विकासन्युज

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा, विश्वका ५० देशमा रोमिङ् डेटा प्याक चल्ने

काठमाडौंं, मंसिर ३० । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई नयाँ सेवा ल्याएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एमबिसम्मको शुल्कमा डेटाको मज्जालिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ । यी सेवाहरु यहि पुस १ गते शुक्रबारदेखि लागू हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जिबि डेटा खरिद गर्न सक्नेछन् । त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जालिन सक्छन् । यी सेवा अन्तर्गतका सबै शुल्क करसहित भएको एनसेलले जनाएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकभारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढी देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुने एनसेलले जनाएको छ । एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलकाप्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ माएसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमागई वाआफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुने कम्पनीले जनाएको छ । रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलकाग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जालिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधिपश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ । ‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो ।यी सेवाहरुले रोमिङ्मा रहने हाम्राग्राहकलाई आफ्ना परिवार, प्रियजनतथाव्यवसायसँग सम्पर्कमा रहन योगदान पु¥याई थपमुल्यप्रदानगर्ने विश्वास छ,” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । आफ्नो संचार आवश्यकताबमोजिमग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकम ाकति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतःनविकरण हुने व्यवस्था रहेको छैन ।

बिहीबार मात्रै एक करोड ६१ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, ३० मंसिर । बिहीबार मात्रै एक करोड ६१ लाख ९६ हजार ५५८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सेञ्चुरी कमर्सियल बैंकको ८४ लाख ८२ हजार २ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सोही दिन मेगा बैंक नेपालको ७७ लाख १४ हजार ५५६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यी दुई संस्थाको गरि सो मात्रामा सेयर सूचिकृत भएको छ ।

मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ३० मंसिर । मेगा बैंक नेपाल लिमिटेड र बुम रेमिट्यान्स प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बिहीबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ । बुम रेमिटसँगको साझेदारीपछि विशेषगरि माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको बुम रेमिटले छिट्टै मलेसिया, दक्षिण कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने उल्लेख छ । बुम रेमिटबाट पठाएको रकम मेगा बैंकको देशभरका ३९ वटा शाखा कार्यालय एवं देशभरि छरिएका १४ सय एजेन्टबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

ऊनी गलैंचा तथा तयारी पोशाक निर्यातमा गिरावट

काठमाडौं, ३० मंसिर । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनीक गरेको नेपालको बैदेशिक व्यापार वस्तुस्थिति २०७३/७४ को चौमासिक विवरण अनुसार ऊनी गलैंचा तथा तयारी पोशाक निर्यातमा गिरावट आएको छ । पहिलो चौमासिक समिक्षा विवरणमा गत बर्ष भन्दा ऊनी गलैंचा र तयारी पोशाकमा क्रमशः ४.१ प्रतिशत र तयारी पोशाकमा १३.० प्रतिशतले निर्यातमा गिरावट आएको हो । चालु आर्थिक बर्षको पहिलो चौमासमा २ अर्ब ६९ करोड रुपैंयाँको ऊनी गलैंचा र १ अर्ब ९२ करोड रुपैंयाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । भूकम्प र नाकाबन्दीका बावजुद पनि गतबर्ष गलैंचा र तयारी पोशाक निर्यात सन्तोष जनक रहेको थियो । नेपालबाट निकासी हुने प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि रहेको विवरणमा उल्लेख गरिएको छ ।

