विकासन्युज

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाही, चिकित्सा सेवाका विकृति हटाउने

काठमाडौँ । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने उनले घोषणा गरेका छन् । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौँ सम्मेलनको शुक्रबार उद्घाटन गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेश मै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिए । सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने, “सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।” समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उनले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ भनेका छन् । समाजका अध्यक्ष प्राडा मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाएका छन् । उनले गर्भवति र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्या लगायत विषयमा गहन विचार विमर्श हुनेछ । रासस

प्रभु बैंकको थप दुई शाखा बागलुङकाे बरेङ्ग र कास्कीकाे माछापुच्छ्रेमा

काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । उक्त बरेङ्ग शाखाको उद्घाटन सोही गाउँपालिकाकी अध्यक्ष कृष्णप्रसाद शर्माले र माछापुच्छ्रे शाखाको उद्घाटन सोही गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले गरेका हुन् । उक्त दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

प्रथम भ्याली तेक्वान्दो च्याम्पियनसिप मनमैजु डोजाङले जित्यो

काठमाडौं । प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ । एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैंसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको प्रतियोगितामा मनमैजु डोजाङ ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो । त्यसैगरीै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण ५ रजत र ३ काश्य जितेको माइती नेपाल टिम तृतिय स्थान हासिल गरेको छ । च्याम्पियन बनेको मनमैजुले २० हजार पुरस्कार प्राप्त गर्यो भने दोस्रो भएको चुनीदेवीले १५ हजार तथा तेस्रो भएको माइती नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

एनआईसी एशिया बैंकको शाखा मकावानपुरको भिमफेदीमा, शाखा संख्या १८१ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकावानपुरको भिमफेदीमा विस्तार भएको छ । उक्त शाखाको  उद्घाटन शुक्रबार एक समारोहकाबीच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले गरेका छन् । यस शाखा सहित बैंकको शाखा संख्या १८१ पुगेको छ । त्यस्तै, बैंकले हाल १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु मार्फत सम्पूर्ण बैंकिङ् सेवा प्रदान गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

नेउवा महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान विजयी, आजै गोपनियताको सपथ ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर संघको उपाध्यक्षमा किशोर प्रधान विजयी भएका छन् । महासंघको शुक्रबार सम्पन्न निर्वाचनमा प्रधानले ६५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उपाध्यक्षका उमेदवार एवं वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीले ३३ मत प्राप्त गरेका छन् । नवनिर्वाचित उपाध्यक्ष प्रधान महासंघमा यसअघि विक्रम सम्बत् २०७०–७३ को कार्यकालमा जिल्ला/नगर उपाध्यक्ष थिए ।   नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई महासंघका अध्यक्ष भवानी राणाले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । राणाले रिक्त जिल्ला/नगर उपाध्यक्षमा नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई बधाई दिँदै महासंघको वर्तमान पदाधिकारीले पूर्णता पाएको र अब मुलुकको आर्थिक विकासमा आफ्नो टिम पुरा समय लाग्ने प्रतिवद्धता जनाएकी छिन् । निजी क्षेत्रका अगाडी निकै धेरै चुनौतीहरू रहेको विद्यमान अवस्थामा आफ्नो टिमले सशक्त भूमिका निर्वाह गर्ने उनले बताइन् । नवनिर्वाचित उपाध्यक्ष प्रधानले महासंघमा आफ्नो लामो अनुभव र उद्योग व्यवसायलाई समेत आफूले नजिकबाट बुझेकाले आफ्नो कार्यकालमा महासंघलाई अगाडी बढाउन आफूले पुरा समय दिने बताएका छन् । उनले अव महासंघका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु र प्रदेश उद्योग वाणिज्य महासंघलाई मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सोही अनुसार अगाडी बढाउने धारणा राखेका छन् ।

ब्याजदर निर्धारण गर्ने राष्ट्र बैंक, बैंकर्स संघ कि बजार ?

