एभरेष्ट बैंकले ९.९३ प्रतिशतमा घर र गाडी किन्न कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंकले दशै र तिहारको अवसर पारेर न्युनतम ब्याजदरमा घर र गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९.९३ प्रतिशतमा घर र गाडी कर्जा दिने भएको छ । यस्तै सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ । यस्तै १०.१८ प्रतिशतमा साना तथा मझौला व्यवसाय कर्जा दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि नयाँ निर्देशन ल्याएपछि घर, गाडी र साना तथा मझौला व्यवसाय योजना सार्वजनिक गरेको हो ।
मेरो माइक्रो फाइनान्सको साधारणभा असोज ३० गते नुवाटकोटमा , १२ प्रतिशत लाभाँश दिने
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औ वार्षिक साधारणसभा नुवाकोटको विदुरमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । सभाले गत आवमा गरेको नाफाबाट चुक्तापुँजीको १२ प्रतिशत अर्थात २ करोड ६६ लाख ३१ हजार रुपैयाँ लाभाँश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले गत असारमा कायम रहेको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने ६ करोड ६० लाख रुपैयाा बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश हुने संस्थाले जनाएको छ ।
एनआईसी एसियाको साधारणसभा भदौ ३० गते, २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । एनआईसी एसिया बैंकको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्ष ०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । गत आवमा गरको नाफाबाट सेयरधनीलाई २० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले स्वीकृति गर्ने छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।
ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने
काठमाडौं । एक कदम अघि बढ्दै ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने भएको छ । अन्य बैक तथा वित्तीय संस्थाले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने योजना सार्वजनिक गरिरहेका बेला ज्योतिले १ दिनमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको हो । ज्योतिले आवश्यक कागजात बुझाएको दिनमै सेयर कर्जा दिने गरी ज्योति सेयर कर्जा लगानी योजना ल्याएको छ । उसले सेयर कर्जाको ब्याज भने खुलाएको छैन् । हालसम्म सेयर कर्जा योजना सार्वजनिक गर्ने मध्ये कैलाश विकास बैंकले १२ प्रतिशत सेयर कर्जा योजना सार्वजनिक गरिसकेको छ । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् । बैंकहरुले सेयर कर्जा लिन बोलाए पनि बजारमा सुधार आउन सकेको छैन् । बिहीबार बजार झण्डै १२ अंकले घटेको छ । हालसम्म आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा योजना अघि सारेका छन् ।
क्लासिटेकले ल्यायो १०० एमबिपिएस सेवा, आकर्षक अफर सहित
काठमाडौं । क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एम बि पि एस सेवा बजारमा ल्याएको छ । फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहकवर्गलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउनेछ । सुपरफास्ट ईन्टरनेटलाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ ।वार्षिकग्राहकहरुलाई ६ एम बि पि एस ९१६ रुपैयाँ प्रति महिना, १५एम बि पि एस १०४२ रुपैयाँ प्रति महिना, ३०एम बि पि एस १२०८ रुपैयाँ प्रति महिना, ६०एम बि पि एस १५२५ रुपैयाँ प्रति महिना, र १०० एम बि पि एस अनलिमिटेड २९१६ रुपैयाँ प्रति महिनामाको दरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यो अफर नेपालभरका विभिन्न १६ वटै शाखाहरुमा लागुहुनेछ । क्लासिक टेकले डिस होमको खरिदमा पनि भारी छुटको अफर ल्याएको छ । यो अफरक्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष्य लिएर ग्राहकवर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।
हिमालयन बैंकले पायो टीएफपी अवार्ड २०१७
काठमाडौं । हिमालयन बैंकले टीएफपी अवार्ड २०१७ लिडिङ पाटर्नर बैंक इन नेपालबाट पुरस्कृत भएको छ । एसियाली विकास बैंक (एडीबी) ले एसिया प्रशान्त क्षेत्रमा व्यापार वित्तलाई प्रवद्र्धन गर्न खेलेको भुमिकाको कदर गर्दे सो पुरस्कार प्रदान गरेको हो । गत मंगलबार सिंङापुरमा भएको व्यापार वित्त कार्यक्रममा एडीबीले वरिष्ठ व्यवस्थापक नवीनकुमार पौडेल र सतिशराज जोशीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले प्राप्त गरेको यो दोस्रो पुरस्कार हो ।
