प्रधानमन्त्री ओलीले भने–आगामी कात्तिकभित्रै दुई अंकको आर्थिक बृद्धि हुन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए । बिहीबार प्रधानमन्त्री ओली निवास बालुवाटारमा नेपाल चेम्बर अफ कमर्शले १८ बुदे सुझाब प्रतिवेदन बुझाउने क्रममा उनले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धि पुर्याउने प्रतिबद्धता जनाए । तर दुई अंकको आर्थिक बृद्धिदरले मात्र पर्याप्त नहुने उनको भनाइ छ । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुर्याउने योजना रहेको प्रधानमन्त्री ओलीले जनाए । त्यस्तै सोही कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चाहीँ चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तुरुन्तै गर्ने बताए । दिइएका सुझावहरुमध्ये गर्न हुनेलाई गर्ने र गर्न नहुनेलाई भने नगर्ने स्पष्ट पारेका थिए । चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिदै उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको जनाएको छ । प्रतिवदेनमा मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको बताइएको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतिवेदनमा स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीदेखि कृषि, उर्जा, पर्यटन लगायत मुलुकको समग्र आर्थिक विकास समेटिएको बताएका छन् ।
सांग्रिला बैंकको शाखा गोरखाको छेपेटारमा, तीन स्थानमा एटीएम सेवा थप
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गोरखाको छेपेटारमा शाखा बिस्तार गरेको छ । बैंकका अध्यक्ष प्रा. डा. रविन्द्रप्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंकका पूर्व संचालक राजु गुरुङ्गले एक समारोह बिच उक्त शाखाको उद्घाटन गरेका हुन् । त्यसैगरी, बैंकले थकाली सेवा समाज, विनायक बस्ती, बालाजु, काठमाडौंमा एटीएम सेवाको शुरु गरेको छ । प्रतिनिधि सभाका सांसद माननीय प्रेमप्रसाद तुलाचन तथा बैंकका अध्यक्ष प्रा. डा रविन्द्रप्रसाद श्रेष्ठले सयुक्त रुपमा एटीएम मेशिनको उद्घाटन गरेका हुन् ।
चेम्बरले प्रधानमन्त्रीलाई बुझायो १८ बुँदे सुझाब, दुई अंकको आर्थिक वृद्धिको दशक बनाउन पर्ने माग
काठमाडौं । निजी क्षेत्रले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्वरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्रकोतर्फबाट सुझाब प्रतिवेदन बुझाएको छ । प्रतिवदेनमार्फत मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको जनाइएको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक कार्यक्रमवीच १८ बुँदे सुझाबसहितको २३ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । जसमा कृषि क्षेत्र, उर्जा क्षेत्र, पर्यटन क्षेत्रलगायत सम्बन्धी सुझाब रहेका छन् । व्यवसयामा लागत घटाउने, कानुनी शासनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी जुटाउने सम्बन्धी सुझाबहरु प्रतिवेदनमा समाबेश गरिएको चेम्बरले बताएको छ । राजस्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ को व्यवस्था लगायतको सम्बन्धमा समेत प्रधानमन्त्रीलाई सुझाब दिइएको चेम्बरको भनाइ छ । त्यस्तै अत्यधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको विगतदेखि नै निजी क्षेत्रले उठाउदै आएको छ । त्यसको समाधान गर्न निश्चित समुदायको पर्वमा सोही समुदायलाई मात्रै विदा गर्र्नु पर्ने व्यवस्था मिलाइदिन निजी क्षेत्रको माग छ । सुझाब बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धिदरमा पर्याप्त नहुने बताए । साथै स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुयाउने योजना रहेको उनको भनाइ छ । चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने स्पष्ट पारे ।
कृषि विकास बैंकद्धारा विभिन्न तीन संस्थालाई कृषि सामग्री हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कषि क्षेत्र अन्तर्गत तरकारी उत्पादनमा क्रियाशिल बकण्डे ताजा तरकारी समुह, पशुपालन क्षेत्रमा सक्रिय रामेश्वर पशुपालन समुह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरको छ । बैंकले डडेलधुरा उप-शाखाबाट आयोजित कार्यक्रममा उक्त बकण्डे ताजा तरकारी समूहलाई १५ ओटा क्रेट र १५ ओटा पानि झारी, रामेश्वर पशुपालन समुहलाई २ ओटा ग्रास चोपर मेसिन र उग्रतारा देवी कृषि सहकारी संस्थालाई ४ ओटा ग्रास चोपर मेसिन हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन बैंकले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै, उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा तथा उनीहरुको क्षमता बृद्धिका लागि विभिन्न वित्तिय साक्षरता एवम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको समेत बताएका छन् । त्यसैगरी, बैंकका उपमहाप्रवन्धक शेषरमण आचार्यले डडेल्धुराको भित्रि मधेशक्षेत्र जोगबुढामा बैंकको शाखा खोल्न प्रवन्धक नियुक्त गरेर कार्यक्षेत्रमा पठाईसकेको बताएका छन् । उनले कृषकहरुलाई बैंकबाट लिएको क्रण सही रुपमा सदुपयोग गरी आयआर्जनमा बृद्धि गराउँदै समयमै कर्जा चुक्ता गर्न समेत कृषकहरुलाई आग्रह गरेका छन् । बैंकको क्षेत्रीय कार्यालय धनगढीका निर्देशक धुर्वचन्द्र गौतमले बैंकले सुदुरपश्चिम क्षेत्रमा किसानहरुको आर्थिक सम्बृद्धीका लागि सहुलियत दरमा कृषि कर्जा लगानी तथा बाली बिमा, पशु बीमा जस्ता कार्य समेत सञ्चालन गर्दै आईरहेको र सो कार्यलाई निरन्तरता दिने बताएका छन् । बैंकको डडेल्धुराका प्रवन्धक चक्रविर भण्डारीले डडेल्धुरा बैंकिङ्ग कार्यालयले कुल ग्राहक मध्ये ३७ प्रतिशत कृषि क्षेत्रमा संलग्न ग्राहकहरुलाई कर्जा लगानी गरेको जानकारी दिएका छन् ।
