विकासन्युज

धुलिखेललाई पर्यटनको हब बनाइने

बनेपा। स्थानीय तह निर्वाचनका लागि धुलिखेलमा प्रमुख राजनीतिक दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न धुलिखेलमा दलहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाएका छन् । खानेपानी, सडक, पर्यटन प्रवद्र्धनलगायत चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने जिकिर गर्दै धुलिखेललाई पर्यटनको हब बनाउने बताएका छन् । स्थानीय तहमा लामो सयमको रिक्ततापछि हुन लागेको निर्वाचनमा खासगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । यसबाहेक धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, फोरम लोकतान्त्रिक पार्टीलगायत पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् । काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रमेश हुमागाईं धुलिखेललाई पर्यटन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । उनले धुलिखेललाई शिक्षा र स्वास्थ्यको समेत हब बनाइने बताए । “पिछडिएको वर्ग, दलित, जनजातिको आर्थिक स्तर उकास्न सामाजिक सुरक्षाको विशेष व्यवस्था गरिनेछ,” उनले भने । यस्तै नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुखका उम्मेदवार अशोक व्याञ्जु धुलिखेल नगरपालिकाका सबै वडालाई विकास मोडलका रुपमा विकास गर्न उत्पादनको पहिचान गरिने बताउछन् । उनले दलित, जनजाति र पिछडिएको वर्गलाई परिषद् बनाएर आर्थिक उर्पाजनको काम गर्ने लक्ष्य लिएको बताए । नेकपा (माओवादी केन्द्र)का तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार सरस्वती लामाले पर्यटन पूर्वाधार र निर्माणसँगै धुलिखेललाई कृषि पर्यटनका रुपमा विकास गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताए । धुलिखेलको ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर विकासका योजना अघि बढाइने उनको भनाइ छ । “पुनः संरचनापछि हामीले नयाँ सोच र योजनाका साथ निर्वाचनमा सहभागी भएका छौँ त्यसैले हाम्रो योग्यता पहिचानको आवश्यकता छ,” उनले भने । धुलिखेल नगरपालिका आसपासको रविओपी, पात्लेखेत, देवीटार, शङखु, शारदा वतासेका केही वडा अहिले पुनः संरचनापछि धुलिखेल नगरपालिकाको क्षेत्रमा पर्छन् । १२ वटा वडा रहेको धुलिखेल नगरपालिकामा २० हजार चार सय ३० मतदाता सङ्ख्या रहेको छ । काठमाडौँबाट ३० किमीको दूरीमा धुलिखेल समुन्द्र सतहबाट करिब एक हजार ६ सय २५ मिटर उचाइमा अवस्थित छ । रासस

सिनर्जी पावरको ७० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ७० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

८ अंकले उकालो लागेको बजारमा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याण्डार्ड चाटर्डको

काठमाडौं । केही दिनदेखि ओरालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ८ दशमलब ३२ अंकले बढेर १६३७ दशमलब ३० अंकमा पुगेको छ । बजारमा ५७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चाटर्ड बैंकको सेयर कारोबार भएको छ । बैंकको ८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कुल १४२ कम्पनीको ९ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा अन्य समूह बाहेक बाकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ६१ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः ३८ र ११ अंकले उकालो लागेका छन् भने बाँकीको सामान्य अंकले बढेका छन् । अन्य समूहको परिसूचक भने सामान्य अंक ०.८७ अंकले ओरालो लागेको छ ।

सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओम कृष्णको राजीनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओमकृष्ण जोशीले  राजीनामा दिएका छन् । वैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो । जोशीले बोर्डमा साधारण सेयरधनीको प्रतिनिधित्व गरेका थिए । जोशीले बैशाख २० गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐनले बैंक र बीमा कम्पनीमा एउटै व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था भएकोले उनले राजीनामा गर्नु परेको कम्पनी स्रोतले बतायो । जोशी सनराईज बैंकमा सञ्चालक छन् ।

गरिबी निवारण कोष र राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता

काठमाडौं। गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ ।सम्झौता अनुसार कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४ जिल्लामा जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सहकार्य हुनेछ । प्राधिकरणले कोष तथा कोषका लक्षित समुदायहरुलाई जीविकोपार्जन र लघु उद्यम विकासका कार्यक्रम कार्यान्वयन गर्न क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहायता र तालिममा सहजीकरण गर्नेछ । साथै प्राधिकरणले कोषलाई ती कार्यक्रम संचलनका लागी आवश्यक आर्थिक सहायता जुटाउने भएको छ । सम्झौता अनुसार १४ जिल्लामा कोषले प्राधिकरणको जिल्ला समन्वय समितिसँग काम गर्नेछ । यस्तै कोषले तालिम दिएका सिकर्मी, डकर्मी तथा अन्य प्राविधिक कर्मचारीलाई प्राधिकरणले पुनर्निमाण सम्बन्धी काममा लगाउने भएको छ । “यस सम्झौताले १४ जिल्लामा हुने कार्यक्रम तथा गतिविधिमा गरिबी निवारण तथा पुनर्निमाणका मुद्धामा सकारात्मक नतिजा आउने कोषका कार्यकारी निर्देशक नहकुल केसीले भने । रासस

