केश मेसिनमा २ वर्षको वारेन्टी, पार्टस मूल्यमा समायोजन
काठमाडौं । फोर्स कन्स्ट्रक्शन एण्ड एशोसिएट्स प्रा.लि.ले विगत १० वर्ष देखि नेपालमा निर्माण उपकरण मध्ये केश कन्स्ट्रक्सनका सामानहरु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने केश ब्याकहोइ लोडर, केश कम्प्याक्टर रोलर लगायतका लगायतका उपकरण बिक्रि वितरण गर्दै आएको छ । निर्माण उपकरण बेच्नु हाम्रो दाहित्व मात्र नभएर उपरणमा लाग्ने पार्टस, सभिर्स तथा यसमा हुने वारेन्टीको समेत जानकारी गराउने कम्पनीको उद्देश्य रहेको छ । यसको लागि फोर्स कन्स्ट्रक्शन एण्ड एशोसिएट्स प्रा.लि.ले बिक्रि पछिको सेवा लागि थप गुणस्तरीय र मजुबत बनाउने निम्न बमोजिमको गराएको छ । केश ब्याकहोइ लोडर, केश कम्प्याक्टर रोलरमा वारेन्टी परिवर्तन गरिएको हाल एक वर्ष दिएकोमा अब देखिको खरिदमा २ वर्षको वारेन्टी प्रदान गरिने । निर्माण उपकरणमा लाग्ने पार्टसको मूल्य समायोजन गरि कम खर्चिलो बनाइएको कम्पनीले जनाएको छ ।
पुरानो बजेट खर्च नगरेर २ खर्ब ७६ अर्ब थप बजेट मागिदै
काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो ६ महिनामा अत्यधिक थप बजेट माग भएको छ । बजेट आएपछि नयाँ सरकार बनेको हुनाले उनीहरूको महत्वअनुसारको कार्यक्रमहरूका लागि थप बजेट माग आएको उपप्रधान तथा अर्थ मन्त्री कृष्णवहादुर महराले बताएका छन् । चालू आवको यस अवधिमा दुई खर्ब ७६ अर्ब ९० करोडको नयाँ कार्यक्रमका लागि बजेट माग भएको छ । सबैभन्दा बढी बजेटको माग ऊर्जा मन्त्रालयबाट भएको छ । ऊर्जा मन्त्रालयले नयाँ कार्यक्रम अघि सारेको निश्चित रणनीति बनाएर अघि बढेकाले पनि बढी थप बजेट आवश्यक परेको हो । अघिल्ला वर्षहरूमा यो अवधिमा करिब ६४ अर्ब रुपैयाँको थप बजेट माग आएको थियो । यस अघिका वर्षहरूमा पनि थप बजेट माग आए पनि यति धेरै बजेटको माग भने नआएको अर्थ मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । बजेट तथा कार्यक्रम महाशाखामा बजेट माग्नेको घुइँचो जस्तै हुन्छ । दिनहुँ नयाँ नयाँ फाइलहरू आउने गर्छन्, कतिलाई रिझाउनु उनले भने । ठूलो रकमको बजेट माग आएपनि दिन सक्ने अवस्था भने नरहेको उनले बताए । सरकारले अघिल्लो आवदेखि नै बजेट विनियोजन हुनका लागि एलएमबीएस प्रणालीमा जाने योजना बनाएपनि थप बजेट माग्ने र पछि बजेट पार्ने काम भने रोकिन सकेको छैन । पावरको भरमा नयाँ योजना बनाएर यसरी नै वर्षभरिनै बजेट माग्नेको चाप भने अर्थ मन्त्रालयमा भइरहन्छ । रातो कितावमा नपरेका आयोजनाका लागि यसरी बजेट माग आउनु भनेको बेथिति बढ्नु स्वयम् मन्त्रालयले नै बताएको छ । थप बजेट माग गर्ने ठूला मन्त्रालय तथा निकाय चालु आवको समीक्षा अवधिमा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट ७५ अर्बको बजेट माग आएको छ भने ऊर्जा मन्त्रालयबाट ५५ अर्ब, रक्षा मन्त्रालयबाट ५० अर्ब, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट ५० अर्ब