विकासन्युज

तरलता बढेपछि राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थाल्यो, निक्षेपको ब्याज दर पनि घट्दै

काठमाडौं । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढेपछि यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत धमाधम बजारबाट पैसा उठाउन थालेको छ । अघिल्लो साता १ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले आज बुधबार बजारबाट थप ५ अर्ब रुपैयाँ उठाउदै छ । यो रकम एक सातालाई उठाएको केन्द्रीय बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न थालेका प्रवत्ता नारायणप्रसाद पौडेल बताउछन् । राष्ट्र बैंकले बढी भए बजारबाट प्रशोचन र कम भए बजारमा पैसा पठाउने काम गर्दे आएको उनको भनाई छ । पौडेलले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँ बढी तरलता रहेको  जानकारी दिए । तरलता बढ्दै गएपछि बैंकले धमाधम मुद्धती निक्षेपको ब्याज दर घटाउन थालेका छन् । गत वर्ष मुद्धति ब्याज दर १३ प्रतिशत बढी भएकोमा अहिले घटेर ९ प्रतिशत हारहारीमा आएको छ । निक्षेपको ब्याज दर घटेपछि कर्जाको ब्याज दरमा पनि कमी आउने भएपछि ऋणलाई फाइदा हुने छ । बजारमा अझै तरलता बढ्दै जाने भएकाले निक्षेपको ब्याज अझै घट्ने अनुमान बैंकरको छ । बजारमा तरलता बढ्दै गएकाले बैंकिङ प्रणाली अब सहज अवस्थामा आएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनील शाह बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले बजारमा तरलता बढ्दै गएकाले विस्तारै निक्षेप र कर्जा दुबैको ब्याज दर घट्दै जाने संभावना रहेको जानकारी दिए । उनले बजारमा ५० अर्ब रुपैयाँ बढी तरलता रहेको बताए । तरलताको अवस्था सहज भएमा दोस्रो त्रैमाशदेखि निक्षेप र कर्जा दुबैको ब्याज दरमा कमी आउने उनको भनाई छ । “हामीले १४ प्रतिशतसम्म ब्याज तिरेर बजारबाट अर्बो रुपैयाँ निक्षेप उठाएका छौ, त्यसैले तत्काल कर्जाको ब्याज दर घटाउन सक्ने अवस्था छैन” उनले भने । मेगाले पनि मुद्धति निक्षेपको ब्याज दर घटाएर १० प्रतिशतमा झारेको शाहाले बताए । यता बैंकले सेयर, गाडी, साना तथा मझौला कर्जा लिन बोलाउन थालेका छन् । सेयर, गाडी कर्जाको ब्याज दर घटाएको बैंकहरुले जानकारी दिएका छन् । सेन्चुरी बैंकले आज बुधबार ९ प्रतिशत ब्याज दिने गरी ९० दिने मुद्धति योजना ल्याएको छ । अन्य बैंकले पनि ब्याजदर घटाउन थालेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकसंग थप ऋण लगानी गर्न पुँजी नभएपछि वित्तीय घर्षण बढेको थियो । त्यसबेला बैंकहरुले ठुला निक्षेपकर्तासंग मोलमलाई महंगो ब्याज दरमा मुद्धति निक्षेप उठाएका थिए ।

ग्लोवल आईएमई बैंकको डेपुटी सीईओमा सुमन शर्मा नियुक्त, जनक शर्मालाई सीईओ बनाउने तयारी

