मेलम्चीको सुरुङ खन्ने इटालीयन सीएमसी डी रेभेना आर्थिक संकटमा, लिखु ४ आयोजनाबाट हटाइयो
काठमाडौं । वित्तीय अवस्था नाजुक भएर काम गर्न नसक्ने अवस्था आएपछि प्रवद्र्धक ग्रीन भेन्चर्सले इटालीको सीएमसी डी रेभेनालाई लिखु ४ जलविद्युत आयोजनाबाट हटाएको खुलेको छ । आयोजना निर्माणको ठेक्का पाएको सीएमसीको वित्तीय अवस्था कामजोर भई काम गर्न नसक्ने देखेपछि ग्रीन भेन्चर्सले आयोजनाबाट हटाएको हो । ग्रीन भेन्चर्सले ५२.४ मेगावाटको लिखु ४ आयोजनाको निर्माणका लागि सीएमसीसंग ठेक्का सम्झौता गरेको थियो । सीएमसीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम गरिरहेको छ । सम्झौताअनुसार आयोजनाको काम सुरु नगरेपछि हटाइएको आयोजना प्रमुख बद्री रिजालले बताए । ग्रीन भेन्चर्संले एकतर्फी रुपमा ठेक्का तोडेको हो । सीएमसीको आर्थिक अवस्था नाजुक भएको उनले बताए । सीएमसीले १४० मेगावाटको अर्धजलासययुक्त तनहु जलविद्युत आयोजनामा पनि प्रस्ताव पेश गरेको छ । संभवत उसैले ठेक्का पाउने निश्चित देखिएको छ । ठेक्का तोडिएपनि नयाँ प्रक्रियाबाट नयाँ ठेकेदार चयन गरिने उनले जानकारी दिए । निर्धारित समयमा आयोजना सम्पन्न हुने रिजालले बताए । आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ । बिशाल गु्रप र त्रिवेणी ग्रुपको लगानी रहेको छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना निर्माणका लागि बैंकसंग ऋण सम्झौता नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।
महरा सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६ (३) बमोजिम महरा निर्विरोध निर्वाचित भएका हुन् । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा महराको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएका हुन् । बैठकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव र देव गुरुङले समर्थन गरेका थिए । प्रधानमन्त्रीको विश्वासको मत आइतबार प्रतिनिधिसभाको अर्को बैठक भोलि फागुन २७ गते दिनको १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।-रासस
इलाम र गुल्मीमा विमानस्थल निर्माण तिब्र गतिमा, जेठदेखि जहाज उड्ने
काठमाडौं । इलाम र गुल्मीमा निर्माणाधिन दुई नयाँ विमानस्थल आगामी जेठसम्मदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले आउदो जेठसम्म विमानको परीक्षण उडान गर्ने भएको छ । फाल्गुनन्द सुकिलुम्बा र गुल्मी–रेसुङगा विमानस्थलमा अहिले ‘अर्दन पेमेन्ट’को काम भैरहेको छ । प्राधिकरण एरोड्रोम इन्जिनियारिङ विभागका उपप्रबन्धक नलबिक्रम थापाले फाल्गुनन्द र रेसुङा विमानस्थलको निर्माण धमाधम भइरहेको जानकारी दिए । ‘अहिले विमानस्थल सम्याउने काम भैरहेको छ, आगामी वर्षको जेठ महिनासम्ममा अर्दन पेमेन्टको काम सकिने छ ।,’ निर्देशक थापाले विकासन्यूजसँग भने । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा १८ करोड र रेसुङगामा १० करोड रुपैंया खर्च भैसकेको उनले जानकारी दिए । सरकारले वर्षमा एक पटक मात्र बजेट छुट्याउने र सो बजेट कम हुदाँ काम गर्न कठिनाई हुने गरेको उपप्रबन्धक थापाको भनाई छ । जेठदेखि परीक्षणमा आउने यी विमानस्थलको धावनमार्गको लम्बाई ७५० मिटर छ । विमानस्थलमा एक पटकमा ३ वटा जहाज पार्किङ गर्न सकिनेछ । विमानस्थलमा १६ देखि १८ सिट क्षमताका डीएचसी ६ र ट्वििनेटर विमानले उडान गर्न सकिने छ ।देशभरीबाट १५ वटा विमानस्थल बनाउन माग भई आएकोमा अवस्था हेरी ८ वटाको मात्र काम अघि बढेको प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । प्रधिकरणले सोलुखुम्बुको गुदेल, हुम्लाको भदनाखोल, पाँचथरको चुहानडाडा, उदयपुर, धनकुटा, धरान, र अर्घाखाँची जिल्लामा नयाँ विमानस्थल निर्माणको काम सुरु गरेको छ । यसमध्ये अधिकांस जिल्लामा साना ‘स्टोल’ विमानस्थल बन्नेछ । धरानमा बन्ने विमानस्थलमा ठुलो हुनेछ । जसमा ३५ देखि ४२ जना क्षमताको जहाज अवतरण गर्न सकिनेछ । नेपालमा हाल ४९ वटा विमानस्थल रहेका छन् । जसमध्ये २० वटा विमानस्थल बन्द छन् । यी दुई विमानस्थल निर्माण सम्पन्न भएपछि सञ्चालनमा रहने विमानस्थल ३१ वटा पुग्ने छ ।