बजेट माग आएको छ । अर्बभन्दा थप बजेट माग गर्ने मन्त्रालयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सिंचाईँ मन्त्रालय, सहरी विकास रहेका छन् । सहकारी तथा गरीब निवारण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयले पनि अर्बभन्दा बढी बजेट माग गरेका छन् । अन्य २२ मन्त्रालय तथा निकायले करोडका हाराहारीमा बजेट माग गरेका छन् भने केही मन्त्रालयबाट लाखसम्मको बजेट समेत माग भएको छ ।
सिटी एक्सप्रेसको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ योजनाको बम्पर विजेता घोषित
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको प्रबद्र्धनात्मक कार्यक्रम “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्” योजनाको विजेता घोषणा गरिएको छ । महोत्तरीको लक्ष्मिनिया-७ का सनदिलिप महतोले यो उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले साउदी अरवस्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा गत नोभेम्बर ६ तारिखमा पठाएको ५६ हजार ४९७ रुपियाँ पठाएकोमा सिटी एक्सप्रेसको बम्पर उपहारसमेत जित्न सफल भएका हुन । महतोले काठमाडौंमा चार आना घडेरी जित्न सफल भएका हुन । यो प्रवद्र्धन अभियान असोज १५ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन भएको थियो । सोही योजनाअन्तर्गत १२ हप्तासम्म प्रत्येक हप्ता एकजना विजेतालाई ३२ इन्च एलइडी टेलिभिजन प्रदान गरिएको थियो ।
छाला जुत्ता प्रदर्शनीमा करिव ४१ हजारद्धारा अवलोकन, सामान खरिदमा २५ प्रतिशत सम्म छुट
काठमाडौं । कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नाराका साथ राजधानीको भृकुटी मण्डपमा फागुन ११ देखि शुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड बढेको छ । यो प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघले गरेको हो । मेला शुरु भएको ५ दिनमा करिव ४१ हजार उपभोक्ताले अवलोकन गरेका छन् । यस मेलामा हालसम्म विभिन्न राजनितिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, विद्यार्थी, खेलाडि, कलाकारले पनि अभिरुचीपुर्वक अवलोकन गरेका छन् । यो प्रदर्शनीको आयोजना संघले छैठौ पटक गरेको हो । प्रदर्शनीको समुद्घाटन उद्योग राज्य मन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठले गरेका हुन् । मेलामा बिक्रि भएका सबै जुत्ता तथा चप्पलहरुमा ६ महिना वारेन्टीका साथ १५ देखि २५ प्रतिशत सम्म छुट दिइएको छ । मेलामा करीब ८० हजार दर्शक भित्राउने लक्ष्य आयोजकले लिएको छ । मेलामा प्रतिष्ठीत ब्रान्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गरिएको छ । यस मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गरिएको छ । यो मेला फाल्गुण १९ गते सम्म चल्नेछ ।
चैतदेखि जोमसोम-कोरला सडक धमाधम, २ बर्षमा डबल लेनमा गाडी गुड्ने
