विकासन्युज

पासपोर्ट बनाएर विदेश जान साहुका घर-घर धाइयो

बर्दिवास । गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् । ‘पासपोर्ट बनाएर विदेश जान साहुका घर÷घर धाइयो’ सो बस्तीका ३७ वर्षीय किसान चन्देश्वर राय दनुवारले पाँच वर्ष पहिलेको कुरा सम्झँदै भने, “कसैले ऋण नपत्याएपछि जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्न थालियो,अब चैं दुःख र अभावका दिन सकिएजस्तो लागेको छ ।” ऋण नपाएर जिङ्राएर बसेको बेला जिल्ला कृषि विकास कार्यालय महोत्तरीका कर्मचारीको प्रेरणाले श्री गढीमाई कृषि सहकारी संस्था गठन गरी दिलोज्यानले खेतीमा लागेका सो बस्तीका चन्देश्वरसहितका युवाले केही वर्षभित्रै गरेका प्रगति सबैका लागि उदाहरणीय बनेको छ । शुरुमा जग्गा ठेक्कामा लिएर तरकारी खेती गरेका संस्थामा आबद्ध युवाले चार÷पाँच वर्षभित्रै केही जग्गासमेत जोडेर घर व्यवहार राम्ररी चल्न थालेको बताएका छन् । अहिले सो बस्तीका ३० जना संस्थामा आबद्ध छन् । पछिल्ला पाँच बर्षयता तरकारी बालीमा ओल, आलु, कोबी, भाण्टा मात्र नभएर अन्नबालीमा पनि नयाँ प्रयोग गरेर चैते धान र गहुँको खेती शुरु गरिएको संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । आफ्नो बस्तीमा उत्पादित ओल ९तरकारी विशेष० र अन्नबालीमा चैते धान तथा गहुँको उन्नत बीउ नै मुलुकका विभिन्न भेगमा संस्थाले पठाउन थालेको यादवले जानकारी दिए । “हामीले जिल्ला कृषि विकास कार्यालयका विज्ञकै रेखदेखमा ओल, चैते धान र गहुँको बीउ उत्पादन शुरु गरेका छौँ”, अध्यक्ष यादवले भने, “अहिले हाम्रो ध्यान नै माग भएको ठाउँमा बीउ आपूर्ति गर्नमा केन्द्रित छ, पूर्वमा सुनसरी, मोरङ र पश्चिममा डडेलधुरासम्म हामीले उत्पादन गरेको बीउ गइरहेको छ ।” यसपालि मात्रै कृषि सामग्री संस्थानको समन्वयमा विजय र तिलोत्तमा जातका उन्नत गहुँको बीउ ११० क्विन्टल बाहिर पठाइएको संस्थाले जनाएको छ । त्यसैगरी, हर्दिनाथ, राम र बासमती जातका उन्नत चैते धानको बीउ पनि यसपालि विभिन्न जिल्लाका कृषि सहकारी संस्थाले माग गरेअनुसार १०० क्विन्टल गएको अध्यक्ष यादवले जानकारी दिए। संस्थाले यसपालिदेखि तरकारीमा ओल र मसलामा बेसार आफैँ किन्न थालेपछि किसान बजार जानपर्ने झन्झटबाट पनि मुक्त भएका छन् । घर प्रयोजनमा खान उपयोग गरिने र बीउका लागि फरक÷प्रविधिले बाली उत्पादन हुने गरेको छ । “बीउकालागि मूल बीउबाट सिवन, प्रजन उन्नत बीउ बनाइन्छ”, अध्यक्ष यादवले भन्नुभयो, “हामीले विज्ञको रेखदेखमा सिवन बीउ उत्पादन गरेका छौँ, जसको फसल निकै राम्रो हुने गरेको छ ।” खेतीका बेला राम्रो बीउको हाहाकार हुने स्थिति आफ्नै भाइभतिजको प्रयत्नले हटेपछि बस्तीका पाका किसान दङ्ग परेका छन् । अब त सानो हलो जोत्ने ट्र्याक्टर, रोटाभेटर र लाइन कल्टी संस्थासँगै छ । आफ्नै कार्यालय र भण्डार कक्ष बनाएको संस्थाले बीउ, मलखाद आपूर्ति गर्ने स्वीकृति पाएपछि खेतीपातीमा धेरै सहज भएको सो बस्तीका किसान इस्लाम राइनले बताए। पछिल्ला पाँच वर्षभित्र संस्थाको सक्रियतामा भङ्गाहा–४ का रामनगर, पलार, टोका र प्रेमनगरमा गरी ३० वटा बोरिङ जडान भएपछि सिँचाइमा निकै सघाउ पुगेको रामनगर