छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट अनुमोदन हुन बाँकी छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बीच बैंंकएस्योरेन्स सम्झौता
काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे ।
अघि बढ्यो केरुङ-काठमाडौं रेल, रसुवागढी यात्रा एक घण्टामै
काठमाडौं । नेपाल र चीनबिच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको काम अघि बढाउने सम्झौता भएको छ । चीन भ्रमणमा रहेका उप प्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले रेल मार्ग निर्माण अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको रेल काठमाडौंबाट धादिङको कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी लाग्नेछ । चिनियाँ उच्च नेतृत्वसँगको भेटमा परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा नेपालका सबै राजनीतिक दल एकमत रहेको जानकारी दिएका थिए । वान वेल्ट वान रोडबारे नेपालमा एकमत रहेको बताएपछि मात्रै चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो । काठमाडौं-रसुवागढी यात्रा एक घण्टामै रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुरुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको थियो । सो कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव गरेको थियो ।
व्यवस्थापनमा समस्या आएपछि काठमाडौ महानगरले भन्यो, फोहर आफनै घर र अफिसमै राख्नुस
काठमाडौं । काठमाडौंको फोहरमैला व्यवस्थापनको समस्या पुनः बल्झिएको छ । काठमाडौ महानगरपालिका भित्रबाट संकलित फोहर व्यवस्थापन गर्न साइट सिसडोलमा अवरोध भएपछि समस्या आएको छ । फोहर उठाउन नसकिएको भन्दै महानगरपालिकाले तत्कालका लागि फोहर आफने घर वा अफिस कम्पउन्ड भित्र व्यवस्थापन गर्न अनुरोध गरेको छ । प टक पटक वार्ता भएको र लचकता देखाउदा पनि समस्या समधान नभएको महानगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि पहल भइरहेको बताउदै केही दिनभित्र समस्या समधान हुने जानकारी महानगरले दिएको छ ।
एभरेष्ट बैंकले ९.९३ प्रतिशतमा घर र गाडी किन्न कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंकले दशै र तिहारको अवसर पारेर न्युनतम ब्याजदरमा घर र गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९.९३ प्रतिशतमा घर र गाडी कर्जा दिने भएको छ । यस्तै सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ । यस्तै १०.१८ प्रतिशतमा साना तथा मझौला व्यवसाय कर्जा दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि नयाँ निर्देशन ल्याएपछि घर, गाडी र साना तथा मझौला व्यवसाय योजना सार्वजनिक गरेको हो ।
मेरो माइक्रो फाइनान्सको साधारणभा असोज ३० गते नुवाटकोटमा , १२ प्रतिशत लाभाँश दिने
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औ वार्षिक साधारणसभा नुवाकोटको विदुरमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । सभाले गत आवमा गरेको नाफाबाट चुक्तापुँजीको १२ प्रतिशत अर्थात २ करोड ६६ लाख ३१ हजार रुपैयाँ लाभाँश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले गत असारमा कायम रहेको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने ६ करोड ६० लाख रुपैयाा बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश हुने संस्थाले जनाएको छ ।
एनआईसी एसियाको साधारणसभा भदौ ३० गते, २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । एनआईसी एसिया बैंकको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्ष ०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । गत आवमा गरको नाफाबाट सेयरधनीलाई २० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले स्वीकृति गर्ने छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।
ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने
काठमाडौं । एक कदम अघि बढ्दै ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने भएको छ । अन्य बैक तथा वित्तीय संस्थाले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने योजना सार्वजनिक गरिरहेका बेला ज्योतिले १ दिनमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको हो । ज्योतिले आवश्यक कागजात बुझाएको दिनमै सेयर कर्जा दिने गरी ज्योति सेयर कर्जा लगानी योजना ल्याएको छ । उसले सेयर कर्जाको ब्याज भने खुलाएको छैन् । हालसम्म सेयर कर्जा योजना सार्वजनिक गर्ने मध्ये कैलाश विकास बैंकले १२ प्रतिशत सेयर कर्जा योजना सार्वजनिक गरिसकेको छ । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् । बैंकहरुले सेयर कर्जा लिन बोलाए पनि बजारमा सुधार आउन सकेको छैन् । बिहीबार बजार झण्डै १२ अंकले घटेको छ । हालसम्म आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा योजना अघि सारेका छन् ।