काठमाडौं । चैतको पहिलो हप्तादेखि जोमसोम–कोरला सडक खण्डको विस्तारले गति लिने भएको छ । सडक विभागका उप महानिर्देशक गोपाल सिग्देलका अनुसार चैत पहिलो हप्तादेखि हिउको समस्या हट्ने र निर्माण आरम्भ गरिनेछ । ‘हिमाली क्षेत्र भएकाले अहिलेसम्म हिउँले काम गर्न कठिन छ, चैतको पहिलो हप्ताबाटै निर्माण व्यवसायी परिचालन हुनेछन’, सिग्देलले विकासन्युजसँग भने । जोमसोम–कोरलाको ११० किलोमिटर सडक स्तरोन्नतिका लागि ७ वटा कम्पनीलाई ठेक्का दिइएको छ । २ अर्ब ५० करोडको लागतमा ती कम्पनीले आगामी २ बर्षभित्रै सडक विस्तार सम्पन्न गर्नेछन् । सो सडकलाई डबल लेनमा ग्राभेल गरेर सञ्चालन गरिनेछ । गत बर्ष भारतले नाका बन्दी लगाएपछि नेपालले चिनियाँ नाका जोड्ने पुर्वाधार निर्माणलाई तिब्रता दिने निर्णय गरेको थियो । चालु आवको बजेटमै पनि चिनियाँ नाका जोड्ने सडक पुर्वाधारको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । नेपालले १३ वटा नाकाबाट चिनसँग सडक सञ्जाल विस्तार गर्ने योजनासहित धमाधम काम गरिहेको छ । भूकम्पपछि तातोपानी नाका अवरुद्ध भएसँगै रसुवागढी र कोरला नाकालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको सिग्देलले जानकारी दिए ।
हेभी इक्वीप्टमेन्ट खरिद गर्न व्यवसायीले ऋण पाएनन्, विकासे परियोजना प्रभावित
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋण नदिँदा निर्माण व्यवसायीहरूले केभी इक्वीप्टमेन्ट खरिद गर्न सकिरहेका छैनन् । बैंकले सम्झौता गरिसकेको ऋण समेत नदिँदा ३० करोडदेखि डेढ अर्ब रुपैयाँसम्मका परियोजनामा प्रयोग हुने हेभी मेशिन तथा उपकरणहरू त्यतिकै थन्किएका हुन् । यस्ता इक्वीप्टमेन्ट खरिद गर्न ७० प्रतिशत रकम बैंकहरूले नै ऋण प्रभाव गर्दै आएका छन् । बैंकहरूले ठूला परियोजनामा प्रयोग हुने यस्ता उपकरणमा समेत कर्जा प्रवाह नगर्दा करिब दुई सय जति उपकरण विरगञ्ज र भैरहवाका स्टोर्समा १ महिनादेखि त्यतिकै थन्किएर बसेको एमओडब्ल्यू अर्थ मुभर्सका प्रमुख बजार व्यवस्थापक सञ्जिव देउजाले बताए । यस्ता इक्वीप्टमेन्ट ४०/४५ लाखदेखि एक करोड मूल्यसम्मका रहेका छन् । ‘परियोजनाबाट टेण्डर पर्ने बित्तिकै यस्ता ठूला उपकरणको माग हुन्छ, आयात गर्न करिब डेढ महिनासम्म समय लाग्ने भएकाले हामी यस्ता हेभी इक्वीप्टमेन्ट अगाडि नै ल्याएर स्टोर गरेर राख्छौ,’ देउजाले भने ‘खरिदकर्ताहरू कर्जा नपाएर इक्वीप्टमेन्ट लग्न सकिरहेका छैनन् ।’ वित्तीय बजारमा ‘क्रेडिट क्रन्च’ को चाप बढ्न थालेपछि बैंकहरूले अगाडि नै सम्झौता गरेका परियोजनालाई समेत केही समय पर्खन अनुरोध गरिरहेका छन् । सोही कारण परियोजनाको अडर अनुसार भित्र्याइएको यस्ता मेशिनरी उपकरण समेत परियोजनाले लैजान सकिरेहका छैनन् । यसको असर ठूला परियोजनामा देखिएको थालिसकेको छ । लगानी अभावका कारण उपकरण खरिद गर्न नसकेपछि ठूला परियोजना निर्माणमा ढिला हुनुको साथै लगत बढ्ने बताइएको छ । ‘परियोजना ढिला हुुनु भनेको लागत बढ्नु हो,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले भने । बैंकले हेभी इक्वीप्टमेन्टलाई समेत विलासितको सूचीमा राखेर लगानी बन्द गर्दा विकास निर्माणको काम ठप्प हुने अवस्था आएको देउजाले बताए । बैंक यस्ता वस्तुमा लगानी गरेन भने देश विकासको काम पछाडि धकेलिने उनको भनाइ छ । उनका अुनसार परियोजनाहरूले बैंकबाट ऋण नपाउँदा उपकरण खरिद गर्न सकिरहेका छैनन् । ‘बैंकले परियोजनालाई ऋण नदिँदा २ सय वटा हेभी इक्वीप्ट्मेन्ट त्यतिकै कार्यालयमा थन्किएर बसेको छ,’ उनले भने ‘सरकारले विकास निर्माणमा उपयोग हुने यस्ता उपकरणलाई प्राथमिकतामा राखेर लगानी गर्ने वातावरण बनाइ दिनुपर्छ । ’ सरकारले हेभी इक्वीप्टमेन्टको लगानी विलासितको नभइ देश विकासमा अपरिहार्य हो भनेर बुझ्नु पर्ने उनले बताए । ‘बैंकले ऋण नदिँदा मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेलमार्ग, देशभरिका विभिन्न खानेपानी आयोजना, पुल, विद्युत्लगायतका परियोजना उपयोग गरिने औजार किन्न नसक्ने अवस्थामा ठेकेदारहरू पुगेको छन्,’ देउजाले भने ‘उनीहरूको अडर अनुसार भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएका उपकरण त्यतिकै थन्किएको छ । ब्याज बढेको बढैछ, उपकरण उठाउन सकिरहेका छैनन् । बुक गरेको मेशिन रोकिएको छ । यसको असर ठेकेदारलाई मात्र नभएर हामीजस्ता आयातकर्ता तथा देश विकासमै परेको उनले बताए । हाल नेपालमा एक्जाभेटर, ग्रेडर, भ्याकु लोडर, रोलर, ब्याकु लोडर, डोमालुसन, क्रेनलगायतका हेभी इक्युप्मेन्ट प्रयोग भइरहेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति अर्ध वार्षिक समीक्षा मार्फत सार्वजनिक गाडी तथा परियोजनामा प्रयोग हुने सवारी साधनमा बैंकले जतिपनि कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।
कालिन्चोक दर्शन अब केवलकारबाटै, अधिकांश सेयर स्थानीयको, दसैंलाई सञ्चालनको तयारी
काठमाडौं । दोलखाको कुरी भञ्ज्याङदेखि कालिन्चोक मन्दिरसम्म केबलकार संचालन हुने भएको छ । करिब एक किलोमिटरको यो केवलकार निर्माणको काम धमाधम भइरहेकोले आगामी दसैंसम्ममा कालिन्चोक दर्शन केवलकारबाटै हुने भएको छ । केबलकार निर्माणको काम द्रत गतिमा भइरहेकोले आगामी दसैंबाट नै सेवा सञ्चालन गर्ने गरी तयारी गरिएको कालिञ्चोक केबलकारका एक संचालक बालकृष्ण शिवाकोटीले बताए । फाइल फाेटाे उनका अनुसार केबलकार संचालन पछि अहिले औसतमा दैनिक ३ सय दर्शनार्थी कालिन्चोक पुग्ने गरेकामा केबलकार सञ्चालनपश्चात तुरुन्तै ५ सय पुग्ने छन् । केबलकार सञ्चालको केही समयपछि नै दैनिक दर्शनार्थी १ हजारको संख्यामा कालिन्चोक मन्दिर पुग्ने अनुमान गरिएको पनि शिवाकोटीले बताए । केवलकार निर्माण पछि यो क्षेत्रमा होटल र रिसोर्ट आवश्यकता अनुसार लगानी बढाउन सकिन्छ । हाल कुरी भञ्ज्याङमा ३० वटा होटल रहेका छन् । यी होटलमा अहिले पनि मागको आधा मात्रै आवश्यकता पूरा गर्न सकेको उल्लेख छ । धार्मिक पर्यटकीय दृष्टिले अन्त्यन्तै महत्वपूर्ण मानिएको