विकासन्युज

असारभित्रै कारोला नाकाबाट चीनसँग पहुँच पुग्ने, कालीगण्डकी करिडोरको काम तीब्र

गुल्मी । गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको छ । नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको २३ किलोमिटर सडकको काम पनि द्रुत गतिमा गरिरहेको छ । ठाउँठाउँमा गरी करिब १६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्र्याक खोलिने बताए । संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो । भट्टराईले भने, ‘सेना द्रुतगतिमा खटिएको छ । ७ किलोमिटर मात्र बाँकी रहेकाले यसै आवमा ट्र्याक खोलिसक्ने लक्ष्यमा छौं ।’ अन्नूपूर्ण पोस्टबाट ।

सुशासन सिकाउने निकायलेनै तिरेनन खानेपानीकाे पैसा, डेढ अर्ब महसुल उठ्न बाँकी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को झन्डै डेढ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी छ । ०६४ सालदेखि केयुकेएलले खानेपानी वितरणबापतको महसुल उठाउन सकेको छैन् । महसुल नतिर्नेमा राष्ट्रपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म छ । केयुकेएलका अनुसार सरकारमातहतका निकाय र निजी प्रयोजनका संस्था गरी एक अर्ब ४३ करोड रुपैयाँ महसुल उठ्न बाँकी छ । खानेपानी उपभोग गरेबापत निजी कम्पनीबाट एक अर्ब रुपैयाँ उठाउन बाँकी रहेको केयुकेएलले जनाएको छ । विभिन्न सरकारी निकायबाट २९ करोड १५ लाख सात सय ७०, संस्थानबाट ६ करोड ७५ लाख ९५ हजार ९ सय ८०, स्थानीय निकायबाट ६ करोड ४० लाख ५८ हजार ६ सय ६३ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । पटक–पटक ताकेता गर्दा पनि बक्यौताबापतको रकम सरकारी निकाय र निजी कम्पनीबाट उठाउन नसकेपछि केयुकेएलले खानेपानी तथा सरसफाइ मन्त्रालय गुहारेको छ । खानेपानी तथा सरधसफाइमन्त्री जीवनबहादुर शाहीका प्रेस सल्लाहकार सुनील सापकोटाले खानेपानीको बक्यौता उठाउन केयुकेएलले मन्त्रालयलाई आग्रह गरेको बताए । ‘खानेपानीको बक्यौता उठ्न धेरै बाँकी रहेछ । केयुकेएलले मन्त्रालयलाई आग्रह गरेको छ । झन्डै डेढ अर्ब उठाउन बाँकी रहेछ । यस विषयमा मन्त्रालय गम्भीर भएको छ,’ उनले भने । मन्त्री शाहीले खानेपानीको बिल नतिर्ने सबै निकायको विवरण संकलन भएको जानकारी दिए । ‘खानेपानीको शुल्क नतिर्ने राष्ट्रपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म छन् । अब सबैलाई ३० दिनको म्याद दिई पत्र काटिनेछ । सो अवधिमा बक्यौता नबुझाउने जुनसुकै निकायको खानेपानी वितरण रोक्का गरिनेछ,’ उनले भने । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानीको महसुल नतिर्ने सरकारी कार्यालयलाई खानेपानी वितरणमा रोक लगाउने तयारी गरेको छ । महसुल नतिर्ने सबै निकायको विवरण संकलन गरिसकेको मन्त्रालयले जनाएको छ । पत्र काटेको ३० दिनभित्र महसुल नतिर्ने निकायको खानेपानी वितरणमा रोक लगाइनेछ । मन्त्री शाहीले पहिलो चरणमा खानेपानीको महसुल नतिर्ने ३८ सरकारी निकायलाई पत्र काट्ने तयारी भएको जानकारी दिए । ‘खानेपानीको महसुल नतिर्ने सबै निकायको विवरण संकलन भइसकेको छ । पहिलो चरणमा ३८ निकायलाई पत्र काट्न निर्देशन दिइसकेको छु । भोलि नै पत्र सम्बन्धित निकायमा पुग्नेछ ।  