डाबर नेपालले सुरु गर्यो ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’, विद्यार्थीको आन्तरिक शक्ति मापन गरिने
काठमाडौं । डाबर नेपाल प्रालिको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ आजबाट सुरू भएको छ । यो कार्यक्रम अन्तर्गत डाबरले विद्यार्थीका आन्तरिक शक्ती मापन गर्नेछ । जाडोको मौसमलाई लक्षित गरी सुरू गरिएको यो कार्यक्रममा डाबरले देशभरिका ८० भन्दा बढी विद्यालयहरूमा गएर आन्तरिक शक्ति, यसको आवश्यकता र विशेषता, आदिका बारेमा जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो । काठमाडौँको पूर्वीय र भक्तपुर क्षेत्र, काठमाडौँको पश्चिमी क्षेत्र, र ललितपुरका साथै उपत्यकाबाहिर चितवन र पोखराका विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ । यो कार्यक्रमबाट डाबर च्यवनप्राशले जाडो महिनामा आन्तरिक शक्ति वा इम्युनिटिको आवश्यकताको सन्देश प्रवाह गर्दै छ । कम्पनीका अनुसार यो कार्यक्रम करिब २ महिनासम्म चल्नेछ । यो कार्यक्रमको स्वास्थ्य संस्था पार्टनर वयोधा अस्पतालसँगको सहकार्यमा डाबर नेपालले प्रत्येक विद्यालयमा कक्षा ३ देखि कक्षा ८ सम्मकाविद्यार्थीहरूको उचाइ तथा वजनमापन गरी बडी मास इन्डेक्स (बि.एम.आइ.) नापिनेछ । त्यसै गरी शौचालय, खाजा र खानेपानीको व्यवस्थाका बारेमा पनि जानकारी लिइनेछ । यसैबाट नै प्रत्येक क्षेत्रबाट २ विद्यालयलाई विजेता घोषणा गरी समग्रमा १० विद्यालय विजयी हुनेछन् । यही कार्यक्रमबाट प्रयोग गर्ने सकिने न्यानो लुगाहरू पनि सङ्कलन गर्ने कम्पनीको योजना छ । सङ्कलन गरिएको सङ्ख्या थप नयाँ लुगाहरू थप गरी डाबर नेपालले सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरलार्ई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । डाबर नेपालमा मार्के्टिङ प्रमुखश्री अभय प्रसाद गोरखालीले भने, ‘गतवर्ष हामीले काठमाडौँ उपत्यकाका ३१ विद्यालयहरूमा १३ हजारभन्दा बढी विद्यार्थीहरूमाझ यो कार्यक्रम लगेका थियौँ । विगतको अत्यन्तै राम्रो माग र प्रतिक्रियाले यो वर्ष हामीलाई झन् धेरै विद्यार्थीहरूसँग अन्तरक्रियागर्ने हौसलादिएको हो । मलाई आशा छ – यो वर्ष पनिहामीले आन्तरिक शक्तिको महत्वकाबारेमाविद्यालय र विद्यार्थीहरूलाई राम्रो ज्ञान दिन सक्छौँ ।’
एनआईबिएल क्यापिटलको थप दुई शाखा लगनखेल र पोखरामा
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लि.ले आफ्नो थप दुई शाखा ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङ्गामा विस्तार गरेको छ । आफ्नो सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका विभिन्न सेवाहरु सजिलै प्रदान गर्न आफ्नो शाखा विस्तार गरेको हो । क्यापिटलले बुधबार एक कार्यक्रमकाबीच उक्त दुई शाखाको उद्घाटन गरेको छ । ललितपुर शाखाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले गरेका हुन् । एनआईबिएल क्यापिटलले शाखा कार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने विश्वस्तका साथ शाखा विस्तार गरेको जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैकको सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सले प्रथम चरणमा दुई वटा शाखा विस्तार गरेको हो । साथै, यस क्यापिटलले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोलि आफ्ना सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सजिलै प्रदान गर्ने बताएको छ ।
चितवनमा अन्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन सुरु, ९० वटा अनुसन्धानात्मकमुलक कार्यपत्र प्रस्तुत हुने