बस्तीका पाका किसान जबार शेष बताउनुहुन्छ । पर्ति, बलौटे र ढुङ्ग्यान जग्गाको सबै ठाउँमा पानी पु¥याएपछि जुनसुकै बाली मनै लोभ्याउने गरी लहलहाएको छ । आफ्नै छोरानातिले गरेको पौरख देख्दा बाटो हिँड्ने बटुवासमेत प्रफुल्लित हुँदै उनीहरुको मिहिनेतबाट दंग पर्ने गरेका रामनगर बस्तीका ७५ वर्षीय किसान दीपबहादुर पुर्यालको भनाइ छ । शुरुमा जग्गा ठेक्कामा लिएर खेती शुरु गरेका सो संस्थामा आबद्घ युवाले अब आफ्नै आर्जनले जग्गासमेत जोडेर विदेश कमाउन जानेलाई थक्थक् बनाएको देख्दा सन्तोष लाग्ने गरेको सो बस्तीका बुढापाका बताउँछन् । आफ्नै बस्तीमा जहानपरिवारसँगै बसेर दौँतेरीले गरेको पौरख देखेपछि कामकै लागि विदेश जान राहदानी बनाएका युवा पनि खेतीतिर लागेका छन् । समूहमा आबद्ध साथीले केही वर्षभित्रै खेतीबाट गरेको प्रगतिले अब आपूm पनि विदेश जाने कुरा छाडेर खेतीबारीकै काममा लाग्ने टुंगोमा पुगेको सो बस्तीका ३५ वर्षीय युवा अहमद राइनले बताए । अर्काको पाँचकट्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेती शुरु गरेका संस्थामा आबद्घ बहुरा महतोले खेतीकै पौरखले पाँच वर्षभित्रै जहान परिवारको परिपालन गरेर १० कट्ठा जग्गा जोडेका छन् । घरको गरिबीले दिक्क भएर विदेश जाने निर्णय गर्दै राहदानीसमेत बनाएका महतोले साहुले ऋण नपत्याएपछि आफूले भाडामा जग्गा लिएर खेती शुरु गरेको विगत सम्झिए । दिनरात नभनी आफूले गरेको मिहिनेतले राम्रो सफलता पाएर जहान परिवारको प्रतिपाल गर्दै गाउँघरमा अर्का मर्का पर्दा सहयोग गर्न पाउँदा सन्तोष लाग्ने गरेको उहाँको भनाइ छ । गाउँका धनीमानीमा गनिनेका छोराछोरीसँगै आफ्ना छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकिएकामा सन्तोष लाग्ने गरेको संस्थामा आबद्घ किसान बताउँछन् । युवा किसानले खेतीसँगै पशुपालनसमेत गर्न थालेपछि जग्गामा चाहिने मलमा पनि आत्मनिर्भर बन्दै गएको बताएका छन् । अहिले संस्थामा आबद्घ सबै किसानले गाई, भैँसी, बाख्रा र कतिपय किसानले कुखुरासमेत पालन गर्न थालेपछि दूध र मासुको बजारमा पनि आफ्नो उत्पादनको माग बढेको संस्थाका अध्यक्ष यादवले जानकारी दिएका छन् । संस्थामा आबद्घ ३० जना युवाको खेतीमा देखिएको लगन र उनीहरुले पाएको सफलताबाट विदेश जाने तर्खरमा रहेका अन्य युवाले पनि विदेशिने मनसाय छाडेर खेती शुरु गरेका छन् । सँगैका साथीले गाउँमै मिहिनेत गरेर राम्रो आर्जन गरेकाले आफूले विदेशिने मनसाय छाडेर तरकारी खेती शुरु गरेको सोही बस्तीका हरिदेव महतोको भनाइ छ । परिश्रमी, सहयोगी र सरल व्यवहारका आफ्ना बस्तीका युवाले खेतीबाटै पाएको सफलता र त्यसको अनुकरण अरूले गर्न थालेको देख्दा निकै खुशी लागेको बस्तीका ८० वर्षीय वृद्घ बिक्रम महतोले बताए । श्री गढीमाई कृषि सहकारी संस्था भंगाहा—३, रामनगरमा आबद्घ किसान जिल्लाकै उत्कृष्ट मिहिनेती किसान भएका जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले जनाएको छ । संस्थामा आबद्घ किसानले केही वर्षभित्रै खेतीबाटै लाखौँ आम्दानी गरेर पैसाकै लागि विदेशिने युवाका लागि गाउँघरमै बसेर मिहिनेत गर्ने सन्देशसमेत दिएका कार्यालय प्रमुख ओमप्रकाश बिराजी भन्छन् ।- रासस

