विभिन्न चार कम्पनीले तोके बुक क्लोजको मिति, कसको कहिले हुँदै छ?
काठमाडौं । विभिन्न चार बैंक तथा वित्तीय संस्थाले आ-आफ्नो बुक क्लोजको मिति तोकेका छन् । मंगलबार मात्रै ग्रामीण विकास बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, गोखार्ज फाइनान्स र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि आ-आफ्नो कम्पनीको बुक क्लोजको मितिको तोकेका हुन् । त्यसमध्ये ग्रामीण विकास बैंकको आगामी पुस १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक पुस २८ गते आफ्नो वार्षिक साधारणसभामा जाँदै छ । त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को पनि आगामी पुस १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी पनि पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । त्यसैगरी, गोखार्ज फाइनान्सको पनि आगामी पुस १४ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुँदै छ । यस फाइनान्स पुस २५ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था आगामी पुस २४ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि १७ गतेसम्म यस कम्पनीको बुक क्लोज हुँदै छ ।
५ वर्षभित्र खर्च नगरे अमेरिकाले दिएको साढे ५१ अर्ब अनुदान फिर्ता जाने
काठमाडौं । आउदो ५ वर्षभित्र काम सम्पन्न नगरे मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत अमेरिकालेनेपाललाई दिएको ५१ अर्ब ५० करोड रुपैयाँ अनुदान फिर्ता जाने भएको छ । अमेरिकाले नेपालमा जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न एमसीसीमार्फत ५० करोड डलर अनुदान सहयोग गरेको हो । गत भदौको अन्तिमसाता वासिङटन डीसीमा भएको सम्झौतामा ५ वर्षभित्र सबै रकम खर्च गर्नुपर्ने उल्लेख गरिएको छ । ५ वर्षभित्र खर्च नभए सो रकम फिर्ता जाने सम्झौतामा उल्लेख छ । एमसीसीमार्फत प्राप्त अनुदान खर्च नगरे गुम्ने खतरा रहेको पुर्वअर्थसचिव शान्तराज सुवेदीले बताए । नेपालमा खर्च गर्ने क्षमता कमजोर भएकाले निर्धारित समयमा अधिकाँश आयोजनाको काम नहुने गरेको जानकारी दिदै उनले भने “५ वर्षभित्र काम सम्पन्न नगरे जुन अवस्थामा छ त्यही अवस्थामा आयोजना छाडेर अमेरिकाले आफुले दिएको अनुदान फिर्ता लैजाने छ ।” नेपाल आर्थिक पत्रकार समाज (सेजन) र एसियाली विकास बैंक (एडीबी) ले मंगलबार राजधानीमा आयोजना गरेको संघीयतामा वित्तीय चुनौति विषयमा सेमिनारमा बोल्दै उनले दाताको सहयोगमा सञ्चालित आयोजनाका प्रगति राम्रो नभएकाले अमेरिकाले सहयोग फिर्ता लैजान सक्ने चेतावनी दिएका छन् । नेपालले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना ५ वर्ष्िभत्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको एमसीसीले छ । यसबाट २१३ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र सडक विस्तारमा खर्च गरिने भएको छ । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ ।
‘रेनो सुप्पर हिट’ स्किम संचालनमा, ग्राहकले साढे ६ लाखसम्मको फाइदा लिन सक्ने
काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले ‘रेनो सुप्पर हिट’ स्किम संचालनमा ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै उक्त स्किम संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले छुट सुबिधा पाउने छन् । रेनो सुप्पर हिट स्किमको ट्यागलाईन ‘ चिसो विन्टरमा हट अफर ’ रहेको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । साथै, एक बर्षको निशुल्क बीमा, एक बर्षको निशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई बर्षसम्म निशुल्क सर्भिसिङ साथै १ लाख सम्मको एक्स्चेन्ज बोनस पाउने सक्नेछन् । यो योजना रेनोका सबै डिलर तथा शोरुमहरुबाट प्राप्त गर्न सकिने छ । यो बर्ष रेनो नेपालले आफ्नो नयाँ सर्भिस सेवा थप गरेको छ भने आवश्यकता अनुसार शोरुम र सर्भिस सेन्टर थप्दै लाने योजना बनाएको छ । रेनोका ग्राहकलाई मध्येनजर गर्दै रेनो नेपालले ‘वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोको उपभोक्ताहरुलाई सेवा पुर्याउन सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । रेनोको यो सर्भिस भेइकल हालका लागि बिशेष गरि काठमाडौं उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्न शुरु गरेको छ ।
बामपन्थी सरकारका अर्थमन्त्रीः पाण्डे, पौडेल वा ज्ञवाली