मेयरका सय दिन: दोहोरियो मोनोरेल र सिटी केबलकारको प्रतिबद्धता
काठमाडौं । विद्यासुन्दर शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाको बीहिवार सय दिन पुरा भएको छ । नतिजा देखिने गरी केही काम हुन नसकेको व्यापक आलोचनाका बीच मेयर शाक्यले सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् । हावामा उडाइएको मनोरेल, मेट्रोरेल र सिटी केबलकार सञ्चालनमा ल्याउने कुरा उपलब्धीमा जोड्दै उनले फेरी दोहोर्याएका छन् । मोनोरेल, मेट्रोरेल र सिटी केबलकार ल्याउने प्रतिबद्धता दोहोर्याउदै उनले ती आउनु अगाडी सार्वजनिक यातायातमा सुधार ल्याउन साझा यातायात र महानगर यातायातमा बस थपेको बताएका छन् । चुनाव प्रचारका क्रममा शाक्यले निर्वाचित भएको दिनदेखि सय दिनसम्म जनताको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिबद्धता गरेका थिए । उनले तिनै प्रतिबद्धताहरुलाई समेटेर प्रगती तयार पारेका छन् । १) महानगरपालिका सफा गर्ने अभियान अनुरुप ‘क्लिन द सिटी’ कार्यक्रम अन्तर्गत १०९५ मेट्रिक टन फोहोर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको छ । २) ‘ग्रिन द सिटी’ अन्तर्गत १८०३ वटा वृक्षरोपण गरिएको छ । ३) उज्यालो अभियान अन्तर्गत ३२ वटा वडामा १७७६ थान सोलार बत्ती जडान गरी करिब ६९३ किलोवाट विद्युत किफायत भएको । ४) ८८ वर्षिया चार सय ८९ जेष्ठ नागरिकहरुलाई १२ हजार महानगर विशेष भत्ता र निशु:ल्क स्वास्थ्य परीक्षण गरियो। ५) पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक तीन हजार रुपैयाँ उपलब्ध गराएको । भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन ३, ७ र १५ वडामा र्याम्प निर्माण गरिएको । ६) स्मार्ट सिटी अवधारणा अनुसार धर्मपथ र टेकुमा डिजिटल कार पार्किङ र भर्टिकल कार पार्किङ निर्माण प्रकृया अघि बढाइएको । ७) बालाजु, रत्नपार्क र बसन्तपुरलाई फ्रि वाइफाइ जोन बनाएको । ८) दैनिक फोहोरबाट तीन मेट्रिक टन फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन सुरु गरिएको । ९) साझा यातायातको संख्या वृद्धि गरी महानगर भित्र सार्वजनिक यातायात सहज बनाउने कामको थालनी गरिएको । पाँच करोड लगानीबाट थाप २० वटा ठुला बस थपिदैँ । १०) भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन वडा कार्यालयहरुमा हल्प डेक्स स्थापना र सिसिटिभी जडान गरिएको । ११) भवन निर्माण प्रणाली सुधार गर्न इबीपीएस विथ डिजिटल सिग्नेचर लागू गर्ने अन्तिम चरण १२) बाढी, पहिरो र डुवानप्रभावित व्यक्तिहरुमा ३९ लाख रुपैयाँ सहयोग । सामाखुशीको नालामा परी घाइते भएकी सत्या सापकोटालाई एक लाख रुपैयाँको बीमा र तारकेश्वरमा बाढीमा परी दिवंगत विनिता फूँयालको परिवारजनलाई २५ हजार सहयोग गरिएको । १३)२९८ जनालाई सीपमूलक तालिम र सुकुम्बासी बस्तिमा ९० दिनको साक्षरता कक्षा सञ्चालन गरिएको । १४) बागदरबार भवन पूर्ण क्षतिग्रस्त भएकाले पुन निर्माण गर्ने निर्णय गरी सूचना प्रकाशित गरेको । १५) महानगरभित्र ८४ स्थानमा ढल निर्माण, १५०७ स्थानमा मर्मत । १६) ६ वटा स्थानमा नयाँ उद्यान निर्माण ।
जनता बैंकबाट गुरुप्रसाद न्यौपानेको सेयर जफत हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले जनता बैंकमा रहेको गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको छ । न्यौपानेले आफु बैंकको सञ्चालक रहेका बेला श्रीमतीका नाममा सेयर बजारबाट सेयर खरिद गरेको फेला परेपछि न्यौपानेको सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको हो । न्यौपानेकी श्रीमति सुमित्रादेवी न्यौपानको स्वामित्वमा रहेको सर्व साधारण समुहको ५२ हजार ४ सय ७० कित्ता सेयर जफत गर्न राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेखेको हो । सो सेयर वापत आउने बोनस तथा हकप्रद सेयर समेत जफल गर्न केन्द्रिय बैंकले भनेको छ । न्यौपानेकी श्रीमतिका नाममा १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वापत कुल ८५ हजार कित्ता सेय रहेको छ । जनता बैंकको सेयरको बजार मूल्यका आधारमा न्यौपाने परिवारको २ करोड १२ लाख भन्दा बढि मूल्यको साधारण सेयर जफत हुन लागेको हो । यसरी जफत भएको सेयर स्वतः जनता बैंकको सम्पतिमा गणना हुनेछ ।