सार्वजनिक विदामा व्यापक कटौतीको प्रस्ताव, चाडबाड विदा २१ दिन घट्ने
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदामा व्यापक कटौतीको तयारी गरेको छ । गृह मन्त्रालयले हाल बार्षिक रुपमा दिइँदै आएको सार्वजनिक विदामा २१ दिन कटौती गर्ने योजना अघि सारेको हो । धेरै दिन सार्वजनिक विदा दिँदा सेवा प्रवाहमा असर परेको र देश विकासमै नकारात्मक प्रभाव परेको भन्दै मन्त्रालयले कटौती अभियान अघि सारेको हो । सरकारले हाल बर्षेनी औषत १०५ दिन विदा दिँदै आएको छ । त्यसमा २१ दिन कटौती गरेर ८४ दिनमा झार्न लागेको हो । गृहले प्रस्ताव तयार पारेर सरकार समक्ष पेश गरेपछि सरकारले २०७५ सालका लागि सार्वजनिक विदाहरु तोक्नेछ । निजी क्षेत्रले पनि अत्याधिक सार्वजनिक विदाले उत्पादकत्व घट्ने भन्दै त्यस्तो विदाहरु कटौती गर्न माग गर्दै आएको थियो । हालस सरकारले ५३ दिन चाडपर्व विदा र ५२ दिन शनिबारका लागि विदा दिँदै आएको छ । त्यस बाहेक सरकारले थप ५२ वटा शुक्रबारमा आधा छुट्टी दिने गरेको छ । गृहमन्त्रालयले चाडबाड विदालाई घटाएर ३२ मा झार्न लागेको हो । (अन्नपुर्ण पोष्टबाट)
१४ जिल्लामा शीतभण्डारण गृह बनाइँदै, सरकारले ७० प्रतिशतसम्म अनुदान दिने
काठमाडाैं । सरकारले १४ जिल्लामा शीत भण्डार (कोल्ड स्टोरेज) निर्माण गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लागत सहभागिताका आधारमा प्रत्येक जिल्लामा ५ हजार टन क्षमताको शीत भण्डार निर्माण गर्न लागेको हो । आउदो २ वर्षभित्र सबै भण्डारको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनाले भण्डार निर्माणका लागि प्रस्ताव समेत आब्हान गरेको छ । नुवाकोट, काभ्रे, बाँके, सिन्धुली, कपिलवस्तु, सर्लाही, धादिङ, मोरङ, कैलाली, कास्की, झापा, सुनसरी र धनुषामा शीत भण्डार स्थापनाको तयारी थालिएको हो । जिल्लागत प्रतिस्पर्धाका आधारमा निजी कम्पनीसंगको साझेदारीमा शीत भण्डार स्थापना हुन लागेको परियोजनाले जनाएको छ । भण्डार स्थापनाका लागि सरकारले ७० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । ३० प्रतिशत निर्माण कम्पनीले लगानी गर्नुपर्ने परियोजनाले जानकारी दिएको छ । ३० प्रतिशत लगानीको प्रत्याभूति भएको बैंकबाट जारी लगानीको आशयपत्र समेत पेश गर्नुपर्ने छ । चैत २५ गतेभित्र शीत भण्डार निर्माणका लागि प्रस्ताव मागेको छ । एक संस्थाले एक जिल्लामा मात्र प्रस्ताव पेश गर्न पाइने छ ।सम्झौता भएको २ वर्षभित्र शीत भण्डार निर्माण नगरे सरकारले अनुदान नदिने परियोजनाले जनाएको छ । शीत भण्डार निर्माणस्थलसम्म बिजुली र सडकको पंहुच हुनुपर्ने छ । कृषि उपजहरुको उत्पादनको क्षति न्युनीकरण , गुणस्तर प्रवद्र्धन , आवश्यक परिमाणमा उपलब्धता सुनिश्चितता गर्न र व्यवसायीक तथा औद्योगिक उत्पादन एवं बजारीकरण पुर्याउनका लागि भण्डारण गृह निर्माण गर्न लागिएको परियोजनाले जनाएको छ । शीत भण्डार नहुदा वस्तु नष्ट हुने गरेको छ ।स्याउ, सुन्तला, जुनार, आलुलगायत कृषि उपजलाई भण्डारण गरिने छ ।
