सेयरको आपूर्ति बढ्यो, चार महिनामा २४ अर्ब रुपैयाँ भन्दा बढी सेयर निष्काशन, मूल्यमा दवाव
काठमाडौँ, ४ मंसिर । चालु आर्थिक वर्षको सेयरको आपूर्ति अधिक हुने देखिएको छ । चालु आर्थिकको प्रथम चार महिनामा मात्र १५ अर्ब ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको प्रक्रियामा छिरेको पाईएको छ । हकप्रद सेयर रकमको हाराहारीमा नै कम्पनीहरुले बोनस सेयर वितरण गरेकोले सेयर आपूर्ति ह्वात्तै बढेको देखिएको छ । त्यस्तै ५ अर्ब ९० करोड रुपैयाँ बराबरको साधारण सेयर र म्यूचल फण्ड निश्काशनको प्रक्रियामा रहेका छन् । यस अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर धितोपत्र बोर्डमा सूचिकृत भएको छ । चालु आर्थिक वर्षमा विभिन्न २५ कम्पनीले आफ्ना सेयरधनीहरुलाई एघार अर्ब ६४ करोड रुपैयाँ बारबरको हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । हकप्रद सेयर निष्कासनको लागि अनुमति पाएका कम्पनी मध्ये सातवटा वाणिज्य बैकहरु रहेका छन् । वाणिज्य बैंकहरुले मात्र ६ अर्व ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । अनुमति पाएको हकप्रद सेयरको ५४ दशमलव ४७ प्रतिशत रकम वाणिज्य बैंकहरुको मात्र छ । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई ३ः१ को अनुपातमा एक अर्व २३ करोड रुपैयाँ बराबरको बराबरको हकप्रद सेयर निष्कासको अनुमति पाएको छ । त्यस्तै सेन्चुरी कमर्सियल बैंकले १०ः३ अनुपातमा ८५ करोड बराबरको हकप्रल सेयर जारी गर्ने अनुमति पाएको हो । त्यस्तै सिद्धार्थ बैंकले ४ः१ अनुपातमा ७५ करोड ५५ लाख, कृषि विकास बैंकल २ः१ अनुपातमा एक अर्व ९६ करोड, हिमालय बैंकले ७ः१ अनुपातमा ६४ करोड २७ लाख, जनता बैंकले २ः१ को अनुपातमा एक अर्व ३ करोड र माछापुच्छ्रे बैंकले २ः १ को अनुपातमा एक अर्व ९३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएका हुन् । त्यस्तै १० वटा विकास बैंकले पनि एक अर्व ८९ करोड बरबरको हकप्रद सेयर जारी गर्नका लागि अनुमति पाएका छन् भने ७ वटा फाइनान्स तथा वित्त कम्पनीहले पनि हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएका छन् । यस्तै तीन अर्व ७६ करोड ७६ लाख रुपैयाँ बराबरको ११ वटा कम्पनीको हकप्रद सेयर पाइपलाईनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । त्यसमा सेन्ट्रल फाइनान्सले ४ बराबर १, कामना विकास बैंकले ४ बराबर १, अपि पावर कम्पनीले १ बराबर २, ललितपुर फाइनान्सले १ बराबर १, नेको इन्स्योरेन्स कम्पनीले १ बराबर १, कंचन डेभलपमेन्ट बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन गरेका छन् । त्यस्तै, कैलाश विकास बैंकले ५ बराबर १, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ बराबर १, देव विकास बैंकले २ बराबर १, नेरुडे लद्युवित्त विकास बैंकले २ बराबर १, र भार्गव विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछन् । यसै आर्थिक वर्षमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन भएको छ । यूनाईटेड मोदी हाईड्रोपावर, अरुण कावेली र नेपाल हाईड्रो डेभलपरले मात्र साधारण सेयर निष्काशन गरेका छन् । यसै आर्थिक वर्षमा ३३ वटा कम्पनीको ३ अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर धितपत्र बोर्डमा दर्ता भएको छ । यसै आर्थिक वर्षमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको म्यूचल फण्ड निष्काशन भए । नविल इक्वीटि फण्ड ए अर्ब २५ करोड, एनएमवी आईव्रिड फण्ड ८० करोड र एनआईबीए प्रगति फण्ड ६० करोड रुपैयाँको निष्काशन गर्न बोर्डले स्वीकृति दिएको छ । त्यसैगरी २ अर्ब २० करोड रुपैयाँको म्यूचल फण्ड आउँदैछ । १ अर्ब रुपैयाँको लक्ष्मी भ्यालु फण्ड र १ अर्ब २० करोडको सिद्धर्थ इक्वीटी फण्ड निष्काशनको प्रक्रियामा रहेको छ । गत आर्थिक वर्ष पनि ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्काशन भएको छ । हकप्रद सेयर ९ अर्ब ४० करोड रुपैयाँको निष्काशन भयो । बोनस सेयर २१ अर्ब ५ करोडको वितरण भयो । र, एक अर्बको म्यूचल फण्ड निश्काशन भएको थियो । बजारमा अापूर्ति बढेसँगै सेयर मूल्यमा गिरावटकाे हुन थालेकाे छ
