तयार भयो ७४४ स्थानिय तहको विवरण, जिबिस र गाबिस सबै खारेज(हेर्नुहोस सूचि)
काठमाडौँ, २७ फागुन । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार शुक्रबारदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा आज सूचना जारी गरेर करिब ६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण गरेको हो । यसअघि चार हजारको हाराहारीमा रहेका गाउँ विकास समिति गाउँपालिकामा परिणत भएका छन् । साबिकका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका पनि आजैदेखि संवैधानिक व्यवस्थाअनुरुप गठित स्थानीय तह पुनःसंरचना आयोगको सिफारिसअनुसार स्थानीय तहका संरचना भएका छन् । हालैको मन्त्रिपरिषद्को बैठकले आयोगको सिफारिस र तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री संयोजक रहेको समितिले त्यसमा केही परिमार्जन गरी निक्र्योल गरेका ७४४ स्थानीय तह कायम भएका हुन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनले जनताको शासन जनताकै घरआँगनमा मात्र पु¥याउने छैन, त्यसले कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाका आधाभूत सेवा स्थानीय तहमै उपलब्ध गराउने छ । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तह निर्वाचनले स्थानीय स्तरका विकास–निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन बल मात्र मिल्ने छैन, त्यहाँ व्याप्त सुशासनको अभावलाई पनि अन्त्य गर्ने छ । लोकतन्त्रका सुन्दर पक्ष भनेकै जनताबाट चुनिएका प्रतिनिधिले स्थानीय बासिन्दाको चासो र सरोकार सम्बोधन गर्दै विकासको पथमा अग्रसर हुन अभिप्रेरित गर्नु हो । संविधान कार्यान्वयनको प्रमुख पाटो आगामी माघ ७ गतेभित्र प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउने गुरुत्तर दायित्व बोकेको वर्तमान सरकारले संविधानका अन्तर्वस्तुमा असहमति जनाउँदै आएका तराई मधेस केन्द्रित राजनीतिक दलका चासो र मागलाई सम्बोधन गर्नु अपरिहार्य छ । व्यवस्थापिका–संसद्मा विधाराधीन संविधान संशोधन विधेयकले पनि त्यही वास्तविकतालाई प्रतिबिम्बित गर्छ । प्रस्तुत विधेयकलाई पारित गराउनु सरकारलाई फलामको च्युरा चपाउनुसरह भएको छ तर सहमति, संवाद र सहकार्यबाटै निचोडमा पुग्न सकिने भएकाले त्यसलाई पनि सरकारले गम्भीर ढङ्गले अघि बढाएको छ । “मधेसका माग सम्बोधन गर्न नयाँ समझदारी विकास गर्दै सहमतिको साझा बिन्दु पहिल्याउन भरमग्दुर प्रयास गर्छौ” –उप प्रधान तथा स्थानिय विकास मन्त्री कमल थापाले भने ।उनले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउन उपयुक्त नहुने र त्यसलाई नयाँ शिराबाट समझदारी कायम गरेर समस्या समाधानमा उन्मुख हुनुपर्ने पनि बताए। हेर्नुहोस स्थानीय तहकाे सूचि
एक करोड २१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, बोनस सेयर मात्र ६८ लाख कित्ता
काठमाडौं । यस सातामात्रै १ करोड २१ लाख ९७ हजार ८०८ कित्ता सेयर नेप्से परिसूचकमा सूचिकृत भएको छ । सो अवधिमा १० कम्पनीको साधारण, बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो अवधिमा ७ कम्पनीको मात्रै ६८ लाख ७० हजार १२९ कित्ता बोनस सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यसैगरि दुई कम्पनीको ५२ लाख ५९ करोड ९१२ कित्ता हकप्रद र नेपाल एसविआई बैंकको ६७७६७ कित्ता साधारण सेयर सूचिकृत भएको छ । यस साता सेयर सूचिकरण हुने १० कम्पनी
शेखर गोल्छाको टिम तयार, एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल, कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि शेखर गोल्छाको प्यानलमा प्रदाधिकारीहरुको टुङ्गो लागेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छा समूहमा एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल उम्मेदवार बन्ने भएका छन् । सोही समूहबाट एशोसिएटतर्फका आकांक्षी ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । ‘ज्ञानेन्द्रलालजीले मलाई उपाध्यक्षमा समर्थन गर्नु भएको छ । उहाँलाई कोषध्यक्षको उम्मेदवार बनाउने सहमति भयो’ ढकालले विकासन्युजसँग कुरा गर्दै भने । गोल्छाको समूहमा जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र बस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिने टुङ्गो लागिसकेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष बन्ने व्यवस्था विधानमा गरिएकाे छ । थप समाचारहरू दिनेश श्रेष्ठलाई ११ जिल्ला नगर उद्योग वाणिज्य संघकाे समर्थन उद्योग वाणिज्य महासंघको निर्वाचत चैत २९ गते हुने, चुनाव वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रीत हुँदै महासंघको निर्वाचन किशोर प्रधान र शेखर गोल्छाबीचको प्रतिस्प्रर्धामा केन्द्रीत हुँदै
दिनेश श्रेष्ठलाई ११ जिल्ला नगर उद्योग वाणिज्य संघकाे समर्थन