पत्र काटिएको ३० दिनभित्र पनि महसुल तिरेनन् भने खानेपानीको लाइन काटिनेछ,’ उनले भने । खानेपानीको बक्यौता नतिर्ने सरकारी निकाय मन्त्रालयका अनुसार खानेपानीको महसुल नतिर्नेमा राष्ट्रपति कार्यालय, राष्ट्रपति निवास, उपराष्ट्रपति कार्यालय, उपराष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास, व्यवस्थापिका–संसद् भवन, संसद् सचिवालय, मन्त्री क्वार्टर, सबै मन्त्रालय, सर्वोच्च अदालत छन् । त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल विद्युत् प्राधिकरणले पनि खानेपानीको महसुल तिरेका छैनन् । मन्त्रालयमातहतका विभाग र संस्थानहरूबाट समेत खानेपानीको बक्यौता उठाउन बाँकी छ । तीनवटै सुरुक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि खानेपानीको महसुल तिरेका छैनन् । धेरै बक्यौता विद्युत् प्राधिकरणको खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार महसुल नतिर्नेमा सबैभन्दा अगाडि नेपाल विद्युत् प्राधिकरण छ । प्राधिकरणले ५० करोड रुपैयाँ महसुल तिरेको छैन । त्यस्तै, गृह मन्त्रालयले आठ करोड १९ लाख, स्वास्थ्य मन्त्रालयले तीन करोड ३४ लाख, रक्षा मन्त्रालयले एक करोड ५५ लाख र संस्कृति मन्त्रालयले पाँच करोड ६ लाख रुपैयाँ तिर्न बाँकी छ । केयुकेएलले गुहार्‍यो मन्त्रालय पटक–पटक ताकेता गर्दा पनि सरकारी निकाय र निजी कम्पनीले बक्यौता रकम नतिरेपछि केयुकेएलले खानेपानी तथा सरसफाइ मन्त्रालय गुहारेको छ । खानेपानीमन्त्री जीवनबहादुर शाहीका प्रेस सल्लाहकार सुनील सापकोटाले बक्यौता उठाउन केयुकेएलले मन्त्रालयलाई आग्रह गरेको बताए । ‘खानेपानीको बक्यौता उठ्न धेरै बाँकी रहेछ । केयुकेएलले मन्त्रालयलाई आग्रह गरेको छ । झन्डै डेढ अर्ब उठाउन बाँकी रहेछ । यस विषयमा मन्त्रालय गम्भीर भएको छ,’ उनले भने । मन्त्री शाहीले खानेपानीको बिल नतिर्ने सबै निकायको विवरण संकलन भएको बताए । ‘खानेपानीको शुल्क नतिर्ने राष्ट्रपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म छन् । अब सबैलाई ३० दिनको म्याद दिई पत्र काटिनेछ । सो अवधिमा बक्यौता नबुझाउने जुनसुकै निकायको खानेपानी वितरण रोक्का गरिनेछ,’ उनले भने । महसुल नतिर्नेको लाइन काट्छौं स् मन्त्री शाही सुक्खायाम सुरु हुँदै छ । चुहावट रोक्न केयुकेएलसँग बजेटको अभाव छ । तर, खानेपानीको बक्यौता उठ्न एक अर्ब ४३ करोड रुपैयाँ छ । बक्यौता रकम नतिर्नेमा उच्च तहको सरकारी निकायदेखि निजी निकायसम्म छन् । अबको ३० दिनभित्र सबैले बाँकी महसुल तिर्नुपर्छ । पहिलो चरणमा ३८ निकायलाई पत्र काटिन्छ । सो समयभित्र सबैले खानेपानीको महसुल अनिवार्य रूपमा तिर्नुपर्छ, नतिर्नेको खानेपानीको लाइन काट्छौं । बक्यौता रकमले खानेपानीको चुहावट मर्मत गर्ने र खानेपानी वितरण प्रणाली चुस्त बनाउँछौं । नयाँ पत्रिका दैनिकबाट ।