स्काईवर्थको नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको वाशिङ्ग मेशिन बजारमा
काठमाडौं, ३ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक बिक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको स्काईवर्थ वाशिङ्ग मेशिन बजारमा ल्याएको छ । डी.डी. मोटरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध उक्त वाशिङ्ग मेशिनको प्रारम्भिक मूल्य रु. ८१,००० तोकिएको कम्पनीले जनाएको छ । साथै, प्रारम्भिक अफरका रुपमा रु. ३,००० बराबरको राइस कुकर पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । सो अफर माघ मसान्त सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । उक्त प्रोडक्ट बजारमा गोल्डेन, सिल्भर र व्हाइट गरी तीन रंगहरुमा उपलब्ध छ । स्काईवर्थको उक्त वाशिङ्ग मेशिनमा अन्य आकर्षक फिचर्स् जस्तै इनर्जी सेभिङ्ग, वाटर सेभिङ्ग, फ्याब्रिक प्रोटेक्शन, तातो वा चिसो वाश, इको–फ्रेण्ड्ली तथा न्यूनतम ध्वनि, सेल्फ–क्लिनिङ्ग टब तथा चाइल्ड लक पनि उपलब्ध छ । प्रोडक्टको क्षमता ९ के.जी. रहेको कम्पनीले जनाएको छ ।
प्रभु बैंकले लुम्बिनीमा शाखा खोल्यो, मन्त्री बालकृष्ण खाँडद्धारा उद्घाटन
काठमाडौं, ३ मंसिर । प्रभु बैंकले रुपन्देही जिल्लाको लुम्बिनीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । मन्त्री बालकृष्ण खाँडले एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये भैरहवा शाखा (साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई लुम्बिनीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।
हिमालय एअरलाइन्सको ‘एयर इण्ड स्पेशल’ अफर, काठमाडौ-कोलोम्बो दोहोरो टिकटदर प्रतिव्यक्ति ३९५००
काठमाडौ, ३ मंसिर । हिमालय एअरलाइन्सले आगामी छुट्टीहरुको मौसम –क्रिसमस, नयाँ वर्ष २०१७ र जाडोको बिदालाई मध्यनजर गरेर कोलोम्बो, श्रीलंकाको लागि ‘एयर इण्ड स्पेशल’ अफर ल्याएको छ । एअरलाइन्सले दोहोरो टिकटदर (आउने जाने खर्च) प्रतिव्यक्ति न्यूनतम ३९ हजार ५०० तोकेको छ । त्यसमा यात्रुहरुले प्रतियात्री ३० किलोको सामान बोक्न पाउने सुविधा पाउने छ । तर उक्त टिकट दरमा एअरपोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्क लागू नहुने जनाएको छ ।सहुलियत टिकट मंसिर १ गतेदेखि पुस १६ २०७३ सम्म खरिेद गरिसक्नु पर्ने छ भने मंसिर १ गतेदेखि चैत १८ २०७३ सम्ममा कोलोम्बो यात्रा गरिसक्नुपर्ने छ । यस अफरले नेपाल र श्रीलंका बीच पर्यटन प्रवर्धन गर्न, व्यापार र लगानीको अवसर बढाउने आशा कम्पनीले राखेको छ ।
काठमाडौदेखि पोखरासम्मको लायन्स मोटर र्यालीमा होमकान्त चौलागाईँ प्रथम
पोखरा, ३ मंसिर । काठमाडौदेखि पोखरासम्म आयोजना गरिएको लायन्स मोटर र्यालीमा होमकान्त चौलागाईँले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रमोद फुँयालले दोस्रो र शिवराम लम्सालले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरुलाई लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ का डिष्ट्रिक्ट गभर्नर कुमारराज सुवेदी, लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका अध्यक्ष तथा ¥याली संयोजक मधुसूदन सिग्देल, नासा कास्कीका सचिव प्रवेश पौडेल तथा नासाका प्रतिनिधि सन्तोष न्यौपाने लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । विजेताहरुलाई आगामी फेब्रुअरीमा आयोजना हुने बंगलादेश, भुटान, भारत, नेपाल (बीबीआईएन) मोटर ¥यालीमा सहभागिताका लागि आवश्यक व्यवस्थापन गरिने आयोजकले बताएका छन् । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ ले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को प्राविधिक सहयोगमा उक्त ¥याली आयोजना गरेको हो । र्यालीको सम्पूर्ण व्यवस्थापन लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए १ मा आवद्ध लायन्स क्लब अफ काठमाडौं राइजिङ सनले गरेको हो । मोटर र्यालीलीबाट लायन्स सदस्यहरु पनि रोड सेफ्टी र ड्राइभ टुरिजम्को क्षेत्रमा सहभागी हुने र आगामी दिनमा यो क्षेत्रमा थप कार्य गर्न सकिने लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका अध्यक्ष तथा ¥याली संयोजक मधुसूदन सिग्देलले बताएका छन् । उक्त र्यालीलाई गल्फ लुब्रिकेन्ट्सले मूख्य रुपमा प्रायोजन गरेको थियो ।
