विकासन्युज

राजश्व तिर्न र भुक्तानी लिन जानुपर्ने वाध्यता सकियो, अब घरमै बसेर तिर्न र लिन सकिने

काठमाडौं । के तपाईं सरकारलाई कर तिर्न चेक बोकेर बैंक धाइरहनु भएको छ ? सरकार भुक्तानी लिन सरकारी कार्यालय गइरहनु भएको छ ? अब चिन्ता नलिनुस्, विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ भुक्तानी दिन र लिन सकिने भएको छ । सरकारले आउँदो वैशाख १ गतेदेखि राजश्व संकलन र भुक्तानी विद्युतीय ई पेमेन्टमार्फत गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबाट गरिने भुक्तानी र राजश्व संकलन विद्युतीय प्रणालीबाट हुने निर्णयमा हस्ताक्षर गरेका छन् । आउँदो वैशाखदेखि सरकारलाई राजश्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रुपमा बैंकमा उपस्थित हुनु नपर्ने अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव अर्जुनप्रसाद पोखरेलले बताए । मन्त्रीस्तरिय निर्णय आगामी ०७५ सालदेखि लागु हुने उनले जानकारी दिए । पोखरेलका अनुसार करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोवाइलबाट सिधै सरकारलाई राजश्व भुक्तानी गर्न सक्ने छन् । यस्तै सरकारी कार्यालयबाट भुक्तानी लिनका लागि बैंकको खाता नम्बर दिएपछि सम्बन्धित कार्यालयबाट सिधै भुक्तानी आदेश भई सम्बन्धित कार्यालयको खातामा रकम जम्मा हुने छ । यो व्यवस्था लागु भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ । “अब चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन” उनले भने “आफनो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ ।” विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेशिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

नकुहिने प्लाष्टिक उत्पादकलाई प्रतिबन्ध लगाउने: मन्त्री पण्डित

भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताएका छन् । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अब आयात हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दावी छ । उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताएका छन् । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारीधनी र कर्मचारीलाई समेत कारवाही गरिने उनले बताए । त्यस्तै, वातावरणको ख्याल नगरि कानुन मिच्दै निश्चित ब्यक्तिले फाईदा लिई रहेको ईट्टा भट्टाहरुलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको मन्त्री पण्डितले बताए । विश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौंलाई अबको एक बर्षमा माक्समाण्डुबाट काठमाडौं बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको बताएका छन् । वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनको दावी छ । साथै, उनले एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरि वातावरण बिग्र्रानेहरुलाई कारवाहीको दायरमा ल्याउने र आवश्यकता अनुसार सरकारले कानुनी दायरमा रहेको उद्योगलाई वातावरण मैत्री उद्योगको विकास तर्फ लाग्ने जानकारी दिएका छन् । उनले फोहोर गर्नेलाई समाज स्तरबाटै कारवाही गरिनु पर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने उनको भनाई छ । सञ्चारकर्मीहरुको जिज्ञासालाई पूणता दिँदै उनले मन्त्री मण्डलको विस्तार ढिलाई हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले अब हप्तादिन सम्ममा मन्त्री मण्डलले पूर्णता पाउने जानकारी गराएका छन् । सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संबिधान संसोधन नभए पनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने मन्त्री पण्डितको टिप्पणी छ ।

पाटन जेसीजको ‘न्यानो अभियान’ अन्तर्गत दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण

काठमाडौं । पाटन जेसीजले सुरू गरेको ‘जेसिज न्यानो अभियान’ले आफ्नो लक्ष्य पूरा गरेको छ । चिसो तथा शीतलहरका कारण तराईमा विपन्नवर्गका मानिसहरू प्रभावित भइरहँदा नेपाल जेसीजका चारवटै क्षेत्रमा पुगी, क्षेत्र ‘क’मा मलगंवा जेसीजसँगको सहकार्यमा पाटन जेसीजले पासवान बस्तीमा पुगेर दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण गरेका थिए । त्यसैगरि पाटन जेसीजले क्षेत्र ‘ख’मा हेटौंडा जेसिसको सहकार्यमा हेटौंडास्थित ॐ वृद्धाश्रमको सञ्चालनमा सहयोग पुर्याउने हेतूले वृद्धाश्रमलाई नगद सहयोग समेत गरेको थियो । क्षेत्र ‘ग’ मा खुमलटारस्थित मञ्जुश्री वृद्धाश्रममा रहेका वृद्धाहरुलाई स्विेटर बितरण गरेका थिए । क्षेत्र ‘घ’मा गैडाकोट जेसिसको सहकार्यमा नेपालको सीमान्तृक कुमाल बस्तीको उत्थानको लागि त्यहाँका वृद्धहरुलाई नगद सहयोग गरेका थिए । ‘विपन्न समुदाय र अशक्त मानिसहरूलाई गरिने सहयोगलाई हामीआफ्नो जिम्मेवारी ठान्छौं । यस्ता सामाजिक कार्यक्रमहरू हामी आगामी दिनहरूमा पनि गर्नेछौं’, न्यानो अभियानको समीक्षा गर्दै पाटन जेसीजकी उपाध्यक्ष ‘जेसीज न्यानो अभियान’की कार्यक्रम संयोजक जेसी रोजिना थापाले भनिन् । अभियानका समीक्षा गर्दै पाटन जेसीजका अध्यक्ष जेसी सुमन श्रेष्ठ भन्छन्, ‘देशको विभिन्न भागमा रहेको जेसीजका शाखाहरूसँग समन्वयगर्दै मानव सेवामा योगदान गर्नु नै हाम्रो उद्देश्य हो । यसका शाखाहरूलाई अझै विस्तार गर्दै हामी सामाजिक सरोकारका विषयहरूमा मानिसहरूसँग अझै धेरै अन्तरक्र्रिया, सहयोग र सेवा आदनप्रदान गर्न चाहन्छौं ।’ अध्यक्ष श्रेष्ठले अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायका साथै जेसीजका सबै पदाधिकारी र जेसी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि यामाहा स्कुटर

