५ जीवन बीमा कम्पनीको बोनस स्वीकृत, कसको कति ?
काठमाडौं । बीमा समितिले पाँच वटा जीवन बीमा कम्पनीको बोनस दर स्वीकृत गरेको छ । समितिले मेट लाइफ एलिको, नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को बोनस दर स्वीकृत गरेको हो । स्वीकृत दर अनुसार नै ती कम्पनीहरुले आफ्ना विमितहरुलाई बोनस वितरण गर्न पाउनेछन् । समितिका अनुसार मेट लाइफ एलिकोले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट आफ्ना विमितहरुलाई बिभिन्न बीमा योजनामा प्रति हजार ३५ देखि ६० प्रतिशतसम्म बोनस दिन सक्ने स्वीकृत दिएको छ । कम्पनीले एक देखि १५ बर्षसम्मको सावधिक जीवन बीमामा ४० प्रतिशत, १६ देखि २० बर्षे अवधीमा ५० प्रतिशत, २१ बर्ष बढिको अवधीमा ६० प्रतिशत बोनस दिने पाउनेछ । कम्पनीले जीवन बीमालेख योजनामा १ देखि १५ बर्षे योजनामा ३५ प्रतिशत, १६ देखि २० बर्षे अवधीमा ४५ प्रतिशत र २१ बर्ष भन्दा बढि अवधीको योजनाका लागि ५५ प्रतिशत प्रतिहजार लाभांश दिन सक्नेछ । एजुशेन प्रोटेक्सन प्लानको एक बर्षदेखि १५ बर्षे योजनामा ४०, १६ देखि २० बर्षका लागि ५० र २१ देखि बढि अवधीका लागि ६० प्रतिशत बोनस दिन पाउनेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमाको ५ देखि १५ बर्षे अवधीका लागि ६५ प्रतिशत, १६ देखि २० बर्षे अवधीका लागि ६५ प्रतिशत नै र २१ देखि २५ बर्षे अवधीको बीमाका लागि ७२ प्रतिशत बोनस दिन सक्नेछ । २६ बर्ष भन्दा बढिको योजनाका लागि भने ८२ प्रतिशतसम्म बोनस दिन पाउनेछ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बाल सावधिक योजनाका लागि ९ बर्षसम्म ३५ प्रतिशत, १० देखि १४ बर्षका लागि पनि ३५ प्रतिशत नै, १५ देखि १९ बर्षका लागि ४५ प्रतिशत,२० देखि २४ बर्षका लागि ५५ प्रतिशत, २५ देखि बढि अवधीका लागि ७० प्रतिशत प्रतिहजारका दरले बोनस दिन सक्नेछ । त्यस्तै, साबधिक योजनाको ० देखि ९ बर्षसम्म ३७ प्रतिशत, १०देखि १४ बर्षसम्म ३७ प्रतिशत, १५ देखि १९ बर्षसम्म ४७ प्रतिशत, २० देखि २४ बर्षसम्म ५७ प्रतिशत र २५ वा सो भन्दा माथी ७२ प्रतिशतसम्म बोनस दिनेछ । सावधिक तथा आजिवनको ० देखि ९ बर्षे अवधीमा ४७ प्रतिशत, १० देखि १४ बर्षका लागि ४७ प्रतिशत, १५ देखि १९ बर्षका लागि ५७ प्रतिशत, २० देखि २४ प्रतिशतका लागि ६७ प्रतिशत र २५ वा सो भन्दा माथीका लागि ८२ प्रतिशत बोनस पास भएको हो । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजनाका लागि ० देखि १४ बर्षे अवधीमा ४१ प्रतिशत, १५ देखि १९ बर्षका लागि ४६ प्रतिशत, २० देखि २४ बर्षका लागि ५१ प्रतिशत र २५ वा सो भन्दा माथिका लागि ७६ प्रतिशत बोनस दिन सक्नेछ । आजिवन योजनाका लागि ० देखि १४ बर्षे अवधीमा ४१ प्रतिशत, १५देखि १९ बर्षे अवधीका लागि ४६ प्रतिशत, २० देखि २४ बर्षे अवधीका लागि ५१ प्रतिशत तथा २५ बर्ष वा सो भन्दा माथिका लागि ७६ प्रतिशत बोनस दिन सक्नेछ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सावधिक बीमा योजना(३३३), जीवन आनन्द बीमा योजना(३४२), बाल सावधिक बीमा योजना(३४९) र जीवन विद्या बीमा योजना(३५२)को ५ देखि १९बर्षे अवधीका लागि ६१ प्रतिशत, २० देखि २४बर्षे अवधीका लागि ६५ प्रतिशत र २५ बर्ष वा सो भन्दा माथिका लागि ७५ प्रतिशत बोनस दिन पाउनेछ । धन फिर्ता बीमा योजना, बाल ममता बीमा योजना, बाल स्नेह बीमा योजना, बाल स्नेह बीमा योजना, गृह लक्ष्मी बीमा योजनाको १५ बर्षे अवधीका लागि ६१ प्रतिशत, २० बर्षे अवधीका लागि ६२ प्रतिशत र २५ बर्षे अवधीका लागि ६३ प्रतिशत बोनसले स्विकृति पाएको हो ।आजिवन बीमा योजना अन्तर्गत जीवन तरंग बीमा योजनामा १० बर्षे अवधीका लागि ६१ प्रतिशत, १५ बर्षे अवधीका लागि ६३ प्रतिशत र २० बर्षे अवधीका लागि ७२ प्रतिशत बोनस दिने पाउने अनुमति समितिले दिएको छ । यी पाँच वटा कम्पनीमा बिमा गराउने नागरिकलाई कम्पनीले समितिको अनुमति अनुसार नै बोनस वितरण गर्नेछ ।
साओमीले भित्र्यायो मी नोट २ नेपाली बजारमा, मूल्य ७६ हजार ९९९ रुपैयाँ
