विकासन्युज

सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ आउदै

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको छ । आईपीओ निष्कासनको निर्णय गर्न कम्पनीले असोज २४ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । कति कित्ता आईपीओ निष्कासन गर्न लागेको भन्ने खुलाएको छैन् ।  

एसबीआई बैंकले अटोलोन लिन बोलायो, तुरुन्तै दिने

 काठमाडौं । नेपाल एसबीआई बैंकले सवारीकर्जा (अटोलोन) लिन बोलाएको छ । बैंकले दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला गरेपछि बैंकले गाडी किन्नेलाई कर्जा लिन बोलाएको हो । अटोलोनको अवधि न्युनतम ७ वर्ष, मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था, ६५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र प्रक्रिया तुरुन्त सुरु हुने बैंकले जानकारी दिएको छ । इक्रा नेपालद्धारा एए रेटिङ प्राप्त एसबीआई पहिलो बैंक हो ।

१० वर्षभित्र विद्युतीय सवारी साधन चलाउन प्रस्ताव

काठमाडाै ।  सांसद गगनकुमार थापाले काठमाडाैं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ । प्रस्तावमा सन् २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणलाई जनस्वास्थ्य संकटका रुपमा लिएको तथा प्रदूषणमा करिब ६० प्रतिशत हिस्सा गाडीको धुवाँका कारण भएको बताइएको छ । –––

सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव, बुधबार वार्ता

काठमाडौ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् । नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उहाँले जानकारी गराए ।  विसं २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल आजै नेपाल आउने मन्त्रालयले जनाएको छ । यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ । मन्त्री बलायरले आज रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको  जानकारी दिए । “चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ,” आज नेपालका लागि चिनियाँ राजदूत यु हङ्गसँग भएको वार्तामा उनले आफू सहमत भएको बताउँदै प्रतिनिधिमण्डलसँग समन्वयका लागि कुरा राख्ने बताए। तातोपानी नाका खोल्न पनि चिनियाँ सरकार गम्भीर रहेको राजदूत हङ्गले जानकारी गराए छन्”, उनले भने । भेटका क्रममा तातोपानी नाका बन्द हुँदा चीनसँग आयात निर्यातमा समस्या भएकाले नाका छिटो खोल्न मन्त्री बलायरले अनुरोध गरेकाे थियो । यो विषयमा पनि बुधबारको वार्तामा सम्झौता गरिने मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव ध्रुवराज जोशीले गर्नछन्।

लेखापरीक्षण नगरेका संस्थानमा धमाधम लेखापरीक्षण, कार्यलले खटायो कर्मचारी

काठमाडौं । महालेखा परीक्षकको कार्यलयले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ । लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा लेखापरीक्षणको काम सुरु भएको कार्यलयले जानकारी दिएको छ । भदौभित्र लेखापरीक्षण नगर्ने सार्वजनिक संस्थानलाई कार्वाही गर्ने बताएको परीक्षकको कार्यलयले लेखापरीक्षण गर्न कर्मचारी खटाएको हो । लामो समयदेखि लेखापरीक्षण नभएको गुठी संस्थानको हाल लेखा परीक्षण भइरहेको कार्यलयले जनाएको छ । गुठीमा आर्थिक वर्ष ०५१/०६२ देखि ०६९/०७० सालसम्मको लेखापरीक्षण सम्पन्न भइ पुर्ण विवरण आउन बाँकी रहेको कार्यलयले जनाएको छ । यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि आव ०६९/७० पछिको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरी चाँडै काम सम्पन्न गर्ने कार्ययोजना कार्यलयमा बुझाएको छ । पर्यटन बोर्डमा पनि ०७०÷०७१ सालदेखिको लेखापरीक्षण गर्न महालेखाबाट टोली खटिएको छ । यसैगरी खानेपानी संस्थान र नेपाल नागरिक उडड्न प्राधिकरणको पनि लेखापरीक्षण सुरु भएको छ । नेपाल खाद्य संस्थान र जनक शिक्षा तथा सामाग्री केन्द्र लिमिटेडको पनि लेखापरीक्षण गर्न भनेको छ । उदयपुर सिमेन्ट उद्योगमा ५ वर्षदेखि लेखापरीक्षण भएको छैन् । नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, नेपाल औषधी लिमिटेड, राष्ट्रिय आवास कम्पनी लिमिटेड र साँस्कृतिक संस्थानको आव ०७२/०७३ को लेखापरीक्षण भई प्रारम्भीक प्रतिवेदनको प्रतिउत्तर पाउन बाँकी छ । गोरखापत्र संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको ०७१/०७२ देखिको वित्तीय विरण आउन बाँकी छ । नेपाल रेल्वे कम्पनीको १ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र बन्द जनकपुर चुरोट कारखानाको पनि लेखापरीक्षण गर्न बाँकी रहेको कार्यलयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा लामो समयदेखि लेखापरीक्षण नभएपछि कार्यलयले हाल कर्मचारी खटाएको छ । यस्तै खारेजीमा गएका सुर्ति विकास कम्पनी, हेटौडा कपडा उद्योग, कृषि औजार कारखाना र नेसनल कन्ट्रक्सन कम्पनीको ४ वर्षदेखि लेखापरीक्षण हुन बाँकी छ ।  