काठमाडौं । ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको सो बैंकको सञ्चालक समिति सदस्य सुमन पोखरेलले बताए । शर्मा यसअघि माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ थिए । आफू ग्लोवल आईएमई बैंकमा आवद्ध हुने लागेको तर प्रक्रिया केही प्रक्रिया बाँकी रहेको शर्माले बताए । शर्माले माछापुच्छ्रे बैंकबाट राजीनामा दिएका छन् । तर उनको राजीनमा स्वीकृत हुन बाँकी छ । नेदरल्याण्डबाट एमबीए गरेका शर्मासँग बैकिङ क्षेत्रमा करिव २० वर्ष काम गरेको अनुभव छ । सन् १९९७ मा एसविआई बैंकबाट बैकिङ सेवामा प्रवेश गरेको शर्माले सो बैंकमा ८ वर्ष, एनएमबी बैंकमा करिव १४ वर्ष काम गरिसकेको अनुभव छ । शर्मा माछापुच्छ्रे बैंकमा विगत तीन वर्षदेखि डेपुटी सीईओ थिए । जनक शर्मा पौड्याललाई सीईओ बनाउने तयारी डेपुटी सीईओमा शुमनको नियुक्तीसँगै कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सम्भावना अधिक देखिएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंकले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । तीन दशक बैकिङ सेवामा सक्रिय पौड्याल विगत १० वर्षदेखि ग्लोवल आईएमई बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । बेलायतबाट एमबीए गरेका पौड्यालले नविल बैंकमा ११ वर्ष काम गरेका थिए । एनआईसी र लक्ष्मी बैंक स्थापना गर्ने क्रममा उनी ती बैंकको उच्च व्यवस्थापन टिममा रहेर काम गरेको थिए । पढाईको सिलसिलामा बेलायतको बैंकमा काम गरेको अनुभव समेत छ उनीसँग ।

फास्ट ट्रयाकको डिजाइन परिवर्तन हुँदै, सेनाले ४ वर्षमा सक्ने, बजेटको अभाव नहुने

काठमाडौं । निर्माणको जिम्मा पाएको नेपाली सेनाले राजधानीलाई तराई मधेश जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रारुप (डिजाइन) परिवर्तन गर्ने भएको छ । आउँदो ९ महिनामा फास्टट्रयाकको डिजाइनमा परिवर्तन सक्ने भएको छ । यसअघि भारतको आईएलएफएस इन्फास्टक्चर लिमिटेडले तयार पारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सेनाले परिमार्जन गर्न लागेको हो । आउदो ९ महिनामा आयोजनाको डिजाइन परिवर्तन गरी ४ वर्षमा फास्ट ट्रयाक सम्पन्न गर्ने सेनाका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले जानकारी दिए । विकास समितिको बुधबार बिहानको बैठकमा फास्टट्रयाकको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दे प्रमुख खाँडले सेना, विदेशी र नेपाली निर्माण व्यवसायीले सडकको काम गर्ने जानकारी दिए ।फास्टट्रयक एसियन हाइ वेको प्राइम क्लासको हुने उनले बताए । भूकम्पको जोखिम भएकाले ७५ मिटर अग्ला पुगको उचाइ घटाउने तयारी भएको छ । कुल ७६ किलोमिटर लामो सडक अन्तर्गत ललितपुरमा ७.९, काठमाडौं ४, मकवानपुर ५६ र बारामा ७.६ किलोमिटर हुने खाँडले जानकारी दिए । यस्तै १.३ किलोमिटर लामो सुरुङका अतिरित्त ९ किलोमिटर लामो ९९ वटा पुल बन्ने उनले बताए । फास्ट ट्रयाकमा मोटरसाइकल चलाउन प्रतिवन्ध हुने छ भने सडकमा न्युनतम ६५ देखि १२० किलोमिटरसम्मको गति निर्धारण गरिने भएको छ । सो अवसरमा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले फास्टट्रयाकलाई बजेटको अभाव नहुने प्रतिवद्धता व्यक्त गरे । उनले यो वर्ष १० अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । आयोजना निर्माणका लागि १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने यसअघि आईएलएफएसले तयार पारेको डीपीआरमा उल्लेख छ । सरकारले बैशाख २१ गते नीतिगत निर्णय गर्दे फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो । राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. मीनबहादर श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरिय सुझाव समितिले नेपाली लगानीमा बनाउन सक्ने प्रतिवेदनलाई कार्यन्वयन गर्ने आज सरकारले यस्तो निर्णय गरेको हो । नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने देखिएको छ । फास्ट ट्रयाकका लागि सरकारले वार्षिक १० देखि २० अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्न सक्ने भएकाले यो सडक स्वदेशी लगानीबाट बनाउनुपर्ने सुझाव समितिले सिफारिश गरेको थियो । यसअघि सेनाले निजगढसम्म ट्रयाक खोल्ने काम समपन्न गरिसकेको छ ।  

