विकासन्युज

एन आई सी एसिया बैंकको वित्तिय सचेतना र्याली

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्याली सम्पन्न भएको छ । शनिबार वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले र्याली आयोजना गरेको हो । कमलादी शाखाबाट सुरु भएको र्याली काठमाण्डौंका विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुन : कमलादी शाखामा पुगी समापन भएको थियो । र्यालीमा बैंकको ६ सय भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले हाल ६ लाख भन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । बैंकले आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ , जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको बैंकले जानकारी दिएको छ ।

हिउँदमा रासायनिक मलको अभाव नहुने, साल्ट ट्रेडिङले साढे ५२ हजार टन मल ल्याउँदै

काठमाडौं । यसपाली हिउँदमा खेति लगाउनका लागि रासायनिक मलको अभाव नहुने भएको छ । आउदो हिउँदलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल आयातको तयारी थालेको छ । हिउँदे बालीलाई लक्षित गरेर साल्ट ट्रेडिङलेले साढे ५२ हजार टन मल ल्याउनेका लागि आइतबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गरेको छ । आगामी कात्तिकसम्ममा मलको अभाव हुन नदिन कर्पोरेशनले मलको लागि टेन्डर आह्वान गरेको हो । कर्पोरेशनले २० हजार टन डिएम्मोनियम फोस्फेट र साढे ३२ हजार टन युरिया मलका लागि छुट्टा छुट्टै टेण्डर आह्वान गरेको छ । मलको अभाव नहोस् भन्दै प्रत्येक चार महिनाको फरकमा कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले आलोपालो गरेर मल आयात गरिरहेको कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । उनले भने, ’यो नियमित प्रक्रिया हो । आलोपालो गरेर मल आपूर्ति भइरहेको छ ।’ आयात गर्न चाहने कम्पनीले असोज ३० गतसेम्ममा बोलपत्र (आफ्नो विवरण सहितको कागजात) पेश गर्नुपर्ने छ । एलसी (लेट अफ क्रेडिट) खोलेको एक महिनाभित्र मल आयात गरिसक्नु पर्ने बोलपत्रमा उल्लेख छ । भण्डारीका अनुसार २७ हजार ५ सय टन युरिया मल भारतको बिसाखापटनम बन्दरगाहमा आइपुगेको छ । आयातित मल मध्ये वीरगञ्ज, विराटनगर र भैरहवा लगायतका जिल्लामा परिचालन गरिने उनले जानकारी दिए । ‘कर्पोरेशनले झिकाएको मल कलकत्ता बन्दरगाहबाट नेपाल आउने क्रम सुरु भएको छ,’ उनले थपे । वाली लगाउने सिजनमा जहिले पनि किसानले मलको चरम अभाव खेप्दै आएका छन् । यो वर्ष समयमा बोलपत्र आब्हान गरिएकाले मलको अभाव नहुने देखिएको छ । नेपालमा वार्षिक ७ लाख टन मलको आवश्यकता हुने गरेको छ । आपूर्ति ५ लाख टन मात्र हुदा बजारमा मलको अभाव हुने गरेको छ ।