वैशाख ३१ काे चुनावी तयारी बढ्याे, एक करोड ४० लाखभन्दा बढी मतदाता

काठमाडौ । स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । मतदाता नामावली टुंगो लगाएसँगै मतदाता परिचयपत्र छपाइ पनि सुरु भएको छ । मनाङ जिल्लाबाट मतदाता परिचयपत्र छपाइ सुरु भएको आयोगले जनाएको छ। पुरुष मतदाता धेरै – महिला मतदाता ६९,८४,६२५ – पुरुष मतदाता ७०,६९,७१४ – तेस्रोलिंगी मतदाता १४३ ९ फागुन ०७३ सम्म १८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेटिएको छ । १६ वर्षको उमेरबाटै मतदाता नामावलीमा नाम संकलन हुने भए पनि १८ वर्ष पुगेकाहरू मात्रै मतदान अधिकारसहित अन्तिम नामावलीमा पर्छन् । गत ९ फागुनसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ । अब मतदाताको नामावली ठाउँसारी हुनेछैन । आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी १० वैशाख ०७४ भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट ।

किशोर प्रधान समूहबाट तीन पदाधिकारीसहित २५ सदस्यमा उम्मेदवारी, कहाँबाट कसको उम्मेदवारी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहले तीन पदाधिकारी सहित २५ सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । आईतवार राजधानीमा आयोजित कार्यक्रममा जिल्ला नगरतर्फ उपाध्यक्षसहित १२ सदस्य पदमा उम्मेदवारी घोषणा गरिएको छ भने बस्तुगत तर्फ उपाध्यक्षसहित १३ सदस्य घोषणा गरिएको छ । उनीहरुले सोमबार ११ बजे महासंघमा उम्मेदवारी दर्ता गर्ने जनाएका छन् । प्रधानको समूहबाट जिल्ला तथा नगरतर्फ प्रमोद श्रेष्ठ उपाध्यक्षमा उठ्दैछन् । यस समूहबाट जिल्ला तथा नगर समूहको सदस्य पदमा चितवन उद्योग वाणिज्य संघबाट कल्याण जोशी, गाईघाट उद्योग वाणिज्य संघबाट गजेन्द्र भगत, तुलसी उद्योग वाणिज्य संघबाट दीपेन्द्र क्षेत्री, रामेछाप उद्योग वाणिज्य संघबाट पशुपति खड्का, ललितपुर उद्योग वाणिज्य संघबाट मनिसलाल प्रधान, सप्तरी उद्योग वाणिज्य संघबाट मनोज मुन्दडा, भक्तपुर उद्योग वाणिज्य संघबाट युवराज भण्डारी, सिन्दुपाल्चोक उद्योग वाणिज्य संघबाट राजेन्द्र श्रेष्ठ, कन्चनपुर उद्योग वाणिज्य संघबाट लोकविक्रम थापा, ताप्लेजुङ उद्योग वाणिज्य संघबाट सन्तोस खतिवडा, दोलखा उद्योग वाणिज्य संघबाट सुदर्शन कार्की, खोटाङ उद्योग वाणिज्य संघबाट कुसनारायण सैंजुले उम्मेदवारी दिने घोषणा गरिएको छ । प्रधानको समूहबाट बस्तुगततर्फ शंकर पाण्डेको उम्मेदवारी घोषणा गरिएको छ । यस समूहको वस्तुगत तर्फको सदस्यमा नेपाल जडिबुटी तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, ट्राभल्स एण्ड टुर्स एजेन्ट नेपालका अध्यक्ष मधुसुदन आचार्य, गार्मेन्ट उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल, दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा त्रिचन्द्र भट्टराई, नेपाल सौर्य विद्युत उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक बहादुर शाही, नेपाल फेल्ट उत्पादक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल फ्रेट फरवाडर्स एशोसिएशनका अध्यक्ष प्रकाश कार्की, नेपाल गुड्स क्यारियर्स एशोसिएशनको अध्यक्ष रितेश लामिछाने, नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, एनपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे, स्वतन्त्र उर्जा उत्पादक संघको अध्यक्ष शैलेन्द्र गुरागाई, बैदेशिक रोजगार व्यवसायी संघको पूर्व अध्यक्ष हंशराज वाग्ले रहेका छन् । एशोसिएटतर्फको उपाध्यक्षमा आफ्नो समर्थत चन्द्रप्रसाद ढकाललाई रहेको बताउँदै यस समूहको १९ सदस्य पदमा पनि प्रधान समूहले उम्मेदवारी घोषणा गरेन । घोषणा सभामा ढकाल उपस्थित थिएनन् । त्यस्तै महासंघका एशोसिएट सदस्यहरु यस घोषणासभामा उपस्थिति देखिएन । घोषणा सभामा बोल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान, निवर्तमान सुरज बैद्य, पूर्व अध्यक्ष कुशकुमार जोशीले घोषणा सभामा आउन इच्छुक महासंघका सदस्यहरुलाई समेत वर्तमान नेतृत्वले नजान दवाव दिएको भन्दै आलोचना गरेका छन् । ‘महासंघमा माथिबाट जवरजस्ती आफ्ना कुरा लाद्ने काम भयो, मतदाताको विवेक र स्वेच्छालाई दवाउने प्रयास भएको छ’ पूर्व अध्यक्ष जोशीले सभालाई सम्बोधन गर्दै भने–‘महासघभित्र भएको गलत अभ्यास रोक्न मतदाताले उचित निर्णय गर्ने समय आएको छ ।’

