विकासन्युज

सिजी मोबाइलका दुई नयाँ मोडल सार्वजनिक, धेरै फिचरका साथै सस्तो मूल्यमा पाइने

काठमाडौं । सिजी मोबाइलको बढ्दो ब्यापारलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो फिचर फोन बिधामा दुई नया“ मोडलहरु थप गरेको छ । अस्ट्रो मेरोको सफलता पछि सिजी मोबाइलले “अस्ट्रो मेरो प्लस” र “अस्ट्रो पीएल” नामक दुई मोडलका मोबाइल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त फोनहरु धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । अस्ट्रो मेरो प्लसमा डिजिटल क्यामेरा, एफएम, टर्च, जिपीआरएस, एमपी३/एमपी४ १००० एमएएच ब्याट्री रहेको छ । यस मोडलको बजार मूल्य जम्मा ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यसैगरी, नयाँ ल्याइएको अस्ट्रो ५एलमा पनि बिभिन्न आर्कषक फिचरहरु छन् । जस्तै, वाइरलेस एफएम, फ्ल्यास भएको डिजिटल क्यामेरा, एमपी३/एमपी४, टर्च, ब्यिुटुथ, १८०० एमएएच ब्याट्री रहेको छ । साथै, कम्पनीका अनुसार यसको बजार मूल्य १ हजार ६९९ रुपैयाँ तोकिएको छ ।

सेयर बजार निरन्तर ओरालो, ब्रोकर मार्जिन कर्जाले पनि छोएन

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार ब्रोकर मार्जिन ल्याण्डिङ सार्वजनिक भएपछि पनि मंगलबारको सेयर बजार बढ्न सकेन । बोर्डले सोमबार सार्वजनिक गरेको निर्देशन अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा सुविधा अन्तर्गत अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने भएपछि त्यसको असर मंगलबारको सेयर बजारमा पर्न गएको हो । साे दिनकाे नेप्से परिसूचक ८.९७ अंकले ओरालो लागेर १४८४ अंकमा अडेकाे छ । सो दिन १५९ कम्पनीको जम्मा ११ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कुल ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ट्रेनिङ समूहको परिसूचक सामान्य अंकले हरियो भएको छ भने कारोबार भएका अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४९.७३ अंकले ओरालो लागेको छ । सो दिन सबैभन्दा बढी काबेली विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् । त्यस्तै, बैंकको ब्याजदर बढी भएपछि लगानी आउन नसकेकाले सेयर बजार घटेको भन्ने बुझिन्छ । साथै, अब आउने चुनाव पछि बामपन्थी गठबन्धन सरकार बन्ने सम्भावना भएपछि लगानीकर्ता डराएका छन् जसको प्रभाव बजारमा पुग्न गएको भन्ने अनुमान गर्न सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्दै, चीनले करिब २१ अर्ब ऋण दिने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीर्व रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ । विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप-प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्तरुपमा विमानस्थलको शिलान्यास गरेका थिए । चीनको एक्जीम बैंकको करिब रु २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । रासस

बिहीबार ५ अर्बको ऋणपत्र आउदै, ८ वर्षमा सावाँ फिर्ता हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ “ख” बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । ८ वर्षे अवधिको ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । साँवा फिर्ता ०८२ कात्तिक २४ गते फिर्ता हुने छ । ब्याज प्रत्येक ६ महिनामा दिने छ । सरकारलाई विकास कार्यक्रम सञ्चालनका लागि राष्ट्र बैंकमार्फत विकास ऋणपत्र निष्कासन हुन लागेको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरको छ । जसअनुसार विकास ऋणपत्र उपकरणबाट मात्र ७२ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ ।  

