विकासन्युज

सुन आयातको कोटा बढ्यो, १५ किलोको सीमा दैनिक २० किलोसम्म पुग्यो

Gold bars काठमाडौं १८, माघ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्याधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो। वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो । माग अनुसार कोटा अझै २५ किजी आवश्यक छ । यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । कान्तिपुर दैनिकबाट ।

३१ वटा दरबार भत्काउने कि नभत्काउनेमा अन्योल, ५ घण्टामै भत्काउन सकिन्छ तर बनाउने समय ५० वर्षपनि लाग्नसक्छ

काठमाडौं १८, माघ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले केहि दरबार पुरानै अवस्थामा पुननिर्माण गर्ने र केहिलाइ भत्काएर स्वरुपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भूकम्पको अति जोखिम रहेको उपत्यकाका सबै राणाकालीन दरबार सबै पुरानै सवरुपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । तर पुरातत्वविद्हरुले नेपालको सम्पदाका रुपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन् । ”अहिले मैले सुनेको छ । केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जानौं राणाकालिन दरबार भत्काएर आधुनिक बनाउने रे रु” संस्कृति एवं पुरातत्वविद् मुकुन्दराज अर्यालले भन्नुभयो ”सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर बवन बनाउने रु” राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिदैन । यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुदैन । इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ । अर्यालले बताउनुभयो । नेपालसमाचापत्र दैनिकबाट ।

जगदम्बा हस्पिटालिटीले नक्सालमा बनाउँदै गरेको पाँच तारे होटल मापदण्ड विपरित, वरिपरिको सडक र घर भासिएपछि संसदीय समितिले छानबिन थाल्यो

काठमाण्डौ । काठमाडौंको नक्सालमा बन्न लागेको डबल ट्री हिल्टन होटलको निर्माण सरकारले तोकेका मापदण्ड पूरा नगरी भईरहेको खुलेको छ । काठमाडौं महानगरपालीसँग अनुमति लिएको तर वातावरणीय मुल्याङ्कन प्रतिवेदन नबुझाई पूर्वाधारको निर्माण गरेको भन्दै संसदीय समितिले सोमवार निरीक्षण गरेको छ। जगदम्बा हस्पिटालिटीले करिब ६ महिना आगाडिबाट निर्माण सुरु गरेको होटलले सडक र पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरेको पाइएको हो । होटल निर्माण र सो क्रममा पहुँच र पैसाको भरमा प्रलोभनमा परी वरिपरिका स्थानीयको घर जोखिममा पारेको भन्दै संसदको शुसासन समितिका सांसदहरुले आक्रोस पोखेका छन् । सोमवार स्थलगत भ्रमणमा गएका सांसदहरुले मापदण्ड नपुगेको भन्दै सबै प्रक्रिया पूरा गरेरमात्र काम अगाडि बढाउन निर्देशन दिएका छन् । सांसदहरुले इआइए नगरी पूर्वाधार निर्माण गरेको भन्दै नक्सा पास गर्ने काठमाडौं महानगरपालिकाका इन्जिनियर र सम्वन्धित अधिकारीलाई कानुनी कारवाहिको दायरामा ल्याउनु पर्ने औल्याएका छन् । होटेल निर्माणका क्रममा केहि दिन अगाडि सडक भासिएपछि सोमवार व्यवस्थापिका संसदको शुसासन समितिले स्थलगत निरीक्षण गरेको हो । समितिका सभापति मोहनसिंह राठौरले काठमाडौं महानगरपालिकाका इन्जिनियरसँगको मिलेमतोमा इआइए रिपोर्टविना भवन निर्माण हुन लागेको भन्दै बदमासी गर्नै सबै निकायलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताए। सांसदहरुले  पाँचतारे होटेल निर्माणका लागि पर्याप्त जग्गा नभएको भन्दै होटेल निर्माण स्थगित गर्न पर्ने बताएका छन् । सांसद मिलन राजवंशीले सुरक्षाको प्रश्न उठाउँदै नेपाल प्रहरीको हेडक्वाटर रहेको स्थानमा सेक्युरिटीका हिसावले पनि ठूलो संरचनाको होटेल बनाउनु सुरक्षा खतरा निम्त्याउनु रहेको बताइन् ।   सांसद ध्यानगोविन्द रञ्जितले ऐन सानाले मात्र पालना गर्नुपर्ने र ठूलाले नक्सा पास र वातावरणीय मुल्याङ्कन विना नै काम अगाडि बढाउन पाउने यो कस्तो देश हो भनी प्रश्न गरेका थिए । उनले तत्काल महानगरपालिकाका सम्बन्धित अधिकारीलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने र निर्माण कार्य बन्द गर्नुपर्ने बताए । मुख्य सडकबाट ६ मिटर टाढा संरचना बनाउनु पर्ने नियम भए पनि होटलले सडकको किनारा नै छोएको छ । यही कारण विगत १५ दिनभन्दा बढी समयदेखि सार्वजनिक सडक नै अबरुद्ध छ । स्थानीयले पैसा र पावरको भरमा आफूहरुको थातथलो जोखिममा पार्नेहरुलाई सरकारले कारबाही नगरेकोमा आश्चर्य व्यक्त गरेका छन् । स्थानीय रमन घिमिरेले वडा कार्यालयदेखि महानगरपालिकाका अधिकारी समेत पैसामा बिकेका आरोप लगाए। स्थानीयहरुले होटल निर्माणको नाममा ९० फिट भन्दा गहिरो खाल्डो खनिएको दाबी गर्दै भवितव्य यस्तो भएको भन्दै होटलका लगानीकर्ता पन्छिएकामा जीवनभरी नै क्षतिपुर्ति पाउनुपर्ने उनीहरुको माग रहेको छ ।

