विकासन्युज

महानगरका ११ वटा विभागमा जिम्मेवारी बाँडफाड सम्पन्न

काठमाडौं । काठमाडौं ममानगरको नगर कार्यपालिकाको बुधबार बसेको वैठकले विषयगत कामको जिम्मेबारी वाँडफाँड गरेको छ । महानगरमा रहेका ११ वटा विषयगत विभागले पुर्णता पाएको हो । ११ वटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिए । जिम्मेबारी प्राप्त समितिहरुमा शुशासन, वित्त, सामाजिक, विधायन, राजस्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् । समितिका संयोजकहरुमा क्रमश नवराज पराजुली, शोभा सापकोटा, मुकुन्द रिजाल, हीरालाल तण्डुकार, नविन मानन्धर, दीपक के. सी., विकास डंगोल, ईश्वरमान डंगोल, नीलकाजी शाक्य र चिनियाँमान बज्राचार्य रहेका छन् ।

राष्ट्रपति भण्डारीले पदमुक्त प्रधानन्यायधीश पराजुलीबाटै लिइन सपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले वर्खास्त न्यायधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छिन् । न्याय परिषदले राष्ट्रपति भण्डारीलाई सपथ गराउनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र सार्वजनिक गरेको थियो । पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट न्याय परिषदका सचिवद्धार हस्ताक्षरित पत्रमा स्पष्ट पारिएको छ ।  

अब संसारभर नेपाली चियाको एउटै ब्राण्डः नेपाल टी क्वालीटी फ्रम द हिमालयज

काठमाडौं । नेपालमा उत्पादन हुने चियालाई ब्रान्डीङ गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुटै पहिचान छ । पछिल्लो समय माग समेत बढेको भन्दै सरकारले नेपाली चियालाई ब्रान्डीङ गर्न लागेको हो । चैत तेस्रो साता सञ्चानल हुने अन्तर्राष्ट्रिय चिया महोत्सव-२०१८ को जानकारी गराउन बुधबार राजधानीमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमले तत्कालै नेपाली चियाको ब्राण्ड घोषणा गर्ने बताए । उनले चैत २३ गतेदेखि २५ गतेसम्म हुने महोत्सवमा ‘नेपाल टी क्वालीटी फ्रम द हिमालयज’को रुपमा नेपाली चिया बजारमा विधिवत रुपमा उद्घाटन गरिने जानकारी दिए । ‘अहिलेमम्म अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै ब्राण्ड हुन नसक्दा बजार विस्तार गर्न गाह्रो थियो,’ उनले भने ‘त्यसैले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार निर्यात गर्नको लागि सरकारले आफ्नै ब्राण्ड बनाउने भएको हो ।’ ब्राण्ड बनेसँगै चियाको बजार पनि बढ्ने उनको विश्वास छ । उनका अनुसार नेपाली चिया कोलकोत्ताको बजारमा दार्जिलिङको चियाको माध्यमबाट बिक्री भइरहेको छ । तेस्रो मुलुकमा समेत ब्यक्तीगत फर्मको नाममा नेपाली चियाको निर्यात हुदै आएको छ । अहिलेसम्म नेपाली चियाको छुट्टै लोगो बन्न सकेको छैन । अब आफ्नै लोगो भएपछि चिया निर्यात गर्न समेत गौरव हुने उनको बुझाइ छ । ‘उक्त ब्राण्डको नाममा देश विदेशमा नेपाली चिया बिक्री हुनेछ,’ उनले भने ‘त्यसका लागि कार्यविधि बनिसकेको छ ।’ महोत्सवका संयोजक उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको बताए । त्यस्तै उनले नेपाली चियाको युरोपियन देशहरुले अत्यधिक मनपराएको जानकारी दिए । पूर्व राज्यमन्त्री तथा कञ्चनजंगा टी स्टेटका सञ्चालक दिपक बास्कोटाले नेपालको आफ्नै चियाको ब्राण्ड हुनु नेपालको लागि खुसीको कुरा भएको बताए । उक्त चिया राष्ट्र अन्तर्राष्ट्रिय बजारमा पुग्ने उनको विश्वास छ । यद्यपि नेपालमा चियाको अझै पनि समवद्र्धन तथा प्रवद्र्धन तथा बजारीकरण हुन नसकेको उनको गुनासो छ । बोर्डको अनुसार देशभर २८ हेक्टर जमिनमा चिया खेती गरिन्दै आएको छ । सबैभन्दा बढी नेपालको पूर्वी भागमा चियाको खेति गरिन्छ । वार्षिक २ करोड ४० लाख किलो चिया उत्पादन हुदै आएको छ ।

सेञ्चुरी कमर्सियल बैंकको १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८ अर्ब ६ करोड नाघ्यो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १० प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने कम्पनीकाे प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त बोनस पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । चालु आवको पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ५२ अर्ब १७ करोड रुपैयाँ र कर्जा रकम ४७ अर्ब ०२ करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा कम्पनीले ३९ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा र ३२ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सेवा दिने सम्झौता, बैंकका बचतकर्तालाई डबल सुरक्षा

काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । अब यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने भएका छन् ।

प्रधानन्यायधीश गोपाल पराजुली बर्खास्त

  काठमाडौं । न्यायपरिषदले प्रधानन्यायधीस गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरेको छ । परिषदले गत साउन २१ गते ६५ वर्ष पुरा गरेको भन्दै सचिवस्तरिय निर्णयबाट पदमुक्त गरेको जानकारी गराएको हो । यसअघि पराजुलीको उमेर शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक देखिएको थियो । नागरिकतामा उनको उमेर ६५ वर्ष नपुगेपनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै ६५ वर्ष पुगेको परिषदले दाबी गरेकाे हो । पत्रको अन्त्यमा पराजुलीको न्यायसेवामा गरेको योगदानप्रति धन्यवाद दिदैं अवकास पछिको जिवन सुखमय वितोस भनि उल्लेख गरिएको छ ।

एचएच बजाजको नयाँ शोरुम दाङ्गको तुलसीपुरमा

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम दाङ्गको तुलसीपुरमा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘क्रस बोडर प्रा.लि’ नामको शाखा बुधबार(आज)देखि सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले गरेका हुन् । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।

क्लिन फिड कार्यान्वयनः व्यापार स्वार्थ की राष्ट्रियता ?