यो क्षेत्रमा केवलकार संचालनपछि यसको मुहार नै परिवर्तन हुने उल्लेख छ । करीब ४० करोड रुपैयाँ लगात अनुमान गरिएको यो केवलकार निर्माणमा नेपाल एसबीआई बैंकले लगानी गर्दै छ । यो बैंकले करिब २० देखि २२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केवलकारमा ४ वटा गोन्डुला (केवलकारका बक्स) हुने भएका छन् । एउटा गोन्डुलामा १० देखि १२ जनाको क्षमता हुने कालिन्चोक केवलकारले जानकारी दिएको छ । आधुनिक शैंलीको यो केवलकारमा थोरै गोन्डुला भएपनि संचालन विधि पनि अत्याधुनिक हुने उल्लेख छ । स्थानीयको लगानी १० लाखदेखि करोडसम्म स्थानियको लगानी भएको यो केवलकार पहिलो पब्लिक कम्पनी हुने पनि केबलकार संचालकको भनाइ छ । नेपालमा स्थानीयलाई सेयर दिएर संचालन हुने पहिलो कम्पनीको रुपमा यसले आफ्नो छवि बनाउने भएको छ । यो केबलकार सञ्चालन गर्न पब्लिक कम्पनी खडा गरेर लगानी जुटाएको उल्लेख छ । यो केवलकारमा करिब ५० जनाको लगानी रहेको छ । प्रतिव्यक्ति १० लाखदेखि एक करोडसम्म नै लगानी रहेको यो कम्पनीमा अधिकांश दोलाखाली नै रहेको पनि उल्लेख छ । संभावना प्याराग्लइडिङ र स्कीको यो स्थानमा कालिन्चोक र सँगैको डाँडाबाट प्याराग्लाइडिङ र स्कीको संम्भाव्यता पनि अध्ययन भइरहेको छ । आकर्षक र मनामोहक यो स्थानमा केवलकारसँगै स्की र प्याराग्लाइडिङको संम्भाव्यता देखिएकोले एक विदेशी नागरिकले लगानी गर्ने इच्छा देखाएका छन् । एक जना नेपालीसँगको सहकार्यमा ती विदेशीले प्याराग्लाइडिङ र स्कीमा लगानी गर्न चाहेको पनि स्रोतले जानकारी दिएको छ । दोलखाको चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको यो स्थानमा पर्यटकीय संम्भावना औल्याउँदै केवलकार संचालन भएको हो । यहाँ पुग्ने हरेक पर्यटकको लागि एक रात वास बसाउने उद्देश्य स्थानियको रहेको छ । यो स्थानमा भएको विविध पर्यटकीय संभावनाले र आकर्षक स्थान भएकोले पनि पर्यटक भुलाउने सेवा र सुुविधा थप गर्दै जान सकिने उल्लेख छ । अहिले पनि कालिन्चोक पुग्ने ७५ प्रतिशत पर्यटककको एक दिनको बसाई हुने गरेको छ ।
चुनावी उमेदवारको खर्च सीमा, ७ लाखसम्म खर्च गर्न पाउने
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानिय निकायको निर्वाचानका लागि उमेदवारको खर्च सीमा तोकिदिएको छ । आयोगले एक उमेदावरले ७ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने गरी उमेदवारको खर्च सीमा तोकेको हो । निर्वाचन आयोगको आइतबारको निर्णयले यो सीमा तोकेको उल्लेख छ । आयोगमा दर्ता भएका ११३ वटा राजनीतिक पाटिलाई लागू हुने गरै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अन्तर्गत यो सीमा तोकेको उल्लेख छ । आयोगले हरेक उमेवारले गर्ने यो खर्चको पनि स्रोत खुलाउनेपर्ने सर्त तोकेको छ । आयोगले उपत्यकामा दुईवटा गाडि र दुई वटा मोटरसाईकलमात्रै निर्वाचन प्रचार अभियानमा लैजान पाउने गरी सर्त तोकेको छ । दि हिमालयन टाइम्स दैनिकबाट ।