नेपाल बङ्गलादेश बैंकले ६ महिनामा ५४ करोड नाफा गर्यो, नयाँ शाखा पर्वतको कुश्मा बजारमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पर्वत जिल्लाको कुश्मा बजारमा आफ्नो ४२ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा कार्यक्रमका अध्यक्ष पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिओम शर्मा लामिछानेको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रााष्ट्र बैँकका डेप्ुाटि गर्भनर शिवराज श्रेष्ठले माघ १७ गते गरिएको थियो । सोहि अवसरका बैंकको एटीएमको उद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी गरेका छन् । पुस मसान्तसम्ममा बैंकले कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधिमा बैंकको खुद नाफा ५४.०६ करोड भएको बैंकले जनाएको छ ।

ललितपुर मोबाइल एक्स्पो ’फोरजी’ मय बन्दै, नयाँ प्रविधि र नयाँ मोडलमा ग्राहकको रुची

ललितपुर । ललितपुरमा जारी मोबाइल एक्स्पो सोमबारदेखि फोरजी मय भएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको बढी रुची देखिएकाले सोमबारदेखि फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गर्ने योजना अघि सारेको आयोजकले बताएका छन् । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले आजदेखि फोरजीका स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गरेको छ । उक्त एक्स्पोमा फोरजी प्रविधिका विभिन्न फोनहरु राखिएको छ । माघ १४ गतेदेखि शुरु भएको मोबाइल एक्स्पो माघ २२ गतेसम्म चल्ने आयोजकले जनाएका छन् । सो एक्स्पोलाई सोमबार फोरजीमय एक्स्पोको घोषणा गरिएको छ । पछिल्लो प्रविधि फोरजी नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्ने गरि सो घोषण गरिएको हो । साथै, आयोजकका अनुसार एक्पोमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गरिने छन् । ललितपूर कम्प्लेक्समा जारी एक्स्पोमा विभिन्न मोबाइलहरु जस्तै, एक ह्वावेको जीआर५, सामसुङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ ।साथै, एक्स्पोमा एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोन पनि राखिएका छन् । कम्पनीका अनुसार एक्स्पोमा राखिएका सबै सेटहरुमा फोरजी सेवा प्रयोग गर्न सकिनेछ । कम्पनीले मोबाइल मेलाको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा छुटका साथै विभिन्न उपहारहरु पनि दिने जनाएका छन् । एक्स्पोको बारेमा बोल्दै कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए –‘अहिले चीनियाँ ब्राण्डका फोनहरु किन्न आउने ग्राहकहरुको संख्या बढेको छ । चाइनिज फोनहरु पनि अन्तराष्ट्रिय गुणस्तरका हुँदा ग्राहकहरु चाइनिज फोनमा आकर्षित भएका हुन् ।’

एप्पल वल्ड्र मोबाइलकोे ‘एक्सचेन्ज धमाका रिटर्न’ अफर, युएमआइ मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा

काठमाडौं । एप्पल वल्र्ड मोबाइल प्रालिले ग्राहकको अनुरोधमा पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । यही माघ १८ गतेबाट आगामी फागुन १० गते सम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्ड्र मोबाइलले अन्य बजारको भन्दा सस्तो मुल्यमा मोबाइलको कारोबार गरिरहेको छ । एप्पल वल्ड्र मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गरेको छ । यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ । त्यस्तै युएमआई ४ जिबी र्याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ । भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहार स्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनक ……………ले पाएका छन् भने उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए । यसैगरी विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ता रहेका छन् । बिजेताहरुलाई मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरञ्जन थापा, दिपक घिमिरे, फूटबलर अन्जन केसी लगायतले गरेका थिए ।

