विकासन्युज

दोलखामा अत्यधिक मतबाट गुरुङ विजयी, ३० हजार बढी मतान्तरले अगाडि

काठमाडौं । दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन् । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएका दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए । उनकाअनुसार प्रदेशसभा (क)मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् । काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन्, भने काँग्रेसका केशव चौलागार्इंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गरेका छन् । रासस

सानिमा लाइफ इन्स्योरेन्सको कारोबार शुरु, ६० करोडको साधारण सेयर निष्काशन गर्ने साधारणसभाको निर्णय

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २२ गते औपचारिक रुपमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले सो कम्पनीको उद्घाटन गरेका छन् । सानिमा बैक तथा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समूहले सानिमा लाईफ इन्स्योरेन्सको प्रबद्र्धन गरेका छन् । कम्पनीको कार्य शुभारम्भसँगै सानिमा दीर्घायु (सावधिक तथा आजीवन) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन बीमा योजना शुरु गरेको छ । भविष्यमा वीमा विशेषज्ञ बीमांकीबाट तर्जुमा गरिएका सर्वसाधारणले रुचाएका नविनतम जीवन बीमा योजनाहरु जन समक्ष प्रस्तुत गरि जीवन बीमाको क्षेत्रमा अग्रणी भुमिका निभाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । यस कम्पनीको अधिकृत पुँजी ३ अर्व र जारी पुजी २ अर्ब रुपैयाँ रहेको छ । जारी पुजी मध्ये १ अर्ब ४० करोड चुक्ता भैसकेको छ । निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुजी रु २ अर्व कायम गरिने कम्पनीले जनाएको छ । त्यसैगरी २२ गते नै सम्पन्न कम्पनीले आफनो प्रथम वार्षिक साधारण सभाबाट कुमारप्रसाद कोइरालाको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिति चयन भएको छ । कम्पनीको सदस्यहरुमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ र बद्री विशाल घिमिरे रहेका छन् ।

रविन्द्र मिश्रले उछिने प्रकाशमान सिंहलाई, ४६६ मतले अग्रस्थानमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १को पछिल्लो अपडेट अनुसार विवेकशील सझाका रविन्द्र मिश्र अग्रस्थानमा छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई ४ सय ३३ मतले पछि पारेका छन्। सिंहले ४ हजार ६ सय १९ ल्याउँदा मिश्रले ५ हजार ५२ मत ल्याएका छन्।  

सरकारले ईन्धनको भाउ बढायो, पेट्रोलमा २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ ।  आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।  

क्रिसमस र नयाँ वर्षमा कुलप्याडको उपहार, ३ वटा स्मार्टफोनको मूल्य घटाउने

काठमाडौं । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालको ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाउने निर्णय गरेको छ । कम्पनीका अनुसार यो अफर डिसेम्बर ४ देखि कुलवान(४ं६४ जीबी)नोट थ्रि यस र एन एक्स वानमा सिमित अवधिको लागि लागू हुनेछ । कुलवान १ नेपालकै पहिलो १३ं१३ एमपी डवल रियर क्यामेरा सेटअप भएको उत्कृष्ट स्मार्टफोन सेगमेन्टमा पर्दछ । कुलवान १ नोट थ्रि यसले यसको सुन्दर, उत्कृष्ट आइडी डिजाइनको लागि ई आई यस ए अवार्ड जित्न सफलभएको छ भने यसको पावर, पर्फेमेन्स ले राम्रो प्रभाव पारेको छ । कुलवान १ मा ३ हजार रुपैयाँको छुट दिइएको छ भने नोट थ्री एसमा दुई हजार रुपैयाँसम्मको छुट दिइएको छ । त्यस्तै एनएक्स वानलाई १२ सय ३० रुपैयाँ छुट दिइएको कम्पनीले जानकारी दिएको छ । यस बोन्नाजाअन्तर्गत अर्को मोडल कुलप्याड एन एक्स वान रहेको छ जसले फोरजी फोनको लक्जरी ल्याउने उद्देश्यले सस्तो मूल्यमा बजारमा उपलब्ध भईरहेको छ । डिसेम्बर २०१७को अन्त्य देखी कुलप्याड नेपालर जे आई पिएलले केही नयाँ फोन सानदार सुबिधाका साथ बजारमा ल्याउने योजना गरेको छ । जे आईपिएल र जयमा इन्टरकन्टिनेन्टल प्रा. लि. कुलप्याड स्मार्टफोनको एक मात्र आधिकारिक बिक्रेता तथा बजार प्रवर्धक हो । जे आई पिएल ले नयाँ प्रविधीद्वारा उत्कृष्ट सुविधा सही ठाउँमा दिने उद्देश्य राखेको छ । त्यसैले कुलप्याड नेपालले हालै काठमाडौंमा सुसज्जित सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