काठमाडौं । ११ जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठलाई सहयोग गर्ने घोषणा गरेका छन् । दैलेख उद्योग बाणिज्य संघको ८ औं जिल्ला सम्मेलनमा ११ जिल्ला/नगर सभापतिहरुले श्रेष्ठलाई सहयोग गर्ने घोषणा गरेका हुन् । ‘दैलेख जिल्ला उद्योग बाणिज्य संघको ८ औं अधिवेशनमा ११ जिल्ला तथा नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भवानी राणाको समर्थन प्राप्त शेखर गोल्छा र दिनेश श्रेष्ठको समूहलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ’, जिल्ला नगर तर्फको उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका दिनेश श्रेष्ठले विकासन्युजसँग भने । श्रेष्ठको उम्मेदवारीलाई समर्थन गर्नेहरुमा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा, धुलीखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बोदनाथ दवाडी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष गुरुशरण सिंह, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जम्शेख अलि मिया, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी रहेका छन् । त्यस्तै, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले यस समूहलार्इ समर्थन गर्ने घाेषणा गरेका छन् । अर्घाखाँचीका श्रेष्ठ हाल महासंघ केन्द्रिय सदस्य समेत रहेका छन् । उनीहरुले चण्डीराज ढकाल, भवानी राणा, शेखर गोल्छा र दिनेश श्रेष्ठ सहभागी समूहलाई सहयोग गर्ने घोषणा गरेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघका निवर्तमान ६ जना अध्यक्षहरुले पनि सहयोग गर्ने घोषणा गरेको पनि उनले जानकारी दिए ।
हिमालयन बैंकद्धारा चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको हात्तीगौंडास्थित “न्यु चिल्ड्रेन्स होम”का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त चिल्ड्रेन्स होममा रहेका बाल बालिकाहरुलाई भाँडाकुँडा (ग्याँस सिलिन्डर, ग्याँस चुलो, कराई, प्रेसर कुकर, डेक्ची, चम्चा आदि) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चिनी, पीठो, विस्कुट आदि) सहयोग गरेको छ । देशका विभिन्न स्थानका तीस जना गरीब तथा असहाय वालवालिकाहरुलाई उक्त चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
सिपी मैनालीको गुनासोः बिष्णु पौडेलले तीन करोड रुपैंयाँ पनि पत्याएनन
काठमाडौं । नेकपा(माले)का महासचिव सीपी मैनालीले आफुलाई तीन करोड रुपैंयाँ नदिएर बिष्णु पौडेलले अपमानित गरेको आरोप लगाएका छन् । बिहिबारको अर्थ समिति बैठकमा पुराना कुरा याद गर्दै उनले भने–‘मैले डेढ डेढ करोडका दुई वटा आयोजनाका लागि तीन करोड रुपैंयाँ बजेट मागेको थिएँ तर बिष्णु पौडेलले पत्याएनन् ।’ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा सीपी मैनाली उप प्रधान एंव महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए भने बिष्णु पौडेल अर्थ मन्त्री थिए । बजेट विनियोजनको बिकृति तर्फ संकेत गर्दै उनले अघि थपे,‘म उप प्रधान मन्त्री थिएँ, मेरै कुरा सुनिएन, मैले तीन करोड बजेट पनि पाइँन, उप प्रधानमन्त्रीले त बजेट पाउँदैन भने दुर दराजका जनताले कसरी पाउन ।’ मैनालीले वर्तमान सरकारले जथभावी गरेको रकमान्तरबारे छलफल गर्न आयोजना गरेको बैठकमा बजेट विनियोजनमा हुने शक्तिको खेलबारे कटाक्ष गरेका हुन् । ठुला दलका नेताहरुले साना दलहरुलाई बजेट विनियोजनमा विभेद गर्दै आईरहेको गुनासो पनि गरे ।‘हामी साना दललाई ठुला दलहरुले एक लाल गेडी पनि बजेट पनि पत्याउँदैनन, हामी त हेपिएका छौं भने जनताले समानुपातिक ढंगले कसरी बजेट पाउँछन’, मैनालीले भने । बैठकमा अर्थ मन्त्री कृष्ण बहादुर महराले चालु आर्थिक बर्षको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।‘अहिलेको बजेट विभेदकारी छ, कर्णाली र सुदुरपश्चिमलाई थोरै बजेट दिईएको छ, मध्यमाञ्चल र पुर्वाञ्चलमा धेरै रकम विनियोजन गरिएको छ’, मन्त्री महराले भने ।
कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज बिहान फोनवार्ता गरेका छन् । मन्त्री डा महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उनको ध्यानाकर्षण गराएका थिए । नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबीन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा महतले आग्रह गरेका थिए। वार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिए मन्त्री डा महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । यसैबीच नेपालस्थित भारतीय कार्यबाहक राजदूत विनयकुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कुटनीतिक नोट हस्तान्तरण गरिएको छ । परराष्ट्र सचिव शङ्करदाश वैरागीले हस्तान्तरण गरेका सो नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । साथै सो नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ । रासस
जिल्ला विकास समिति काठमाडौंका सुब्बा ४० लाख घुससहित पक्राउ
काठमाडौं । जिल्ला विकास समिति काठमाडौंका नायव सुब्बा गोवर्धन खड्का घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले खड्कालाई ४० लाख घुससहित रंगेहात पक्राउ गरेको हो । खड्काले अध्याय ट्रेड एण्ड सप्लायर्स जोरपाटीका कर्मचारीसँग बालुवा गिटीको कर उठाउने क्रममा प्रयोग गरिने विलको प्याड नमिलेको र सो मिलाउन स्थानिय विकास अधिकारी र योजना अधिकृतलाई मासिक १० लाख बुझाउनु पर्ने भन्दै घुस मागेका थिए । सोही सूचनाका आधारमा खटिएको आयोग टोलीले उनलाई आफ्नै कायकक्षबाट ४० लाख रकम सहित पक्राउ गरेको हो । खड्कालाई आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाएको छ ।