देवी एक: रुप अनेक, नेपालमा मात्र होइन विदेशमा पनि मनाइन्छ लक्ष्मी पूजा
काठमाडौं । तिहारको अवसरमा हाम्रो देशमा सबैका घरमा लक्ष्मी पुजा हुने गरेको छ । तर एउटा अनौठो कुरा – धेरैलाई थाहा नहुन पनि सक्छ । विदेशमा पनि फरक फरक ढंगले लक्ष्मी पुजा गरिन्छ । यद्दपी नेपालमा जस्तो अन्य मुलुकमा विष्णुकी पत्नी र कमलको फुलमा विराजमान देवीको रुपमा लिइदैन । पौराणिक कथा अनुसार, एकपटक लक्ष्मी धर्तीवासीसँग रिसाएर धरतीमा अन्नको उत्पादन नै बन्द भएको थियो । भोकले मानिस तड्पिन थाले । जब लक्ष्मीको रिस मरेपछि अन्नपूर्णको रुपमा प्रकट भएको भक्तहरुको भोक मारेको किंवदन्ती छ । रोममा लक्ष्मी मातालाई अन्नपूर्णको रूपमा पुजा गरिन्छ । अन्न प्रदान गर्ने लक्ष्मी देवीलाई सिरिनदेवीको नामले पनि चिनिन्छ । गाईलाई हिन्दू धर्ममा माता लक्ष्मीको रुपमा मानिन्छ । संसामार दूधको सर्वाधिक उत्पादन गर्ने देश डेनमार्कमा गाईलाई नै खुशी र समृद्धिको देवि मानिन्छ । हिन्दुधर्ममा उल्लुलाई लक्ष्मीको बाहान भनिन्छ । तर यूनानको धार्मिक ग्रन्थअनुसार लक्ष्मीको बाहान मयुर हो। यूनानमा देवी लक्ष्मीलाई हेरा वा जूनो नामबाट परिचित मानिन्छ । हेरा आकाशमा रहन्छिन् र खेतलाई हरियो परियो राख्छिन् । कृषिकी देनी जूनो लाई ग्राम लक्ष्मीको उपमा दिइन्छ । हामी हातमा कमल भएकी लक्ष्मीको पुजा गर्छौं, तर मिस्रमा लक्ष्मीको हातमा साप धारण गरिएको हुन्छ । यी देवीले संकटमा रक्षा गर्ने मिस्रवासीहरुको विश्वास छ । यी देवीको कृपाले सुख, सम्पत्ती र खुशियाली आउने विश्वास छ । फ्रान्समा लक्ष्मीलाई फ्लोरा देवीको नामबाट चिनिन्छ । उनको श्रृंगारपनि फुलबाट गरिन्छ । किंवदन्ती अनुसार फ्लोरा देवी भक्तजनहरुलाई जीवनमा खुशियालीको बहार ल्याउछिन् । फ्रान्समा महिलाहरु फ्लोरा देवीको कृपा पाउनका लागि फुलले कपाललाई सजाउने गर्छन् ।
आज धनधान्यकी देवी लक्ष्मीको पूजा, लक्ष्मीपूजा गरेपछि किनमेल गर्न नहुने
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए। आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए । रासस
जगदम्बा सिमेन्टले उत्पादन दोब्बर वृद्धि गर्ने, वीरगञ्जमा स्तरवृद्धि र भैरहवामा नयाँ उद्योग थप्दै
काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले उत्पादन क्षमता दोब्बर वृद्धि गर्न लागेको जनाएको छ । कम्पनीले विरगञ्जमा रहेको उद्योगको क्षमता विस्तार गर्न लागेको र भैरहवामा नयाँ उद्योग खोल्ने लागेको छ । कंम्पनीका प्रवन्धक निर्देशक विष्णुप्रसाद न्यौपानेका अनुसार कम्पनीले निकट भविष्यमा दैनिक १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने तयारी थरिरहेको छ । उनका अनुसार शुभश्री जगदम्बा सिमेन्टले हाल प्रतिदिन २४ हजार बोरा उत्पादन गर्दैै आएकोमा निकट भविश्यमा नै प्रतिदिन ५२ हजार बोरा सिमेन्ट उच्पादन गर्न लागेको छ । त्यसैगरी कम्पनीले चाँडैनै तेस्रो उद्योग रुपन्देहीमा स्थापना गरी हरेक दिने ६० हजार बोरा बोरा प्रतिदिन उत्पादन थप्ने कार्य अगाडि बढिसकेको छ । आगामी दिनहरुमा जगदम्बा सिमेन्टले प्रतिदिन १ लाख १२ हजार बोरा उत्पादन पुरयाउने लक्ष्य लिएको न्यौपानेले बताए । उत्पादन क्षमता वृद्धिसँगै कम्पनीले विश्वको उच्चस्तरीय प्रविधि एफएलस्मीथ, डेनपार्कको भर्टिकल रोलर मिल प्रयोग गरेको उनले बताए । नयाँ प्रविधिको प्रयोगसँगै शुभश्री जगदम्बाबाट उत्पादन हुने ओपीसी तथा पीएससी सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने उनले बताएका छन् । यही असोज २८ गते विरगञ्जमा आयोजित कम्पनीले आफ्ना डिलर तथा च्यानल पार्टरको सम्मेलनमा कम्पनीले क्षमता विस्तार गर्न लागेको बारेमा न्यौपानेले कम्पनीको योजना सार्वजनिक गरेका हुन् । कम्पनीले हाल १० भन्दा बढी ब्राण्ड उत्पादन गर्दै आएको र ६०० भन्दा बढी च्यानल पार्टनरहरु रहेको जनाएको छ । करिब २०० भन्दा बढी च्यानल पार्टर उपस्थिति रहेको उक्त कार्यक्रममा जगदम्बा सिमेन्टकोका अध्यक्ष शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णुप्रसाद न्यौपाने, कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनरहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोवाईल एपद्धारा कम्पनीका च्यानल पार्टनर लगायत उपभोक्तालाई पनि सहज र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नेमा कम्पनी कटिबद्ध रहेको र भावी दिनहरुको आफ्ना संजाल उद्योग, प्रविधी तथा सुविधालाई अझ बढी सशक्त र प्रभावकारी बनाउदै नेपालकै अर्थतन्त्रमा ठूलो योगदान गर्ने धारणा राख्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको ऋखला रहिरहने बताए ।