महंगो सेयर मूल्य भएका राष्ट्रिय बीमाको ५ र नागरिक लगानी कोषको २ वर्षदेखि लेखापरीक्षण हुन बाँकी

काठमाडौं । महंगो मूल्य भएका दुई सुचिकृत संस्थाले ५ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषले लेखापरीक्षण नगराएका हुन् । राष्ट्रिय बीमाको सेयर मूल्य प्रतिकित्ता १५ हजार ६८० रुपैया छ । यस्तै कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार ६५९ रुपैयाँ छ । दुबै संस्थालाई लेखापरीक्षण छिटो सक्न महालेखा परीक्षकको कार्यलयले निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले भदौसम्म लेखापरीक्षण नसके अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा विवरण पुर्याउने भनेपछि दुबै संस्थाले बल्लतल्ल लेखापरीक्षण सुरु गर्न लागेका हुन् । राष्ट्रिय बीमाले आर्थिक वर्ष ०६६/०६७ देखि ०६८/०६९ सालसम्म प्रारम्भीक लेखापरीक्षण प्रतिवेदनको जवाफ दिन बाँकी छ । आव ०६९/०७० देखिको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमाको चाँडै लेखापरीक्षण सक्ने कार्ययोजना तयार पारेको छ । य स्तै कोषले २ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । कोषले आव ०७२÷०७३ को वित्तीय विवरण तयार भई लेखापरीक्षणको प्रारम्भीक प्रतिवेन प्राप्त हुन बाँकी रहेको कार्कीको भनाइ छ । बाँकी अवधिका लागि लेखापरीक्षण गर्न महालेखाले कर्मचारी खटाएको उनको भनाई छ । महालेखाले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ । यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको छ । लेखापरीक्षण नगरी संस्थानले प्रति हजार वार्षिक ६५ रुपैयाँ बोनस घोषणा गरेको छ ।  

सुर्या लाइफले व्यतित जीवनबीमा लेखमा ब्याज छुट दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यत्तित (ल्याप्स) भएका बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ । कम्पनीले ल्याप्स भएका बीमालेख असोज ३१ गतेसम्म पुर्नजागरण गरेमा शत्प्रतिशत ब्याज छुट दिने जानकारी दिएको छ । यसपछि पनि पुर्नजागरण नगर्ने जीबन बीमालेखमा जोखिम बहन नगर्ने कम्पनीले स्पष्टपारेको छ ।