किशोर प्रधानको प्यानल घोषणा(फोटो फिचरसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि किशोर प्रधान समुहले औपचारिक रुपमा आफ्नो प्यानल घोषणा गरेको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफ्नो समुहबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । त्यस्तै, बस्तुगत तर्फको उपाध्यक्षमा शंकर पाण्डेले उम्मेदवारी दिएका छन् । प्रधान समुहले एसोसियट तर्फको उपाध्यक्ष उम्मेदवार भने खडा गरेको छैन् । सौरभ ज्योतिलाई एसोसियट उपाध्यक्ष बनाउने तयारी गरेको थियो तर ज्योतिले अन्तिम समयमा उम्मेदवारी नदिने घोषणा गरेका थिए । पुर्व अध्यक्षहरुको उपस्थितिमा मोरङ उद्योग संगठनका अध्यक्ष मुकेश कुमार उपाध्यायले प्रधानको उम्मेदवारी घोषणा गरेका हुन् । प्रधानको उम्मेदवार घोषणा सभामा महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य लगायतको उपस्थिति थियो ।

नयाँ वर्षको अवसरमा सेनसिको टिभी खरिदमा सित्तैमा घडी उपहार

काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा सेनसिले सेनसि टिभी, रोजाई सारा नेपालीको नारा सहित नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले सेनसि टिभी खरिदमा सित्तैमा हाते घडी उपहार पाउने भएका छन् । अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमापाउने सेनसि टिभीको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।

नलसिङ गाड जलविद्युत आयोजनामा २७ करोड घोटाला, ७ विरुद्ध मुद्धा

काठमाडौं ।  नलसिङ गाड जलविद्युत आयोजनाको परामर्श दाता कम्पनी छनौटमा २७ करोड भन्दा बढिको घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । परामर्श दाता छनौटमा २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैंयाँ ६२ पैसा अनियमितता भएको भन्दै अख्तियारले बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । आयोगले आयोजना प्रमुख मोतिवहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र परामर्श दाताका रुपमा छानिएको कम्पनी स्मेक–एमडब्ल्युएच–उदयका नेपाली प्रतिनिधी उदीपलाल श्रेष्ठ बिरुद्ध मुद्धा दायर गरेको हो । आयोजनाको विस्तृत संभाव्यता अध्ययनको लागि परामर्शदाता छनौटको सिलसिलामा प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा आफू अनुकूल बढि रकम कवोल गर्ने प्रस्तावकलाई बढि अङ्क र कम अङ्क कवोल गर्नेलाई कम अङ्क दिई बढि रकम कबोल गर्ने कम्पनीलाई छनौट गरेको भन्दै आयोगले मुद्धा दायर गरेको हो । आयोगले भ्रष्टाचार निवारण ऐनको दफा २१ बमोजिम १३ करोड ६२ लाख २७ हजार १ सय ७५ रुपैंयाँ ८१ पैसा जरिवाना र एक वर्ष कैद सजायको मागसहित मुद्धा दायर गरेको हो ।

एप्पलको रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक

काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि ग्राहकहरुलाई अनुरोध गरको छ । आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । अर्थात् रेड संस्करणका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । आइफोन रेड आइफोनका आधिकारिक बिक्रेताहरु ओलिज स्टोर, इभो स्टोर, फ्यूचर वर्ल्डबाट किन्न सकिने कम्पनीले जनाएको छ ।