गोल्डस्टारद्धारा सडक बालकहरूलाई सहयोग, पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै
काठमाडौं । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुम्यानुफ्याक्चरर्सले नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालकविश्वकप फुटबल २०१८ मा सहभागी हुने उक्त टोलीलाई सहयोग घोषणा गरेको छ । नेपाली सडक बालकहरूको टोलीले कुनै पनिअन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो । किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भने, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक बिक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालकविश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।” सडक बालकविश्वकप फुटबलले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने नजरिया र दृष्टिकोणलाई परिवर्तन गर्ने हेतुले हरेक विश्वकप फुटबल हुने मौकामा यो खेलकुद कार्यक्रम गर्दै आएको छ । यसबाट बालबालिकाको शिक्षा, समाजमा स्तर, र सुरक्षणमा बढावा दिने लक्ष्य सडक बालकविश्वकप फुटबल २०१८को पनि रहेको छ ।
तीन तहको सरकारका तीनै तहका सडक, धमाधम हस्तान्तरण हुँदै
काठमाडौं । मुलुक संघिय संरचना रुपान्तरित भएसँगै सडकहरु पनि रुपान्तरित भएका छन् । तीन तहका सरकार गठन भएसँगै सडकहरुको विभाजन पनि सोही अनुरुप हुन लागेको हो । अब केन्द्र सरकारको मातहतमा राष्ट्रि सडक रहनेछ भने प्रदेश सरकारको मातहतमा प्रदेश सडक र स्थानीय निकायले स्थानीय सडकको निर्माण, सञ्चालन तथा रेखदेख गर्नेछन् । हाल मुलुकभर ७५ हजार किलोमिटर सडक सञ्जाल रहेको छ । तीमध्ये करिब १३ हजार किलोमिटर सडक राष्ट्रिय सञ्जालमा रहेको छ । राष्ट्रिय सडकलाई केन्द्र सरकार अन्तर्गत सडक विभागले निर्माण, सञ्चालन तथा रेखदेखको काम गर्नेछ । करिब १० हजार सडक भने प्रदेश सरकारले हेर्नेछ । हाल सम्भावित रणनीतिक सडकका रुपमा अघि सारिएका ५ सय सडक प्रदेश मातहत रहने देखिएको हो । ती सडकहरुको निर्माण, सञ्चालन तथा रेखदेख प्रदेश सरकारहरुले गर्नेछन् । बाँकी करिब ६ हजारको संख्यामा रहने ५२ हजार किलोमिटर सडक स्थानीय तहमा गैसकेको छ । ती सडकहरुको निर्माण, सञ्चालन र रेखदेख स्थानीय तहले नै गर्नेछ । सडक विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार हाल ठेक्का लागि सकेका सडक तथा पुलहरु निर्माण सम्पन्न गरेर मात्रै हस्तान्तरण हुने सम्भावना रहेको बताए । तर भर्खरै काम सुरु हुने चरणमा रहेका सडकहरु भने सिधै प्रदेश तथा स्थानीय तहहरुलाई बजेट सहित हस्तान्तरण गरिने बताए । प्रदेशहरुलाई करिब ३ अर्ब रुपैंयाँ बजेटमा निर्माण हुने चरणमा रहेका ५ सय वटा सडकहरु हस्तान्तरण गर्ने विभागका प्रवक्ता गौतमले बताए । विभागले ५ अर्ब रुपैंयाँ लागतका ५३ हजार भन्दा बढि सडक स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।
रिलायन्स लाईफ इन्स्योरेन्सको पहिलो शाखा पाटनमा, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारी
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो शाखा पाटनमा विस्तार गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न शाखा तथा उप-शाखाहरु विस्तारलाई प्राथमिकतामा राख्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । कम्पनीले चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । साथै, कम्पनीले यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । यस इन्स्योरेन्सले सुरूवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । साथै, निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।