विकासन्युज

नेप्से परिसूचक १५०० तल, सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार १५०० अंक तल झरेको छ । मंगलबारको नेप्से परिसूचक १४.४९ अंकले ओरालो लागेर १४९३.७६ अंकमा झरेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । मंगलबारको बजारमा ५९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६६ कम्पनीको १४ लाख ५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल दुरसञ्चाल कम्पनीको ७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । मंगलबार कारोबारमा आएका सबै समूहको परिसूच राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्यको ३६, होटलको ३२, माइक्रोफाइनान्सको २०, उत्पादनमूलकको १७ र हाइड्रोपावर समुहको परिसूचक १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले घटेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि अरुण फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १६ रुपैयाँ बढी हो । मंगलबार सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य ५.७७ प्रतिशतले घटेको छ ।

१५ खर्ब ७० अर्बको नयाँ बजेट बनाइँदै, ३० प्रतिशत राजश्व बढ्ने

काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट बन्ने गरी वित्तीय स्रोत व्यवस्थापन हुने देखिएको छ । अर्थ मन्त्रालयले संघीय बजेट विनियोजनाको काम सुरु गरिसकेको बेला अर्थसचिव शंकरप्रसाद अधिकारीले १५ अर्ब ७० अर्ब रुपैयाँ बढीको बजेट बनाउन सकिने जानकारी दिएका छन् । उनले चालु आवको भन्दा झण्डै २ खर्ब ९१ अर्ब रुपैयाँ बढीको बजेट बनाउने बताएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संयुक्त रुपमा मंगलबार राजधानीमा आयोजना गरेको संघीयतामा वित्तीय चुनौति विषयक छलफलमा बोल्दै सचिव अधिकारीले मूल्यअभिवृद्धि कर (भ्याट) र अन्तशुल्क गरेर १ खर्ब ४३ अर्ब रुपैयाँ प्रदेश र स्थानिय तहमा गएपनि बजेटको आकार बढाउन सकिने तर्क गरेका छन् । अब आउने सरकारको वृहत प्रतिवद्धता र कर्मचारीतन्त्रको मनोवल बढेमा आगामी आवमा ३० प्रतिशत बढी राजश्व संकलन गर्न सकिने उनको तर्क थियो । चालु आवमा सरकारले २२ प्रतिशत राजश्व संकलन बढाउने लक्ष्य लिएको छ । नयाँ सरकारको बलियो प्रतिवद्धता र कर्मचारी सकरात्मक भुमिका भएमा ३० प्रतिशत अर्थात साढे ९ खर्ब रुपैयाँ राजश्व संकलन गर्न सकिने उनको भनाई छ । यस्तै वैदेशिक अनुदान ७२ अर्बबाट २८ अर्ब बढाएर १ खर्ब , वैदेशिक ऋण ३ खर्ब र आन्तरिक ऋण १ खर्ब ५३ अर्ब रुपैयाँ उठाउन सकिने संभावना रहेको छ । चालु आवमा वचत २० अर्ब रुपैयाँले आगामी आवमा १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट बन्ने उनको भनाई छ । हाल सरकारले अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत राजश्व संकलन बढाएर ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । यस्तै चालु आवमा ७२ अर्ब अनुदान र २ खर्ब १४ अर्ब वैदेशिक सहयोग र १ खर्ब ४५ अर्ब अनुदान उठाउने गरी कुल १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट पेश गरेको छ । संघीयता कार्यन्वयनमा गएपछि खर्च गर्ने सरकारी कार्यलय ३ हजार ५ बाट घटेर २ हजार भन्दा कम आउदा खर्च २ खर्ब २० अर्ब कम हुने सचिव अधिकारीले बताए । प्रदेशमा तत्काल हुन नसक्ने अवस्था । खर्च गर्ने कार्यलयको संख्या घट्दा चालु खर्चमा मालसामानको खर्च भनेर १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यसबाट अब २ खर्ब २० अर्ब रुपैयाँ खर्च वचत हुने देखिएको उनको भनाई छ । यो वर्षदेखि गैरकरका राजश्व संकलन लक्ष्य तोक्ने र राजश्वको दर पनि तोक्ने तयारी भएको अधिकारीले जानकारी दिए । आगामी वर्ष गरैकर राजश्व २० प्रतिशतसम्मको वृद्धि राख्ने तयारी भएको छ ।

डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सीइओ अफ द इयर”

काठमाडौं । डिश होमले नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ अन्तर्गत “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ । साथै, डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले “सीइओ अफ द इयर २०१७” को अवार्ड पाएका छन् । समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सीइओ अफ द इयर” प्राप्त भएको कुरा कम्पनीले जनाएको छ । साथै, उक्त २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले जनाएका छन् । थाइल्याण्डको सीएसआर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टिभीको प्रविधि भित्र्याउने डिश होम,नेपालको टेलिकम क्षेत्रमो सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहर देखि अत्यन्त ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिश होम, नेपालीहरुको टि.भि हेर्नका लागी पहिलो रोजाइको रुपमा स्थापित भैसकेको छ ।  

