टिकापुर घटनाका नाइके रेशम चौधरी जेल चलान
काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई अहिले धनगढी कारागारमा राखिएको छ । घटनापछि फरार चौधरीले सोमबार बिहान अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनले जेल पठाएको हो । यसअघि चौधरीले आफूमाथि लागेको अभियोग सत्य नभएको जिगिर गरेका थिए । उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । अर्को पेशी फागुन १६ लाई तोकिएको छ । ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन अदालतले भनेको छ ।
एनआईसी एसिया बैंकले ल्यायो १० प्रतिशत ब्याज दिने सम्मुनती प्लस वचत योजना
काठमाडौं । एनआईसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुनती प्लस वचत खाता योजना ल्याएको छ । सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । यो खाता खोलेपछि लकर सुविधामा ५० प्रतिशत छुट र इन्टरनेट, मोवाइल बैंकिङ र निःशुल्क डीम्याट खाता र डेविट कार्ड उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले त्रैमाशिक रुपमा ब्याज भुत्तानी दिने भएको छ । यसअघिका सम्मुनती वचत खाता र सम्मुनती मुद्धति खाता लोकप्रिय भएपछि नयाँ वचत योजना सार्वजनिक गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।
नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छः अर्थमन्त्री खतिवडा
मान्छेको क्षमताको पहिचान संकटका बेलामा हुन्छ । जतिसुकै संकट र समास्या आएपनि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लागेको छ । म एउटा विकासवादी चिन्तन गर्दै आएको व्यक्ति हुँ । मेरा केहि मान्यताहरु छन्, ती समकालिन अभ्यासहरु भन्दा धेरै टाढा छैनन् । समय, परिस्थिती र राजनीतिक प्रणालीले अघि सारेका नयाँ कुराहरु बाहेक हामीले धेरै कुराहरु हिजोकै निरन्तरताका रुपमा अघि बढाउने हो । हामीले गर्ने नयाँ काम बारे प्रधानमन्त्रीको निर्देशनपछि अघि बढाऔंला । आज कार्यभार सम्हालिरहँदा मेरा केहि योजनाहरु छन् । हामीलाई आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर बहस गर्नुपर्ने अवस्था छैन् । संबिधानमा उल्लेख गरिएका मौलिक हक र संबिधानमा लेखिएका राज्यका निर्देशक सिद्धान्तहरुको कार्यान्वयन हाम्रो दायीत्व हुनेछ । दोश्रो कुरा अहिले हामी बाम गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका छौं । हामीले चुनावी घोषणा पत्रमा जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गराउनुपर्नेछ । हाम्रा केहि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु छन् । निश्चित समयमा निश्चित उपलब्धि हासिल हुन्छ भनेका छौं । त्यो लक्ष्य पुरा गराउन लागिपर्नु पनि हाम्रो दायीत्व हुनेछ । अहिलेको संबिधानले मार्ग निर्दिष्ट गरे अनुसार सरकारका भूमिकाहरु निश्चित छन् । हामीले लोक कल्याणकारी राज्य हुँदै समाजवाद उन्मुख राज्य निर्माणको बाटोमा अघि बढ्नुपर्नेछ । तत्कालका लागि राज्यको भूमिकालाई अग्रणी, नेतृत्वदायी र अभिभावकिय बनाउन्ै पर्नेछ । साच्चै भन्ने हो भने सबै नागरिकको आर्थिक रुपमा सुरक्षा दिने जिम्मेवारी राज्यले लिन्छ र त्यसका लागि निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । ती सहकार्यहरु परिपुरक हुनेछन् । हामी सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौं । अर्थतन्त्रमा केहि समस्याहरु छन्, केहि विकृतिहरु प्नि छन् । सरकारी वित्त व्यवस्थापनमा रहेका विकृतिहरुको अन्त्य गराउनुपर्नेछ । म आफैं पनि वित्त अनुशासनको पक्षपाती मान्छे हुँ । आर्थिक क्षेत्रका अनियमिताहरुको अन्त्य भएन भने समृद्धि तर्फ जान सकिँदैन् । त्यसले गरिबी निवारणका हाम्रा लक्ष्य पुरा हुन पनि दिँदैन् । त्यसकारण हामी सरकारी वित्त प्रणालीमा अनुशासन र पारदर्शिता ल्याउँछौं । खर्चको प्रभावकारीता ल्याइनेछ । समग्रमा भन्ने हो भने वित्त व्यवस्थापनमा कुशलता र पारदर्शिता ल्याइनेछ । वित्तिय प्रणालीमा पनि धेरै काममा स्थायीत्व ल्याउनुपर्नेछ । साधन श्रोतलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेछ । काम र उत्पादनका अवसरहरुको सृजना गराउनुपर्नेछ । हामीसँग भएको सिमित श्रोत साधन त्यस तर्फ लगाएनौं भने निर्यातले आयातको सात आठ प्रतिशत पनि धान्न नसक्ने अवस्था छ । त्यसले भुक्तानी असन्तुलनको अवस्था सृजना भैरहनेछ । यो बाह्य कारणले उत्पन्न भएको होइन । हाम्रो ढंगले आर्थिक व्यवस्थापन गर्न नसकेकाले यस्तो समस्या आएको हो । जति पनि हाम्रा संरचनात्मक समस्या छन तिनको समाधान गरेर वित्तिय स्थायीत्व ल्याइनेछ । अर्काे कुरा भनेको उच्च आर्थिक वृद्धिदर कायम गराउनु पर्नेछ । त्यसको आधार भनेको निजी क्षेत्र नै हो । आन्तरिक तथा बाह्य निजी क्षेत्रको लगानी भित्र्याएर उच्च दरको आर्थिक वृद्धिदर कायम गराइनेछ । हामीले परिकल्पना गरेका विकास र पुर्वाधारका आयोजनाहरुको कार्यान्वयन, समाजिक न्याय सहितको विकासका लागि निजी क्षेत्रलाई प्रोत्सहन गरिनेछ । नीतिगत सुधारहरुलाई अनुकुल बनाइनेछ, प्रशासनिक सुधारलाई तिब्रता दिइनेछ । लगानी बोर्डलाई अझ सक्रिय र प्रभावकारी बनाइनेछ । नीजी क्षेत्रसँग सम्बन्धित निर्णय प्रक्रियालाई अझै सहज बनाइनेछ । हामीले जति सुकै जे भने पनि अन्तराष्ट्रिय सहयोग र लगानी बिना उल्लेख्य प्रगति गर्न सक्दैनौं । त्यसका लागि त्यस्ता अन्तराष्ट्रिय सहयोग र प्रबिधी हस्तान्तरणहरुलाई हाम्रो राष्ट्रिय स्वार्थ अनुकुलु भित्र्याउने र उपयोग गर्नुपर्छ । श्रम बजारको सम्बन्धलाई पनि त्यसै अनुरुप विस्तार गरिनेछ । अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा उपयोग गर्नेछौं । ऋण तिर्न सक्ने र क्षमता विकास गर्न सक्ने तथा हाम्रो अन्तराष्ट्रिय शाख बढाउने गरि काम गर्छाै । बढि भन्दा बढि अन्तराष्ट्रिय सहयोग भित्र्याउने गरि काम गर्छाै । आजै धेरै कुरा नगरौं, हामीले योजना बनाउने हो र सबैसँगै मिलेर देश बनाउने बाटोमा अघि बढ्ने हो । अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु अल्पकालिन हुन् । यीनलाई दिर्घकादिन नबनाऔं भन्ने मेरो आग्रह हो । (नव नियुक्त अर्थमन्त्री डा. खतिवडाले कार्यभार सम्हालेपछि दिएको मन्तव्य)
ताप्लेजुङमा महिन्द्राको नयाँ शोरुम, थ्री एसको सेवा दिने
काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको नयाँ आधिकारिक शोरुम ताप्लेजुङमा विस्तार गरेको छ । कम्पनीले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त स्थानमा आधिकारिक शोरुमको उद्घाटन गरेको हो । शोरुमको उद्घाटन सभासद् बलबहादुर सम्सोहाङ्ग, श्री तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर) रामेश्वर महर्जन ( अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत) तथा अमित चौधरी (अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड) ले सामुहिक रुपमा गरेका थिए । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य हो । साथै, शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।
सवारी चोरीको घटना बढ्दै, ४५ दिनमा १५० मोटरसाइकल चोरी