काठमाडौं । मुलुकको राजनीतिमा अनपेक्षित घट्नाक्रम देखिएन भने आगामी एक महिनाभित्र नयाँ सरकार गठन हुनेछ । सम्भवतः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा दोश्रो इनिङ सम्हाल्नेछन् । ओलीले सरकारमा आफ्ना विश्वास पात्रहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने कुरामा दुई मत छैन् । मुलुकको ढुकुटी सम्हाल्ने अर्थ मन्त्रालयको जिम्मेवारीका लागि एमाले भित्र ३ जना नेताहरुको चर्चा सुरु भएको छ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँगै प्रदिप ज्ञवाली पनि अर्थमन्त्रीको रेसमा सहभागी भएका छन् । पाण्डे माधव नेपालका विश्वास पात्र हुन भने पौडेल र ज्ञवाली एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् । माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर पाण्डेले राम्रो छाप छाडेका थिए । पछिल्लो समय विश्व बैंक, एडिबी, जाइका, कोइका लगायतका विकास साँझेदार अन्तराष्ट्रिय निकायले पाण्डेलाई अर्थतन्त्र बुझेको बामपन्थी अर्थमन्त्रीका रुपमा लिँदै आएका छन् । त्यसो त पौडेल पनि केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर लोकप्रिय बजेट ल्याएका व्यक्ति हुन् । प्रदिप ज्ञवाली भने जन आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा पर्यटन मन्त्री बनेका थिए । उनी तत्कालिन सरकार र विद्रोही माओवादीबिच वार्ता गर्न गठित समितिमा सदस्य समेत रहेका थिए । पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई आधार बनाईयो भने सुरेन्द्र पाण्डेले अर्थमन्त्रीको जिम्मेवारी पाउनेछन् । पाण्डेलाई एमाले भित्र मात्रै नभएर बाहिर पनि सफल र अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा हेरिन्छ । पाण्डेले अर्थमन्त्री बनेपछि त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र तर्फ स्नातकोत्तरमा भर्ना समेत गरेका थिए । उनी अहिले पनि अर्थशास्त्र सम्बन्धी विश्व प्रसिद्ध पुस्तकहरुको अध्ययनका लागि बिशेष समय दिन्छन् । केपी ओली भने यसपाली विष्णु पौडेल र प्रदिप ज्ञवाली दुबैलाई मन्त्री बनाउने तयारीमा रहेको एमाले श्रोतले बतायो । त्यस्तो अवस्थामा विष्णु पौडेलले पुनः अर्थमन्त्री बन्ने अवसर पाउने सम्भावना छ । अर्काे विकल्प भनेको विष्णु पौडेललाई अर्थ बाहेकको अर्काे कुनै महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी दिएर ज्ञवालीलाई अर्थमन्त्री बनाउने सम्भावना पनि छ । ज्ञवालीलाई एमाले भित्र अध्ययनशिल र वैचारिक व्यक्तित्व मानिन्छ । जे भएपनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने सम्भावित बामपन्थी सरकारमा पाण्डे, पौडेल र ज्ञवालीमध्येबाटै एक जना अर्थमन्त्री बन्नेछन् । ओलीले अन्तिम विकल्पका रुपमा भने राष्ट्रिय सभाको सदस्य बनाएर डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाउने सम्भावनालाई पनि नकार्न नसकिने एमाले श्रोत नै बताउँछ ।
मेगा बैंकले टुरिजम बैंकलाई गाभ्ने प्रस्ताव पारित, चुक्ता पुँजी ९ अर्ब ४७ करोड नाघ्ने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारणसभाले टुरिजम बैंकलाई गाभ्नका लागि अनुमति दिएको हो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेका मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए । चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए ।
साञ्जेन जलविद्युत कम्पनीको ८७ करोड रुपैयाँको आईपीओ पुसभित्र आउने
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) पुसभित्र निष्कासन गर्ने भएको छ । पुसभित्र आब्हानपत्र प्रकाशित गरी आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीका लागि छुट्ट्याएको ८७ करोड रुपैयाँ बराबरको ८७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । बोर्डबाट स्वीकृत भइसकेकाले पुसभित्रै आईपीओ निष्कासन गरिसक्ने साञ्जेनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए । बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र आईपीओ निष्कासन गर्नुपर्ने उनको भनाई छ । “आईपीओ निष्कासनका लागि कुनै काम बाँकी छैन” उनले भने “ढिलोमा पुस अन्तिमसम्म सेयर निष्कासन भइसक्ने छ ।” कम्पनीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ । कम्पनीले रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजना आगामी वर्ष सम्पन्न हुने उनले जानकारी दिए । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी लगानी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।
एनबीआईले एनसीसी बैंकका कर्मचारीलाई तालिम दिने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि(एनबीआई)ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । मंगलबार यी दुई संस्थाबीच उक्त तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनसीसी बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबरको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
कोर टिम बोकेर केपी ओली लाङटाङमा, जाडो छल्न की योजना बनाउन ?
काठमाडौं । सरकार गठन र पार्टी एकताको तातो बहसलाई छाडेर एमाले अध्यक्ष केपी ओली आफ्नो कार टिम लिएर लाङटाङ पुगेका छन् । आफ्ना विश्वास पात्र एमाले महासचिव इश्वर पोखरेल, सुभाषचन्द्र नेम्बाङ, बिष्णु पौडेल र शंकर पोखरेललाई लिएर ओली रसुवाको लाङटाङ रिसोर्ट पुगेका छन् । त्यहाँ बसेर ओलीले आफु निकटका नेताहरुलाई समानुपातिकमा सांसद बनाउने, सरकारमा आफ्ना निकटस्थहरुलाई सहभागीता गराउने, पार्टी एकताका क्रममा पनि आफु निकटका नेताहरुलाई सेटल गराउने योजना बनाउनेछन् । पार्टी एकता र सरकार गठनबारे माओवादी केन्द्रले बैठक राखेर छलफल अघि बढाईसकेको छ । तर ओली भने पार्टी बैठक राख्न छाडेर आफ्नो कोर टिमसहित लाङटाङ पुगेका छन् ।