अर्थमन्त्री खतिवडा भारत जाँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा २ दिने भारत भ्रमणमा जान लागेका छन् । उनी आजै दिउसो  भारत उड्न लागेका हुन् । भारतको हरियाणामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा १ बजेर ३० मिनेटमा जेट एयरबाट भारत जान लागेका हुन् । उनी भोली नै स्वदेश फर्कने कार्यक्रम रहेको उनीको निजी सचिवालयले जनाएको छ । भारत सरकारको निमन्त्रणा वा अन्य व्यवसायीक संगठनको कार्यक्रममा उनी भारत जान लागेका हुन भन्ने चाँही खुलाइएको छैन ।

यस्ता छन् इञ्जिनियरका देश बनाउने ६ सुत्र

प्रकाशभक्त उपाध्याय, सिनियर डिभिजनल इञ्जिनियर काठमाडौं । १) देशलाई समृद्ध बनाउन पहिलो कडि भनेको निकासी बृद्धि हो । त्यसका लागि राज्यको ब्राण्ड नाम राखौ, त्यो हो ‘हिमालय’ । र, राज्यबाट गुणस्तर सुनिश्चित गर्नका लागि प्रयोगशालाहरू निर्माण गरिनुपर्छ ।  तब, हिमालयको मह, हिमालयको ट्राउट, हिमालयको पानी, हिमालयको कुखुरा अनि हिमालयको किवी उत्पादन गरेर संसारभर हिमालय ब्राण्डमा निर्यात गरौं । त्यस्ता उत्पादनहरुलाई मिठो, रूचीकर र प्रख्यात बनाऔं । । २) ढुङगां बेचौँः विगतमा बेचेको तालले हैन ढुगांको औद्योगिक तरीकाले उत्पादन गरौँ । ढुंगाका आकार र प्रकार अनुसार ढाँचा तयार पारौं । त्यसै गरी समग्रतामा पत्थरहरुको निर्यात योजना बनाऔं । आकर्षक प्याकिङ गरौँ । प्याकमा हिमालयबाट आयातित पत्थर भनेर लेखौं । एलएए, एआइभी, एसीभी लगायतका एग्रिग्रेटका फिजिकल प्रपर्टीहरु समेत लेखौं र राम्रो मूल्यमा बेचौं । ३) शक्ति (इनर्जी) को उत्पादन र बिक्रि व्यबस्थापन गरौँ । सोभियत सत्ता र विद्युतिकरणलाई समाजवाद भनिन्थ्योे भ्लादिमिर इल्यिच लेनिनका पालामा । प्रविधिको बिकास हुँदै जाँदा हाम्रो नेपालमा २ प्रकारका शक्ति प्रसस्त देखिन्छन् । विद्युतिय र आणविक शक्ति !!! यसकारण, विद्युत परियोजनाहरुको विकास गरौँ र प्रसस्त उत्पादन गरौँ । यूरेनियम प्रसोधनको लागि आवश्यक कार्यहरुको विकास गरौँ । ४) डिजाइन, परामर्श र परियोजना कार्यान्वयन संस्थाको जिम्मेवारी बाढ्न सकिन्छ । कन्ट्रोल प्रणालीलाई दह्रिलो बनाऔं । परियोजना कार्यान्वयन क्षेत्रमा कुनै समस्या आएमा संकटकाल लगाउन सक्ने व्यवस्था गरौं । ५) मध्य पहाडी लोकमार्गको निर्माण सम्पन्न गरी मध्यपहाडी लोकमार्ग देखी पूर्व पश्चिम लोकमार्ग सम्मका सवै सडकहरुलाई कम्तीमा २ लेनको सडकको रुपमा विस्तार गरौ । मध्यपहाडी लोकमार्ग देखी उत्तर तर्फ चिनको नाका जोडीने सडकहरू पनि २ लेनको बनाऔँ । मध्यपहाडी बिद्युतिय तथा संचार मार्गको विकास गरौँ । मध्य पहाडमा १० बटा शहरको स्थापना गरौँ । ६) जमिनको उपयोगिता अनुरूपको बाँडफाँड गरौँ । अनधिकृ प्लटीङ बन्द गरौँ । अतः देशको उत्पादन बढ्ने छ र विकासको पथमा लम्कनेछ ।