दक्षिण एशियामा केन्द्रबिन्दु नेपाल र मेड इन नेपाल

काठमाडौं । नेपाल सरकार प्रति म कृतज्ञ छुँ, उहाँले हामीलाई व्यापार मेला आयोजना गर्न सधैं सहयोग गर्नुहुन्छ । पाकिस्तानमा रहेको नेपाली राजदूतवासले पनि सराहना गरेको छ । नेपालमा पाकिस्तानी उत्पादनलाई निकै रुचाइएको छ । हाम्रो पहिलो मेलामा नै धेरै जनाको भीड लागेको छ । त्यसले हामीलाई ठूला उर्जा थपेको छ । तीन वर्षअघि विनाशकारी भूकम्पमा पनि हामीले मेला आयोजना गर्यौं । अन्तराष्ट्रिय पर्यटकहरु आइरहेका थिएनन् । यद्दपी हामीलाई नेपाली नागरिकलाई पीडामा साथ दिन्छौं भन्ने पक्षमा थियौं । हामीले त्यतिबेला मेलाबाहेक रिबिल्ट नेपालको अवधारणालाई पनि अघि बढाएको थियो । नेपाली उपभोक्तालाई सस्तो दरमा सामान बिक्री गरिरहेका थियौं । हामी अब सार्क मूलुकबीचको व्यापार सम्झौता सुदृढ पार्न सबै देशको सहभागीतामा नयाँ मेला आयोजना गर्न चाहन्छौं । सार्कलाई बलियो र शान्तिपूर्ण बनाउन रिजनल ट्रेड महत्वपूर्ण छ । जति रिजनल ट्रेडमा सुधार आउँछ, त्यति कनेक्टीभीटी विकास हुँदै जान्छ । त्यसैले हामी प्रत्येक सार्क मुलुकहरुमा व्यापार मेला गर्न चाहन्छौं । नेपाल दक्षिण एशियामा केन्द्रबिन्दुको रुपमा रहेको छ । चारैतर्फ यसको विभिन्न मूलुकसँग नेपालको सबैभन्दा खास विषय यसले तटस्थ भुमिका निभाएको छ । हरेक मूलुकसँग यसको सम्बन्ध राम्रो छ । नेपालले आफ्नो उत्पादनलाई पनि बाहिर निस्कनु आवश्यक छ । नेपालले आफ्नो उत्पादनको प्रवर्धन गर्न विदेशमा ‘मेड इन नेपाल’ आयोजना गर्नुपर्छ । नेपाल भूपेरिवेष्ठित भएकोले यहाँ सामूद्रीक बन्दरगाह छैन । यसले निकै बाध्यता ल्याएको छ । नेपालमा सामान ल्याउन कोलकताबाहेक विकल्प पनि छैन । छिमेकमा भारत हुनुको नेपाललाई फाइदा र बाध्यता दुवै छ । यसलाई बेपरवाह गर्न पनि सकिदैन । नेपालमा पाकिस्तानको बजार यति सानो छ की कुनै अंकमा पनि उल्लेख गर्न सकिदैन । नेपालमा हुने जति पनि कारोबार प्रदर्शनीका कार्यक्रममा मात्र देखिन्छन् । हामीले व्यापार बढाउन नियमित आयात र निर्यातमा जोड दिनुपर्छ । हामीलाई व्यापार बढाउनलाई केहि व्यवधान छ । हामीलाई नेपालमा सामान पठाउनुछ भने कलकत्तामा सहज पहुँचको व्यवस्था हुनु जरुरी छ । नेपालमा सामान पठाँउदा क्लियरेन्सका लागि मात्रै निकै समय लाग्छ । कलकत्ता र वीरगञ्जमा छुट्टाछुट्टै समय लाग्छ । पाकिस्तानबाट जहाजमा एउटा कन्टेनरमा सामान पठाँउन मात्र दुई महिना लाग्छ । यदि बाइरोड एक्सेस दिने हो भने नेपालमा एक हप्तामा सामान आइपुग्छ । यो कुरा बसेर नै समाधान हुने कुरा हो । त्यसैले सार्कस्तरमा रिजनल कनेक्टिभीटीलाई जोड दिनु आवश्यक छ । नेपाल र पाकिस्तानबीच दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) भएको छ । तर दुर्भाग्यवश खासै कार्यान्वयन हुनसकेको छैन । हरेक मूलुकको आन्तरिक नीति हुन्छ । कुन उत्पादनलाई प्राथमिकता दिने ? भन्सार सहुलियत दिने कि नदिने ? त्यसैले साफ्टालाई त्यति महत्व नदिइएको पाइन्छ । साफ्टामा आइसकेपछि रिपिटेड ड्युटी लाग्नु भएन । जस्तो श्रीलंका र पाकिस्तानबीच छ । स्वतन्त्र व्यापार सम्झौतामा आइसकेपछि धेरै जसो सामानहरुमा निःशुल्क करको व्यवस्था गरिएको छ । हामी सार्क मुलुक बसेर छलफल गर्नु जरुरी छ । यदी कुनै मुलुकले उत्पादन गर्ने वस्तुले अर्को मुलुकमा नकारात्मक असर पार्दैन भने त्यसलाई ड्युटी फ्री गर्नु उपयुक्त हुन्छ । यसरी हामी एकअर्कासँग साझा विषयमा छलफल गर्न सक्छौं । म सार्क चेम्बरको सदस्य पनि हुँ । हरेक वर्ष सार्क अन्तर्गतमा मुलुकमा चेम्बर लेबलको सार्क सम्मेलन हुन्छ । दुई साता अघिमात्र श्रीलंकामा भएको थियो । हामी आफ्नो सुझाव तथा प्रस्ताव सेक्रेटरियट लेबलमा पुर्यााउन सक्छौं । तर त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी उनिहरुको हुन्छ । साफ्टा कार्यान्वयनको विषयमा धेरै कुरा समाधान गर्नुपर्ने देखिन्छ । श्रीलंककासँग जसरी स्वतन्त्र व्यापार सम्झौता भयो त्यसरी नै नेपालसँग पनि हुनु जरुरी छ । यसले व्यवसायमा प्राकृतिक रुपमा नै सुधार आउँछ । हामी दुई देशबीच हवाई सञ्जालको पनि व्यवस्था छैन । पहिले नेपालमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआइए) चल्थ्यो । विमानमा अभाव देखिएपछि त्यो पनि चारवर्षदेखि बन्द भइसकेको छ । एयरलाइन्स कम्पनी पनि अर्थतन्त्रको हिसाबले चलिरहेको हुन्छ । जति बढी कारोबार हुन्छ एयरलाइन्स पनि त्यहि अनुसार चल्छ । राजश्वमा गिरावटद आएर एयरलाइन्सको प्राथमिकताबाट हट्यो । तर अन्य तेस्रो मुलुकले पाकिस्तानको कराची वा इस्लामाबादलाई टच गरेर पनि काठमाडौं आउने प्रस्ताव आइरहेको छ । ईस्लामाबाददेखि नेपालसम्मको हवाई दुरी डेढ घण्टाभन्दा कम छ । कतिपय मुलुकबाट १५ ÷२० घण्टा यात्रा गरेर पनि सामान आइरहेको छ । यसरी एयर कनेक्टीभीटी राम्रो भयो भने व्यापारमा पनि वृद्धि हुन्छ । पाकिस्तानका औषधी उद्योगी नेपालमा लगानी गर्न निकै इच्छुक छन् । नेपालमा नियमित तवरबाट आयातकर्ता नियुक्त गर्न चाहन्छन् । यसका लागि बैठक चलिरहेको छ । उनीहरुले आफ्नो निर्यात बढाउन चाहेका छन् । त्यस्तै गतवर्ष ब्याट्री निर्माण गर्ने कम्पनीले पनि इच्छा देखाएका थिए । तर समस्या उही पुरानो छ । हेभ्भी सामान बाइ सिप आउछ। सर्भिस सेक्टर पनि छ जो एकदमै रुची देखाइरहेका छन् । पाकिस्तानको जुनसुकै सामान नेपालमा बिक्री हुन्छ । तर मागको विषयमा रिसर्च हुनु