नेप्सेमा ९ कम्पनीले बुझाए नविकरण शुल्क, अझै ३३ कम्पनीको बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भई नियमित कारोबार गरिरहेका मध्ये ९ वटा कम्पनीले बुधबार वार्षिक नविकरण शुल्क बुझाएका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडलगायत ९ वटाले नविकरण शुल्क बुझाएका छन् । नियमित कारोबार गरिरहेका मध्ये ७ वटाले अझै बुझाउन बाँकी रहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । नविकरण शुल्क बुझाउने अन्तिम दिन मंगलबार नियमित कारोबार गर्ने १६ कम्पनीले नबुझाएका थिएनन् । शुल्क नबुझाएपछि बुधबारदेखि कारोबार रोक्का भएको छ । शुल्क बुझाउनेको मात्र कारोबार खुलेको छ । नेप्सेमा सुचिकृत मध्ये १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो । कात्तिक १ गतेदेखि थप २३ वटा कम्पनीको सेयर कारोबार बन्द हुने भएको थियो । पुरानो समेत गरी अब ३३ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी छ । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटबल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् । यी मध्ये क्यापिटल मर्चेन्ट, हिमालय फाइनान्स, विराट सुज, बुटबल धागो, हरिसिद्धी इँटा, ज्योति स्पिनिङ मिल्स, भृकुटी, नेपाल ट्रेडिङ र नेपाल वायर कम्पनी बन्द भइसकेका छन् ।
साल्ट ट्रेडिङको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । बुधबार साल्ट ट्रेडिङ करपोरेसनको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको एक लाख ६४ हजार १४४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ ।
मेलम्चीबासीले २५ प्रतिशत रोयल्टी पाउने
काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले २५ प्रतिशत रोयल्टी पाउने भएका छन् । व्यवस्थापिका संसदको असोज २० गते पास गरेको अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले मेलम्चीबासीका लागि २५ प्रतिशत रोयल्टी ग्यारेण्टी गरिदिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले लाल मोहर लगाईसकेकी छिन् । ऐन कार्यान्वयनमा आएसँगै मेलम्चीबासीले आयोजनाबाट २५ प्रतिशत रोयल्टी पाउनेछन् । अन्तर सरकारी वित्ति व्यवस्थापन ऐनले पानी तथा अन्य प्राकृतिक श्रोतको उपयोग वापत स्थानीय तहले २५ प्रतिशत रोयल्टी पाउने व्यवस्था गरेको छ । मेलम्ची आयोजनाको प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहले सो रोयल्टी पाउनेछ र सो क्षेत्रको विकासमा खर्च गर्न सक्नेछन् । मेलम्चीबासीले न्युनतम १३ देखि २५ प्रतिशतसम्म रोयल्टी पाउनुपर्ने माग गर्दै आएका थिए । मेलम्ची खानेपानी आयोजना विकास बोर्डका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि ऐनमा गरिएको रोयल्टी सम्बन्धी व्यवस्था कार्यान्वयन हुने बताए । ‘मेलम्चीबासीलाई कति रोयल्टी दिने भन्नेबारे अध्ययन गर्न समिति पनि गठन भएको थियो, त्यसले अध्ययन गरेर प्रतिवेदन पनि बुझाएको छ, तर ऐनमै व्यवस्था भैसकेपछि भने कार्यान्वयनमा जान्छ’, कार्यकारी निर्देशक देवकोटाले भने । ऐनले पानी तथा अन्य प्राकृतिक श्रोतहरुको उपयोग वापत केन्द्र सरकारले ५०, प्रदेश सरकारले २५ र स्थानीय सरकारले २५ प्रतिशत रोयल्टी पाउने व्यवस्था गरेको छ । मेलम्ची आयोजनाले सुरुमा प्रभावित स्थानीय नागरिकको सामाजिक उत्थानका लागि मात्रै काम गर्न सकिने भनेको थियो । पछि रोयल्टी कति दिने भन्नेबारे अध्ययन गरेको थियो । कानुनमै २५ प्रतिशत रोयल्टी दिनुपर्ने व्यवस्था आएपछि भने मेलम्ची आयोजना प्रभावितको जीवनस्तर उकास्न ठुलो योगदान पुग्ने सो क्षेत्रका निवर्तमान सांसद शेर बहादुर तामाङले बताए ।
दुध उत्पादन र बजारिकरणको आधारमा सरकारले किसानलाई अनुदान दिने
काठमाडौं । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणका आधारमा पाइलट कार्यक्रमको आयोजना गरी कृषकलाई अनुदान दिने भएको छ । दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ । सहकारीको मापदण्ड अनुसार दैनिक कम्तिमा ३०० लिटर दुध संकलन र वार्षिक कम्तिमा २०० दिनसम्म दुधको कारोबार गर्ने गरेको हुनुपर्ने छ । यस्तै दैनिक संकलित दुध दुग्ध उत्पादक सहकारी संस्था आफैले प्रशोधन गरी वा उद्योगलाई विक्री गरी दुध वा दुग्धजन्य पदार्थको बिक्रीवितरणको प्रवन्ध गरेको, गत वर्ष छनोटमा परी अनुदान प्राप्त गरेका सहकारी संस्थाहरुको हकमा कम्तिमा १० प्रतिशत दुध संकलन वृद्धि गरेको हुनुपर्ने विभागले जनाएको छ ।
५ अर्ब ९८ करोडको हकप्रद सेयर आउँदै, १४ कम्पनीले पाए बोर्डको अनुमति
काठमाडौं । सेयर बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । बजारमा १४ वटा कम्पनीले धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति पाइसकेका छन् । बोर्डको अनुमति पाएअनुसार ९ वटा विकास बैंक, ४ वटा फाइनान्स र एक वाणिज्य बैंक गरी १४ वटा संस्थाले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न बजारमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । १. मुक्तिनाथ विकास बैंकः मुक्तिनाथले १० बराबर ४को अनुपातमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केटबाट ६१ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री गर्न लागेको हो । २. जेबिल्स फाइनान्स लिमिटेडः जेबिल्सले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । ३. आरएसडीसी लघुवित्त वित्तीय संस्थाः आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि चुक्ता पुँजी वृद्धि गर्न १ बराबरको २ को अनुपातमा २३ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । ४. बेस्ट फाइनान्स लिमिटेडः फाइनान्सले १२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार ८५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्कासन गर्दै छ । ५. किसान माइक्रोफाइनान्स वित्तीय संस्थाः यस कम्पनीले ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट मार्फत २४.२२ प्रतिशत हकप्रद सेयर बजारमा बिक्री गर्ने भएको छ । ६. समीट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकः यस बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता सेयर सानिमा क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो । ७. एक्सेल डेभलपमेन्ट बैंकः बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १९ लाख २२ हजार कित्ता हकप्रद निष्कासन गर्न बिक्री प्रवन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ । ८. मेगा बैंकः बैंकले सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बरारबको हकप्रद नविल इन्भेष्टमेन्ट बैंकिङ मार्फत निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । ९. ओम डेभलपमेन्ट बैंकः ओमले पनि ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । बैंकले एनआईबीएल क्यापिटल मार्फत ४९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । १०. गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सः गुहेश्वरी मर्चेन्ट बैंकिङले ४० प्रतिशत हकप्रद सेयर एनआईबीएल क्यापिटल मार्फत निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार कित्ता सेयर बजारमा ल्याउँदै छ । ११. नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकः बैंकले १२० प्रतिशत हकप्रद सेयर एनआईबीएल क्यापिटल मार्केट मार्फत जारी गर्ने भएको छ । कम्पनीले २६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । १२. भार्गव विकास बैंकः बैंकले ८० प्रतिशत हकप्रद निष्कासन गर्दै छ । बैंकले एनएमबी क्यापिटल मार्फत २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । १३. माउन्ट मकालु डेभलपमेन्ट बैंकः बैंकले चुक्ता पुँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ कित्ता सेयर एनआईबीएल क्यापिटल मार्फत बिक्री गर्ने लागेको हो । १४. रिलायन्स फाइनान्सः रिलायन्स फाइनान्सले पनि कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न ४५ प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । हकप्रद निष्कासन गर्न सनराइज क्यापिटललाई आफ्नो बिक्री प्रवन्धक तोकेको छ । १० अर्ब ६० करोडको हकप्रद सेयर पाइपलाइनमा धितोपत्र बोर्डमा विभिन्न बैंक, वित्त, बीमा, जलविद्युत र उत्पादनमुलक गरी १५ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । चालु आर्थिक वर्ष शुरु भए पश्चात हालसम्म कुल १० अर्ब ६० करोड ३७ लाख रुपैयाँ बराबरको १० करोड ६० लाख ३७ हजार ४२९ कित्ता सेयर पाइपलाइनमा छन् ।