सेयर बजार ३० प्रतिशतले घट्दा जलविद्युत कम्पनीका सेयरधनीले गुमाए ४४ प्रतिशत, बीमाका लगानीकर्ताकाे ४० प्रतिशत गुम्यो, बैकिङ समूह बढी सुरक्षित

काठमाडौं । गत साता ९० अंकले घटेको सेयर सोमबार ६५ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक नेप्से १३०९ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले घटेको छ । सोमबार मात्र होइन, सेयर बजारमा मन्दी शुरु भएदेखि नै बीमा कम्पनीका सेयरधनीले बढी गुमाउँदै आएका छन् । गत असारमा नेप्से परिसूचक १८८१ पुगेको थियो । सात महिना यता नेप्से ५७२ अंकले घटेको छ । यस अवधिमा बीमा समूहको परिसूचक ९ हजार ५५३ बाट ५ हजार ७३७ अंकमा झरेको छ । समग्रमा बजार करिब ३० प्रतिशतले घट्दा बीमा समूहको परिसूचक ४० प्रतिशतले घटेको छ । गत असारमा ४ हजार ५९६ रुपैयाँमा कारोबार भएको नेपाल लाईफको सेयर सोमबार २२५५ रुपैयाँमा झरेको छ । गत कात्तिकमा प्रतिकित्ता ४३ सयमा कारोबार भएको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १७५५ रुपैयाँमा झरेको छ । गत जेठमा प्रतिकित्ता २९९९ रुपैयाँमा कारोबार भएको सगरमाथा इन्स्योरेन्स कम्पनी सेयर मूल्य ९०९ रुपैयाँमा झरेको छ । असोजमा २१९४ रुपैयाँमा कारोबार भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२९२ रुपैयाँमा झरेको छ । असारमा २५०० रुपैयाँमा कारोबार भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११५७ रुपैयाँमा झरेको छ । गत असारमा २४९५ रुपैयाँमा कारोबार भएको प्राइम लाईफ इन्स्योरेन्सको सेयर १३०० रुपैयाँमा झरेको छ । बढ्दा पनि बीमा कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी २ देखि ५ अर्ब बनाउन कानुन मै उल्लेख गर्ने प्रस्ताव गरेको आधारमा यो क्षेत्रमा सेयर मूल्य उच्च दरमा बढेको थियो । बीमा समितिको अध्यक्ष परिवर्तनसँगै बीमा कम्पनीहरुको व्यापार विस्तार र पुँजी विस्तार सन्तुलित बनाउने सन्देश प्रकाशमा आईरहेको छ । साथै, बीमा कम्पनीहरुको लाइसेन्स खुला गर्ने संकेतहरु बीमा समितिबाट प्रकट भएको छ । बीमा कम्पनीको सेयर किन्नेले भन्दा बढी जलविद्युत कम्पनीका सेयरधनीले बढी गुमाएका छन् ।  जलविद्युत कम्पनी समूहले परिसूचक २७६९ बाट १५४७ मा झरेको छ । समग्र बजार ३० प्रतिशतले यो समूहका लगानीकर्ताले ४४ प्रतिशत लगानी गुमाएका छन् । अपि पावरको सेयर ८८० रुपैयाँबाट ३३८ रुपैयाँमा झरेको छ जुन ६१ प्रतिशतले गिरावट हो । अरुण भ्यालीको सेयर ४५८ रुपैयाँबाट २१८ रुपैयाँमा झरेको छ । बुटवल पावरको ९९० रुपैयाँबाट ५०० रुपैयाँमा झरेको छ । चिलिमेको १५३० बाट ७८१ रुपैयाँमा झरेको छ ।  सानिमा माईको सेयर ११२२ रुपैयाँबाट ७७१ रुपैयाँमा झरेको छ । नेप्से परिसूचक ३० प्रतिशतले खुम्चिदा बाणिज्य बैंक समूह २९ प्रतिशतले, विकास बैंक समूह २८ प्रतिशतले, फाइनान्स कम्पनी समूहको परिसूचक ३१ अंकले घटेको छ । नेपाल टेलिकमको सेयर मूल्यमा सबैभन्दा बढी स्थायित्व देखिएको छ । कम्पनीको सेयर मूल्य बढीमा ७२० र घटीमा ६५० रुपैयाँ देखिएको छ ।

सनराइज बैंकको इलाम शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको उद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका छन् । बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फागुन १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकका मुलुकभरे ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।