वैज्ञानिक स्टेफन हकिङसको ७६ वर्षकाे उमेरमा निधन

काठमाडौं । बेलायती वैज्ञानिक स्टेफन हकिङसको निधन भएको छ । ७६ बर्षको उमेरमा हकिङस्को निधन भएको बीबीसीले जनाएको छ । उनी ब्याक होल र रिलेटिभीटी सिद्धान्तका लागि संसारभर प्रख्यात छन् । उनी २२ वर्षको उमेरमै मोटोर न्यूरोनी नमक रोगबाट पीडित भएका थिए । हकिङसको मृत्युबारे उनका छोरा लुसी रोर्बटले ‘एउटा ठुला वैज्ञानि उनका महान काम सयौं वर्ष बाँच्न सक्छ’ भनेका छन् । पारिवारिक स्रोतका अनुसार हकिङसको घरमै निधन भएको हो । उनको घर  क्याम्ब्रिज विश्वविद्यालयबाट केहि मात्रै टाढा रहेको छ । उनी सन् १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका हुन् । उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम इन १९८८’ एक करोड प्रति बिक्री भएको थियो । उनले बढ्दो प्रदुषणका कारण पृथ्वीको आयु छोटिँदै गएको बताउँदै आएका थिए ।

गोरखकाली टायर उद्योगको भविष्य खोज्दै सरकार, ब्युझिँएला त इतिहास

काठमाडौं । कुनै समय मुलुकलाई गौरवको रुपमा चिनाउने गोरखकाली रबर उद्योग लिमिटेड सञ्चालनको लागि अध्ययन सुरु गरिएको छ । गोरखास्थित मजुवा देउरालीमा अवस्थित उक्त उद्योग सञ्चालन सम्भावनाको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालले एक अध्ययन समिति गठन गरी अध्ययनकार्य सुरु गरेको हो । मन्त्रालयको सह–सचिव ऋषिराज कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । माघ अन्तिममा बसेको अर्थ र उद्योग मन्त्रालयको उच्च स्तरिय वैठकले सो उद्योग सञ्चालनको लागि अध्ययन गर्ने निर्णय गरेअनुसार समिति गठन भएको समितिका संयोजक ऋषिराज कोइरालाले बताए । अध्ययन समितिले उद्योग सञ्चालन गर्दा कस्तो उपलब्धि हासिल हुनेछ भन्ने उजागर गर्नेछ । हामीले उद्योगको भविष्य खोज्न लागेका हौं, सञ्चालन गर्दा उपलब्धि के हुन्छ भनेर एकिन तथ्य पत्ता लगाएर सिफरिस गर्नेछौं’, समितिका संयोजक ऋषिराज कोइरालाले भने । उनका अनुसार त्यसपछि लगत्तै समिति गठन भएको र हप्तादिन अघि मत्रै समितिको पहिलो वैठक बसेको छ । उक्त वैैठकले केही हप्तभित्रै उद्योग रहेको स्थानमा स्थलगत अध्ययनको लागि टोलि जाने निर्णय गरेको छ । ‘समितिले अध्ययनको काम सुरु गरिसकेको छ,’ उनले भने ‘अबको ४५ दिनभित्र अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाउने छौं ।’ उद्योगलाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ? हालको उद्योग तथा कर्मचरीको अवस्था कस्तो छ ? बन्दको स्थिति, कर्मचारीको तलब भत्ता लगायत सम्पूर्ण विषयहरुमा अध्ययन गरिने उनको भनाइ छ । उद्योगको लागि उक्त अध्ययन निर्णायक हुने उनको दावी छ । गएको साउन चौथो साता उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सो उद्योग सम्बन्धी राखेको वैठकमा गोरखकाली रबर उद्योग सञ्चालनको