चितवन/चितवनको सौराहामा बुधबारदेखि अन्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन सुरु भएको छ । सम्मेलनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.आईपी ढकालले समुद्घाटन गरेका छन् । सो क्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति डा.ढकालले नेपालका रैथाने भैंसीको संरक्षण र नयाँ प्रजातिको विकासका लागि सम्मेलन फलदायी हुने बताए । नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भैंसी पालनलाई व्यवसायिक बनाउनुपर्ने बेला आएको बताए । यस्तै कार्यक्रममा बोल्दै इन्टरनेशन बफेलो फेडेरेशनका अध्यक्ष अध्यक्ष प्राध्यापक डा.ऐनतेनियो बर्गिजले नेपालमा यसप्रकारको कार्यक्रम गर्न धेरै ढिलो भएको बताए । एशियाका अन्य देशमा यस्ता कार्यक्रमहरु हुँदा पनि नेपालमा हुन नसकेको भन्दै चितवनमा आयोजित सम्मेलनले राम्रो कामको सुरुवात भएको बताए । ‘भैंसीको उत्पादन वृद्धि’ मुल नाराका साथ नेपालमै पहिलो पटक सुरु भएको सम्मेलनमा भैंसीका विशेषज्ञ तथा अनुसन्धानकर्ता एवंम वैज्ञानिकहरुको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसंगै भारत, चीन, पाकिस्तान, बंगलादेश, थाईल्याण्ड, फिलिपिन्स, अमेरिका र क्यानाडाको गरि झण्डै ५५ जना विदेशीसहित २ सय जना प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा इन्टरनेशन बफेलो फेडेरेशनका अध्यक्ष प्राध्यापक डा.ऐनतेनियो बर्गिज र युनिभर्सिटि अफ भेटेनरी एण्ड एनिमल साईन्स लाहोर पाकिस्तानका प्रोभाईस चान्सलर नसिम अहमदको विशेष कार्यपत्र प्रस्तुत हुने आयोजक समितिकी संयोजक डिन डा.शारदा थपलियाले जानकारी दिइन् । उनले भैंसीको अनुवंशीक गुण वृद्धि गरि उत्पादन बढाउँने र पोषणा स्वाथ्य तथा भैंसीको व्यवस्थापनको विषयमा छलफल हुने जानकारी दिए । सम्मेलनमा भैंसीको बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत अनुभव आदान–प्रदान गरिने आयोजकले जनाएको छ । सम्मेलनमा ९० वटा अनुसन्धानात्मकमुलक कार्यपत्र प्रस्तुत हुनेछ । आज सम्पन्न उद्घाटन सत्रमा एशियन बफेलो एशोसियसनका अध्यक्ष इन्दरजित सिंह, कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिजष्टार प्राध्यापक डा.मनराज कुलाक्षपति, पशु सेवा विभागका महानिर्देशक डा.विमल कुमार निर्मल, मेचिगन स्टेट युनिभर्सिटिका प्राध्यापक नन्दप्रसाद जोशी, पशु सेवा विभागका कार्यक्रम निर्देशकहरु, नेपाल कृषि अनुसन्धान परिषद् महाशाखाका प्रमुखहरु, पशु सेवा विभाग अन्तरगतका क्षेत्रीय निर्देशकहरुलगायतको सहभागिता रहेको थियो ।
अग्नि मोटो इन्कको सर्भिस सल्लाह तथा प्राविधिक कार्यक्रम सम्पन्न, १९ जनाले लिए प्रशिक्षण
काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रालिको सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म आयोजना भएको कार्यक्रममा देशभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए । महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको थियोे । प्रशिक्षणमा अर्डर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी दिइएको थियो । त्यस्तै कम्पनीले विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नु पर्दछ भन्ने जानकारीदेखि लिएर रिपोर्ट जेनेरेटसम्मको प्रशिक्षण दिएको थियो ।
अबदेखि ‘आइएमई पे’ मार्फत विद्युतकाे महसुल तिर्न सकिने
काठमाडौं । विद्युत् महसुल वापतको रकम अबदेखि ‘आइएमई पे’ बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहेने सबैले यस्तो सेवा मार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ । नेपाल विद्युत् प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । प्राधिकरणले अहिले उपत्यका भित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्तीबाट गर्न शुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।
चन्द्रागिरि हिल्स ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाले उक्त अर्वाड प्रदान गरेको हो । उक्त संस्थाले चन्द्रागिरिले स्थापनाको छोटो समयमै अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस अवार्ड चन्द्रागिरि हिल्सलाई प्रदान गरेको हो । फ्रोस्र्ट एण्ड सुलिभानर सिएनआईले आयोजना गरेको एक कार्यक्रममा चन्द्रागिरि हिल्सको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । चन्द्रागिरि हिल्सलाई सोहि संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड-२०१६’ ले सम्मानित गरेको थियो । ‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड-२०१७’ को समापनको अवसरमा मङ्गलबार काठमाडौं स्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष एवम् संचालक ढकालले चन्द्रागिरि हिल्स लिमिटेडले विश्व ब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको बताएका छन् ।
