सोल्टी होटलले १५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश दिने, बुक क्लोज कहिले ?
काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले चुक्ता पुँजीको ६.०५ प्रतिशत नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको ४३औँ वार्षिक साधारणसभा आगामी मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि मंसिर ४ गतेदेखि मंसिर २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्
मोरङ । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ । भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन् । ती सामग्रीसँग उनीहरूले गाउँ–गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन् । नेपाली बजारमा रु २० पर्ने आयोनून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ, त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन्, कतिपयले नेपाली बजारमै कवाडी बेच्छन् । पाँच सातजनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री ‘सरी’ (एक किलोमा एक किलो) साट्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी रु १५, कीटको रु १२ र प्लास्टिकको रु आठ दिने गर्छन् । आठ वर्षयता नेपालमा कवाडी व्यापार गर्दै आएका विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवानका अनुसार नेपालमा रु १५ मा किनेको फलाम भारतमा भारु १४ मा, रु १२ मा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ । साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनीहरु भन्छन्, “फलाममा प्रतिकेजी साडे सात रुपैयाँ, कीटमा सात रुपैयाँ २० पैसा र प्लास्टिकमा छ रुपैयाँ ४० पैसा फाइदा हुन्छ । दैनिक रु ५०० देखि ७०० सम्म कमाइ हुने बताउँदै विद्यानन्द पासवानले भने, “खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ । विद्यानन्द त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौँ भारतीय कवाडी संकलक मोरङका गाउँ गाउँमा घुमेर कवाडी भेला गर्छन् । कतिपय कवाडी संकलक आफूले ल्याएको नून स्थानीय व्यापारीलाई बेचेर नेपाली कवाडी व्यवसायीसँग पत्रु किनेर पनि आफ्नो व्यापार चलाउने गर्छन् । भारतीय बजारमा आठ भारुमा पाइने आयोनून नेपाली बजारका थोक व्यापारीलाई रु १६ मा बेच्ने गरेको अर्का कवाडी संकलक मोहम्मद उल्लकले बताए । नूनमा रु तीन चार बच्छ, कवाडीबाट राम्रै आम्दानी हुन्छ । मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का कवाडी संकलकहरू फाट्टफुट्ट मात्र देखिने भएकाले उहाँहरूलाई प्रहरीले खासै जाँच नगरेको स्वीकार्नु हुन्छ । उनले भने, “हाम्रो ध्यान नपुगेकै हो । अब जाँच शुरु हुन्छ । विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२÷७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो । त्यस्तै आव २०७३÷७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन । २०७३÷७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ । आव २०७२÷७३ मा कूल रु एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३÷७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ । अघिल्लो आवको तुलनामा रु १४ लाख १९ हजारले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन । रासस
माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको ९ प्रतिशतका दरले ६६ करोड ५१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । बाेनस सेयर वितरणपछि बैंककाे चुक्ता पुँजी ८ अर्ब ७ कराेड रूपैयाँ हुने बैंकले जनाएकाे छ । साथै, चुक्ता पुँजीको ६ प्रतिशतका दरले ४४ करोड ३४ लाख रुपैयाँ नगद लभांश दिने भएको छ ।
हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल
काठमाडौं । पाँचथर पावर कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर प्रोजेक्टले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागि १० लाख कित्ता गरी जम्मा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको सेयर निष्कासनको लागि कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र पाँचथर पावर कम्पनीका प्रवन्ध सञ्चालक पुष्पज्योती ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन् । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत २०७३/१०/२२ गतेदेखी नै विद्युत उत्पादन शुरु गरी आफ्नो बिक्री शुरु गरिसकेको छ ।
यस्ता छन् नुवाकाेटमा काँग्रेस र वाम गठबन्धनका उम्मेदवार
नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् । दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् । यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा उठ्ने भएका छन् । यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिने भएका छन् । प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ । रासस
‘सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको छैठौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा बुद्धी लाल श्रेष्ठ, लक्ष्मण लिम्बु, सबिला खातुन्, लक्ष्मी सहानी, अस्ट माया तामाङ योञ्जन, नानी राम थापा र कमल सिंह तामाङ छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा सरीता राई छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोबार गर्ने दुबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस पछि ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ । उक्त सञ्चालक समितिको बैठकलाई इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको सञ्चालक समितिको बैठक गत कात्तिक १ गते बसेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।
लक्ष्मी बैंकले पौने ७५ करोडको बोनस सेयर दिने, पुँजी ८ अर्ब नाध्याे
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ७४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशन बोनस सेयर दिने निर्णय गरेको हो । कात्तिक १ गते बसेको बैंक सञ्चालन समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर जारी पनि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने भएकाे छ । असार मसान्तसम्ममा बैंककाे चुक्ता पुँजी ७ अर्ब ४७ कराेड रूपैयाँ छ । बाेनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।