छक्कबहादुरले छक्क पार्दै काका भतिजालाई हराए, लामा ४७ मतले अगाडि

काठमाडौं । विसं २०४६ को राजनीतिक परिवर्तनपछि हरेक पटकको हुम्लाको निर्वाचनमा नयाँ र नसोचेको परिणाम प्राप्त हुँदै आएको छ । प्रत्येक निर्वाचनमा फरक फरक परिणाम आएका कारण र राजनीतिक दलले जनप्रभावी नेतालाई चिन्न नसक्दा त्यस्तो परिणाम आउने गरेको हो । यस पटकको निर्वाचनमा पनि हुम्लाको निर्वाचनमा यस्तै भयो । संयोग पनि कस्तो पर्यो भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छक्कबहादुर लामा नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनलाई छक्याउँदै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित भएका छन् । उनले वाम गठबन्धनका छिमीदोर्जे लामा र काँग्रेसका मंगलबहादुर शाहीलाई पाखा लगाउँदै विजयको झण्डा फहराएका हुन्। उनले आठ हजार ४९१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शाहीले आठ हजार ४४४ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार छिमीदोर्जे लामाले भने दुई हजार ७०० मत प्राप्त गरेका छन् । विजयी लामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् । वाम गठबन्धनले उनलाई टिकट नदिई छिमीदोर्जेलाई आधिकारिक उम्मेदवार बनायो । अन्तिम समयसम्म पनि आधिकारिक उम्मेदवारलाई सघाउन गठबन्धनले अधिकतम प्रयास ग¥यो तर लामाले मान्दै मानेनन् । हल्ला पनि चल्यो, वाम गठबन्धनका आधिकारिक उम्मेदवारले छक्कबहादुरलाई नै समर्थन गरे । न त उनले आफ्नो उम्मेदवारी फिर्ता लिए, न त वाम गठबन्धन नै टसको मस भयो । अन्त्यमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ४७ मत बढी ल्याएर लामाले इतिहास कायम गरेका छन् । नवनिर्वाचित सांसद् लामा तिनै व्यक्ति हुन् जसले २०४८ सालको निर्वाचनमा काका चक्रबहादुर शाही र २०७४ को निर्वाचनमा भतिजा मंगलबहादुरलाई पराजित भए । हुम्लाका पत्रकार तथा विज्ञ डा दीपेन्द्र रोकायाका अनुसार २०४८ सालको संसदीय निर्वाचनमा काँग्रेसका चक्रबहादुरलाई सात मतले पारजित गरेका लामाले यस पटक उनका भतिजा मंगललाई ४७ मतान्तरले पराजित गरेका हुन् । हुम्लाको इतिहासमा २०५१ मा काँग्रेसका चक्रबहादुर र २०५६ मा एमालेका गोरखबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका थिए । यस्तै २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा(माओवादी)का कर्णजीत बुढाथोकी विजयी हुँदा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही सभासद् बने । तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुने नौ सांसदमध्ये छक्कबहादुर एक थिए । रोल्पाका कृष्णबहादुर महरा र बर्मन बुढा जस्तै चर्चित सांसद्का रुपमा लामालाई लिइन्थो । संविधानअनुसार प्रदेश नं ६ को हिमाली जिल्ला हुम्ला सडक सञ्जालको पहुँचबाट अझै पनि टाढा छ । हुम्लीको सडक सपना पूरा गर्ने एकसूत्रीय योजनामा छक्कबहादुर चुनावी मैदानमा खडा भएका हुन् । हुम्लाका स्थापित नेता लामा तिब्बती, चिनियाँ, नेपाली, हिन्दी र अग्रेजी भाषाका जानकार हुन । कानुनमा स्नातक छक्कबहादुर त्रिविमा समाजशास्त्र संकायमा स्तातकोत्तरका विद्यार्थीसमेत हुन् । तत्कालीन राजाको सरकारमा सहायक मन्त्री बनेका लामा शान्ति प्रक्रियाको सुरुवातपछि माओवादीमा प्रवेश गरेका छन् । नवर्निाचित सांसद लामाले पार्टीले टिकट नदिए पनि जनताले आफूलाई विजयी गराएका छन् भन्दै आफूसम्बद्ध पार्टीबाट बाहिर नजाने प्रतिक्रिया दिए । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, सिमीकोट विमानस्थलको स्तरोन्नति गर्ने तथा नेपाल चीन हिल्सा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाकाका रुपमा विस्तार गर्ने आफ्नो कार्ययोजना अगाडि सारेको र जनताले आफ्नो कार्ययोजनाको अनुमोदन गरेको जिकिर गरेका छन् । माथिल्लो हुम्लालाई पशुपालन र व्यापार, मध्य हुम्लालाई फलफूल र जडीबुटी खेती र तल्लो हुम्लालाई कृषि तथा व्यापारिक क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ मत मागेका थिए । हुम्लाका जानकार डा रोकायाले भने, “पार्टीले लामालाई टिकट नदिएर अन्याय गरे पनि हुम्ली जनताले न्याय गरेका छन् । सत्यको जीत हुन्छ भन्ने कुरा प्रष्ट भएको छ ।” हुम्लाका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जिल्लामा कूल २७ हजार ४३५ मतदाता भएकामा २२ हजार मतदान भएको थियो । प्रतिनिधिसभामा एक स्वतन्त्रसहित सात राजनीतिक दलको सहभागिता थियो भने प्रदेशमा तीन दलले भाग लिएका थिए । प्रजिअ बाँस्कोटाका अनुसार यही मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई आजै सम्पूर्ण मत परिणामसमेत सार्वजनिक हुने छ । कष्टकर जीवनयापन गर्दै आएका हुम्लीलाई सहज सेवा दिने लक्ष्यका साथ निर्माण भएको चीनको तिब्बत जोड्ने हिल्साको पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ पुस ५ गते उद्घाटन गरेका थिए । सो पुल निर्माणका लागि समेत नवनिर्वाचित सांसद् लामाले पहल गरेका थिए । नवनिर्वाचित छक्कबहादुरसँग कर्णाली करिडोर हिल्सा–सिमीकोट सडक निर्माण, विद्युत् आपूर्तिमा सहजता, हेक्पा र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन, मानसरोवर तथा कैलाश पर्वतमा दश प्रवेशद्वार निर्माण, दक्षिणी क्षेत्रमा कृषि उत्पादन वृद्धि र जिल्ला अस्पतालमा भिडियो एक्स–रे सेवा स्थानीय बासिन्दाको माग छ । स्थानीय जनताको माग सम्बोधन गर्न सबैसँग मिलेर काम गर्ने नवनिर्वाचित छक्कबहादुरको भनाइ छ । रासस

