टफोनमा पनि १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ र एफएक्स मोर आरएस इमेज सेन्सर रहेको छ । यो स्मार्टफोन फाइभ एक्सिस भिडियो स्टाबिलाइजेसन भएको विश्वको पहिलो स्मार्टफोन भएको दाबी सोनीको छ । ५.एसस जेनफोन थ्री डिलक्सः यसमा ८ मेगापिक्सेलको प|mन्ट क्यामरा, ८५ डिग्री वाइड एंगल लेन्स रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्दछ र सोनीको सेन्सरयुक्त २३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । ६. ओप्पो एफ वान एसः कम्पनीले यो फोनलाई सेल्फी एक्सपर्टको नामले मार्केटिंग गरिरहेको छ । यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ जसमा ब्यूटी फिचर पनि छ । यसको मुख्य क्यामरा भने १३ मेगापिक्सेलको छ । ७.ग्यालेक्सी जे सेभेन प्राइमः यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । साथै यसमा अटोफोकसयुक्त १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनुका साथै एलइडी फ्लास पनि रहेको छ । ८.एलजी एक्स क्यामः हुवावेको पि नाइन जस्तै एलजीको एक्स क्याममा पनि दुइवटा मुख्य क्यामरा तथा एउटा सेल्फी क्यामरा छन् । मुख्य क्यामरामध्ये एउटा १३ मेगापिक्सेलको र अर्को ५ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । जसमा ब्यूटी मोड पनि छ । ९. लेनोभो भाइब के फाइभ नोटः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने १३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । एजेन्सीको सहयोगमा
तीन महिनामा १२९ अर्ब रुपैयाँ खर्च, गत वर्षको तुलनामा साढे ४० अर्ब बढी, पूँजीगत खर्च भने न्यून
काठमाडौं, २४ असोज । चालू आर्थिक वर्षको तीन महिना अर्थात असोज २० गतेसम्म १ खर्ब २९ अर्ब १३ करोड खर्च भएको छ । हालसम्म भएको खर्च गत आर्थिक वर्ष २०७२÷७३ कोभन्दा ४० अर्ब ५२ करोड रुपैयाँले बढी हो । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा ८८ अर्ब ६१ करोड खर्च भएको महालेखा कार्यालयको तथ्ष्याङ्क छ । गएको वर्ष भूकम्प तथा नाकाबन्दीको कारण खर्च हुन सकेको थिएन । यस वर्षभने यी सबै अवरोध हट्दै गएको र निजामति कर्मचारी, सेना तथा प्रहरी एवम् शिक्षकको तलव भत्ता वृद्धि भएको कारणले पनि खर्च बढी भएको हो । चालू आवमा सरकारले सरकारी कर्मचारीको २५ प्रतिशतले तलव वृद्धि गरेको छ । चालू आवको पहिलो तीन महिनामा १ खर्ब १७ अर्ब ५२ करोड अर्थात कुल चालूगत खर्चको १९ प्रतिशत हो । समीक्षा अवधिमा चालू खर्च बढेपनि पूँजीगत खर्च ३ प्रतिशत (रू.१० अर्ब ५३ करोड) मात्र भएको छ भने वित्तीय व्यवस्थापन खर्च शून्य दशमलव ९० प्रतिशत (रू.१ अर्ब ७ करोड) रहेको छ । सरकारले यस वर्ष साउन १ गतेनै बजेट खर्चको अख्तियारी पठाएको र केन्द्रीयस्तर ( रातो किताव भाग एक) का आयोजनाले मात्र राष्ट्रिय योजना आयोगबाट आयोजना स्वीकृत गराउनु पर्ने व्यवस्था गरेपनि चालू खर्च वाहेक अन्य दुई खर्चको अवस्था भने निराशाजनक नै छ । सरकारले चालू आवमा पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन गर्न जेठ १५ गते संविधान दिवसकै दिन अर्थात चालू आव शुरु हुनु डेढ महिना अघि नै बजेट ल्याएपनि पूँजीगत खर्चको खासै प्रभावकारिता बढ्न सकेका छ्रैन । गत आवको भन्दा पूँजीगत खर्चमा ४ अर्ब रुपैयाँले बढेको छ । यसरी बढ्दै जाने हो भने चालू आवमा राम्रै खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको छ । ‘गएको वर्षकोभन्दा यस वर्ष आर्थिक कारोबार बढ्नुका साथै पूँजी पनि चलायमान भएकोले यसपालि अर्थतन्त्रको आकार बढ्नुका साथै पूँजीगत खर्चमा आर्थिक वृद्धिदर पनि राम्रो हुने सक्छ,’ अर्थ सचिव शान्तराज सुवेदीले भने ‘लगानीमैत्री वातावरण सिर्जनाका लागि एकातिर सरकार लागि परेको छ भने अर्कोतिर नयाँ आएको औद्योगित व्यवसायी ऐनले गरेको व्यवस्थाको कारण उद्योगी पनि होसिएका छन् । ’ सरकारले बजेट ल्याउँदा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बताए पनि विश्व बैंकले भर्खरै सार्वजनिक गरेको तथ्याङ्कले नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रह्ने अनुमान गरेको छ । विश्व बैंकले गरेको यो प्रक्षेपण तथा अर्थ मन्त्रालयले तथा प्रधानमन्त्री स्वयम्ले देखाएको चासोका कारणले पनि चालू आवमा शतप्रतिश पूँजीगत खर्च हुने आँकलन मन्त्रालयले गर्दे आएको छ । तर, विगत चार÷पाँच वर्षयता ८० देखि ८५ प्रतिशतको हाराहारीमा पूँजीगत खर्च हुने गरेको छ । गएको वर्ष आवमा करिब ७४ अर्ब २६ करोड रुपैयाँ चालूगत खर्च ६ अर्ब ५१ पूँजीगत र ७ अर्ब ८४ करोड वित्तिय व्यवस्थापन खर्च भएको थियो । सरकारले चालू आवको लागि १० खर्ब ४८ अर्ब बजेट ल्याएको थियो । सो बजेटमध्य यो अवधिमा १२ दशमलव ३१ प्रतिशतमात्र खर्च भएको छ ।