काठमाडौं । शारदा गुप्र अन्तर्गत रहेको साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै मी नोट २ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले असाधारण प्रविधियूक्त भएको मी मिक्स पछिको प्रिमियम फोनको रुपमा मी नोट २ मोबाइल भित्र्याएको बताएको छ । विभिन्न विशेषता रहेको यस फोनको अग्रभागको दुई साइडमा कर्भ रहेको छ । यस फोनमा ५.७ इन्च ओएलइडी डिस्प्ले, ६ जिबी र्याम, १२८ जीबी रोम, २२.५६ एमपी रियर र ८ एमपी अटोे फोकस फ्रन्ट क्यामेरा रहेको छ । साथै, ४०७० एमएएच ब्याट्री रहेको छ जसमा चार गुणा चाडो चार्ज हुने क्षमता निर्धारण गरिएको कम्पनीले जनाएको छ । यस फोनको चैत १० गते बिहीबार देखि १५ गते सम्म बुकिङ खुल्ला गरिएको छ । नेपाली बजारमा यसको मूल्य ७६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै, बुकिङ अवधि भर यो फोन किन्ने उपभोक्ताहरुलाई ४ हजार ४९९ रुपैयाँ बराबरको मी ब्राण्ड २ दिने घोषणा गरेकोे कम्पनीले बताएको छ ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको नयाँ शाखा जनकपुरमा
काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३६औँ शाखा जनकपुरको धनुषामा स्थापित गरेको छ । उक्त शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर शाह र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले संयुक्त रुपमा गरेका छन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताएका छन् । समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । नयाँ शाखाको शुभारम्भ सहित बैंकले एटिएम सेवा पनि संग–संगै संचालनमा ल्याएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने बताएका छन् । बैंकले राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने उनले बताए । हाल सम्म बैंकले सबै शाखा कार्यालय मार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एससीटी डेबिट कार्ड, संचयकोष, स्वेच्छिककोष, उपदानकोष आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ । यस समुद्घाटन समारोह बैंकका उप–महाप्रवन्धक ध्रुवकुमार पौडेलले संचालन गरेका थिए ।
नेप्से परिसूचक १०३ अंकको वृद्धि, ५ अर्ब ७७ करोडको सेयर कारोबार
काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०३.८५ अंकले बढेर अन्तिम दिन १४८६ अंकमा पुगेको छ । लगातार पाँचै दिन खुलेको बजारमा सबैदिन नेप्से परिसूचक उकालो लागेको छ । सातामा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उलेख्य सुधार भएको छ । साताभर बजारमा ५ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा १५५ कम्पनीको एक करोड ८ लाख ३३ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता कारोबार रकम गत साताको भन्दा २२२ प्रतिशत बढि हो । गत साता एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । उत्पादनमूलक समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सो मध्ये सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९६ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत्, होटल, वाणिज्य बैंक र वित्त समूहको परिसूचक क्रमशः १६५, १३५, १०४, ९९ र ४२ अंकले उकालो लागेका छन् । यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा कम्पनीको ३२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको जम्मा आठ लाख ४९ हजार कित्ताको सेयर किनबेच भएको छ । त्यसैगरी कारोबार संख्याका आधारमा नेपाल बंगलादेश बैंक अगाडी रहेको छ । साताभर बैंकको १८९२ वटा कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २२.८८ अंकले बढेर ३२३.२६ अंकमा आईपुगेको छ ।
कोरियाबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई १२ लाख सहयोग
काठमाडौं ।रोजगारिको शिलशिलामा दक्षिण कोरियामा पुगेका स्वतन्त्र नेपाली युवाहरुको समुह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले धुर्मुस सुन्तली फाउण्डेशनलाई ११ लाख ८४ हजार ८ सय ६३ रुपैया सहयोग गरेको छ । समुहले उक्त सहयोग रकम कोरियामा रहेका मनकारी तथा सहयोगी भावना भएका नेपाली सहयोगीदाताहरुबाट उठाएको हो । समुहले छोटो समयमा उत्त रकम उठाउन आफुहरु सफल भएको बताउदै सहयोग संकलन अभियानका मुख्य संयोजक सर्वजित शाहले फाउण्डेशनलाई सहयोग गर्न पाएकोमा संस्था खुसी भएको बताए । उनले फाउण्डेशनका लागि सहयोग संकलन गर्न पनि सजिलो भएको भन्दै नेपालीहरुको बिश्वास जितेकोमा फाउण्डेशनलाई बदाई तथा शुभकामना समेत दिए । समुहले बर्दिवास २ महोत्तरीमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्तीमा पुगि एक दिनको श्रमदान गदैं उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कोरियामा रहेका करिव ४ सय भन्दा बढी सहयोगीहरु बाट सहयोग रकम संकलन गरिएको थियो । यम श्रेष्ठको अगुवाईमा अभियान्ता एल।