विकासन्युज

बढ्दो प्रविधिको प्रयोगले वित्तीय प्रमुखको भुमिकामा चुनौति थपिदै

काठमाडौं । पछिल्लो समय विश्वमा बढेको प्रविधिको प्रयोगले वित्तीय प्रमुख (सीएफओ) को भुमिका चुनौतिपूर्ण बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । मंगलवारदेखि राजधानीमा सञ्चालनमा भइरहेको दक्षिण एशियाली लेखा व्यवसायीहरुको सम्मेलनमा सहभागिहरुले यस्तो बताएका हुन् । सम्मेलनमा सीएमए श्रीलंकाका परिषद सदस्य एड्रियन परेराले प्रविधि जहिले पनि सहयोगीको रुपमा उपयोगी हुन्छ तर, विश्वमा बढ्दै गएको प्रविधिको प्रयोगले वित्तीय प्रमुखहरुको भुमिकामा चुनौति थपिएको बताए । उनका अनुसार हाल विश्वमा ९ सयभन्दाबढी डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोगमा रहेको छ । साइबर अपराध बढिरहेको र रोबटले मानिसले जस्तै काम गर्न थालेको अवस्थामा वित्तीय व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएको उनको भनाइ छ । सम्मेलनमा बुधबार वित्तीय प्रमुखको भविश्य, संस्थागत सुशासनमा वित्तीय प्रमुखको भुमिका र प्रविधिगत रुपान्तरणमा वित्तीय प्रमूखको भुमिकामा लगाय विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । अधिकांश मुलुकका वित्तीय प्रमूखहरुले प्रविधिको कारण आफ्नो कार्य कुशलतामा फरक पर्ने तथ्याङ्क प्रस्तुत गरे । उनीहरुले वित्तीय व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्नु राम्रो भएपनि समस्याको समाधान नभएको उल्लेख गरेका थिए । परम्परागत शैलीको प्रमूखहरुको अस्तित्व संकटमा प्रविधिको प्रयोग बढ्दै गएकोले परम्परागत शैलीमा काम गर्ने वित्तीय प्रमूखहरुको अस्तित्व संकटमा परेको बताइएको छ । आइसीए श्रीलंकका उपाध्यक्ष मनिल जयसिंगेले वित्तीय विवरण बनाउने, तथ्यांक राख्ने लगायतका काम मात्र गर्ने वित्तीय प्रमुखहरुको अस्तित्व संकटमा पर्ने बताए । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले व्यवसायको जोखिम व्यवस्थापन गर्नेदेखि साइबर सुरक्षा अवलम्बन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको परिपालना लगायत सबै किसिमका काममा वित्तीय प्रमुखहरु अभ्यस्त हुनुपर्ने बताए । त्यस्तै कार्यक्रममा भारतीय आइसीएका केन्द्रीय परिषद सदस्य विजय कुमारले आफ्नो स्वामित्व रहेको अर्को संस्थासँग कारोबार गर्न नडराउन पर्ने तर्क गरे । साफा ‘बेष्ट प्रिजेन्टेड अवार्ड’ प्रदान दक्षिण एसियाली लेखाव्यावसायी महासंघ (साफा)ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीहरुलाई विभिन्न पदकद्वारा सम्मानित गरेको छ । बुधबार महालेखापरिक्षक टंंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले दर्जन विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरुलाई सम्मानित गरेका हुन् । साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१६का विभिन्न १२ क्षेत्रका कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ ।जसअन्र्तगत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–वंगलादेश, सूचना प्रविधिमा माइन्डट्रि लिमिटेड–भारत लगायत देशलाई विभिन्न अवार्ड प्रदान गरिएको छ । त्यस्तै गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, त्यस्तै श्रीलंका लागतयका विभिन्न कम्पनीहरु पुरस्कृत भएका छन् । सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स इस्लामी बैक बंगलादेश लिमिटेडले जितेको छ । नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् । बुधबार नै आइक्यानले आफ्नो २१ औं वार्षिकउत्सव समेत मनाएको छ । वार्षिकउत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरु तथा कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । यसैगरी वार्षिक उत्सवकै अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा संस्थामा कार्यरत समिता डंगोल, आमोद खनाल र अनिमा मर्हजन समेततले नगत पुरस्कार प्रदान गरिएको जानकारी गराइएको छ ।    

राष्ट्र बैंकले १० अर्ब पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड मात्र लिए, अन्तर बैंक ब्याजदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बजारमा पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड रुपैयाँ मात्र लिएका छन् । केन्द्रीय बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा अधिकाँश बैंकले पैसा लिएनन् । बुधबारसम्म बैंकिङ प्रणालीमा १९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ पठाएको हो । यता अन्तर बैंक ब्याजदर घटेर ४.८ प्रतिशतमा झरेको छ । अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर नियन्त्रण गर्दै आएको छ । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ८ पटक रिपो गरी बजारमा ५४ अर्ब रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मात्र सहज अवस्थामा छ । राष्ट्रिय वाणिज्यको कर्जा, निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ६९.१२ प्रतिशत छ । सीसीडीअनुसार राष्ट्रिय वाणिज्यसंग अधिक लगानीयोग्य पुँजी रहेको छ ।