मध्य चैतमा १७ वटा ठुला बस, महिलालाई ड्राइभिङ गर्ने अवसर
काठमाडौं । राजधानीमा आउदो चैत १७ गते १७ वटा ठुला बस आइपुग्ने भएका छन् । दिगो सहरी यातायात प्रालिले २०७५ वैशाख १ गतेदेखि सञ्चालनमा आउने गरि ठुला बसहरु ल्याउने तयारी गरेकाे हाे । सञ्चालनमा आउने ठूला बसबाट ४० जनालाई रोजगारीको अवसर सिर्जना भएको छ । प्रालिले रोजगारीका लागि महिलाहरुलाई अवसर दिने जनाएको छ । ‘१७ बस सञ्चालनका लागि २० चालक र २० सहचालक आवश्यक छ, यदि ४० जना नै महिला चालक र सहचालक भेटियो भने हामी सबै सेवा महिलाबाट नै प्रदान गर्छौ’ आयोजनाका प्रमुख लालप्रसाद गुरागाइले बताए । ‘अहिले बस ड्राइभिङ गर्ने कर्मचारी पाउन गाह्रो छ, हामीले सरकारसँग पनि राय मागिरहेका छौं, विशेषगरी महिला चालक र सहचालकबाट हामीले सेवा दिन खोजेका हौं” उनले भने “यसले सवारी साधनमा हुने महिला हिंसामा पनि कमि आउँछ ’ अहिले यातायातले बसमा सामाजिक सचेतनाका लागि कस्ता किसिमको स्टीकर टाँस्ने भन्ने विषयमा छलफल भैरहेको जनाएको छ । सञ्चालनमा आउने १७ वटा बस पार्किङका लागि अहिले एसियाली विकास बैंक (एडिबी)ले ‘डिपो’ निर्माण गरिरहेको छ । बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ । प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । बसमा यस्तो सुविधा हुनेछ ५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । बस गुड्ने रुट ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । विवाद मिलिसक्यो सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ । यस्तो छ प्रालिले पहिचान गरेको रुट एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।
डेढ महिनामा अमेरिकी डलर ३ रुपैयाँ महंगियो, राष्ट्र बैंकले तोक्यो १ डलर बराबर १०४.६०
काठमाडौं । डेढ महिनायता अमेरिकी डलर पुनः मजवुत भएको छ । डलर मजवुत भएर १ डलर बराबर १०४ रुपैयाँ ६० पैसाँ पुगेको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । डेढ महिनामा नेपाली रुपैयाँ डलरसंग ३ रुपैयाँ ८ पैसा कमजोर भएको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ डलर बराबर १०४ रुपैयाँ ६० पैसा बिक्री मूल्य तोकेको छ । माघयता डलर कमजोर हुन थालेको हो । गत असारको तुलनामा पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैैंकले जनाएको छ । गत पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसामा झरेको थियो । गत असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ थियो । भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भारुको अवमूल्यन भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६५ रुपैयाँ १० पैसा भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो । डलर कमजोर हुँदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । डलर कमजोर हुदाका वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।
बीमा ऐन उच्च प्राथमिकतामा, बैशाखमा संसद पठाइने
काठमाडौं । अर्थमन्त्रालयले बीमा ऐनलाई उच्च प्राथमिकतासहित अघि बढाएको छ । बीमा समितिले तयार पारेको नयाँ बीमा ऐनको मस्यौदामा अर्थ मन्त्रालयले राय दिएर कानुन मन्त्रालय हुँदै पुनः बीमा समितिमा फर्किएको छ । हाल बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको नेतृत्वमा समिति समिति गठन गरेर थप छलफल भैरहेको छ ।‘बीमा ऐन हाम्रो पहिलो प्राथमिकतामा छ, बैशाख भित्र संसदमा पठाउने तयारी छ’, अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले भने । २०४९ सालमा बीमा ऐन आएपछि हालसम्म संसोधन भएको छैन् । समितिले पुरानो ऐनलाई विस्थापन गर्ने योजनासहित नयाँ बीमा ऐनको मस्यौदा तयार पारेको थियो । ऐनमा बीमा कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख बढीमा ८ वर्ष (दुई कार्यकाल) मात्र बस्न पाउने, व्यवस्थापनको सिलसिलामा कुनै पनि गल्ति भएमा कार्यकारी प्रमुखले जिम्मेवारी लिुनपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित ऐनमा नै कम्पनीको अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, कप्लाइन्स मेनेजरका योग्यता, जिम्मेवारी तोकिएको छ । नयाँ बीमा ऐनले नेपालको बीमा क्षेत्रको विकासमा ठुलो योगदान दिने पाण्डेले बताए । बीमा समितिको सञ्चालक समेत रहेका पाण्डेले समितिलाई अधिक स्वायत्ततासहित शसक्त नियामक निकायका रुपमा स्थापित हुनेगरि ऐनको मस्यौदा तयार भएको पनि बताए ।
श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी
मुम्बई । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो । दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो । सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको थियो। आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स गएकी थिइन्। सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकीछिन् । रासस/एएफपी