नेसनल ट्रेडिङका अवकाशप्राप्त कर्मचारीले दिए अख्तियारमा उजुरी
काठमाडौं । सरकारी स्वामित्वको संस्थान नेसनल ट्रेडिङ लिमिटेडमा ९ जना कर्मचारीलाई मात्र ग्रेड थप गरी स्वेच्छिक अवकाश दिएको भन्दै केही कर्मचारीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उक्त उजुरीका आधारमा अख्तियारले मन्त्रालयसँग स्पष्टिकरण माग गरेको छ । स्वेच्छिक अवकास दिईएका कर्मचारीमध्ये ना.अ.व. गिता निरौला लगायत ९ जना कर्मचारीलाई मात्र २ ग्रेड थप गरी स्वेच्छिक अवकास दिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारले के आधारमा ग्रेड थप गरेको ? भन्दै स्पष्टिकरण सोधेको छ । त्यस्तै स्वेच्छिक अवकासपछि पनि ३६ जना कर्मचारी करारमा लिएको उजुरीमा उल्लेख छ । त्यस्तै गयल हाजिर गरी अन्तै निकायमा काम गरी रहेका ना.अ.व. कमल रेग्मीलाई कार्यालयमा हाजिर गराई २३० दिन गयल कट्टी सहित ९६१ दिन सेवा अवधिमा घटाई स्वेच्छिक अवकास दिइएको उजुरीमा उल्लेख छ । उल्लेखित उजुरी सम्बन्धित स्पष्टिकरण सहित पेश गर्न मन्त्रालयलाई अख्तियारले पत्राचार गरेको छ । नेसनल ट्रेडिङले गत असारमा आफ्ना कर्मचारीहरूलाई बिदावारी गरेको थियो । घाटा चुलिएपछि जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो । आयस्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनि बढ्दै गएको थियो । नेसनलको घाटा १ अर्ब ३४ करोड रुपैयाँ छ । घाटाका कारण कर्मचारीहरूले ५ महिनादेखि तलब पाएका थिएनन् । उपदान र सञ्चय कोष करिब ४ वर्षदेखि नपाएको लिमिटेडले जनाएको छ । अवकाशका दिनका लागि चाहिने रकम जुटाउन लिमिटेडले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा बिक्री गरिसकेको छ । तलब सुविधा नपाएपछि गत वर्ष चैत ११ गते बसेको साधारणसभाले जग्गा बिक्री गरेर अवकाश हुने निर्णय गरेको थियो । सोहीअनुसार १८ गते मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयबाट स्वीकृति भएपछि थप अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको थियो । अर्थको अनुमतिसँगै जग्गा बिक्रीको फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो । मन्त्रिपरिषद्बाट पनि स्वीकृत भएपछि टेकुमा रहेको नेसनलको जग्गा आयल निगमले किनेको छ । हाल नेसनलसँग धनगढी दुई बिघा, विराटनगरमा चार, वीरगन्जमा पाँच, दाङमा दुई, नेपालगन्जमा दुई र कञ्चनपुरमा पनि एक बिघा जग्गा छ । भद्रकालीमा पनि २५ रोपनी १५ आना जग्गा छ ।
हुवावेले नेपाली बजारमा भित्र्यायो ४ वटा क्यामरा भएको नोवा आई टू, मूल्य ३३ हजार ९ सय रुपैयाँ
काठमाडौं । हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा भित्र्याएको छ । हुवावेले बुधबार नोवा आई टू सार्वजनिक गरेको हो ।यसको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ । यसै सातादेखि नेपाली बजारमा उपलब्ध हुन गइरहेको नोभा २ आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजिएस गोल्ड गरी दुई वटा कलरहरुमा उपलब्ध छ । गत अक्टोबरमा भारतमा सार्वजनिक भएको थियो । यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८०*२१६० पिक्सल रहेको छ । यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा(कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ । १६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ९सेल्फि क्यामरा० १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ । १५६.२०*७५*७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । कम्पनीले मूल्यबारे भने खुलाएको छैन । हुवावे एक चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हो । हुवावे विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हो ।