बि। श्रेष्ठको संयोजन र समुहमा रहेका अन्य अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग संकलन गरिएको संयोजक शाहले बताए । ‘देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु एक आपसमा भाईचारा, सद्भाव र एकता कायम गरौं सम्पुर्ण नेपाली स्वतन्त्र जनता पनि सचेत र बिबेकशिल बनौं’ भन्ने मुल आशयका साथ आफुहरुले फाउण्डेशनलाई सहयोग गरेको अभियानका मुख्य संयोजक सर्वजित शाहले बताए । देश बिदेशमा रहेका नेपालीहरुको बिचमा फाटो र बिबाद नहोस भन्दै अभियानका अभियन्ता द्धय राम दत्त जोशी र अरुण श्रेष्ठले सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नभएको धारणा राखे । धुर्मुस सुन्तलीले गरेको कामको तारीफ गर्नुभन्दा पनि उनिहरुलाई सहयोग गर्नुपर्ने बेला भएको भन्दै अर्का अभियन्ता साजन शर्माले राजनिती र नेतालाईमात्र गालि गरेर समय फाल्नु भन्दा मानविय सेवामा समर्पित हुनुपर्नेमा जोड दिए । सहयोग हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सहयोग संकलन र खुलेर सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै राष्ट्र निर्माणमा आफुहरुलाई थप उर्जा मिलेको बताए । ‘बिश्वको जुनसुकै देशमा रहेका नेपालीहरुलाई पनि देश बिकाश होस भन्ने चाहाना हुन्छ’ अध्यक्ष कट्टेलले भने ‘सबै नेपाली एकजुट भए चाडैं देश समृद्ध र सुन्दर हुन्छ ।’
एसइई दिएका विद्यार्थीले ३०० रुपैयाँमा चन्द्रागिरी केबल कार चढ्न पाउने
काठमाडौं । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३००) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो । यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ भने यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट नपाउने कम्पनीले जनाएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै, ठूला लगानीकर्ता आकर्षित
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली कार्यान्वयनमा गरेपछि भएको सार्वजनिक निस्कासनमा ५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै भएको छ । बोर्डले माघ १ गते देखि धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को नयाँ व्यवस्था बमोजिम अनुसार आस्वा प्रणाली लागु गरेको थियो । आस्वा प्रणाली कार्यान्वयनमा आएपछि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंङ्क गरी तीन वटा कम्पनीहरुको सार्वजनिक निष्काशन भएको थियो । यी तीनवटा सार्वजनिक निस्कासनमा कुल रकमको ५० प्रतिशत आस्वा प्रणालीबाट आवेदन गरिएको हो । कुल आवेदन संख्याको ४५ प्रतिशतसम्म आस्वा प्रणालीबाट आएको पनि बोर्डले जानकारी दिएको छ । बोर्डले आस्वा प्रणालीमा लगानीकर्ताहरुको सहभागितामा वृद्धि हुँदै गैरहेको जनाएको छ । सो अवधीमा बोर्डले आस्वा सदस्यता प्राप्त सात वाणिज्य बैंक, दुई बिकास बैंक तथा दुई फाईनान्स कम्पनीमा स्थलगत निरीक्षण पनि गरेको थियो । निरीक्षणका क्रममा बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम संकलन प्रकृया सम्बन्धमा थप अभिमुखीकरण गर्न, आवेदन फाराम संकलनको रिपोर्टिड समयमै गर्न तथा प्रणालीगत सुक्ष्म निरीक्षण गरी सञ्चालन जोखिम सम्बन्धमा सजग गराएकोे थियो । केही बैंकहरुले अनलाईनबाट समेत शेयर फारम भर्न मिल्ने व्यवस्था समेत गरेको बोर्डको निरिक्षणमा फेला परेको थियो । आस्वा प्रणालीको सफल कार्यान्वयनका लागि बोर्डले बैंक तथा वित्तिय संस्थाको उच्च नेतृत्वसँगको छलफललाई पनि तिब्रता दिएको छ । बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुले आस्वा शुल्क परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्याङ्कहरु मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझाबहरु दिएका पथए ।
नेपाल हाइड्रोले तीन लाख कित्ता आइपीओको लागि माग्यो बोर्डको अनुमति
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि. ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । हाइड्रोले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।