बैंकर्स संघद्धारा नविल बैंकका अध्यक्ष पौडेल सम्मानित
काठमाडौं , ३ मंसिर । नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेललाई नेपाल बैंकर्स संघले सम्मान गरेको छ । पौडेललाई लामो समय बैकिङ क्षेत्रमा काम गरी मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा योगदान पुरयाएको भन्दै संघले सम्मान गरेको हो । उनलाई बैंकका अध्यक्ष अनिशकेशरी शाह र पूर्व अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
बस्तु व्यापारमा ७७ प्रतिशतले घाटा बढ्यो, तीन महिनामा २४० अर्ब रुपैयाँ देशलाई घाटा
काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा बैदेशिक व्यापार घाटा ७७.५ प्रतिशतले बढी २०१ अर्ब ७५ करोड नोक्सान भएको छ । त्यस्तै कुल सेवा आय ६.४ प्रतिशतले बढेको र कुल सेवा खर्च ६.२ प्रतिशतले बढेको कारण खुद सेवा आय घाटा रु. २ अर्ब ४० करोड पुगेको छ । देशले निर्यात–आयात अनुपात ८.६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो । यो अंक जति घट्यो देशको अर्थतन्त्रका लागि त्यति नै घाटक हो । आर्थिक बर्ष २०७४ को तीन महिनासम्मको कुल वस्तु निर्यात १२.६ प्रतिशतले वृद्धि भई रु. १८ अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा भारततर्फ १९.९ प्रतिशत, चीनतर्फ २९.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.९ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, जुटका सामान, रोजिन, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, तयारी पोशाक, अलैची, तरकारी लगायतका वस्तुहरुको निर्यात समीक्षा अवधिमा घटेको छ । तर कुल वस्तु आयात ६९.१ प्रतिशतले बढेर रु. २२० अर्ब ६८ करोड पुगेको छ । समीक्षा अवधिमा भारतबाट भएको आयात ७९ प्रतिशत, चीनबाट भएको आयात ५८.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ४९.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ, कृषिजन्य उपकरण लगायतका वस्तुको आयात बढेको छ भने चाँदी, कोल्डरोल सिट ईन क्वाइल, सुन लगायतका वस्तुहरुको आयात समीक्षा अवधिमा घटेको छ । सेवा खाताअन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २७.६ प्रतिशतले वृद्धि भई रु. ११ अर्ब ६७ करोड पुगेको छ । विप्रेषण आप्रवाह ३.२ प्रतिशतले वृद्धि भई रु. १७१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १.५ प्रतिशतले वृद्धि भई रु. १९४ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।
ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास
न्युयोर्क, ३ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गरेका छन् । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो । राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको मन्त्रीमण्डल बनाउने विषयमा तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री आबेले उनलाई भेटेर यस्तो विश्वास व्यक्त गरेका हुन् । जापानी प्रधानमन्त्री आबेले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता गर्नुभएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । भेटवार्तापछि पत्रकारहरुसँग जापानी प्रधानमन्त्री आबेले भने – “निकै उपलब्धिमूलक भेटवार्ता भयो, ट्रम्प साँच्चिकै राम्रो नेता हुनुहुँदोरहेछ भन्ने महसुस गरेँ ।” न्यानो वातावरणमा भएको भेटवार्ताले विश्वासको सम्बन्ध विस्तार गरेको आबेको बताए । उनले दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो संवाद गर्ने सहमति भएको जनकारी दिए । दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकका रुपमा रहँदै आएका छन् । दोस्रो विश्वयुद्ध यता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाको ठूलो सहयोग रहेको छ । रासस÷एएफपी