काठमाडौं । २०७३ साल साउन ७ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले क्लिन फिड कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदबाट गरे । सो निर्णय तत्कालिन ओली सरकारको अन्तिम क्याबिनेटले गरेको थियो र २०७४ साउन १ गतेदेखि लागु गर्ने भनिएको थियो । तर त्यस लगत्तै ओली सरकार ढल्यो र बिचमा प्रचण्ड र शेर बहादुर देउवाले क्लिन फिड कार्यान्वयनमा खासै चासो देखाएनन् । अन्ततः २०७४ साउनको अन्तिम दिन सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर तयारी नपुगेको भन्दै क्लिन फिड कार्यान्वयन नगर्ने जानकारी गरायो । त्यसपछि क्लिन फिड कार्यान्वयनका लागि के के तयारी भए त ? हामीले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सह सचिव प्रेम कुमार श्रेष्ठलाई सोध्यौं । हालसम्म गरिएको तयारी र अब हुने कामबारे यसरी सुनाए । २०७३ साउन ७ गतेको मन्त्रिपरिषद बैठकले २०७४ साउन १ गतेदेखि क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर अन्तिम समयमामा तयारी नपुगेको भन्दै कार्यान्वयन रोकियो । क्लिन फिड कार्यान्वयनका लागि पहिलो सर्तका रुपमा टेलिभिजन च्यानलहरुलाई डिजिटल बनाउनुपर्ने रहेछ । हामीले सबै महानगर, उप महानगरपालिका र नगरपालिकाहरुमा केलब टेलिभिजनहरुलाई डिजिटल बनाईसकेका छौं । अब गाउँपालिकास्तरसम्मै डिजिटल बनाउँदैछौं । अर्काे महत्वपूर्ण पक्ष भनेको विज्ञापन ऐन रहेछ । विज्ञापन ऐन नभएसम्म क्लिन फिड कार्यान्वयन गर्न नमिल्ने रहेछ । त्यसकारण हामीले विज्ञापन ऐनको मस्यौदा तयार पारेका छौं । नयाँ मन्त्रीज्यू आएपछि त्यसलाई अर्थमन्त्रालय, कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा लैजान्छौं । असार मसान्त अगावै विज्ञापन ऐनको मस्यौदालाई संसदसम्म पुर्याउने हाम्रो तयारी छ । त्यसका लागि हामी नयाँ मन्त्रीज्यूलाई कुरिरहेका छौं । यसमा विदेशी विज्ञापन नियमन र शुल्कको कुरा पनि आउँछ । क्लिन फिड आएपछि विदेशी विज्ञापनको पैसा नेपाली विज्ञापनले व्यहोर्न सक्नुपर्छ । त्यस्तो अवस्थामा च्यानलहरु केहि महंगो पर्न सक्छन् । क्लिन फिडपछि विदेशी विज्ञापनलाई नेपाली विज्ञापनले विस्थापित गरेन भने च्यानलहरु महंगीन्छन् । हामीले नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालसँग पनि क्लिन फिड कार्यान्वयनबारे जिज्ञासा राख्यौं । उनले क्लिन फिडलाई व्यापार भन्दा पनि राष्ट्रियतासँग जोडेर हेर्नुपर्ने धारणा राखे । क्लिन फिड व्यापार मात्रै होइन, यो मुलभूत रुपमा राष्ट्रियता हो । यद्यपी यसले नेपालमा ५ अर्बको विज्ञापन बजार उपलब्ध गराउछ । तर पनि यो व्यापार भन्दा राष्ट्रियताकै पक्ष हो । नेपालका सवालमा विदेशी च्यानल भनेको भारतीय च्यानल हो । अंग्रेजी च्यानल हामी कहाँ हेर्ने मानिस खासै छैनन् । भारतीय च्यानल र तीनमा आउने विज्ञापनले नेपाली भाषा र संस्कृति माथी ठाडो हस्तक्षेप गरिरहेका छन् । त्यसलाई रोक्न क्लिन फिड अघि सारिनु पर्छ । त्यससँगै नेपालले गरिबीको चपेटाबाट आफु र आफ्ना नागरिकलाई मुक्त बनाउनु पर्छ । हामीले पहिले देशलाई धनी र सबल बनाउनु पर्छ । अहिले भारतीय मात्रै होइन, चिनियाँ र जापानी भाषाका विज्ञापन पनि आईसकेका छन् । यो बहसको बिषय हो । ओलीले अघिल्लो कार्याकालमा क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेका थिए । तर ओली सरकार ढलेपछि बनेका सरकारहरुले त्यसलाई चासो दिएनन् । कर्मचारीतन्त्रले पनि क्लिन फिड कार्यान्वयनलाई प्राथमिकता दिएन् । भारतीय दुताबासबाट राजदुत आएर थर्काएपछि चुप लागेर बस्ने हाम्रो कर्मचारी संयन्त्र छ । सरकारले चाहेमा ४५ घण्टा भित्रै क्लिन फिड कार्यान्वयन हुन सक्छ । यद्यपी आगामी ३ महिनाभित्र क्लिन फिड कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।