सम्बन्धमा टुङ्गो लगाउन नसक्दा बार्षिक १२ करोड रुपैँया विना उपलब्धी खर्च भइरहेको उद्योगका प्रबन्ध निर्देशक दिनेश बर्तौलाले बताएका थिए । त्यसबेला उनले विगत २ वर्षदेखि उद्योग बन्द रहेको बताएका थिए । हाल उद्योगमा करिब २४७ कर्मचारीहरु कार्यरत रहेको उनको भनाइ थियो । ती सबै स्थायी कर्मचारीको तलब भत्ताको लागि कम्पनी बन्द रहेको अवस्थामा पनि मासिक १ करोड रुपैयाँ खर्च भइरहेको उनको भनाइ थियो । सरोकार वलाहरुको अनुसार स्थापनाकालदेखिनै चालु पुँजीको अभावको कारणले कम्पनीले नोक्सानीमा बेहोर्न परेको थियो । सरकारी स्तरबाट उद्योग बचाउन चासो दिइएको थिएन । अस्थिर राजनीति तथा समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्न नसक्दा विदेशी उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग धरासायी हुन पुगेको हो ।

गण्डकी विकास बैंकको साढे ३ लाख कित्ता हकप्रद लिलामीमा

काठमाडौं । गण्डकी विकास बैकको हकप्रद सेयर बिक्री नभएपछि  लिलामी हुने भएको छ । बैंकको सर्वसाधारण र संस्थापक समूह गरी ३ लाख ५२ हजार ९०१ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको हो । सेयर खरिदको बोलपत्र पेश गर्ने अन्तिम दिन चैत ८ गते तोकिएको छ । बैंकको संस्थापक तर्फ १ लाख ३० हजार ७१६ र संस्थापकतर्फको २ लाख २२ हजार १८४ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । बैंकले चुक्तपुँजी बढाउन निष्कासन गरेको हकप्रद पुरै बिक्री नभएपछि लिलामीमा राखिएको हो ।

राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ बजे हुने

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको हो । राष्ट्रपतिलाई प्रधानन्यायाधीसद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । रासस

दुई वर्षमा नेपाली अर्थतन्त्रको आकार ३६ खर्ब हुने, आर्थिक वृद्धिदर आशा भन्दा आधा हुने

काठमाडौं । दुई वर्षपछि नेपालको कुल ग्राहस्थ (जीडीपी) उत्पादन ३६ खर्ब १६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । मंगलबार विश्व बैंकले सार्वजनिक गरेको ‘सिस्टमेटिक कन्ट्री डाइनोस्टिक’ प्रतिवेदनमा सन् २०१७ मा २५ खर्ब ९९ अर्ब रहेको जीडीपी सन् २०१८ र २०१९ मा क्रमशः २८ खर्ब ८४ अर्ब र ३२ खर्ब ४० अर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । उक्त प्रतिवेदनमा आर्थिक वृद्धि दर सन् २०१८, १९ र २० मा क्रमशः ४.६, ४.५ र ४.२ मात्र हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले गरेको प्रक्षेपण नेपालीले गरेको अपेक्षाको झण्डै आधा मात्र हो । स्थीर सरकार बनेको, केन्द्र, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार बनेको बेलामा आर्थिक वृद्धि दुई अंकको हुने सक्ने आशा नेपालीमा पलाईरहेको बेला विश्व बैंकले आशा गरेको भन्दा आधा दरको वृद्धि हुने प्रक्षेपण गरेको छ ।