तेस्रो चरणमा ७३ प्रतिशत मतदान

काठमाडौ .  स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

वेस्टर्न युनियनद्धारा सामसुङ ग्यालेक्सी जे७ प्रो जित्ने पहिलो बिजेता घोषित

काठमाडौं । विश्वमा भुक्तानी सेवाहरुको अग्रणी कम्पनी वेस्टर्न युनियनले दशैं तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’नारा सहितको योजनाको पहिलो विजेताको घोषणा गरेको छ । दसैं, तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’अभियान अन्तर्गत यहि सेप्टेम्बर ११ तारिखमा सामसङ जे७प्रो जित्ने पहिलो बिजेताको नाम सार्बजनिक गरेको हो । प्रत्येक साता अभियानभर गरिने लक्की ड्रमार्फत दाङ निवासी अर्जुन ओली सामसङ जे ७प्रो जित्ने पहिलो भाग्यशाली बिजेता भएका छन् । सामसङ मोबाइल प्रत्येक साता दिनु साथमा यो अभियानले दैनिक रुपमा ग्राहकहरुलाई ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको रिचार्ज कार्ड प्रदान गर्दै आएको छ । यो योजनाले विदेशमा रहेर दशै मनाउन नपाउने नेपाली दादुभाईहरुलाई नजिक ल्याउनका साथै वेस्टर्न युनियनले आफ्नो सेवा मार्फत ग्राहकहरुलाई आफ्नो आफन्तसँग नजिक भएको अनुभुति गराउनको लागि गरिएको जनाएको छ । योजनाको नारा अनुसार दशैं तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नका लागि अफर ल्याइएको हो । यो योजना कात्तिक ११ गतेसम्म लागु हुनेछ । सबै आफन्त र साथीभाई एकै ठाउँमा नहुन सक्छ । आफन्त र साथीभाईहरु विदेश बस्ने र काम गर्ने हुन्छन् । चाडपर्वको अवसरमा आफन्तलाई नजिक र खुसिको अनुभुति प्रधान गर्ने यो योजनाको प्रमुख उदेश्य रहेको छ ।

सेयर बजारमा पाँच अर्बको म्यूचल फण्ड आउँदै, पाँच कम्पनीले मागे अनुमति

काठमाडौं । सेयर बजारमा पाँच कम्पनीले करिब पाँच अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्यूचल फण्ड) निष्काशन गर्न लागेका छन् । हालसम्म पाँच कम्पनीले ४९ करोड इकाई निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । सो मध्ये ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । यस फण्डले ग्लोबल आइएमई क्यापिटल मार्फत सो मात्राको फण्ड जारी गर्न बोर्डमा आवेदन दिएको छ । त्यस्तै, सानिमा इक्विटी फण्डले पनि १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । यस इक्विटी फण्डले सानिमा क्यापिटल मार्फत सो मात्राको म्युचल फण्ड जारी गर्ने भएको छ । त्यसैगरी, सिटिजन्स म्यूचल फण्ड १ ले एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्ने भएको छ । यस फण्डले सिबिआइएल क्यापिटलबाट १० करोडको इकाई निष्काशन बोर्डमा आवेदन दिइसकेको छ । एनआईसी एसिया ग्रोथ फण्डले पनि एक अर्ब रुपैयाँ बराबरको म्यूचल फण्ड निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । बोर्डको अनुमति पश्चात यस फण्डले एनआईसी एसिया क्यापिटलबाट १० करोडको इकाई निष्काशन गर्ने छ । त्यसैगरी, एनआइबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँ बरारबको ५ करोड इकाई बजारमा आउँदै छ । यस फण्डले पनि बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो मात्राको म्यूचल फण्ड जारी गर्ने छ । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्डले मात्र म्यूचल फण्ड निष्काशन गर्ने अनुमति पाएको छ । यस फण्डले गत भदौ १४ गते नै १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न अनुमति पाएको हो । साथै, यस सिद्धार्थ इक्विटी फण्डले आगामी असोज २५ गतेदेखि असोज २९ गतेसम्म सो मात्राको म्यूचल फण्डको बिक्री खुला गर्ने भएको छ ।  इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा गई आश्वा मार्फत आवेदन दिन सक्नेछन् ।