ललितपुरको लबिम मलमा ‘वाइवाइ सिटी’ को आउटलेट

ललितपुर । चौधरी ग्रुपले नुडल्स बारको अवधारणासहित नेपालमा पहिलो पटक ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याएको छ । ग्रुप अन्तर्गतको सि.जी. रिटेल प्रा.लि. ले ललितपुरको पुल्चोकस्थित लबिम मलमा क्विक सर्भिस रेष्टुरेन्ट (क्यूएसआर)का रुपमा ‘वाइवाइ सिटी’ को आउटलेट सञ्चालनमा ल्याएको हो । उक्त आउटलेटको उद्घाटन ग्रुपका प्रवन्ध निर्देशक निर्वाण कुमार चौधरीले गरेका हुन् । कार्यक्रममा प्रवन्ध निर्देशक चौधरीले नेपालमा मात्र नभएर विदेशमा समेत सर्वाधिक रुचाइएको वाइवाइ चाउचाउलाई विभिन्न स्वाद तथा आकर्षक ढंगले पस्किन ‘वाइवाइ सिटी’ सफल हुने विश्वास लिएका छन् । भारत र नेपालमा गरी ‘वाइवाइ सिटी’ का १४ ओटा आउटलेट रहेका छन् । भारतको दिल्ली, सिलिगुडी, चण्डीगढ, हैदराबाद, कोलकाता, चेन्नाई, पुणे लगायतका सहरमा सञ्चालित ‘वाइवाइ सिटी’ निकट भविष्यमा नेपालको इटहरी, धरान, भरतपुर, पोखरा, विराटनगर, विर्तामोड तथा भारतको आग्रा, लखनउ, मुम्बई, देहरादुन लगायतका सहरमा सञ्चालनमा ल्याउने योजना रहेको छ । यस बाहेक आगामी पाँच वर्षमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, मलेसिया तथा मध्यपूर्वी देशहरुमा एक हजार पाँच सय ‘वाइवाइ सिटी’ सञ्चालनमा ल्याउने योजना कम्पनीले लिएको छ । ‘वाइवाइ सिटी’ मा क्लासिक, चप्सी, रोस्टेड र प्यान फ्राइड गरी चार थरीका चाउचाउका साथ सोय गार्लिक, कुङपाउ, मसाला फ्युजन, हट गार्लिक, पेपर सोया, स्पाइसी तेरियाकी, सेज्वान चिली गरी सातवटा स्वादमा सस, अठार थरी ताजा सागसब्जी, दश थरी टपिङ तथा पाँच थरी एड अन बाट छनोट गरी आफूले रुचाएको स्वादमा बनाएका परिकारको स्वाद चाख्न पाइने विज्ञप्तिमा जारी छ ।

बामपंथी घोषणा- भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ थप तीन लाख अनुदान दिने

काठमाडौं । बामपंथी सरकार बनेपछि भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ तीनलाख अनुदान दिने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बामपंथीले सरकार बनेपछि भुकम्प पीडितलाई ब्याज बिना थप तीन लाख ऋण दिने घोषणा गरेको छ । सो घोषणा गर्दै बामपंथीले, काङ्ग्रेसको आलोचना नगरेको बताएका छन् । साथै, कार्यक्रममा प्रचण्डले बामपंथीको पनि तुच्छ आलोचना नहोस् र बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा पनि सन्का नगरिओस् भन्ने जानकारी गराएका छन् ।

नगद लुकाउने पाँच सरल तरिका जुन विश्वका धनाढ्यहरुले अपनाउछन्

काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल तरिकाबारे बीबीसीमा अाधारित सामाग्री यहाँ चर्चा गरिएको छ । १, एउटा नाम मात्रको कम्पनी खोल्नुहोस् । त्यसलाई सेल कम्पनी पनि भनिन्छ । २, त्यस्तो कम्पनी कुनै स्थानमा खोल्नुहोस्, जहाँ कर अत्यन्तै कम लाग्छ वा शून्य कर लाग्छ । तर यस्तो कम्पनीको गोपनियता भने निकै हुन्छ । हाल यस्ता कम्पनी द ब्रिटिश भर्जिन आईल्याण्ड्स, द केसन आईल्याण्ड्स, बरमुडा, आयल अफ म्यान लगायत विश्वको केही देशहरुमा खुल्दै आएका छन् । ३, यस्तो कम्पनी चलाउनको लागि अब तपाई कसैलाई नियुक्ती गर्नुहोस्, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा यस्तै अरु पद दिनुहोस् । अब यस कम्पनीले गर्ने कुनै पनि काम र निर्णयका दस्तावेजहरुमा तपाईको नाम हुने छैन । व्यापार व्यवसाय गर्ने क्रममा तपाई कुनै पनि ठाउँमा जानुपर्ने छैन, देखिनु पर्ने छैन । ४, थप गोपनियताको लागि अर्को कुनै अफसोर स्थानमा बैंक खाता खोल्नुहोस् । अब सेल कम्पनीले उक्त कम्पनीको खाता सञ्चालन गर्छ । आम्दानी लिन्छ, भुक्तानी दिन्छ । ५, पैसा कम्पनीको सम्पत्तिमा खर्च गर्नुहोस् । गाडी किन्न सक्नुहुन्छ, घर किन्न सक्नुहुन्छ । निजी प्लेन किन्न पनि सक्नु हुन्छ । वा ऋणमा जुन तपाईले कहिल्यै तिर्नुपर्दैन । बस्टन कन्सल्टिङ ग्रुपका अनुसार विश्वका धनाढ्यहरुले यसरी अफसोर वित्तीय केन्द्रहरुमा राखिएको सम्पत्तिको परिमाण करिव १० ट्रिलियत डलर छ । त्यो भनेको जापान, बेलायत र फ्रान्सको कुल आर्थिक उत्पादन जोडेपछि आउने सरह हो ।

समता माइक्रोफाइनान्सको मंसिर १ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौंँ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभा प्रयोजनको लागि जम्मा १६ दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।