सिमेन्ट अभावमा चार जलविद्युत् आयोजना प्रभावित

काठमाडौं । नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका परियोजना समस्यामा परेका छन् । दैनिक काम नै रोकिएको भन्दै आयोजना प्रमुखले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई तत्काल समस्या समाधान गरिदिन आग्रहसमेत गरेका छन् । गत भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपाओर लिमिटेडका प्रबन्ध सञ्चालक माधव कोइरालाले सिमेन्ट अभावमा निर्माण कार्य प्रभावित भएको बताएका थिए । प्रबन्ध निर्देशक कोइरालाका अनुसार सो आयोजनामा दैनिक १ सय टन सिमेन्ट आवश्यक पर्दछ । नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने भन्दै निर्देशनात्मक परिपत्र गरेको थियो । सो आयोजनमा भारतीय जेपी र जेपी गोल्ड सिमेन्ट प्रयोग भइरहेको छ । नेपाली सिमेन्ट प्रयोग गर्न सकिने भए पनि त्यसको पनि गुणस्तर परीक्षण गरिएको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको रसुवागढी मात्रै नभई माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना विगत पाँच महिनादेखि सिमेन्टको अभावमा प्रभावित हुन पुगेको छ । भारतीय पक्षले भने सिमेन्टको मात्रा थोरै हुने भएकाले आफूले एनएस चिह्न राखेर पठाउन नसक्ने जवाफ पठाएको रसुवागढीका प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ । कूल १ सय ११ मेगावाट क्षमताको सो आयोजनाको भूकम्प र नाकाबन्दीपछि निर्माणसक्ने नयाँ कार्यतालिका सन् २०१९ तोकिएको छ । सान्जेनका दुवै जलविद्युत् आयोजनामा पनि दैनिक १ सय टनभन्दा बढी सिमेन्ट खपत हुन्छ । सिमेन्ट अभावमा आयोजना ढलान तथा कङ्क्रिटको काम प्रभावित भएको छ । चौध मेगावाट क्षमताको माथिल्लो सान्जेनको निर्माण कार्य ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ । यस्तै गत वैशाखदेखि मात्रै पुनःनिर्माणको काम शुरु गरेको माथिल्लो त्रिशूली थ्री ए मा पनि सिमेन्टको समस्या देखिएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पनि कोइरालाकै शैलीमा सिमेन्टको समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग आग्रह गरे । भूकम्पका कारण प्रभावित भएको माथिल्लो त्रिशूली थ्री मा चिनियाँ ठेकेदार गेजुवाले काम गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो । ऊर्जा मन्त्रालयको दबाबपछि चिनियाँ ठेकेदार काम गर्न आए पनि सिमेन्ट उपलब्ध नहुँदा थप समस्या आउनसक्ने देखिएको छ । ठेकेदारले काम शुरु गरेपछि सो आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कूल चार हजार १ सय मिटर लामो सुरुङमध्ये अब २४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख जोशीले दशैँसम्म सुरुङ ‘ब्रेक थ्रु’ हुने बताए । माथिल्लो थ्री ए आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजना हो । कहिले आयोजनाको क्षमता वृद्धि गर्ने विवाद त कहिले ठेकेदारसँग काम गर्ने सवालमा देखिएको असमझदारीका कारण परियोजना डेढ वर्ष पर धकेलिएको छ । माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो सान्जेन, सान्जेन र रसुवागढीमा एकै प्रकारको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उच्च राजनीतिक एवं कूटनीतिक तहमा छलफल गरेर समाधान गर्ने बताएका छन् । घिसिङले भने, “सिमेन्टका कारण आयोजना रोकिने अवस्था आउँदैन । म समस्या समाधान गर्ने प्रयास गर्नेछु ।” नापतौल तथा गुणस्तर विभागले भने निर्माण कार्यलाई गुणस्तरीय बनाउन स्वदेशी तथा विदेशी सबै खालका सिमेन्टको गुणस्तर मापन जरुरी रहेको जनाएको छ । निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले भने भारतीय सिमेन्टमा समस्या भए नेपाली सिमेन्टको गुणस्तर परीक्षण गरेर तत्काल काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् । रासस –––

सेञ्चुरी बैंकका सीईओ तिमल्सिनाको राजीनामा स्वीकृत, कामु सीईओमा जीवन भट्टराई

काठमाडौं । सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई कामुको जिम्मेबारी दिएको बैंकले जनाएको छ । भट्टराई ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष काम गरी सेञ्चुरीमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्ग क्षेत्रमा बिताएका छन् ।    

केएल टावरमा दशैंतिहार उपहार योजना शुरु, बम्पर उपहारमा मोटरसाइकल

काठमाडौं । चाबहिलकोे केएल टावरले चाडपर्वलार्ई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याएको हो । रमाइलो दसैँ–तिहार उपहार योजना नदिइएको योजनामा ग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमा टावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी सामान उपलब्ध गराउने उनले बताए । साथै, साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने सपीङ मलले जनाएको छ। उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने छ । उपहार योजना अवधिमा १ हजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता छानीनेछन् । योयोजना असोज १ गतेबाट कात्तिक २५ गतेसम्म चल्ने मलले जानकारी दिएको छ ।

२ महिनामा सरकारले १२४ अर्बको चेक काट्यो, पुँजीगत खर्च ज्यादै कम

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको २ महिनामा सरकारले १ खर्ब २४ अर्ब २७ करोड रुपैयाँको चेक काटेको छ । यो रकम कुल बजेटको ९.७ प्रतिशत हो । चालु आवका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ १४.८३ प्रतिशत अर्थात १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । हो । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको छ । पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । आव सुरु भएको २ महिनामा १.२७ प्रतिशत मात्र खर्च भएको छ । भदौसम्म ४ अर्ब २७ करोड १६ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत शिर्षकमा बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ ८२ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । चालु आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने छ । आउदो कार्तिकसम्म कुल विनियोजन रकम मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च हुने गरी बजेटको चौमासिक लक्ष्य विभाजन गरिएको छ । यो लक्ष्य पुरा गर्न आउँदो कात्तिकसम्म २ अर्ब ५२ अर्ब २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख र तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने व्यवस्था छ । पहिलो चौमासका लागि साउन १ गते, दोस्रो चौमासमा मंसिर १ र तेस्रो चौमासमा चैत १ गते कोष तथा लेखा नियन्त्रकको कार्यलयले सिधै बजेट निकासा गर्ने व्यवस्था गरिएको छ । ९० अर्ब राजश्व संकलन दुई महिनामा सरकारले ९० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । यो कुल लक्ष्यको १२.३ प्रतिशत हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य राखेको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।