सिद्धार्थ बैंक र पोखरा फाइनान्सलाई हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक र पोखरा फाइनान्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार मात्रै सिद्धार्थ बैंकलाई १० प्रतिशत र पोखरा फाइनान्सलाई १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । त्यस्तै, बोर्डको अनुमति अनुसार सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल माके्रट लिमिटेड रहेको छ । त्यसैगरी, पोखरा फाइनान्सले ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार कित्ता सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल मार्केट लिमिटेडले गरिरहेको छ ।

रानी पोखरी-२०७२ माघमा उद्घाटन, २०७४ पुसमा ठेक्का तोड्ने तयारी

काठमाडौं । २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुननिर्माण आरम्भ गरेर पुननिर्माणको महाअभियान सुरु भएको थियो । २०७३ बैशाखमा पुननिर्माणका लागि ठेक्का लाग्यो । २०७३ कात्तिकमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता थियो तर यतिबेला ठेक्का तोड्नेबारे छलफल अघि बढेको छ । तर २०७४ पुसमा आईपुग्दा रानीपोखरीको ठेक्का तोडिने अवस्था सृजना भएपछि पुननिर्माणको गतिमाथी नै प्रश्न उठ्न थालेको छ । रानीपोखरीको पुननिर्माणका लागि तयार पारिएको डिजाइनमै केहि समस्या देखिएको छ भने पुननिर्माणको ठेक्का पाएको कम्पनीले पुननिर्माणको काम उचितसँग गरिहेको छैन् । ‘ रानी पोखरी पुननिर्माणको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छैन, ठेक्का तोड्ने वा काम गराउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं’, काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले भने । उनले डिजाइनमा भने कुनै समस्या नभएको दावी गरे । ‘डिजाइनमा खासै समस्या छैन, हाम्रा प्राबिधिकहरुले पनि काम हेरिरहेका छन तर निर्माण कार्य भने सन्तोषजनक गतिमा अघि नबढेको कुरा सत्य हो’, आचार्यले भने । तर पुरातत्व विभागले भने रानीपोखरीको डिजाइनमै समस्या देखिएको आरोप लगाउँदै आएको छ । विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले डिजाइनमै समस्या रहेकाले पनि रानीपोखरीको पुननिर्माण अन्यौलमा फसेको बताए । काठमाडौं महानगरपालिकाले ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुननिर्माण ठेक्का लगाएको थियो । वल्र्ड वाइड कँडेल केएन केजी जेभीले रानीपोखरी पुननिर्माणको ठेक्का पाएको छ । उता, पुरातत्व विभागले रानी पोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माणका लागि एक करोड ४० लाख २८ हजार ५८ रुपैंयाँमा कँडेल/राम जेभी रानीबारीलाई ठेक्का दिएको छ । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।

मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर पछि र सेन्ट्रल फाइनान्स कम्पनीको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । मितेरी डेभलपमेन्ट बैंकको ३१.४७८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको पनि ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ रहेको छ ।

खानीखोला हाइड्रोपावरको पुस १८ गतेदेखि बुक क्लोज

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको आगामी पुस १८ गतेदेखि बुक क्लोज हुँदै छ । यस हाइड्रो साधारणसभामा जान लागेकोले पुस १८ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुँदै छ ।

खिम्ती आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा आउँदै, डलरमा विद्युत खरिद सम्झौता पनि सकिने

काठमाडौ । आगामी २ वर्षपछि ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आउने भएको छ । आगामी सन् २०२० को जुलाईदेखि आयोजनाको आधा स्वामित्व प्रवद्र्धक हिमाल पावर लिमिटेडबाट विद्युत प्राधिकरणमा आउनेछ । सन् २००० जुनलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिक डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट औसत ९ रुपैयाँ पाउदै आएकोमा खिम्तीको बिजुली खरिदमा झण्डै प्रतियुनिट ३ रुपैयाँ नोक्सान व्योर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ । डलर अझ मंहगिएको अवस्थामा बिजुलीमो मूल्य पनि बढ्ने गरेको छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ । विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । खिम्ती आयोजनालाई मात्रै विद्युत प्राधिकरणले २७ लाख अमेरिकी डलर भुक्तानी गर्दे आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । पुनः पीपीए हुने भएपछि खिम्ती आयोजनाको बिजुली सस्तो हुने छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधा/आधा बाँडिने छ । खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ । हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १०४ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।