आवश्यक छ । उपभोक्ताको खरिद क्षमताको एउटा रिसर्च भयो भने सहज रुपमा कारोबार अगाडी बढ्छ । यदी हामीले महंगो ल्यायौं भने थोरै बिक्छ र सस्तो ल्यायौं भने धेरै बिक्छ । यद्दपी नेपालका उपभोक्ताहरु ’क्वालिटी कन्सियस’ (सामानको गुणस्तरबारे जानकार) छन् । उनीहरुले सामानको गुणस्तरलाई बुझ्छन् । तर त्यो सामानलाई पनि सस्तो दाममा किन्न चाहन्छन् । यदि हामीले पाकिस्तानबाट गूणस्तरको सामान सस्तो मूल्यमा बेच्यौं भने कारोबारमा कुनै समस्या आउँदैन । पहिले पिआइएबाट टिकटको ५० हजार तिरेर सामान ल्याइन्थ्यो अहिले ५० लाख रुपैयाँ तिरेर सामान ल्याउनुपर्ने बाध्यता छ । आयातमा हुने ढिलाई नै यहाँको मूख्य समस्या हो । अन्य मूलुकमा जस्तै भारतमा हाम्रो व्यापार राम्रो छ । यद्दपी उनीहरु हाम्रो फेबरमा छैनन् । दोस्रो विकल्पका रुपमा नेपालका औद्योगीक क्षेत्रमा हामी जोयन्ट भेन्चर्स चलाउन सक्छौं । हामी कच्चा पदार्थ, प्रविधिदेखि लगानीसम्मको व्यवस्था गर्नसक्छौं । र नेपालको भूमिलाई सदुपयोग गर्न सक्छौं । यसरी उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । उर्जा क्षेत्रमा नेपालले धेरै सम्भावना बोकेको छ । उपभोग्य वस्तु, औषधि तथा कस्मेटिक सामान लगायतका सामानमा पनि नेपालमा राम्रो संभावना छ । नेपालमा उर्जाको माग बढ्दो छ । यहाँ ससाना बाँध तथा टर्बाइन निर्माण गर्न सकिन्छ । विद्युत उत्पादन गरेर राष्ट्रिय ग्रिडमा उपलब्ध गराउन सकिन्छ । यद्दपी मलाई यहाँको जोयन्ट भेन्चर्सको नीति र वैदेशिक लगानीलाई कतिको प्राथमिकता दिइन्छ भन्नेबारे त्यति जानकारी छैन । अर्थशास्त्रमा एउटा साधारण अवधारणा छ । व्यवसायी सधैं नाफामुखी क्षेत्रमा लगानी गर्न इच्छुक हुन्छन् । उनिहरुले स्थानमा धेरै ध्यान दिदैनन् । व्यवसायी एउटा परेवा जस्तै हो । यदि अशान्ती भयो भने परेवा उडिहाल्छ । त्यस्तै व्यवसायीले पनि लगानीमैत्री वातावरण खोज्छन् । नेपालले चाह्यो भने पाकिस्तानसँग व्यवसायिक साझेदार बन्न सक्छ । दुई वर्षअघि भारतसँगको सिमाना बन्द थियो । नेपालमा पेट्रोल तथा ग्याँस आपूर्ति असहज बनेको थियो । बच्चा विद्यालय जान सक्दैन थिए । बजार सुनसान थियो । त्यो समयमा पनि प्रदर्शनी आयोजना गरेका थियौं । उपभोक्ता पदैलमा पनि किन्न आएका थिए । यसले नेपाली उपभोक्ताको नेपालप्रतीको माया साबित भएको थियो । त्यसैले हामी पनि यो प्रेम देखाउन चाहन्छौं । तपाईंहरु पनि नेपाल आएर प्रदर्शनी गर्नुहोस् । यहाँको भन्दा दोब्बर भीड हामी प्रदान गर्नेछौं । (रावलपिंडी चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष खुर्सिद बर्लाससँग पवन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित)  

ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल किन्ने ग्राहकको भीड, सस्तो मूल्यमा फोन पाइने

ललितपुर । ललितपुरको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको छ । कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमित रुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो । यो योजनामा ग्राहकहरुले अन्य मोबाइल बजार भन्दा सूपथ मूल्यमा विभिन्न ब्राण्डका मोबाइल किन्न पाएको हुँदा ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुको भीड दिनप्रति दिन वृद्धि हुँदै गएको छ । योजनामा सहभागी अधिकांश ग्राहकहरुले दशैंको अवसर पारेर मनपर्ने ब्राण्डका मोबाइलहरु खरिद गरिरहेका छन् । योजना लागू भएदेखि नै दैनिक सयौं ग्राहकहरुले सूपथ मूल्यमा फोनहरु खरिद गर्न पाउँदा उत्साहित भएका छन् । ‘स्थापनादेखि नै मोबाइल खरिदकर्ताको पहिलो प्राथमिकतामा पर्न सफल भएको एक मात्र विश्वसनिय र भरपर्दो मोबाइल कम्प्लेक्स भएको हुँदा ग्राहकहरुले नयाँ योजनालाई निकै मनपराएका छन्,’कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने । ललितपुर मलको दोस्रो तल्लामा रहेकोललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पो समापनको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परल मूल्यमा नै मोबाइल बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । यही कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सूपथ मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो । यो योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य(एमआरपी)मा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्नेछ । यसले गर्दा ग्राहकहरुले निकै सस्तो मूल्यमा चाहेअनुसारको फोन किन्न सक्नेछन् । याे योजना अवधिभर ग्राहकहरुले कुनैपनि ब्राण्ड र मोडलका मोबाइल फोनहरु सूपथ मूल्यमा खरिद गर्न सकिनेछ । कम्प्लेक्समा ह्वावे, जियोनी, सामसुंग, कलर्स, आईफोन, एचटिसी, नोकिया, वानप्लस, लाभा, डिटिसी, कलर्सलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

फास्टफुड एसोसिएसन नेपालको १३ औं साधारण सभा सम्पन्न

काठमाडौं । फास्टफुड एसोसिएसनले १३औं साधारण सभा सम्पन्न गरेको छ । एसोसिएसनले सुधारका लागि भवन निर्माणका कार्य गर्दै अाएकाे तथा ग्राहकलाइ स्वस्थ खानेकुरामा जोड दिनेलगायतका कार्यमा सफल्ता प्राप्त गर्दै आएको जानकारी दिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा फास्टफुड एसोसिएसनका कोषाध्यक्ष रमिला श्रेष्ठका अनुसार उक्त संस्थाले गत आवमा २५ लाख ३४ हजार ८ सय २१ रुपैयाँ बराबरको कारोबार गरेको छ । उनका अनुसार उक्त एसोसिएसनले विभिन्न  भौतिक सम्पती अन्तर्गत टेलिफोन, कम्प्युटर, टेबुल, फर्निचरलगायतका सामानहरु संस्थामा रहेको जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रोफेसर तथा रक्षा मन्त्री भिमसेनदास प्रदानले नेपालका मन्त्री तथा नेताहरुले विभिन्न देश घुमेर फास्फुडको बारेमा जानकार भएता पनि नेपालमा चेतना दिन नसकेको बताए । अहिले फास्टफुड सन्चालनको लागि पनि एन आएको छ र त्यसलाई लागु गर्दै लैजाने उनले प्रतिबद्धता जनाए । सभामा एसोसिएसनका संस्थापक सदस्य राकेस श्रेष्ठले भने, ‘प्रहरी प्रसाशनमा धाउन परेको छ । ठगि गर्ने ग्राहकले गर्दा मर्कामा छौँ, एकछिनमा आएर पैसा तिर्छु भनेर धम्काउँछन् तर तिर्दैनन् ।’ यस्तो समस्याको लागि उपयुक्त प्रावधान बनाउन पर्ने उनले बताए । संस्थाका सल्लाहकार तथा बाजेको सेकुवाका सञ्चालक चेतन भन्डारीले उक्त संस्थाको प्रगति तथा सो संस्थाले एफएनसीसीआइको सदस्य बन्ने भएकोमा खुसि व्यक्त गरे । साथै, अन्य सबै वक्ताले नयाँ भनव निर्माण गर्न लागेकोमा प्रगति भएको अनुभुती व्यक्त गरे ।