चितवनमा प्रचण्डलाई भन्दा विक्रम पाण्डेलाई बढी मत

चितवन । मत गणनाको शुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ मा पछि परेका छन् । चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्षलाई राप्रपाका उम्मेदवार विक्रम पाण्डेले पछि पारेका हुन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले २ सय ७६ मत प्राप्त गरेका छन् । प्रचण्डले १ सय ८६ मत ल्याएका छन् । चितवन ३ मा वामगठबन्धनबाट प्रचण्ड र लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार छन् ।

गोरखा-२ मा डा. बाबुराम भट्टराई १६ सय मतले अगाडि

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतगणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन् । बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याएका छन् । गोरखा–२ का दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अघि छन् । प्रदेश २ ९क० मा नयाँ शक्तिका हरिशरण आचार्यले पाँच हजार ६०३ मत ल्याउँदा माओवादी केन्द्रकी कमला नहर्कीले पाँच हजार ५५६ मत ल्याएका छन् । गोरखा २ (ख) मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी माओवादी केन्द्रभन्दा छ हजार ६५२ मतका साथ अघि छन् । माओवादी केन्द्रका अमर तमुले पाँच हजार २२३ मत ल्याएका छन्। गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीले छ हजार ३५८ र कांग्रेसका चीनकाजी श्रेष्ठले पाँच हजार ४०६ मत ल्याएका छन् । अहिलेसम्म १३ हजार ६३९ मत गणना गरिएको छ । रासस