काठमाडौं । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको १ नम्बरमा राखेका हुन् । ‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडियारिचका निर्देशक मिरेश अधिकारीले भने, ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’ उनले स्कुटरप्रति नेपालीको हेराइमा आमुल परिवर्तन आएको पनि बताए । ‘पहिले स्कुटरलाई फिमेल राइडको रुपमा लिइन्थ्यो अहिले यसलाई पुरुषले पनि प्रयोग गर्छन् ।’ यसै अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सम्पूर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो हाम्रोलाई ठूलो उपलब्धीको कुरा हो । यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने, ‘हामी जे गर्छौं ग्राहकको सुविधा अनि सन्तुष्टीका लागि गर्छौं । हामीबीचको यो सम्बन्ध अबिरल र अटुट रहोस् भन्ने कामना गर्न चाहन्छु ।’ एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ । यसैबीच, यामाहाले आजैबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो । किन चाहिन्छ ‘स्टाइल’ र ‘कम्फोर्ट’ ? स्कुटर विशेषगरी युवापुस्ताले रुचाउने साधन हो र यो फिमेल भेहिकल भन्दा पनि ‘युनिसेक्स्युअल भेहिकल’ बनिसकेको छ । आजकलका टिनएजर आफ्ना स्टाइलप्रति निकै सचेत छन् । त्यसैले त आफ्नो स्टाइलसँग म्याच हुने साधन उनीहरु रुचाउँछन् । मिस नेपाल २०१७ निकिता चन्दक स्टाइललाई फेसनसँग मात्र होइन कन्फिडेन्स यानि आत्मविश्वाससँग जोडेर हेर्ने गर्छिन । ‘जो स्टाइलिस देखिन्छ उनै सबैभन्दा कन्फिडेन्ट हुन्छन् । कन्फिडेन्स विनाको फेसन फेसन हुँदैन,’ उनले भने । त्यसैगरी, ‘कम्फोर्ट’ भनेको आराम हो । र आरामको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग हुने हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण अवाल बताउँछन् । ‘स्कुटर आरामदायी भएन भने यात्रा तनावपूर्ण हुन्छ र तनावपूर्ण यात्रा सुरक्षित कदापी हुन सक्दैन,’ डा. अवालले भन्छन् । उनका अनुसार स्कुटर चलाउँदाखेरि बडी पोजिसन राम्रो भएन भने हाडमा असर गर्छ । उनले भने ‘बडी पोजिसनिङ राम्रो भएन भने ढाड दुख्ने र कम्मर दुख्ने समस्या निम्तिन सक्छ । र यो समस्या दीर्घकालीन समेत हुनसक्छ ।’

एनसीसी बैंकले खोल्यो पोखराको बिरौटामा शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले कास्कीको लेखनाथ नगरपालिका १७ मा शाखा बिस्तार गरेको छ । शाखाकाे उद्घाटन महानगरका प्रमुख मानबहादुर जीसीले गरेका हुन् । कार्यक्रममा जीसीले बैंकले विधि र विधानलाई आत्मासाथ गरेर अगाडी बढ्दा सफल हुने बताएका छन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचन लगायतले शुभकामना व्यक्त गरेका थिए ।  

एसियन लाईफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत अर्थात ९ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ५० लाख ८७ हजार रुपैयाँ छुट्टाईएको एशियनले जनाएको छ । नियामक बीमा समिति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ ।