तराई डुवानले नेपालको अर्थतन्त्र खुम्चियाे, आर्थिक वृद्धि ४.६ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । तराइमा बाढी र डुवानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालु वर्ष आर्थिक वृद्धि खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ ।   विश्व बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । सरकारले केन्द्रबाट स्थानिय तहमा बजेट पठाए पनि अझै पनि खर्च गर्नका लागि कानूनी आधार नभएकाले आगामी वर्ष संघीय संरचनामा बजेट कार्यन्वन चुनौतिपुर्ण देखिएको भन्दै बैंकले सचेत गराएको छ । गत आवमा मौसमको अनुकुलताले कृषिमा सुधार, लोडसेडिङ हटेपछि औद्योगिक उत्पादनमा बढेत्तरी, पुननिर्माणमा गति र सेवा क्षेत्रमा राम्रो भएपछि समग्र आर्थिंक क्षेत्रमा विस्तार आई साढे ७ प्रतिशत भएको थियो । विश्व बैंकले आइतबार नेपाल विकास अध्यावधि (नेपाल डेभलपमेन्ट अपडेट) प्रतिवेदन सार्वजनिक गर्दे आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको हो । तराई बाढी र डुवानले कृषिमा ठुलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागमारमा जानेको संख्यामा आएको कमीले रेमिट्यान्स आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुदुम्न दाहालले बताए । उनकाअनुसार बाढी र त्यसपछिको डुवानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको छ । तराई डुवानमा १ खर्ब बढी नोक्सान भएको प्रारम्भीक अनुमान छ । कुल जनसंख्याको ५ प्रतिशत बढी प्रभावित भएको बैंकले अनुमान गरेको छ । यस्तै रेमिट्यान्स आप्रवाहमा वृद्धिमा भएको कमीले गर्दा उपभोगमा खर्च घटेको र यसले आर्थिक क्रियाकलामा कमी ल्याउदा वृद्धिमा असर पुग्ने उनको तर्क छ । रेमिट्यान्स आप्रवाह वृद्धिदर घट्दो क्रममा र आयात अत्याधिक बढेको र निकासीमा कमी आएपछि विदेशी मुद्रा संचितीमा दवाव बढेर शोधानान्तर वचतमा घट्ने अनुमान गरिएको छ । उनले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि दर अझ घट्ने जानकारी दिए । उनका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि दर ४.५ प्रतिशतमा खुम्चिने छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको २.७, उद्योगको ३ र सेवा क्षेत्रको ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । गत आवमा कृषिको ५.३, उद्योगको १०.९ र सेवा ६.९ प्रतिशतले विस्तार हुदा आर्थिक वृद्धि साढे ७ प्रतिशत पुगेको थियो । यस्तै गत आवमा उपभोत्ता मुल्य वृद्धि साढे ४ प्रतिशत रहेकोमा यो वर्ष बढेर साढे ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । यस्तै आगामी वर्ष अझ बढेर साढे ६ प्रतिशत पुग्ने बताइएको छ । मूल्य वृद्धि दर घटेर १३ वर्षपछिको रेकर्ड कायम गरेको छ । तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन सुरु भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४.३ प्रतिशत पुग्ने दाहालले बताए । उनकाअनुसार गत आवमा ३.३ प्रतिशत थियो । आगामी आवमा अझ बढेर ४.६ प्रतिशत पुग्ने देखिएको छ । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ऋणको अंश पनि बढ्ने भएको छ । चालु आवमा जीडीपीको अनुपातमा ऋण २९.४ र आगामी वर्ष ३१ प्रतिशत पुग्ने उनको भनाई छ । गत आवमा २७.६ प्रतिशत थियो । सरकारले उठाउने राजश्व संकलन लक्ष्य भन्दा बढी भएको देखाएको छ । यस्तै खर्च गर्ने क्षमतामा आएको कमीले वृद्धिमा असर गर्ने ठहर गरेको छ । स्थानिय, प्रदेश र केन्द्रका गरी ३ तहको निर्वाचनले चालु खर्च मात्र बढाउने तर पुँजीगत खर्चमा कमी ल्याउने बैंकको अनुमान छ । यस्तै राजनीतिक अस्थिरताले पनि वृद्धिमा असर पुर्याएको बैंकको ठहर छ ।

एप्पल वल्र्डमा‘अफर भित्र पनि मेगा अफर’को बम्पर उपहारमा आरवानफाइभ बाइक

काठमाडौं । चाडपर्वको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगाअफर’को योजना ल्याएको छ । उक्त साेरुमले मोबाइल खरिद गर्ने ग्राहकलाई हातखाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने साे साेरुममा बम्पर उपहार स्वरुप एकजनाले आरवानफाइभ बाइक, एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुरलक्की ड्र मार्फत पाउने छन् । यस कम्पनीमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मतको सुविधा समेत ग्राहकले पाउने कम्पनीले जनाएको छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए । यसले टच एन्ड फिलको सुविधासहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको कम्पनीले जानकारी दिएको छ ।