काठमाडौं । काठमाडौंमा सवारीसाधन चोरीको घटना बढ्दै गएको छ । गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म १ सय ८४ वटा सवारी साधन चोरी भएको हो । महानगरिय ट्राफिक महाशाखाका अनुसार १ सय ५० वटा मोटरसाइकल चोरी भएका छन् । त्यसैगरी २५ वटा स्कुटी, ३ वटा जिप र ६ वटा साइकल चोरी भएका छन् । मोटरसाइकलको प्राविधिक पाटो निकै फितलो रहेको हुने भएकोले चोरीको घटना बढ्दै गएको महाशाखाको सहप्रवक्ता मुकुन्द मरासिनी बताए । मोटरसाइकल चोरी गरेरे पार्टपुर्जा सजिलै अर्को मोटरसाइकलमा सार्न सकिने र सजिलै लुकाउन सकिने भएकाले मोटरसाइकल चोरीको घटना बढ्दै गएको प्रहरी डिएसपी नविनराज राईले बताए । चोरी नियन्त्रणका लागि प्रहरीले विषेस योजना बनाएर अघि बढिरहेको राईले जानकारी दिए । हराएको सवारीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले भने- वामपन्थी गठवन्धनको योजना कार्यान्वयन गर्नेछु
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले वामपन्थी गठवन्धनले तयार पारेको घोषणापत्र कार्यान्वय आफनो प्रमुख दायित्व भएको बताएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि अर्थमन्त्री खतिवडाले सरकारको भावी योजना सार्वजनिक गर्दे वामापन्थी गठवन्धनको चुनावी घोषणापत्र कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् । संविधानमा उल्लेखित निर्देशित सिद्धान्तमा रहेर योजना कार्यान्वनमा ल्याउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । उनले आर्थिक विकासका लागि ५ बुदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । यस्ता छन वामपन्थी गठवन्धनका योजना वामपन्थी गठवन्धनले आगामी २५ वर्ष्भित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ । यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्ष्भित्र सेवा उपलब्ध गराउने, ३ वर्ष्भित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ । संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।
ओम डेभलपमेन्ट बैंक दाङको लमहीमा
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले दाङको लमही शाखाको उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुबिधा बारे जानकारी गराएका छन् । हालसम्म बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको छ । साथै, बैंकले ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको बताएको छ ।
सहयोगी विकास बैंकको सीईओमा विनय रिजाल नियुक्त
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले रिजाललाई ४ वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । भारतको पुने युनिभर्सिटीबाट स्नातक गरेका रिजाल यस अघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रशन विभाग(सिएडी) को प्रमुखपदमा कार्यरत थिए । विशेषगरी बाणिज्य बैंकहरुमा उनले आफ्नो कार्यअनुभव हासिल गरेका छन् । सिभिल बैंकको अतिरिक्त उनले एनबी बैंकमा लामो समय काम गरेको अनुभव छ । ती बैंकहरुको विभिन्न विभागहरुको उच्चतहमा रहेर उनले काम गरिसकेका छन् । बाणिज्य बैंकहरुको उच्च तहमा समेत रहेर कार्यानुभव हासिल गरेका नवनियुक्त सीईओ रिजालबाट बैंकले अझ प्रगति गर्ने आशा र विश्वास लिएको छ । बैंक व्यवस्थान, सञ्चालन सम्बन्धि विभिन्न किसिमका तालिमहरु समेत लिएका सीईओ रिजालले बैंक वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुलेका छन् । बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिकालागि प्रयोग गर्ने उनले बताए । ‘बैंकको ख्यातिलाई थप उचाईमा पुर्याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने– ‘त्यसका लागि म अहोरात्र खटिरहने छु ।’ उनले बैंकिङ क्षेत्रमा देखिएको वर्तमान चुनौतिलाई अवसरमा परिणत गरेर देखाईदिने बताएका छन् ।