विज्ञ अर्थमन्त्रीका काँधमा बामपन्थी सरकारका १७ महत्वकांक्षी योजना

काठमाडौं । विज्ञ अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेका डा. युवराज खतिवडाका काँधमा बामपन्थी सरकारका १७ वटा महत्वकांक्षी योजना आईपरेका छन् । मन्त्री खतिवडाले कार्यभार सम्हाल्ने वित्तिकै आफ्नो कार्ययोजना पेश गर्दा पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धता पुरा गर्ने बताएका थिए । खतिवडा आफैंले तयार पारेको बामपन्थी घोषणा पत्रमा २३४५ किलोमिटर लामो रेलमार्ग बनाउने उल्लेख छ । जसमा मेची–महाकली रेलमार्ग सम्पन्न गर्नेदेखि रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पर्छन् । त्यति मात्रै नभएर उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने योजना पनि घोषणा पत्रमा खतिवडाकै विज्ञताले समावेश गराइएको थियो । समुद्रमा नेपाली ध्वजा बाहक पानी जहाज, मासिक पाँच हजार समाजिक सुरक्षा भत्ता, तीन बर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै उपयोग गर्ने कार्ययोजना लागु जस्ता महत्वकांक्षी योजना पनि अब खतिवडाकै जिम्मेवारीमा परेका छन् । खतिवडाले २ बर्षभित्रै भैरहवा विमानस्थल र तीन बर्ष भित्र पोखरा विमानस्थल सञ्चालन तथा पाँच बर्षभित्र निजगढ विमानस्थल निर्माण सम्पन्न गर्न ठोस योजना तथा बजेट तर्जुमा गर्नुपर्नेछ । यस्ता महत्वकांक्षी योजना कार्यान्वयनका लागि संस्थागत क्षमता अभिवृद्धिका साथै वित्तिय श्रोत उपलब्ध गराउनु पनि खतिवडाका लागि कम चुनौती पुर्ण भने छैन् । यद्यपी खतिवडाले वैदेशिक सहयोग, निजी क्षेत्रको प्रोत्साहन, राज्यको अभिभावकिय भूमिका र कडा वित्तिय अनुशासनका माध्यमबाट बामपन्थी सरकारका पुर्व घोषित प्रतिवद्धता पुरा गराउने बताएका छन् । कार्यभार सम्हालेपछि आयोजीत स्वागत कार्यक्रममा राजश्व सचिव राजन खनाल र अर्थ सचिव शंकर कोइरालाले जर्जर अर्थतन्त्रको फेहरिस्ता सुनाईसकेपछि आफ्ना धारणा राखेका अर्थमन्त्री खतिवडाले भनेका थिए–‘संकटका बेलामा मानिसको क्षमताको पहिचान हुन्छ, जतिसुकै समस्या आएपछि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ, अहिले देखिएका समस्या अल्पकालिन हुन, यीनलाई दिर्घकालिन बनाउनु हुन्न ।’ यी हुन खतिवडाका काँधमा आइपुगेका १७ महत्वकांक्षी योजना १) सरकार बनेको पहिलो बर्षमै महेन्द्र राजमार्गको समानान्तर र रसुवागढी काठमाडौं बिरगञ्ज जोड्ने ७६५ केभि क्षमताको प्रसारण लाइन निर्माण आरम्भ गर्ने । २) २ बर्षभित्र खाद्यान्नमा आत्म निर्भर र पाँच बर्षभित्र निर्यात गर्ने अवस्थामा पुर्याउने ३) पाँच बर्षभित्र सबै जमिनमा आधुनिक सिँचाई प्रणाली उपलब्ध गराउने । ४) फास्ट ट्रयाक चार बर्षभित्रै बनाउने, ५) पुर्व पश्चिम राजमार्गलाई पाँच बर्षभित्रै ६ लेन बनाउने, हुलाकी राजमार्ग राजमार्गलाई ४ लेन बनाउने । ६) मध्यपहाडी लोकमार्गलाई ५ बर्षभित्रै ४ लेन बनाउने । ७) मेची–महाकाली रेलमार्ग पाँच बर्षभित्रै सम्पन्न गर्ने । ८) रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने ९) काठमाडौं–बिरगञ्ज रेलमार्ग निर्माण अघि बढाउने, उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने १०) पाँच बर्षभित्रै निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गरिसक्ने । ११) २ बर्षभित्रै भैरहवा र ३ बर्षभित्र पोखरा विमानस्थल सञ्चालन गरिसक्ने । १२) समुद्रमा नेपाली ध्वजा वाहक पानी जहाज सञ्चालन । १३) राजश्वबाट सरकारी खर्चको ८० प्रतिशत भन्दा बढि व्यहोर्न सक्ने गरि करको दायरा र प्रशासन सुदृढ गर्ने । १४) २ बर्ष भित्र ७० प्रतिशत व्यवसायिक र प्राबिधिक शिक्षा दिने र ३० प्रतिशत विद्यार्थीले मात्रै गैर प्राबिधिक शिक्षा हासिल गर्ने व्यवस्था मिलाउने । १५) १५ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथीका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा । १६) सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याउने । १७) तीन बर्षभित्र काठमाडौं उपत्यकामा विद्युतिय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागु गर्ने ।

सेयर मार्केट कमप्लेक्समा भएको आगलागीबाट ५० लाखको क्षति

काठमाडौ । पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौं तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन । आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो । सो संस्थाबाट उच्च शिक्षाको अध्ययन पूरा गरेका विद्यार्थीलाई विभिन्न मुलुकमा थप अध्ययनका लागि आवश्यक परामर्श तथा अध्यापनको कार्य गरिँदै आएको थियो । यस्तै एनआईसी बैंकको शाखालगायत केही कार्यलयमा पनि क्षति भएको छ । आगलागीबाट सीडीएस क्लियरिङ हाउस लिमिटेडमा भने क्षति भएन् । सीडीएसमा सेयर डाटा रहेको छ । रासस