सिटिजन्स बैंकको हकप्रद सेयर भर्नुभयो ? छिटो गर्नुहोस्, म्याद ३ दिनमात्र बाँकी

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर २.५(२५ प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । बैंकले गत चैत २४ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरको हो । कम्पनीले १०० रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात वैशाख २७ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ ।

प्रियंका कार्कीले चढिन् टाटाको जेस्ट कार

काठमाडौं । नेपालकी बहुचर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे, प्रियंका कार्कीले हालै टाटाको जेस्ट कार खरिद गरेकी छिन् । सो कुराको जानकारी उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले गर्दछ । आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण टाटा जेस्टले छोटो समयमा नै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रुपमा निकै चर्चा बटुल्न सफल भएको छ । यसैक्रममा नेपालकी चर्चित अभिनेत्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उक्त जेस्ट कारलाई रोजेकोमा आफूहरु पनि हर्षित भएको कुरा कम्पनीले जानकारी गराएको छ ।

१० महिनामा साढे ४७ प्रतिशत खर्च, दैनिक आठ अर्ब ४७ करोड खर्चनु पर्ने चुनौति

महालेखा कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० दशमलव ३६ मात्र पुँजीगत खर्च भएको छ । कुल बजेटको ४७ दशमलव ४६ प्रतिशत खर्च भएपनि पुँजीगत खर्च भने जम्मा ९४ अर्ब ६९ करोडमात्र खर्च भएको हो । सरकारले चालु आवको लागि १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो । तर, यो अवधिमा आइपुग्दा ४ खर्ब ५१ अर्ब ६९ करोडमात्र खर्च भएको छ । अब दुई महिनाको अवधिमा सरकारले कुल बजेटको ५२ प्रतिशतभन्दा माथि खर्च गर्नुपर्ने देखिएको छ । यसरी हालसम्म भएको खर्चलाई हेर्ने हो भने अबको वाँकी ६५ दिनमा ५ खर्ब ५१ अर्ब ८ करोड अर्थात दैनिक ८ अर्ब ४७ करोड खर्च गर्नुपर्ने देखिन्छ । ठूला पुँजी विनियोजन भए परियोजनामा खर्च हुन नसक्दा सरकारलाई समय सीमाभित्र विनियोजित बजेट खर्च गर्ने चुनौती थपिएको हो । काठमाडौं तराई–मधेस दु्रतमार्गका लागि चालु आवमा १० अर्ब रुपैयाँ विनियोजन गरेपनि दोसौ चौमाससम्म जम्मा ६ प्रतिशतमात्र खर्च खर्च भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारामा लागि साढे एक अर्ब छुट्याएकोमा करिब २ प्रतिशतमात्र खर्चिएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको कुनै काम अघि बढ्न सकेको छैन । पुँजीगत खर्च हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री कृष्णवहादुर महराले असार मसान्तसम्म जसरी पनि ८० प्रतिशत पुँजीगत खर्च सबै विकासे मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । विकासे मन्त्रालयहरूले वाँकी दिनमा युद्धस्तरमा काम गरेर खर्च बढाउन निर्देशन दिइसकेका छन् । साथै उनले यस वर्ष ४० प्रतिशत खर्च कटाउन नसक्ने विकासे आयोजन अर्को वर्षदेखि बजेट नदिने बताएका छन् । अर्थ मन्त्रालयले विभिन्न चरणमा विकासे मन्त्रालयका सचिवहरूसँगको छलफलमा वैशाखसम्म ८० प्रतिशत प्ँजीगत खर्च गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुल पुँजीगत खर्च ३ खर्ब ११ अर्बको एक तिहाइ पनि हुन सकेको छैन । हुनत नेपालमा आवको अन्तिम दुई महिनामा ६० प्रतिशतभन्दा बढी खर्च गर्ने परिपाठी छ । अझ यस वर्ष त बजेटपछि आएको नयाँ सरकारले आफूले काम गरेको देखाउन तथा पुँजी खर्च बढाउन अन्धाधुन्दा खुद्रे आयोजनामा रकम विनियोजन गरिरहेको छ ।