बुधबारदेखि सुरु भयो यातायात महासंघको महाधिवेशन

काठमाडौं । चितवनमा बुधबारदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अधिवेशन सुरु भएको छ । उक्त पाँचौं महाधिवेशन शुक्रबारसम्म चल्ने महासंघले जनाएको छ । देशभरबाट यातायात व्यवसायीहरुको प्रतिनिधित्व हुने उक्त महाधिवेशन सभ्य र भव्य हुने महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी गराएका छन् । महासंघमा बस, मिनिबस, माइक्रोबस लगायत करिब ३ सय वटा संघ/समिति/प्रालिहरु तथा विभिन्न प्रकृतिका सार्वजनिक यातायातहरु आबद्ध छन् । महासंघका अनुसार यातायात क्षेत्रमा निजी क्षेत्रका व्यवसायीहरुको झण्डै साढे ५ खर्ब लगानी भइसकेको छ । विभिन्न प्रकृतिका करिब ४ लाख सार्वजनिक सवारीका साधन देशभर सञ्चालन हुदै आएको छ भने करिब २० लाख जनशक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।

घटेको मूल्यमा सिमेन्ट बेच्न विभागको निर्देशन

काठमाडौं। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीका विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुलाई घटेको मूल्यमा सिमेन्ट बिक्री गर्न निर्देशन दिएको छ । बुधबार विभागले राजधानीको विभिन्न सिमेन्ट बिक्रेता कम्पनीहरुमा गरेको अनुगमनको क्रममा ती कम्पनीहरुले सिमेन्ट उत्पादक उद्योगहरुले सिमेन्टको भाउ घटाए पनि बिक्रेता कम्पनीले नघटाएको फेला पारेपछि विभागले घटाएर बेच्न निर्देशन दिएको हो । अनुगमनको क्रममा विभागले काठमाडौं स्थित कोटेश्वरको न्यू त्रिवेणी हार्डवेयर, सोही ठाँउको ओम् सत्य साई ट्रेडर्स, स्पार्क इन्टरप्राइजेज लगायतले सिमेन्टको भाउ नघटाइ बिक्री गरेको भेटिएपछि घटाउन निर्देशन दिएको विभागको निर्देशक निरज पौडेलले जनाएका छन् ।  

नेपाल बङ्गलादेश बैंकको ५५औं शाखा अर्घाखाँचीमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगञ्जबाट नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले गरेका हुन् । यस शाखा सहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४९ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रतियोगिता सम्पन्न, विजेतालाई वृज सिमेन्ट ट्रफी प्रदान

काठमाडौं । माघ १५ गतेबाट सुरु भएको नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । “समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निमार्ण”, भन्ने नाराका साथ शुरु भएको उक्त प्रदर्शनी माघ १७ गतेसम्म सञ्चालनमा आएको थियो । प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन र पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ६ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लिकेडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा-लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पिपिसि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गतवृज सुपर पावर व्राण्डउत्पादन गर्दछ । गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा यसको माग भै बिक्री वितरण हुनाले वृज सिमेन्ट समस्त देशवासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएको छ । उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर विधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा ३ दिनसम्म चलेको थियो ।

ग्राहकहरुको अधिक माग पछि एम आई ए १ मोबाइल रातो कलरमा

काठमाडौं । नेपालमा मोबाइल बिक्री गर्दै आएको साओमी वत्सल इम्पेक्स प्रा.लिले ग्राहकहरुको अधिक माग पछि एम आई सिरीज अन्तर्गत एम आई ए १ फोन रोतो कलरमा पनि उपलब्ध गरेको छ । रातो प्रिमियम कलरमा रहेको एम आई ए १ फोनमा ५.५ इन्चको स्कृनको प्रयोग गरिएको छ । १२ मेगाफिक्सल डबल क्यामेरा रहेको उक्त मोबाइलमा ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक संञ्चय क्षमता रहेको कम्पनीले जनाएको छ । नयाँ कलरमा ल्याइएको फोनमा ३०८० एम ए एच को ब्याट्री सहित फिङ्गर सेन्सरको पनि प्रयोग गरिएको छ । यस मोबाइलको बजार मूल्य कम्पनीले २७ हजार राखेको छ ।

अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले पाए आइफोन एक्स

काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स प्राप्त गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई उक्त उपहार प्रदान गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई आइफोन प्रदान गर्दै यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।