काठमाडौं । बजारमा लगानी योग्य पूँजीको अभाव सुरु भएदेखि नै बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप आकर्षित गर्ने प्रतिष्पर्धा चलेको थियो । त्यो प्रतिष्पर्धामा एनआइसी एसिया बैंक सबैभन्दा एग्रेसिभ देखियो र उसले निक्षेप पनि व्यापक मात्रामा वृद्धि गर्न सफल भएको थियो । तर त्यो निक्षेप अन्य बैंक तथा वित्तिय संस्थाहरुबाट तानिएको पैसा थियो । उच्चदरमा ब्याजदर दिएर निक्षेप आव्हान गरेको भन्दै शुक्रबार बैंकर्स संघले एनआइसी एसिया बैंकसँग अन्तर बैंक लगायतका कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । अब प्रश्न उठ्छ, ब्याजदर नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो की बैंकर्स संघले ? खुल्ला बजार अर्थतन्त्रका नाममा केन्द्रिय बैंकले नै ब्याजदरलाई सिधै नियमन नगरेर स्प्रेड दरलाई अघि सारेको छ । तर बैंकर्स संघले भने पटक पटक ब्याजदरको सिमा तोक्दै आएको छ । ‘ब्याजदर तोक्ने काम बैंकर्स संघको होइन, आपसी सहमति हो भने त्यसलाई कानुनले चिन्दैन्, नेपाल राष्ट्र बैंक त्यसबारेमा गम्भिर भएको छ’, केन्द्रिय बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विकासन्युजसँग भने । उनले बैंकहरु आपसमा मिलेर जाँदा नै राम्रो हुने बताउँदै ब्याजदरको सिमा तोक्ने संघको निर्णय भने बाध्यकारी नहुने बताए । ‘ब्यादर कति तोक्ने भन्ने निर्णय संघले गर्न सक्दैन्, सहमतिसम्म गर्ने हो, त्यसलाई मान्न कुनै पनि संस्था बाध्य हुँदैनन्’, शिवाकोटीले भने । गत बर्ष संघले ब्याजदर नबढाउने सहमति गरेको थियो तर संघका तत्कालिन अध्यक्ष अनिल शाहकै बैंकले त्यसको उल्लंघन गर्यो । त्यतिबेला संघले मेगा बैंकलाई कारवाही गरेन् बरु सबै बैंकले ब्याजदर बढाउने प्रतिष्पर्धा पुनः सुरु गरेका थिए । तर यसपाली एनआइसी एसिया बैंकमाथी संघले अनावश्यक दबाव दिएको छ । ‘एनआइसी एसिया बैंकसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय बैंकर्स संघले गरेको छ, हामीले सदस्यता खारेज गरेका छैनौं’, बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने । उनले एनआइसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार जोखिमपुर्ण देखिएकाले कारोबार नगर्ने निर्णय गरिएको पनि बताए । संघले फागुन १८ गतेदेखि साधारण बचतमा ८ र मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने निर्णय गरेको थियो । एनआइसी एसिया बैंकले सो निर्णय विपरिद मुद्धति निक्षेपमा १२ र साधारण बचतमा १० प्रतिशत ब्याज दिने योजना ल्याएपछि संघले अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको हो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकर्स संघले गरेको निर्णय नेपाल राष्ट्र बैंक वा अर्थमन्त्रालयले गर्नुपर्नेमा जोड दिए । ‘ब्याजदर सम्बन्धी निर्णय राष्ट्र बैंक वा अर्थमन्त्रालयले गरेको भए ठिक हुने थियो, बैंकर्स संघले गर्दा अलि अर्कै अर्थ लाग्न गएको हो’, दाहालले भने ।

सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै, बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता अन्तरक्रिया तालिम सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सक्रिय अभिकर्ताहरुसंग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेलको मुख्य आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा उक्त तालिम प्रदान गरीएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त कार्यक्रमा हालको वित्तीय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नया“ बीमा योजनाहरु, अभिकर्ता संरचनाका बारेमा जानकारी दिएको थियो ।