विकासन्युज

मुगुमा वाम गठबन्धनका गोपालबहादुर बम विजयी

मुगु । मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गरे । प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ । रासस

जुम्ला प्रदेश ख मा एमालेका पदमबहादुर रोकाया विजयी

जुम्ला । जुम्ला प्रदेश क्षेत्र नं ९ख० मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।  नेकपा (एमाले) बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए । सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मनुभएका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।  विसं २०३८ देखि नेकपा (माले)बाट राजनीतिक जीवन शुरुवात गरेका उनी हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य हुनुहुन्छ । रासस

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम सम्पन्न, करिब २५० ठेकेदारको उपस्थिति

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लिले काठमाडौं (बालाजु र धापासी) जिल्लालाई केन्द्रित गरी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो क्षेत्रमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा काठमाडौं (बालाजु र धापासी) क्षेत्रका करिब २५० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो । अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्धारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो उद्योग सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र श्री ग्रिनnपि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्धारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि स्क्वायरसम्म रहेको कम्पनीले जनाएको छ । सर्वोत्तम सिमेन्ट क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदानगर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो । साथै, आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने र सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न एक्सरे डिफ्राक्सनबाट परिक्षण हुने कम्पनी हो ।

२०१८ को चौथो त्रैमासिकमा आउँदैछ सामसङको ‘ग्यालेक्सी एक्स’, यस्ता छन् फिचर (डिजाइन सहित)

काठमाडौं । यसअघि नै सामसङले अर्को वर्ष फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यो फोनको नाम ग्यालेक्सी एक्स हुनेछ । यो स्मार्टफोनले गत सेप्टेम्बरमा नै ब्लुटुथ सर्टिफिकेशन प्राप्त गरिसकेको छ । प्राप्त जानकारीअनुसार अब कम्पनीले यसको प्याटेन्ट पनि दर्ता गराउँदैछ । लेट्सगोडिजिटल वेबसाइटका अनुसार सामसङले वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्लुआईपृ)मा प्याटेन्टका लागि आवेदन दिइसकेको छ । उक्त प्याटेन्टका अनुसार यो स्मार्टफोनमा दुईवटा स्पोर्टिङ स्क्रीन छ, जसको बीचमा एउटा मेटल जडान गरिएको छ । यसबाट यो उपकरण फोल्ड गर्न मिल्ने भएको प्रमाणित हुन्छ र यसको डिजाइन जेडटिइ एक्जोन एम जस्तो हुनेछ । त्यसबाहेक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एक्स ट्रिपल एन्टिनाका साथ आउनेछ । यसले स्मार्टफोनको नेटवर्कलाई फोल्ड हुँदा पनि प्रभावित गर्दैन । उक्त रिपोर्ट अनुसार प्रयोगकर्ताले यो फोनको दुवै स्क्रिनलाई एकैसाथ प्रयोग गर्नसक्नेछन् । यो फोनलाई ग्यालेक्सी नोट लाइनअपमा प्रस्तुत गरिनेछ । यसको अर्थ कम्पनीले यो स्मार्टफोनलाई अर्को वर्षको तेस्रो वा चौथो त्रैमासिकमा प्रस्तुत गर्ने सम्भावना छ । हाल कम्पनीले अर्को फ्ल्यागशिप फोन ग्यालेक्सी एस९मा ध्यान केन्द्रित गरेको छ । कम्पनीले ठुलो स्तरान यसको लार्ज स्टोरेज चिप्स तथा प्रोसेसर बनाउन सुरू गरेको छ । सामसंग स्न्यापड्रागन ८४५ को क्वालकममा पनि यो काम गरिरहेको छ ।

हुम्लाको प्रदेश ‘क’ मा एमालेका दलबहादुर रावल विजयी, पाँच वर्षपछि गाडी चढेर भाेट माग्ने बाचा

हुम्ला । जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए । विजयी भएपछि जिल्ला र समग्र ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको रावलले बताएका छन्। ‘सिमकोट हिल्सा नाका मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘सिमकोट हिल्सा सडकलाई बाजुरा र मुगुको गमगढीमा जोडिनेछ, पाँच वर्षपछि गाडि चढेर चुनाव प्रचारमा हिड्छु, गाडी चढ्ने अवस्था भएन भने चुनाव नै उठ्दिनँ।’

परीक्षामा मात्र २ अंक पाएपछि विद्यार्थीले दिए उजुरी, प्रहरीले थाल्यो छानबीन

मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार उत्तरपुस्तिकालाई हराएपछि उनलाई कम मार्क्स दिइएको छ । मंदार पान्डे ब्याचलर अफ लिगल साइन्सेस एण्ड ब्याचलर अफ लका विद्यार्थी हुन् । उनले गत १९ मे मा फ्यामिली ल पेपर दिएका थिए । उनका अनुसार उनले पूरा पेपर मुख्य उत्तर पुस्तिकामा लेखेपछि अतिरिक्त कापी थपिएको थियो । जब परीक्षाको नतिजा आएपछि उनलाई तनाव भयो । त्यसपछि उनले उत्तर पुस्तिकाको प्रतिलिपी मागे । उनका अनुसार अतिरिक्त कापीको मात्र फोटोकपी प्राप्त भयो, मुख्य उत्तर पुस्तिकाको छैन । अतिरिक्त कापीमा उनको मार्क्स जम्मा २ छ । उनले कपीलाई पुन जाँचका लागि आवेदन पनि दिए । तर उनलाई कुनै उत्तर प्राप्त भएन । त्यसपछि उनले मुम्बई प्रहरी कार्यालयमा उजुरी दिए । उनका अनुसार यती कम अंक पाएपछि उनको रेकर्ड बिग्रिएको छ । मुम्बई प्रहरीले छानबीनको प्रकृया अघि बढाएको नभभारतटाइम्सको अनलाईन संस्करणमा उल्लेख छ ।

काठमाडौं ९ मा एमाले, १० मा काँग्रेसको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौं ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीतले ९३८ मत प्राप्त गरेका काठमाडौँ क्षेत्र नं ९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिए । त्यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गरेका छन् । काठमाडौं ९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको हो । क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गरेका छन् । काठमाडौं १० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७.३९ प्रतिशत खसेको छ । काठमाडौं क्षेत्र नं ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ । रासस

विश्व बैंकद्धारा आठ अर्ब ऋण स्वीकृत, पशुपालन नवप्रवर्तन परियोजनामा खर्च गरिने

काठमाडौं । विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ । बैैंकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैंकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो । परियोजनाबाट दुईसय ७१ नगरपालिकाका दुईलाख पशुपालक किसान लाभान्वित हुनेछन् । परियोजनाबाट मूलभूत रुपमा महिला र पाँचसय वटा साना तथा मझौला कृषि उद्यमलाई समेत फाइदा पुग्नेछ । नेपालका ७० प्रतिशत किसानले पशुपालन गरे पनि दूध, दुग्धजन्य पदार्थ र मासुको माग बढिरहेको छ । मागअनुसार आपूर्ति हुन सकेको छैन । रासस