२ अर्ब ८० करोड खर्चेर नेपाल टेलिकमले बनाउँदैछ धरहरा

काठमाडौं, ३० मंसिर । नेपाल टेलिकमले २ अर्ब ८० करोडको लागतमा धरहरा निर्माण गर्ने भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले नेपाल टेलिकमलाई धरहरा बनाउन दिने निर्णय गरेको थियो । टेलिकमले पुरातत्व विभागसँगको समन्वयमा धरहराको निर्माण गर्न लागेको हो । धरहरा निर्माणका क्रममा ‘मै बनाउँछु धरहरा’ अभियानमा संकलन भएको रकम खर्च गरिनेछ । ‘केपी अ‍ोली सरकारको निर्णय अनुसार मेरो धरहरा मैँ बनाउछु अभियानमा संकलन भएको रकममा नेपाल टेलिकमले पैसा थपेर धरहरा निर्माण गर्न लागिएको छ, हामी सम्झौताको अन्तिम चरणमा पुगिसकेका छौं’, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विकासन्युजसँग भने । ६ रोपानी क्षेत्रफलमा पहिले प्रस्तावित धरहराकाे स्केज उनले बुधबार मात्रै सञ्चार सचिव दिनेश थपलियासँग छलफल गरेको जानकारी समेत दिए । ‘बुधबार मात्रै मैले धरहरा बनाउने बारे सञ्चार सचिवसँग छलफल गरेको छु उहाँ पनि साह्रै उत्साहित हुनुहुन्छ, जनताको कम्पनी नेपाल टेलिकमले धरहरा बनाउने कुराले साह्रै राम्रो सन्देश जाने उहाँको बुझाई थियो’, दाहालले भने । केश कन्सल्टेन्टले थप गरिएको टक्सार र हुलाकको जमिनमाथी नयाँ डिजाइन बनाइनेछ । यस अघि धरहराले चर्चेको ६ रोपनी क्षेत्रमा नयाँ धरहरा बनाउने डिजाइन तयार पारिएको थियो । अब थपिएको २३ रोपनी ४ आना २ पैसा २ दामसमेत जोडेर २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा धरहराको नयाँ डिजाइन बन्ने छ । कम्पनीले ६ रोपनीमा धरहरा बनाउन पहिले १६ लाख ९५ हजार रुपैंयाँमा विस्तृत डिजाइन बनाएको थियो । अब थपिएएको जमिनमा नयाँ डिजाइन तयार पार्न पहिलको जमिनको लागत भन्दा ३५९ दशमलब २६ प्रतिशतले बढि अर्थात ७७ लाख ८४ हजार ४ सय ३६ रुपैैयाँ ७५ पैसा(कर समेत)मा सोही कम्पनीलाई डिजाइनको जिम्मेवारी दिइनेछ । नयाँ धरहरा नयाँ सुबिधा नयाँ निर्माण हुने धरहरामा दुइतले पार्किङ, म्युजियम, थियटर, गार्डेन लगायत संरचना रहने छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ । पुरानो धरहरा यथावत महानिर्देशक दाहालले भूकम्पले क्षति पुर्याएको पुरानो धरहराको भग्नावशेष भने यथातै छोडिने बताए ।‘भत्किएको धरहरा हाम्रो इतिहास हो, त्यसलाई जस्ताको त्यस्तै छोडेर त्यसको नजिक नयाँ धरहरा बनाउने हो, पुरानो ठुटोका यथोचिच संरक्षण गरिन्छ’, दाहालले भने । मै बनाउँछु धरहरामा कति पैसा ? सरकारले २०१६ को फेब्रुअरी १७ तारिख देखि मै बनाउँछु धरहरा नामको अभियान सञ्चालन गरेको छ । कोषमा अपेक्षाकृत रकम जुट्न भने सकिरहेको छैन् । कोषमा हालसम्म करिब तीन करोड रुपैंयाँ मात्रै जम्मा भएको छ ।

तीन कम्पनीले गरे साधारणसभाको घोषणा, कहिले कहिले हुँदै छ?

काठमाडौं, ३० मंसिर । बिहीबार मात्र तीन वटा कम्पनीले साधारणसभाको घोषणा गरेका छन् । हिमालय बैंकले आगामी पुस २२ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ६ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने छ । त्यस्तै, गुह्ेश्वरी मर्चेन्ट बैंकको पनि १५औँ वार्षिक साधारणसभा पुस २२ गते नै हुने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ७ गतेदेखि पुस २२ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर १६ गते बसेको बैंकको १७१औँ सञ्चालक समितिको बैठकले गरेको हो । त्यसैगरि समीट माइक्रोफाइनान्सले आगामी पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।

राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान

काठमाडौं, ३० मंसिर । भिजी सुजुकी अटोमोबाइल्सद्धारा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् । किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कामीलाई भी.जी. अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले सम्मान गरेका छन् । उक्त प्रतियोगिता गत असोज ८ गतेदेखि असोज १७ गतेसम्म सम्म सञ्चालन भएको थियो । साथै, सिंहले त्रिपुरेश्वर स्थित भिजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजित एक कार्यक्रममा सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरेका छन् ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, ३० मंसिर । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार सामान्य अंकले बढेको परिसूचक १३ दशमलब ९८ अंकले बढेर १५३० दशमलब ०६ अंकमा पुगेको छ । बिहीबार ४९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको ६६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबारको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समिट माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । सो दिन बैंकको ८ करोड रुपैयाँब बढीको सेयर किनबेच भएको छ । उत्पादनमूलक समूह बाहेक कारोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९२ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । अन्य समूह स्थिर रहेको छ भने उत्पादनमूलक समूहको परिसूचक ६ अंकले ओरालो लागेको छ ।